आफ्नो दैनीकी धान्न नेपाल भित्र र संसारको कुना काप्चामा पुग्ने सबै दाजुभाई तथा दिदिबहिनीहरुमा साईनो अनुसारको ढोंग,प्यार छ । आजको मिती सम्म परदेशी भुमीमा दु:ख हुंदाहुंदै पनि दु:ख पिडा लुकाएरै नेपाल नेपाल आमाको अघाडी खुसीका आवाजहरु गुञ्जाईरहन बाध्य छु ।
म जस्ता लाखौ परदेशीले लुकाएका दु:ख पिरहरुले नै सबैको घरमा खुसीहरु भित्रीएकाछन् चाडबाडहरु आएका छन् ।
नेपाल आमा खै कहाँबाट पत्रको सुरुवात गरौ,मनभरी पिडा तईरीरहेको छ,भविष्य चिन्ताले पोलीरहेको छ ,यादहरुले मन जलिरहेको छ तर पनि आमा तिम्रो सन्तान नामर्द बन्न तयार छैन र आफ्नो मनलाई समाली केहि कुराहरु कोर्ने जमर्को गर्दै छु ।
आमा तिम्रो सन्तान भएर पनि बुढेसकालको सहरा बन्न सकिन, दु:खहरुमा साथ दिन सकिन क्षेमा चाहन्छु । तर आमा राजनितीको पगरी गुथ्नेहरु हजुरको छाती कुल्चिरहेका छन,हजुरको चिर हरण गरिरहेका छन् ,लुटिरहेका छन् तर बिडम्बना हजुरको मौनता कहिलै कमि भएन । सायद आफ्नो आमालाई आफ्ना सन्तान सबै बराबर लाग्ने गर्छ ,।
आमा मलाई पनि दशैंमा घर आउने रहर नभएको कहाँ होर के गर्ने बाध्यताको अघाडी खुसीहरु तिलान्जली दिनु पर्ने रैछ।भनिन्छ 'स्वर्ग खोज्न मन छ भने आफ्नो आमा बाबाको काखमा गए पुग्छ' तर के गर्नु हामीलाई नर्क मैं दु:ख गर्न लेखेको रैछ ।
आमा भविश्यको खुसी वा बिडम्बना भनौ वा बाध्यता वा रहर तर जे भनौ वर्षौ देखि म पनि परदेशमा पसिना र रंगत बेचिरहेको छु ।पसिना र रंगत मात्र हैन अझ भनम आफ्नो मुल्यवान जवानी र आत्मसम्मान तिलान्जली दिईरहेको छु ।
आमा म त एक आमाको सन्तानको उदाहरणीय पात्र मात्र हु,तर म जस्ता हजारौ परदेशीएकाहरुको जीवन यो भन्दा अझ कष्टकर दुखदायी छ । कतिको परदेशमै खान बस्न पनि धौधौ छ र अनी कतिको आफ्नो देशमा घरपरिवारको उठिबास छ । तर के गर्नु
आमा ..!! मेरी आमाले थाहा पाए पछि पनि ३/४ पटक राजनैतिक परिवर्तन भईसके तर पनि बिश्वोयुद्धको बेला बाट सुरु भएको मुग्लानी यात्रा घट्न भन्दा दैनिक झन बढिरहेको छ । अहिले त अझ यिनै मुग्लानीबाट आधा जस्तो देशको अर्थतन्त्र धानेको छ ।यसरी अर्काको देशमा जति रंगत,पसिना र आत्मासम्मान बेचेर भएपनि हामीले आफ्नो छोरीको स्कुलको फि तिर्न छोराको लागि कापी क़लम किन्न,बुढा बा र बुढी आमाको औषधी गर्न र श्रीमतीको रहर पुरा गर्न सम्भव भएका छौ, यति मात्र हैन हाम्रै पसिनाको फल सरकारको राशन भत्ता देखि सबै कार्यमा झण्डै आधा जस्तो स्रोत बनेको छ ।
घरमा कहिले खान नपकाएको, अली कति नमिठो हुंदा पनि थाल झटारो हानेर कति पटक थाल फुटाएको मान्छे अहिले यहाँ आएर ३००/४०० जनालाई एकै ठाँउमा पकाएको खांदा पनि चित्त बुझाएको छु । सुरुसुरुमा कयौं रात भोकै बसे महिनौ रुएरै बिताए तर बिस्तारै बानी पर्दै गयो अहिले त यहि खाना पनि मिठो लाग्न थालेको छ । घरमा हुँदा ढलेको अम्खोरा नउठाउने म अहिले १२ घण्टा सम्म ३० किलोको सामान लगातार उचाल्न पर्दा पनि चलाएकै छु ।थोरै तातों धाम लाग्दा २५/३० डिग्रिको गर्मीमा पनि बाहिर ननिस्किने म अहिले ४० डिग्रिको तापक्रम सामान्य लाग्न थालेको छ । घरमा एक घण्टा ढिलो सुत्न पर्दा झगडा गर्ने म अहिले ३/४ घण्टा सुतेर पनि चित्त बुझाएको छु । यति हुंदा पनि मैले चित्त मात्र बुझाएको छैन १/२ जना दु:ख पाएका नेपाल आमाका सन्तानलाई उद्दार गर्ने सौभाग्य पाएर पनि खुसी नै छु । किनकी यहाँ आएर पनि मेरो भोकै बस्न पर्ने सडकको बास भएर फर्कीनु पर्ने बाध्यता भएन ।
यस अर्थमा म आफुलाई भाग्यमानी ठान्छु आमा ।
आमा म यस्तो सन्तान हु जो २०६२/०६३ को आन्दोलनमा अग्रपंतिमा आमाको रक्षाको लागि खटिए परिवर्तन पछि केहि वर्ष नेपाल बसे । तर राजनैतिक परिवर्तनले मात्र रोजगार दिदो रहेनछ र त बिडम्बना छोरा छोरीको स्कुल पढ्ने चाहना,आमाको उपचार खर्च र श्रीमतीको गहना लगाउने चाहना पुरा गर्ने र भविश्यमा खुसी भएर बाँच्ने सपना बोकेर मुग्लान आएको थिए दश वर्ष बितिसक्यो तर .... न कुनै चाहना पुरा भए न कुनै चाडबाड नै लाग्यो ।
अब त आमा ! मलाई नेपाल आएर गुजारा चलाउन पनि धौधौ पर्छ होला ,दशौँ वर्ष सम्म एउटै काम गरेकोले पनि होला शरिर पनि बिरामी भएको छ ।न जवानी बाँकी बस्यो न कुनै शक्ति न त आत्मसम्मान नै बाँकी छ । आमा म जस्तो सन्तान जन्मिए भनेर कहिलै पनि गुनासो नगर्नुस ल ,भनिन्छ आफ्नो सन्तानको खुसी नै आमा बाबाको खुसी हो ' यहि सम्झिएर चित्त बुझाउनुस ल ।
हरेक वर्ष जस्तै यस वर्ष पनि घर गाँउमा दशैँ आएको छ रे पल्लो गाँउको बिर्खे पनि घर फर्किदै छ त अन्य हजारौ आमाको छोराहरु पनि फर्किदै छन रे ..। तर मेरो त दशौँ वर्ष बित्यो तर कहिलै बिदा मिलाएर घर फर्किन सकिन । अहिले दशैँ के हो तिहार केहो भुली सके जस्तो भएको छ । म जस्ता लाखौ छोराछोरीहरु यसरी नै भुल्दै छन् अझ भनौ कतिले त आफ्नो सन्तानको अनुहार पनि भुलीसके ।यसरी मैले न आमाको माया पाउन सके न आमाको बुढेशकालको साहरा नै बन्न सके ।आमा मलाई पनि चाडबाड सँगै मनाउने रहर नभएको त कहाँ होर तर के गर्ने भविश्यको सपना अझै बाँकी नै छ ।
आमा सधै जस्तो यसपाली दशैंमा पनि घर आउन पाईन हजुरको स्वास्थ्य धेरै भयो ठिक नभएको चाडबाडमा छोरो नभएको पिडामा झन बिराम बल्झिएला ।आफ्नो नातिलाई आफ्नो छोरा सम्झिएर मलाई बिर्सनुस है । पिर र चिन्ता कदापि नगर्नुस छोरो कमाउन र खुसीका सपना लिंन गएको भनेर चित्त बुझाउनुस ल ।
यस्तै तल बेसीको गोठ पनि ढलेको छ रे मुल घरको पनि छानो चुहिने छ भन्ने सुनेको थिए तर यो पाली पनि दशैंमा केहि गरेर खर्च पठाउन सकिन । तर पनि आमा दुईटा लैनौ भैसी छन एउटा लैनो भैसी बेचेर भएपनि नयां लुगा लगाउनु घरको छानो टाल्न लगाउनु होला ।
अब अर्को महिना पैशा पठाउने पालो मेरो हो तिहार सम्म जसरी पनि पैसा पठाउछु होला आमा यसपालीको दशैँ खल्लो नै भए पनि खुसी भएर मनाउनु होला । धेरै चिन्ता नगर्नु होला ।आमा मैले उनी र छोरा छोरीलाई पनि सम्झाएको छु धेरै पिर नगर्नु होला । अर्को दशैँमा अरुको छोरो जस्तो हजुरको छोरो पनि पिडाहरु बिचबाट खुसीको र सुखको दशैँ लिएर आमा हजुरको काखमा बसेर मनाउन आउने छु । अहिले लाई बिदा माग्छु ।
उही नेपाल आमाको सन्तान
मुग्लानी ।
उही परदेशी छोरा
No comments :
Post a Comment