Nepal Flag
Home » » लोकसेवा दोस्रो पत्र

लोकसेवा दोस्रो पत्र

बैदेशिक रोजगार सम्बन्धि जानकारी
कुनै देशको नागरिकले अन्य देशमा गइ आय आर्जन गर्नका लागि रोजगारी गर्ने कार्यलाई नै वैदेशिक रोजगार भनिन्छ । वैदेशिक रोजगारीको स्वर्णिम पक्ष भनेको विदेशी मुद्रा आर्जन हो ।  नेपालले २०० वर्ष अगाडीदेखि वैदेशिक रोजगारमा जान थालेको इतिहास पाइन्छ ।
हालको अवस्था :
•     
०६)/०६८ को फाल्गुन मसान्तसम्म १९ लाख ६४ हजार ३८३ जना वैदेशिक रोजगारमा गएका (औपचारिक माध्यमबाट भारत वाहेक)
•   
वैदेशिक रोजगारबाट (विप्रेषण आय) GDP मा योगदान आ.व. ०६७\०६८ मा १९.८ %(गत आ.व.मा यो १९.३% थियो)
•   
विप्रेषण आयको वृद्धिदर -१२ % छ ।
•   
विदेशी विनियम संचितिमा विप्रेषण आयको महत्वपूर्ण योगदान रही आएको
•   
रोजगारी वृद्धिदर ३.० (त्रिवर्षीय योजनामा पुर्या उँने लक्ष्य ३.६ %)
•   
श्रम शक्ति सहभागिता दर ८३.४ %
•   
आर्थिक हिसाबले सक्रिय जनसंख्या – (१५ वर्ष ६४ वर्ष) को करिब ५७ %
•   
कृषि क्षेत्रमा संलग्न जनसंख्या ७४ %
वैदेशिक रोजगार र चुनौतीहरु :-
•   
अन्तर्राष्ट्रिय माग अनुरुपको जनशक्ति निर्माण गर्नु चुनौतिपूर्ण छ ।
•   
यो अस्थायी प्रकृतिको हुने भएकोले आन्तरिक रोजगारिको दिगो समाधान खोज्नु चुनौतिपूर्ण छ ।
•   
वैदेशिक रोजगारमा गएका कामदारको सुरक्षाको विषय ।
•   
यसलाई मर्यादित र सम्मानपूर्ण बनाउने कसरी
•   
यस क्षेत्रमा हुने ठगीको नियन्त्रण गर्नु पनि चुनौतीपूर्ण छ ।

सरकारले गरेका प्रयासहरु :
.   
वैदेशिक रोजगार विभागको पुनर्गठन,
 .  
श्रम कुटनीतिको बिस्तार,
.   
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको गठन,
.   
आप्रवासी स्रोत केन्द्रको स्थापना,
.   
चार मुलुकमा श्रम सहचारीको व्यवस्था,
.   
पाँच मुलुकसँग श्रम सम्झौता,
.   
वैदेशिक रोजगार न्यायाधीकरणको स्थापना,
.   
रोजगारीका लागि १०८ मुलुक खुला गरिएका छन् ।
युवा स्वरोजगार
देशको द्रुत्ततर विकासका लागि युवा तथा साना व्यवसायी बेरोजगारहरुलाई स्वरोजगारको अवसर उपलब्ध गराउन नेपाल सरकारले आ.व. ०६५/०६६ मा सुरु गरेको नविन कार्यक्रम नै युवा स्वरोजगार कार्यक्रम हो ।
यसका विशेषताहरुमा :
•   
बैंक तथा वित्तीय संस्थाको माध्यमबाट ऋण प्रवाह
•   
सहुलियत पूर्ण ब्याजदर,
•   
बिना धितो ऋण,
•   
व्यवसायिक तालिम,
•    
लक्षित वर्ग : पिछडिएका, विपन्न, महिला, दलित, द्धन्द्ध पिडित, बेरोजगार युवाहरु, द्धन्द्ध पिडित जनताहरु, परम्परागत सीप भएका जनताहरु
•   
स्थानीय कच्चा पदार्थ र सीपमूलक परियोजनालाई प्राथमिकता
•   
दुई लाख सम्मको ऋण सीमा,
•   
समयमै ब्याज र साँवा फिर्ता गरेमा ६० % मिनाहा आदि छन् ।
विविध 
इ.पि.एस. भन्नाले के बुझिन्छ ?
.   
दक्षिण कोरिया सरकाले लागू गरेको रोजगार अनुमति प्रणाली Employment Permit System लाई छोटकारीमा E.P.S. भनिन्छ ।
JITCO
भन्नाले के बुझिन्छ ?
.   
औद्योगिक प्रशिक्षणमै तथा अभ्यास साथै कामदार पठाउँन Japanले स्थापना गरेको Japan International Training Cooperation Organization लाई छोटकारीमा JITCO भनिन्छ ।
•   
वैदेशिक रोजगार सम्बन्धी कानुन : वैदेशिक रोजगार सम्बन्धी ऐन-२०६४
•   
वैदेशिक रोजगार सम्बन्धमा संस्थागत व्यवस्था :-
१.    श्रम मन्त्रालय
२.    वैदेशिक रोजगार प्रवर्द्धन विभाग (२०६५ मा गठन)
३.    श्रम विभाग
४.    अन्तर्गत १४ वटा रोजगार सूचना केन्द्र स्थापना
त्रिबर्षिय योजना दीर्घकालीन सोच
–     
वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र अधिक फलदायी वनाउँदै बाह्य तथा आन्तरिक रोजगारी प्राप्त हुने आर्थिक लाभलाई एवं गैर आर्थिक लाभलाई गरिबी निवारण तथा राष्ट्रको दिगो आर्थिक सामाजिक विकासका लागि लगानी गर्ने ।
उद्देश्य
–   
विदेशी श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने उद्यमशील, दक्ष र सीपयुक्त मानव संशाधनको विकास गरी बेरोजगारी न्यूनिकरण गर्ने ।
–   
वैदेशिक रोजगारीका जोखिमहरु कम गर्ने र लाभलाई अधिकतम गर्दै गरिबी निवारणमा यस क्षेत्रको योगदान अभिवृद्धि गर्ने ।
रणनीति 
–   
वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र भरपर्दो  वनाई अधिक प्रतिफलदायक वनाउने तथा यसको आप्रवासन चक्रहरुमा गुणात्मक सुधार ल्याउने ।
–   
विप्रेषणलाई संस्थागत रुपमा परिचालित गरी आधिकारीक रुपमा उत्पादनमूलक आर्थिक तथा मानवीय विकासमा परिचालन गर्ने ।

वैदेशिक रोजगार: सम्बन्धी छोटो प्रश्नहरु :
१.    वैदेशिक रोजगार भन्नाले के बुझ्नुहुन्छ ?
२.    "वैदेशिक रोजगार नै नेपालको विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत हो" पुष्टी गर्नुहोस् ।
३.    वैदेशिक रोजगार किन आवश्यक मानिन्छ ? उल्लेख गर्नुहोस् ।
४.    नेपालको आर्थिक विकासमा वैदेशिक रोजगारको योगदान के कस्तो छ ? प्रष्ट पार्नुहोस् ।
५.    नेपालले वैदेशिक रोजगारलाई प्रभावकारी बनाउन के कस्ता कदम चालेको छ ? उल्लेख गर्नुहोस् ।
जनशक्ति (मानव संसाधन(Human Resource)
सीप र क्षमताले युक्त कुनै पनि देशको  नागरिक नै त्यस देशको लागि जनशक्ति वा मानव संसाधन हो । क्षमता विहिन व्यक्ति मानव हुँदैमा जनशक्तिको परिभाषामा पर्दैन । उत्पादनका साधनहरु भूमी पुँजी, प्रविधिको जति महत्व हुन्छ जनशक्तिको महत्व सो भन्दा अझै धेरै रहेको हुन्छ । किनकी जनशक्तिले नै अन्य साधनको परिचालन गर्छ, योजना बनाउछ, नियन्त्रण गर्छ । त्यसैले भनिन्छ जनशक्तिबिना कुनै शक्ति, शक्ति रहदैन ।

जनशक्ति सम्बन्धमा विद्यमान केही तथ्यहरु :-
•   
आर्थिक रुपले सक्रिय जनसंख्या  : ५७ % (१५ देखि ६५ उमेर समूह)
•   
वैदेशिक रोजगारमा गएका जनशक्ति :-  १९ लाख६४ हजार (०६७ फागुन मसान्त सम्म)
•   
वैदेशिक रोजगारमा सबैभन्दा बढी मलेसियामा गएका,
•   
नेपालमा हाल रोजगारी वृद्धिदर ३.० %
•   
रोजगारीको स्थिति पूर्ण रोजगारी६६.८ %
   . 
पूर्ण + अर्ध रोजगारमा रहेको जम्मा जनसंख्या ९७.९ %
    .
पूर्ण वेरोजगारी २.१ %
•   
कृषि कार्यमा संलग्न जनशक्ति ७४ % -
(-स्रोत, आर्थिक सर्वेक्षण, श्रम शक्ति सर्वेक्षण  २००८_)
 महत्व
•   
जनशक्ति उत्पादनको प्रमुख साधन हो ।
•   
जनशक्ति नै अन्य शक्तिको परिचालक, नियामक, नियन्त्रक र  नियोजक हो ।
•   
जनशक्तिसँग बुद्धि विवेक, संवेदनशीलता आदि हुन्छ जुन अरु साधनमा हुँदैन ।
•   
मानव संसाधन नै आर्थिक सामाजिक विकासको पूर्वधार हो ,
•   
गरिबी घटाउँन होस् वा आर्थिक वृद्धिदर ल्याउन गुणस्तरीय मानव संसाधनको अहम् भूमिका रहन्छ। त्यसैले प्रायस: सबै आवधिक योजनामा यो क्षेत्र प्राथमिकतामा परेको छ ।
मानव संसाधनका सम्बन्धमा अन्तरिम योजनाले लिएको उद्देश्य :
मानव संसाधन सम्बन्धमा अन्तरिम योजनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम, दक्ष मानव संसाधनको विकास गर्न उपयुक्त नीति तयार गर्ने तथा जनसहभागिता मुलक र न्यायोचित परिपाटीलाई आधारमानी विद्यमान गरिबी र असमानतालाई न्यूनीकरण गर्ने ।

नेपालमा मानव संसाधन विकासमा देखिएका समास्या :
१.    कार्य संस्कृतिको नै अभाव रहेको ।
२.    गैर कानूनी र बिना लगानीको आयलाई सामाजिक प्रोत्साहन ।
३.    श्रम बजारको आवश्यकता र सम्भावना आँकलन गर्न नसकिएको ।
४.    व्यवसायिक शिक्षा कमजोर रहेको ।
५.    मानव संसाधन विकासका लागि सरकारको एकिकृत र व्यवस्थित योजना नभएको ।
६.    मानव संसाधनको पूर्ण र समुचित प्रयोग गर्ने नीतिकै अभाव ।
७.    कम रोजगारीका अवसर।
८.    विदेश पलायनको प्रवाह बढ्दो रहेको (E.D.V मार्फत सैनिक सेवामा बेलायत, दैनिक करिब १,००० युवाहरु विदेश पलायन Student भिसा, अन्य )
९.    राष्ट्रिय प्रथमिकता अनुसारको जनशक्ति उत्पादन नहुँदा माग र आपूर्तिबीच असन्तुलन भएको अवस्था ।
जनशक्ति  शिर्षकबाट आउने सम्भावित प्रश्नहरु : 
•   
जनशक्ति भन्नाले के बुझ्नुहुन्छ ?
•    “
समृद्ध राष्ट्रको लागि जनशक्तिनै प्रमुख स्रोत होपुष्टि गर्नुहोस् ।
•   
जनशक्तिबिना कुनै शक्ति रहँदैन पुष्टि गर्नुहोस् ।
•   
जनशक्तिको महत्व प्रष्ट्याउनुहोस् ।
•   
जनशक्तिको विकासका लागि नेपाल सरकारको कार्यक्रम के छ ? उल्लेख गर्नुहोस् ।
•   
नेपालको जनशक्तिको वर्तमान अवस्थाको विश्लेषण गर्नुहोस् ।
कृषि
देशको ग्राहस्थ उत्पादनको ठूलो हिस्सा कृषिले ओगट्ने र वहुसंख्यक जनता कृषिमा निर्भर रहने भएकोले नेपाललाई कृषि प्रधान देश भनिएको हो ।
हाल GDP मा कृषिको योगदान: ३५.७% (गैर कृषिको योगदान ६४.३%) रहेको छ । नेपालमा करिब ७४% जनता कृषिमा निर्भर रहेको अवस्था छ ।

नेपालको कृषि क्षेत्रको अवस्था झल्काउने प्रमुख सूचकहरु:
•    GDP
मा कृषिको योगदान: ३५.७% (गैर कृषिको योगदान ६४.३%)
•   
कृषि क्षेत्रको बृद्धिदर: ४.१% (त्रिवर्षीय योजनाको लक्ष्य ३.९%)
•   
गैरकृषि क्षेत्रको बृद्धिदर: ३.१% (त्रिवर्षीय योजनाको लक्ष्य ६.४%)
•   
२०६७\०६८ मा खाद्यान्न उत्पादन बृद्धिदर १०.३६%
•   
कूल कृषि योग्य भूमिको कति प्रतिशत भागमा सिचाँइ सुविधा उपलव्ध छ - ६६ प्रतिशत
•   
कुल भु-भागको कति प्रतिशत भूमि खेतियोग्य छ - १७.९७ प्रतिशत
•   
कृषिमा आश्रित जनता ७४ प्रतिशत (त्रिवर्षीय योजना अनुसार) स्रोत आर्थिक सर्भेक्षण ०६७\०६८ र त्रिवर्षीय योजना,

कृषि विविध :
•   
प्रमुख खाद्यान्न बालीमा क्रमश:  धान, मकै, गहुँ, कोदो पर्दछन् ।
•   
जनताको तटबन्ध कार्यक्रम सुरु २०६७\०६८ मा भएको हो ।
•   
कृषि विकासका लागि संस्थागत व्यवस्था : कृषि मन्त्रालय, कृषि विभाग, साना किसान विकास बैंक, सहकारी विभाग, कृषि अनुसन्धान परिषद छन् ।
•   
वर्तमान राष्ट्रिय कृषि नीति कहिले ल्याइयो ?           - २०६१
•   
राष्ट्रिय कृषि व्यवस्थापन नीति कहिले ल्याइयो ?       - २०६३
•   
चिया खेतीको सुरुवात कहिले गरियो ?                       - १९२० देखि
•   
नेपालमा भुमिसुधार कार्यक्रम कहिले ल्याइयो ?         - वि.स.२०२१ मा
•   
२० वर्षे कृषि विकास योजना कहिले तर्जुमा गरियो ?         - वि.स. २०५२ साल
•   
नेपालको प्रमुख खाद्यान्न बाली कुन हो     ?                   - धान
•   
कुन नगदे बालीलाई नगदको खैरो कागज भनिन्छ     ?    - सनपाट
•   
५ अ को जिल्ला भनेर कुन जिल्लालार्इ चिनिन्छ ?           - इलाम (ओलन, आलु, अलैची, अम्लिसो र अदुवा)
•   
नेपाल अदुवा उत्पादनमा विश्वको कतिऔं राष्ट्र हो ?        – चौथो राष्ट्र
•   
विर्ता भन्नाले राष्ट्रको लागि उल्लेख्य कार्य गरेवापत राज्यद्वारा प्रदान गरिएको जग्गालाई बुझिन्छ ।

गुठी :
कुनै मठ, मन्दिर, शिक्षालय वा अन्य संस्थालाई दान गरिएको जग्गा वा सम्पति नै गुठी हो । गुठी दुई प्रकारका हुन्छन्
१)    राज गुठी
२) दुनीया गुठी
•    कुनै जाति विशेषलाई भोगचलन गर्न पाउने गरी प्रदान गरिएको जग्गालाई के नाम दिइएको थियो ? - किपट
•   
सरकारले किपट जग्गा खारेज गरी रैकरमा कहिले परिणत गर्यो् ?                    - २०१८
•   
राजदरवारको खर्च सञ्चालनको लागि प्रदान गरिने जग्गा लाई सेरा भनिन्थ्यो ।
•   
नेपाल चिया विकास निगमको स्थापना कहिले भयो ?                - २०३३
•   
चिया क्षेत्र कहिले घोषणा भयो ?                        - २०३९ साल
•   
नेपालमा सर्वप्रथम कहिले कफी खेती गरियो ?                    - वि.स. २०११ सालमा
•   
चिया क्षेत्र भनिने पाँच जिल्ला                     - इलाम, झापा, पाँचथर, धकुटा, तेह्रथुम
•   
नेपालको सुपारी उत्पादन हुने प्रमुख जिल्ला कुन हो ?                - झापा
•   
२०२३ वि.सं. मा नेपालमा भूमिसुधार वचत संस्थाको स्थापना गरियो ।
•   
नेपालमा कृषि गणना प्रत्येक १०\१० वर्षमा गर्ने गरिन्छ ।
•   
नेपालको दशौं र एघारौं योजनालाई कृषि दशकको रुपमा मनाउने निर्णय गरिएको थियो ।
•   
छैटौं राष्ट्रिय कृषि गणना कहिले सुरु भयो ?                    - २०६८ मंसिर २९ देखि
•   
नेपालमा कृषि गणना कहिले देखि सुरु भयो ?                     – वि.सं. २०१८
उद्योग
उद्योगको वर्तमान अवस्था : 
   
त्रिवर्षीय योजनामा औद्योगिक क्षेत्रको बृद्धि दर कति पुर्याउने लक्ष्य राखिएको छ ?    - ५% पुर्याउने
   
त्रिवर्षीय योजनाले उद्योग क्षेत्रमा कति रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ ?     - १५०००० जना
   
उद्योगमा विदेशी लगानी : २०६८ असारको अन्तसम्म २०१८ उद्योगमा स्वीकृति प्रदान, ६० अर्ब ४४ करोड लगानी, १लाख ४९ हजार रोजगारी सिर्जना हुने ।
उद्योग सम्बन्धी विविध जानकारीहरु :
   
नेपालको पहिलो उद्योग कुन हो ? (विराटनगर जुट मिल १९९३ वि.सं.) 
   
औद्योगिक विकासका लागि विषेश आर्थिक क्षेत्र स्थापना:     
-
भैरहवा, सिमरामा निर्माण हुँदै,
-
धनगढी, पाँचखाल, नुवाकोटमा संभाव्यता अध्ययनको कार्य सकिएको,
-
चालु आ.व.मा जुम्ला, कपिलवस्तु र विराटनगरमा संभाव्यता अध्ययन गरिने,उद्योग सम्बन्धमा नेपाल सरकारबाट प्रकाशित भएको नीति कुन हो ?     - औद्योगिक नीति २०६७
लघु उद्यम विकास कार्यक्रमलाई कति जिल्लामा बिस्तार गरिएको छ ?         -
औद्योगिक व्यवासय ऐनः २०४९ अनुसार उद्योगको स्तर निर्धारण  
-   
घरेलु उद्योग
-   
साना ३ करोड सम्म स्थिर जेथा (सम्पत्ति) भएको ।
-   
मझौला ३ देखि १०
-   
ठूला १० भन्दा माथि
 
उद्योगको वर्गीकरण :
-
उत्पादन मुलक उद्योग
-
उर्जा मुलक उद्योग
-
कृषि तथा वन जन्य उद्योग
-
खनिज उद्योग
-
सेवा उद्योग
-
निर्माण उद्योग
-
पर्यटन उद्योग
घरेलु उद्योग 
   
श्रममुलक देशको परम्परा, कला र संस्कृतिसँग सम्वर्द्धन खास सीप वा स्थानीय कच्चा पदार्थ र साधन परिचालन गर्ने परम्परागत किसिमका अनुसूची१ मा उल्लेख भए बमोजिमको घरेलु उद्योग हुनेछ ।
उद्योग सम्बन्धी विविध जानकारीहरु :
   
औद्योगिक गणना ५\५ वर्षमा गरिन्छ ।
    .One Stop Service Center :
उद्योगलाइ आवश्यक पर्ने सबैकुरा एकै थलोबाट उपलब्ध गराउने व्यवस्था ।
   .
विषेश आर्थिक क्षेत्र : निर्यात बृद्धि र प्रतिस्पर्धात्मक क्षमताको विकासको गरी विदेशी मुद्रा आर्जन गर्ने अवसर प्राप्त गर्न स्थापित क्षेत्र । 
     .BIPPA
भन्नाले के बुझिन्छ 
·         BIPPA भन्नाले Bilateral Investment Promotion and Protraction Agreement अर्थात दोहोरो लगानी प्रवर्द्धन तथा सुरक्षण सम्झौता भन्ने बुझिन्छ ।
·         नेपालले हालसम्म ६ वटा देशसँग विपा सम्झौता सम्पन्न गरिसकेको छ ।
·         वैदेशिक लगानी प्राप्त संभावना रहेका राष्ट्रहरु त्यो लगानीको र त्यसबाट हुने उत्पादनको सुरक्षा गर्नका लाविङ यो सम्झौता गर्दछन् ।
·         
व्यापार
वाणिज्य क्षेत्रको वर्तमान अवस्था : 
   
आयात र निर्यातको अवस्था - ६.१ रहेको छ ।
   
व्यापार घाटा GDP को २६.६% छ ।
त्रिवर्षीय योजनाको लक्ष्य :
   
व्यापार घाटालाई २६.६% बाट २० % मा झार्ने ।
   
आयात निर्यातको अनुपात ४.१ बनाउने ।
   
व्यापारिक क्षेत्रको बृद्धिदर ६.५५ हुने प्रक्षेपण (चालु योजनावधीमा)
नेपालको व्यापार विश्वमा नै भारतसँग बढी छ । भारतसँगको व्यापारमा निर्यातको तुलनामा आयातको अंश निकै बढि भएकोले व्यापार घाटा पनि ज्यादै उच्च छ । व्यवसायसँग
-
आयात निर्यातका क्रममा भन्सार गोदाममा तोकिएको दिन भन्दा बढि दिनसम्म राखिएका मालसामान वस्तुका लागि तिर्नु पर्ने थप शुल्क ।
   
उत्पत्तिको प्रमाण पत्र
-
उत्पादक राष्ट्रहरुले यो मालवस्तु यही देशमा उत्पादन भएको हो भनि दिइने प्रमाण पत्र ।
.    
दोहोरो करमुक्ति सम्झौता
—   
एकै आम्दानीमा देशमा कर तिरिसके पश्चात अर्को देशमा कर तिर्नु नपर्ने सम्झौता ।
—   
पहिलो सम्झौता भारतसँग सन् १९८७ मा  भएको थियो ।
—   
हाल : भारत, नर्वे, थाइल्यान्ड, श्रीलंका, अष्ट्रिया, मौरीसस, पाकिस्तान, चीन, द.कोरिया, कतार गरी १० राष्ट्र
.    
नेपालबाट भारत निकासी हुने सामानहरु
—   
वनस्पति घ्यू, जुटका सामान, कपडा, धागो अदि हुन् ।
.    SAPTA
को पूर्ण रुप SAARC Preferential Trading Arrangement.
.   
नेपालको पहिलो वाणिज्य बैंक नेपाल बैंक १९९४ कार्तिक ३० मा स्थापना भएको 
.   
ने.रा. बैंक राष्ट्र बैंक ऐन २०१२ अन्तरगत २०१३ बैशाख १४ मा स्थापना भएको हो ।
.    Barter System:
—   
मालवस्तु खरिद बिक्री गर्दा मालवस्तु नै भुक्तानी बिक्री गर्दा मालवस्तु नै भुक्तानीको रुपमा दिइने प्रणाली
व्यापार विविध :
.    DTAA
भन्नाले ? Double Taxation Avoidance Agreement.
 .  
नेपाल सरकारले नेपाल व्यापार एकिकृत रणनीति कहिले जारी गर्यो ?   - २०६७ मा
.   
वर्तमान वाणिज्य नीति २०६५ हो ।
.   
व्यापारलाई २ भागमा विभाजन गर्न सकिन्छ ।         (१) आन्तरिक (२) बाह्य
.   
नेपाल भारत वाणिज्य सन्धि वि.सं. २०६६ कार्तिक १० मा नवीकरण भयो ।
.   
नेपालले विश्व व्यापार संगठन WTO को सदस्यता कहिले लिएको थियो ? – सन् २००४ अप्रिल २३ (अर्थात २०६१ बैशाख ११ गते)
पर्यटन :
मनोरञ्जन वा दिल बहलाउने उद्देश्यले गरिने भ्रमण, घुमफिर गर्ने कार्य नै पर्यटन हो । यसरी घुम्ने व्यक्तिलाई पर्यटक भनिन्छ । र यसको व्यवसायलाई पर्यटन व्यवसाय भनिन्छ । कुनै पनि ठाउँको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र धार्मिक विशेषताको अवलोकन गर्न तथा विभिन्न उद्देश्य लिएर एक ठाउँबाट अर्को ठाउँको यात्रा गर्ने मानिसलाई पर्यटक भनिन्छ भने यसरी आउने पर्यटनलाई आवश्यक आवास, भोजन, मनोरञ्जन, पथ प्रदर्शन साधन आदि सुविधा र सेवा उपलब्ध गराई अर्थ अपार्जन गर्ने व्यवसायलाई पर्यटन व्यवसाय भनिन्छ । पर्यटनलाई आन्तरिक र बाह्य पर्यटनको रुपमा छुट्याउन सकिन्छ ।
नेपाल असिमित पर्यटकीय संभावनाहरु भएको देश हो ।
नेपालका पर्यटनको महत्व 
–   
राष्ट्रिय आयमा वृद्धि
–   
विदेशी मुद्राको प्रमुख स्रोत
–   
रोजगारीमा वृद्धि
–   
विश्वमा नेपालको प्रचारप्रसार
–   
घरेलु उद्योगको विकासमा टेवा
–   
सांस्कृतिक आदान प्रदान
वर्तमान अवस्था र भावी लक्ष्य (त्रिवर्षीय योजना) :
·         .    त्रिवर्षीय योजनामा पर्यटन क्षेत्रको बृद्धिदर - ८% हुने अनुमान छ ।
·         .    पर्यटक आगमन १२ लाख पुर्याउने लक्ष्य छ 
·         .    बसाई १२ दिन पुर्याउने लक्ष्य छ ।
·         .    खर्च प्रति प्रयटक ७३ डलर पु-याउने लक्ष्य छ ।
·         .    पर्यटन क्षेत्रबाट कूल आम्दानी ५० करोड पुर्याउने लक्ष्य छ ।
·         .    प्रत्यक्ष रोजगारी १,५०,००० जना पुर्याउने लक्ष्य छ ।
·         .    GDP मा पर्यटनको योगदान: २.४ % लक्ष्य छ
प्रश्न : नेपाल पर्यटन वर्ष २०११ को  बारेमा उल्लेख गर्नुहोस् । 

नेपालको पर्यटकको आगमन बढाई विदेशी मुद्रा आर्जन गर्नेरोजगारी सिर्जना गर्ने र समष्टिगत आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्यका साथ सन् २०११ लाई नेपाल पर्यटन वर्ष मनाइयो । सरकारले यस कार्यक्रमबाट १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । पर्यटनका लागि सँगसँगै नारा लिएर सन् २०११ जनावरी १४ मा औपचारिक उद्घाटन भएको यस वर्षमा  ७ लाख भन्दा वढी पर्यटक आएको अनुमान छ । यस कार्यक्रमलाई प्रवर्द्धन गर्न नेपाल सरकारले सदभाबना दुतको रुपमा (१) खगेन्द्र थापा मगर  (२) सदिक्षा श्रेष्ठ  (३) प्रशान्त तामाङलाई नियुक्त गरेको थियो । नेपाल सरकारले यस्तै कार्यक्रम सन् १९९८ मा Visit Nepal Year को रुपमा मनाएको थियो ।
प्रश्न : निजामति कर्मचारी सगरमाथा आरोहणको विषयमा लेख्नुहोस् ।
निजामती कर्मचारी सगरमाथा आरोहण
·         २०६८ साल जेठ ४ मा पर्यटन सचिव लिलामणी पौडेलको नेतृत्वमा १५ जनाको आरोहण दलका ९ जनाले सफल आरोहण गरेका   थिए।
·              नेपाल सरकारले प्रत्येक सफल आरोहीलाई रु २ लाख सहित सम्मान गरेको थियो ।
·             यसै परिप्रेक्ष्यमा तत्कालिन पर्यटन सचिव श्री लिलामणी पौडेलले पर्यटनको क्षेत्रको Tourism Man of the year 2011 Award पुरस्कार समेत प्राप्त गर्नुभएको छ ।
त्रिवर्षिय योजनामा उल्लेख गरीएका पर्यटन सम्वन्धी दीर्घकालीन सोच,उद्देश्य र रणनीतिहरु
दीर्घकालीन सोच
मुलुकमा विद्यमान पर्यटकीय संभावनाहरुको विकास, संरक्षण र प्रवद्र्धन गर्दै सुरक्षित, सर्वसुलभ र विश्सनीय हवाई सेवा उपलब्ध गराई नेपाललाई सुरक्षित र आकर्षक गन्तव्यस्थलको रुपमा स्थापित गरी यसा क्षेत्रबाट रोजगारी सिर्जना, समावेशी र समन्यायिक आर्थिक वृद्धि, सन्तुलित विकास र गरिबी न्यूनिकरणमा योगदान पु¥याई राष्ट्रिय अर्थतन्त्रको प्रमुख क्षेत्रको रुपमा  स्थापित गर्ने ।
उद्देश्य
·             पर्यटन उद्योगलाई ग्रामीण तहसम्म विकास र विस्तार गरी सघन एवं समन्वयात्मक पर्यटकीय विकासका माध्यमबाट नेपाललाई विश्वकै प्रमुख पर्यटकीय गन्तबय स्थलको रुपमा विकास गर्दै पर्यटन क्षेत्रको विकासबाट  राष्ट्रिय आर्थिक कृयाकलापमा अभिवृद्धि गरी रोगजारी सिर्जना, क्षेत्रिय सन्तुलन, समावेशी र समन्यायिक आर्थिक वृद्धि हासिल गरी गरिबी न्यूनिकरण गर्ने
·             हवाई यातयातको सुदृढीकरणबाट राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा आवागमन र पहुँच बढाई आर्थिक विकास तथा पर्यटन विकास गर्ने ।
रणनीतिहरू
·            पर्यटकीय संभावनाहरुको विकास र प्रवद्र्धन गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधारको रुपमा विकास गर्ने ।
·             नेपाललाई विश्वकै प्रमुख र आकर्षण पर्यटकीय गन्तव्यस्थलको  रुपमा स्थापित गर्ने ।
·             आन्तरिक पर्यटकलाई समेत पर्यटकको परिभाषामा समेटी आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्ने नयाँनयाँ गन्तब्यस्थलको विकास र विस्तार गरी पर्यटन व्यवसायको विविधीकरण गर्ने
·             सरकारी, निजी, स्थानीय निकाय र समुदायको सहकार्यमा पर्यटन विकासको निम्ति आवश्यक पूर्वाधारहरुको विकास र विस्तार गर्ने ।
·            पर्यटन विकासका माध्यमबाट सन्तुलित, समावेशी र समन्यायिक आर्थिक  वृद्धि हासिल गर्दै रोजगारी सिर्जना, क्षेत्रीय सन्तुलन तथा गरिबी न्यूनिकरणमा योगदान पु-याउने ।
·             नेपालमा पर्यटन विकासका लागि आवश्यक वातावरण तयार गर्ने ।
·             हवाइ सेवालाई गुणस्तरीय, प्रतिस्पर्धी भरपर्दो र सुलभ वनाउन आवश्यक कार्यक्रम संचालन गरिनुका साथै अन्तर्राष्ट्रिय र आन्तरिक विमनस्थलहरुको विकास र स्तरोन्नति गर्ने
·             नेपाल वायुसेवा नियमको व्यवस्थापनलाई सार्वजनिकनिजी साझेदारीका अवधारणा अनुरुप सुधार गरी समग्र क्षमता बढाउने ।  
पर्यटन विविध : 
   .
नेपालमा पर्यटन मन्त्रालयको स्थापना कहिले भयो ?      - २०३३ सालमा
    .
नेपाल भ्रमण वर्ष सर्वप्रथम कहिले मनाइएको थियो ?      - सन् १९९८ मा
    .
पर्यटन क्षेत्रको विकासका लागि पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड पर्यटन परिषद लगायतको संस्थागत व्यवस्था गरिएको छ । 
.    पर्यटन परिषदको अध्यक्ष को रहने व्यवस्था छ ?             – प्रधानमन्त्री
 .  
नेपालले सन् २०१२ लाई लुम्बिनी वर्षको रुपमा मनाउँदैछ ।
  . 
पर्यटन प्रकारमा धार्मिक पर्यटन, साहसिक पर्यटन, सम्मेलन पर्यटन आदि ।
.   
होमस्टे पर्यटकलार्इ खान, बस्न लगायतका सेवा घरमै दिने गरी सञ्चालन गरिने सेवा ।
 .   CNN
को विश्वयात्रा सूचीमा नेपालको सगरमाथा १ नम्बरमा परेको छ ।
  . 
नेपालमा सबैभन्दा बढि पर्यटक भारतबाट आउँछन् ।
.   
पहिलो ग्राम पर्यटन केन्द्र स्याङ्जाको सिरुवारी हो ।
  . 
नेपालमा सबैभन्दा बढि पर्यटक मनोरन्जनका लागि आउने गर्दछन् ।
 .  
विश्व पर्यटन दिवस सेप्टेम्बर २७ मा मनाइन्छ ।
  . 
धेरै पर्यटकहरु पदयात्रामा जान मनपराउने क्षेत्र अन्नपूर्ण क्षेत्र हो ।
 .  
नेपालमा हाल प्रचलित पर्यटन नीति पर्यटन नीति २०६५हो ।
    .
पर्यटनका लागि नेपालले गरेको ब्रान्ड “ Naturally Nepal Once Is Not Enough”
    .
नेपालले पर्यटन विकासका लागि दुरदृष्टि २०२० जारी गरी सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।
Share this article :

No comments :