आराम छु आरामताको कामना गर्दछु।दिदी नेपाली हिन्दुहरुको दोस्रो ठुलो महान पर्व शुभदिपावली,लक्ष्मी पुजा तथा भाईटिका यति बेला घर आगनमा आइपुगेको छ ।गाँउघर तिर देउसी भैले खेल्न थालिसके होलान् । तर के गर्नु दिदी तिम्रो प्यारो भाई सात समुन्द्र पारी छ।बिना भाई न तिज आएको छ न दशै न अब तिहार नै आउछ भनेर आमा सँग दशैंमा रुदै थियौ रे ।
यसपालीको पनि तिहारमा पनि तिम्रो प्यारो भाई फर्किएन भनेर धेरै चिन्ता नगर ।
दिदि कति रमाइलो थियो है हाम्रो बाल्यकाल ।संगै भयो कि सानो सानो निहु झिकेर झगडा गरिहाल्नु पथ्यो हामीलाई ? तर फेरि एक छिन पनि छुटिएर बस्न सक्दैनथ्यौ। एउटा नहुदा अकोर्लाई छटपटाहट सुरु भइहाल्थ्यो। त्यही भएर गाँउतिराको भन्ने गर्थे यिनीहरूका दिदीभाई मिल्न पनि नसक्ने छुट्टिन पनि नसक्ने दोभानमा जोडिएका नंदि जस्तो ? साँच्चै है ! दिदी माया भनेकै त्यही रहेछ ?अहिले त हामी घाम र जुन जस्तो एउटै धर्तीमा भएर पनि कोसौँ टाढा भएका छौ । अहिले तिमी घरबारे भएकी छौ, चाहेर पनि जन्म घरमा आउन पाउदिनौ र म पनि त्यस्तै त भएको छु नि दिदी।तिम्रो बिहे भएको महिना दिन पनि नबित्दै कमाउने सपना बोकेर परदेशी भएको सात वर्ष बितिसकेछ अझै फर्किन सकेको छैन ।
यसरी हरेक वर्ष चाडबाड आउँदा मुटु भक्कानो परेर आउँछ।अझ अरु पर्व भन्दा तिहार मेरो लागि बिशेष भएकाले पनि होला यमपञ्चक सुरु भएदेखि आँखा सुकेको छैन ।
वर्षौ देखि तिम्रो हात र मेरो निधार खाली छ ।तिम्रो बिहेको दिनमा डोली चड्दै गर्दा भनेकी थियौ मेरो भाई अब यो घरमा भोली देखि तिमी एक्लै हुने छौ ।हो दिदि म अहिले एक्लै भएको छु तर बिडम्बना घर नभई परदेशमा छु ।दिदि तिम्रो अभाव पहिले जति थियो त्यो भन्दा कयौं गुणा बढि अहिले भएको छ । पहिले छटपट्टि मात्र हुन्थ्यो अहिले आँशु थाम्न सकेको छैन ।अझ दिदि देउसी भैलोमा मलाई हात समातेर सँगै हिडालेको सम्झिदा झन भक्कानो फुटेर आउछ । दिदि त्यो तिम्रो हातबाट लगाईदिईको सप्तरंगी टिका र कहिलै न ओईलाउने मखमली र दु:खबाट मुक्ति गराउने सयपत्रिको माला झलझली सम्झिरहन्छु ।अनी आफ्नो भाईलाई रोगब्याधी र शत्रुबाट जोगियोस भनेर तेलको धारले छेकेको घाम जस्तै छर्लङ्ग सम्झिरहन्छु ।
दिदि तिहारले गाँउघर झिलमिलि र झपक्क भएको होला । म जसरी परदेशीएका धेरै भाईहरु फर्किएका होलान् सबैको घरमा दीपावली भएको होला । तिमी पनि दुनीयालाई देखाउनको लागि भएपनि सलले आँशु पुच्दै दीपावली र लक्ष्मी पुजा गर्दैछेउ होली ।म नभएपनि मेरो लागि आफ्नै हातले उनेकी छेउहोला दिदि सयपत्री र मखमली फुलको माला, जुन हाम्रै आँगनको डिलमा तिहारको बेलामा मेरो लागि फुलेका हुन्थे ।तर बिडम्बना सयपत्री र मखमली फुलको माला मलाई नभएर मेरो भित्ताको तष्बिरमा लगाईदिन आठौ वर्ष पनि बाध्य हुदैछेउ आज।देउसुरे खेल्न आउनेलाई देख्दा पनि भकानिन्छेउ होला । आफ्नो भाई पनि सँगै भईदिएको भए म पनि कति रमाईलो गर्ने थिए ।
हो दिदि म सात समुन्द्र पारी पुगेको छु तिमी पनि कर्म घरमा पुगेकी छेउ ।तिमी सँग भिनाजु र भान्जी छिन म एक्लै छु । सायद भाईले परदेशीएर भुल्यो जस्तो लाग्या होला तर दिदि तिम्रो लागि ताजै छ मेरा बिगतहरु ।अनी दिदि तिम्रो लागि प्रत्यक वर्ष छुट्याएका दक्षिणाहरु । तर दिदि भाईको चिन्ता नगर तिम्रो भाई तिमीले छेकेको तेलको धाराले सबैसँग जोगिएको छ ।यसरी नै सधै सजग भएर आफ्नो भविष्यमा लागि रहनेछु ।
दिदि भाई कमाउन गएको छ अहिले त सँगै भईएन अर्को वर्ष पछि सँगै हुनेछौ भनेर बुझ ल ।
यति मात्र हो कि यो तिहारमा पनि दिदि तिम्रो र मेरो दुरी टाढा हुने भयो । यो साल पनि आफ्नो हातबाट निधारमा सप्तरङ्गी टीका अनि गलामा मखमली र सयपत्री फूलको माला लगाईदिन पाईनौ ।गतवर्ष पनि भनेको थिए अर्को वर्ष सकेसम्म मिलाएर घर आँउछु ।
तर यो साल पनि आफ्नो सानो सपना पुरा गर्न यतै रुमलिदै छु । मलाई पनि त चाडबाडमा फर्किन मन त नभएको कहाँ होर तर विदेशी भूमिमा मेरो बाध्यता । वर्षौ देखि बाबा आमा पनि मेरो बाटो कुर्दै बस्नुभएको छ ।त्यसैले म पनि भन्न विवश छु ठीकै छ यो सालको तिहार पनि यस्तै भयो अर्को सालको दशैँ र तिहारमा त अवश्य पनि छुट्टी मिलाएर आउनेछु ।
परदेशी भाई
No comments :
Post a Comment