Nepal Flag
Home » » केहि संकलीत सामाग्री

केहि संकलीत सामाग्री





टिकाराम गैातम


१) युरोपेली मुलुक नेदरल्यान्डमा १२३ बर्ष महारानीको शासनपछि सन् २०१३ अप्रिल ३० मा विलियम अलेक्ज्यान्डर क्लाउस जर्ज फर्डिनान्ड त्याहाँका राजा बनेका छन् ।
२) नेपाल प्रहरीमा हाल महिलाको ५.८७ प्रतिशत सहभागिता रहेको छ ।
३) नेपालको उच्च स्थानमा रहेको तालमध्ये एक मानिने खयर बराह ताल म्याग्दी जिल्लामा पर्छ ।
४) महिलालाई सबैभन्दा बढी हुने क्यान्सरमा स्तनको क्यान्सर पाइन्छ ।
५) चाल्स डार्बिनको पुस्तक ओरिजिन अफ स्पेसिसको प्रकाशन सन् १८५९ नोभेम्बर २४ मा भएको हो ।
६) सन् १८९८ मा प्रकाशित एन एस्से अफ द प्रिन्सिपल अफ पपुलेसनमा खाद्धान्न वृद्धि अङ्कगणितिय र जनसंख्या वृद्धि ज्यामितीय हुन्छ भनेर घोषणा गर्ने व्यक्ति थोमस माल्थस हुन ।
७) विश्वका सबैभन्दा बढी पिरामिड भएको मुलुक सुडान हो ।
८) संयुत्त राज्य अमेरिकामा ६५ बर्षभन्दा माथि पुगेकालाई ज्येष्ठ नागरिक भनिन्छ ।
९) फ्रान्स र नेपाली जनताको संयुत्त लगानीमा सञ्चालित बैकं नेपाल इन्डोस्वेज बैकं हो ।
१०) राणाकालमा बाह्य व्यापार बढाउन भारतको पटना शहरमा इलाइची कोठी खोलिएको थियो ।
११) नेपालमा डीभीको शुरुवात सन् २००२ बाट भएको हो ।
१२) सन् २०१३ मे ६ तारिखमा बर्मुडामा सम्पन्न भएको विश्व क्रिकेट लिग ३ को उपाधि विजेता मुलुक नेपाल हो ।
१३) संसारको पहिलो उपन्यास मानिने डेनियल डेफोको रविन्सन क्रुसो पहिलो पटक सन् १७१९ अप्रिल २५ मा प्रकाशित भएको थियो ।
१४) चन्द्रबाट पृथ्वीमा ल्याइएको सबैभन्दा ठूलो चट्टानको टुक्राको नाम मेयर बसाल्ट हो ।
१५) राष्टपति रामवरण यादवले लोकसेवा आयोग अध्यक्षमा २०६९ साल चैत्त २५ गते कयोदेवी यमीलाई नियुक्त गरेका छन् ।
१६) सन् २०१३ अप्रिल ११ मा मलेसियामा सम्पन्न भएको एसीसी यु १९ एलिट कपको उपाधि अफगास्तिानले प्राप्त गर्यो भने दोसो यूएई भयो ।

१) गिद्ध संरक्षण गर्न जटायु रेस्टुरेन्ट नवरपरासीमा स्थापना गरिएको छ ।
२) माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता मिति २०६३ मंसिर ५ गते भएको थियो ।
३) शाही नेपाली सेनालाई नेपाली सेनामा रुपान्तरण मिति २०६३ जेठ ४ गते गरिएको हो ।
४) टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडि श्रिलंकाका मुथैया मुरलीधरन हुन ।
५) विश्वको सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने देश भारत हो ।
६) क्यान्सर रोग सजिलै पत्ता लगाउने प्रविधि र उपकरणलाई इमटेक भनिन्छ ।
७) हाल विश्वमा अतिकम विकसित राष्टको सूचिमा ४८ राष्ट सूचिकृत रहेका छन् । 
८) नेपालमा सर्वप्रथम डि एन ए परिक्षण गरिएको बनस्पति चिराइतो हो ।
९) विश्वकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफा दुवई हो ।
१०) उदयपुर सिमेन्ट कारखाना जापान सरकारको सहयोगमा स्थापना भएको हो ।
११) छैटौ राष्टिय खेलकुद प्रतियोगितामा कुल ९ टिमको सहभागिता रहेको थियो ।
१२) विकिलिक्सका संस्थापक जुलियस अन्साज अस्टेलियाका नागरिक हुन् ।
१३) असंलग्न राष्टको सत्रौं शिखर सम्मेलनमा नेपालको नेतृत्व बाबुराम भट्टराईले गरेका थिए ।
१४) काठमाडौं तराई जोड्ने फास्ट ट्याकको लम्बाई ७६ कि.मी रहेको छ ।
१५) भारतको पहिलो महिला राष्टपति प्रतिभा पाटेल हुन् ।


एक पटक भाग लिइ सके पछि पुनः भाग लिन नपाइने खेल Special Olmpic हो ।
मल्लिकार्जुन धार्मिक स्थल दार्चुला जिल्लामा पर्दछ ।
- ISP 
को पुरा रुप Internet Service Provider हो ।

सहस्राब्दीको १० औं वर्ष १० औं महिना १० औं दिन २०१० अक्टुवर १० मा जलवायु परिबर्तन बिरुद्ब जुध्न (काम गर्न) थालौं भन्ने विश्वव्यापी अभियान शुरु भएको हो ।

२०६७/९/११ देखि नेपालमा मेसिन रिडेवल पासपोर्ट (MRP) वितरण शुरु भएको हो ।

१) गिद्ध संरक्षण गर्न जटायु रेस्टुरेन्ट नवरपरासीमा स्थापना गरिएको छ ।
२) माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता मिति २०६३ मंसिर ५ गते भएको थियो ।
३) शाही नेपाली सेनालाई नेपाली सेनामा रुपान्तरण मिति २०६३ जेठ ४ गते गरिएको हो ।
४) टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडि श्रिलंकाका मुथैया मुरलीधरन हुन ।
५) विश्वको सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने देश भारत हो ।
६) क्यान्सर रोग सजिलै पत्ता लगाउने प्रविधि र उपकरणलाई इमटेक भनिन्छ ।
७) हाल विश्वमा अतिकम विकसित राष्टको सूचिमा ४८ राष्ट सूचिकृत रहेका छन् । 
८) नेपालमा सर्वप्रथम डि एन ए परिक्षण गरिएको बनस्पति चिराइतो हो ।
९) विश्वकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफा दुवई हो ।
१०) उदयपुर सिमेन्ट कारखाना जापान सरकारको सहयोगमा स्थापना भएको हो ।
११) छैटौ राष्टिय खेलकुद प्रतियोगितामा कुल ९ टिमको सहभागिता रहेको थियो ।
१२) विकिलिक्सका संस्थापक जुलियस अन्साज अस्टेलियाका नागरिक हुन् ।
१३) असंलग्न राष्टको सत्रौं शिखर सम्मेलनमा नेपालको नेतृत्व बाबुराम भट्टराईले गरेका थिए ।
१४) काठमाडौं तराई जोड्ने फास्ट ट्याकको लम्बाई ७६ कि.मी रहेको छ ।
१५) भारतको पहिलो महिला राष्टपति प्रतिभा पाटेल हुन् ।

विश्व किर्तिमानमा नेपाल 
============विश्वको सर्वोच्च शिखर              : सगरमाथा (8,848 मिटर ) 
विश्वको सर्वोच्च उचाइको धानखेती     : जुम्ला जिल्लाको पतरासी गा.वि.स. को घुमचौर जिउलोमा गरिने " जुम्लि मार्सी " नामको धानखेती ( 2850 मिटर उचाइ ) विश्वको सर्वाधिक गहिरो गल्छी : म्याग्दी जिल्लाको दाना भन्ने ठाउँमा पर्ने अन्नपुर्ण र धौलागिरी हिमालको बिचमा कालीगण्डकी नदीले बनाएको 6867 मिटर गहिरो गल्छी 
विश्वको सर्वोच्च स्थानमा रहेको ताल   : मनाङ जिल्लाको तिलिचो ताल ( 4919 मिटर उचाइ ) 
होचो उपत्यका                    : अरुण उपत्यका ( पूर्वमा 8586 मिटर अग्लो कञ्चनजंघा र पश्चिममा 8848 मिटर अग्लो सगरमाथाको बीचमा पर्ने उपत्यका ) 
विश्वको सर्वोच्च स्थानमा रहेको राष्ट्रिय निकुञ्ज   : सगरमाथा राष्ट्रिय निकुञ्ज 
अद्वितीय चरा : काँडे भ्याकुर ( स्पाइनी ब्याबलर ) 
दुर्लभ च्याउ  : ट्रयाफिना नेपालेन्सिस सर्वोच्च स्थानबाट उत्पत्ति भएको नदी : अरुण नदी 
सर्वोच्च स्थानमा रहेको झरना  : डोल्पा जिल्लास्थित सुलिगढ झरना ( 3613 मिटर उचाइमा ) 
सर्वोच्च स्थानमा रहेको बस्ती : डोल्पा जिल्लाको छार्का भोट र तराप बस्ती 
सर्वोच्च स्थानमा रहेको होटल : सोलुखुम्बु जिल्लाको नाम्चेबजार स्थित 12,713 फिट उचाइमा रहेको " होटल एभरेष्ट भ्यु "
विश्वको सर्वोच्च स्थानमा रहेको वैज्ञानिक प्रयोगशाला : पूर्वी नेपालको लोवुचे भन्ने ठाउँमा रहेको 5,050 मिटरको उचाइमा रहेको पिरामिड नामक वैज्ञानिक प्रयोगशाला 
विश्वको सर्वाधिक उचाइमा पाइने फूल : स्टेलरिया डेकुम्बेन ( 6,492 मिटरको उचाइमा )
नेपालको कूल छेत्रफल 1,47,181 वर्ग किलोमिटर छ । नेपालले विश्वको कूल छेत्रफलको 0.03 % र एसिया महादेशको 0.3 % भाग ओगटेको छ । नेपाल 80 डिग्री मिनेट पूर्वी देशान्तरदेखि 88 डिग्री 12 मिनेट पूर्वी देशान्तर तथा 26 डिग्री 22 मिनेट उत्तरी अछांशदेखि 30 डिग्री 27 मिनेट उत्तरी अछांशबीच अवस्थित छ । नेपालको औसत लम्बाई 885 किलोमिटर र चौडाई 193 किलोमिटर छ । यसको सबभन्दा बढी चौडाई 241 किलोमिटर र सबभन्दा कम चौडाई 145 किलोमिटर छ । नेपालको प्रामाणिक समय गौरीशंकर हिमाललाई काटेर गएको 86 डिग्री 15 मिनेट पूर्वी देशान्तर रेखाका आधारमा निर्धारण गरिएको छ । यो प्रामाणिक समय ग्रिनवीच समय भन्दा घण्टा 45 मिनेट छिटो छ । यो समय 2042 वैशाख देखि लागू गरिएको हो । नेपालमा विश्वकै सबभन्दा अग्लो भूभाग सगरमाथा 8848 मिटर उचाइमा छ ।



Share this article :

No comments :