Nepal Flag
Home » , , » सौर्यमण्डल सम्बन्धि जानकारीहरू

सौर्यमण्डल सम्बन्धि जानकारीहरू


सौर्यमण्डल
=======

सौर्यमण्डल एक खगोलिय प्रणाली हो, जसको केन्द्रमा रहेको तारालाई ग्रहहरू तथा उल्का पिण्डहरूले परिक्रमा गर्दछन। सबै भन्दा प्रशिद्ध सौर्यमण्डल त्यो हो जहाँ मानवहरू रहेका छन, पृथ्वी रहेको छ। पृथ्वीले सूर्यको वरिपरि एक अण्डाकार कक्ष, जुन लगभग चक्राकार छ,मा परिक्रमा गर्दछ। अरु ग्रहहरूले पनि सूर्यको वरिपरि अण्डाकार कक्षमा परिक्रमा गर्दछन।
सूर्यको वरिपरि घुम्ने सबैभन्दा ठुला पिण्डहरूलाई ग्रह भनिन्छ। दुरविनका सहायताले गहन खोज गरि ग्रहहरू पत्ता लगाउन मानिसहरूलाई कयौँ वर्ष लागेको थियो। कुनै ठुला ग्रहहरू पत्ता नलागेको धेरै वर्ष भईसक्यो, तर साना पिण्डहरू भने हरेक वर्ष धेरै पत्ता लाग्ने गरेका छन्। सन् २००६ मा चेक गणतन्त्रको राजधानी प्राग भएको इन्टरनेसनल एस्ट्रोनोमिकल युनियन (IAU) को सम्मेलनले ग्रहहरुलाई परिभाषित गर्दै यम ग्रहलाई छुद्र ग्रहको सुचीमा सुचीक्रित गरेको थियो। यसपछी सौर्यमण्डलमा ग्रहहरुको सङ्ख्या आठ पुगेको छ।

यम (प्लुटो) अब ग्रह रहेन
यमलाई ग्रह भनिन थालेको करिब सय वर्ष भईसक्यो। सन २००६मा खगोलशास्त्रीहरूले यसको सानो आकारका कारण यसलाई ग्रहबाट अबोन्नति गरि फुच्चेग्रह वा सानो-ग्रहको दर्जा दिए। यसो गर्नाको अर्को कारण यसको कक्ष हो, जुन अरु ८ ग्रहहरूको भन्दा निक्कै भिन्न छ। हाल यम, सेरेस र एरिस समेतलाई फुच्चे-ग्रह वा सानो-ग्रह भनिन्छ।
---
सूर्य
---
सूर्य हाम्रो सौर्यमण्डलको केन्द्रमा रहेको तारा हो। यसलाई घाम वा सुर्जे पनि भनिन्छ। पृथ्वी लगायत धेरै ग्रह, ग्रहिका, उल्कापिण्ड, पुच्छ्रेतारा आदिहरूले यसको परिक्रमा गर्दछन्। पृथ्वीमा रहेको सम्पूर्ण जीवन सूर्यकै कारणले सम्भब भएको हो।

वैज्ञानिक अध्ययन
------------
सूर्यको तौल करिब २×१०३० किलोग्राम छ, जुन सामान्य भन्दा केही बढी हो। यसको तौलको करिब ७४%हाइड्रोजन, २५% हिलियम र बाँकि अन्य गर्हौल पदार्थहरू रहेका छन्। यसको आयु करिब ५ अर्ब वर्ष रहेको अनुमान गरिन्छ। सूर्यले आफ्नो जीवनको आधा यात्रा तय गरीसकेको अनुमान गरिन्छ। यस समयमा सूर्यलेपरमाणवीय सन्धि प्रतिक्रियाद्वारा केन्द्रमा रहेको हाइड्रोजनलाई हिलियममा परिणत गर्दछ। करिब ५ अर्ब बर्षपछि यो ग्रहिय नेबुलामा परिणत हुने छ।
पृथ्विको सबैभन्दा नजीकको तारा भएर र बैज्ञानिकहरू बाट सघन अध्ययन हुँदाहुँदै पनि, यसका बारेमा धेरै प्रश्नहरू अनुत्तरित छन् - जस्तै, किन यसको बाहिरी बायुमण्डलको तापक्रम दशलाख केल्भिन भन्दा बढि छ जबकि यसको देख्न सकिने सतहको तापक्रम ६,०००के मात्र छ।

वैदिक धारणा
-------
वेद र पुराणमा सूर्य लाई सौर्यमण्डलको सर्वाधिक बलशाली ग्रह मानिन्छ। नवग्रह मध्ये सूर्यलाई विशेष मान्यता दिइएको छ। सूर्यलाई शनिको पिता मानिएको छ। सूर्यको रंग रातो र उसको वाहन रथ हो, उसको एक मात्र चक्र छ जसले वर्षलाई दर्शाउँछ। यस चक्रमा १२ भाग छ जुन १२ महिनाको द्योतक हो। यस चक्रको मध्यमा छ भाग छ जुन छ ऋतुहरूको द्योतक हो। रवि, हेली, भास्कर, विकर्तन, अहस्कर, तपन, पूषा, नभेश्वर, मार्तण्ड, दिवाकर, प्रभाकर, अर्क, अरुण, चित्ररथ आदि यसको पर्याय नामहरू हो।


ग्रहहरू ===
---------------------------------------------------------------------------
--------
बुध ग्रह
-------
बुधग्रह सौर्यमण्डलमा सूर्यको सबै भन्दा नजीकको ग्रह हो। यो धेरै सानो छ जसको भूमध्यरे़खीय अर्धव्यास् २,४३९.७ किमि रहेको छ। It is covered in craters. हरेक दिन धेरै गर्मी हुन्छ र हरेक रात धेरै जाँडो हुन्छ।
सौर्यमण्डलको सबभन्दा सानो ग्रह हो। अरू ग्रहभन्दा सूर्यनजीक भएकोले, सबभन्दा छिठो ग्रह हो। सूर्यको वरिपरि घुम्न करिब ८८ दिन मात्रै लाग्छ।
यो ग्रह सौर्यपरिवारको धेरै घनत्व भएका ग्रहहरू मध्य दोस्रो ग्रह हो। यसको सतह फलामबाट निर्माण भएको छ जुन् अत्यन्त धेरै घनत्वको हुन्छ। यद्यपी, यसको चुम्बकीय क्षेत्र एकदम कम्जोर छ।
बुधग्रहमा अहीलेसम्म पुगेका दुईअन्तरीक्षयान, मध्य म्यारिनर १०ले १९७४ देखि १९७५ सम्म यसको ४५% सतहको नक्शांकन् गरेको थियो। त्यसपछी दोस्रो पटक प्रक्षपण गरिएको अन्तरीक्षयान मेसेन्जरले जनवरी १४ २००८मा थप् ३०% सतहको नक्शांकन् गरेको थियो। मेसेन्जरले २००९को सेप्टेम्बरजमा अन्तीम उडान् भरेको थियो र अब सन् २०११मा यसले बुधग्रहलाई पूर्ण परिक्रमा गरी बाँकी भागको नक्शांकन् गर्नेछ। यो ग्रह सूर्यको वरिपरि धेरै छिठो घुमिरहेकोले, धेरै भाषामा यसलाई रोमाली धर्मको पखेता भएको देवदुत मेर्कुरियुसको नामले भनिन्छ। अङ्ग्रजीमा Mercury भनिन्छ। नेपालीमा यसलाई चन्द्रको छोरोको नामले भनिन्छ।

-----
शुक्र ग्रह
-----
शुक्रग्रह सौर्यमण्डलमा सूर्यबाट दोस्रो ग्रह हो। यस ग्रहको सतह चट्टानले बनेको छ र यसको वायूमण्डलकार्बन्डाईअक्साइड् र बिषालूसल्फ्युरिक् एसिडले बनेको हुन्छ। पृथ्वीको सामान्य तापक्रममा सल्फ्युरिक् एसिड तरल् अवस्थामा हुन्छ तर शुक्रग्रह यती त तातो छ की शुक्रग्रहमा भएको सल्फ्युरिक् एसिड वाष्पीकरण भएर ग्यासको रूपमा पाइन्छ। हरितगृह प्रभावका कारण यो ग्रह सौर्य परिवारको सबै भन्दा तातो ग्रह बनेको छ जसका कारण पृथ्वीमा बस्ने कुनै पनि सजिव वस्तु त्यहा जीवित रहने कल्पना समेत् गर्न सकिदैन। यसको वायूमण्डलमा रहेको बाक्लो बादलका कारण यस ग्रहको सतह राडारको सहायताले मात्र पहिल्याउन सकिन्छ।शुक्र ग्रह आकारमा पृथ्वीभन्दा अलिकति मात्र सानो छ । पृथ्वीको व्यास १२ हजार आठसय किलोमिटर छ भने शुक्रको व्यास १२ हजार १०२ किलोमिटर छ । शुक्र ग्रह सूर्यबाट १० करोड ८२ लाख आठ हजार नौ सय किलोमिटरको दूरीमा रहन्छ । यसले सूर्यलाई एक पटक घुम्न आठ महिना अथवा २२४ दिन १६ घण्टा लगाउँछ । सूर्यबाट नजीक भएको हुनाले यसको सूर्यपट्टि फर्केको सतह निकै तातो हुन्छ । यो ग्रहको सतहमा चार सय डिग्री सेल्सियससम्म तापक्रम हुने कुरा वैज्ञानिकहरूले पत्ता लगाएका छन् ।
यस ग्रहलाई अङ्ग्रेजीमा विनस (Venus) भनिन्छ जुन् रोमन माया र सुन्दरताकीदेवी विनसको नामबाट राखिएको हो।
शुक्रग्रह पृथ्वीको आकाशबाट प्रायजसो सधैं देखिन्छ तर बिहान सबेरै र सूर्यास्तको केहीक्षण पछि राम्रो सँग देखिन्छ। यो ग्रह पृथ्वीबाट आकाशमा देखिने वस्तु मध्ये सूर्य र चन्द्रमा पछिको सबै भन्दा चम्किलो वस्तु हो। यसलाई कहिले काहिं प्रात तारा र the "Evening Star" पनि भनिन्छ किन भनें यो ग्रह प्रायजसो यीनै समयमा देखापर्छ र जबसम्म बाइनाकुलर् वा दूरदर्शकयन्त्रको प्रयोग गरिंदैन तब सम्म यो ग्रह तारा जस्तै देखिन्छ।साँझमा पश्चिम दिशातर्फको आकाशमा अलिक माथि हेरेको खण्डमा निकै चम्किलो आकाशीय पिण्ड देखिने छ । एकनासले प्रकाशित भइरहेको त्यो पिण्ड नै शुक्र ग्रह हो । यसरी नै यो ग्रह कहिले सूर्योदयभन्दा अगाडि पूर्वी आकाशमा पनि देखिन्छ । त्यसैले लोकबोलीमा यसलाई बिहानीतारा पनि भनिन्छ ।
---
पृथ्वी
---
पृथ्वी, (अङ्ग्रेपजी the Earth or Terra), सौर्यमण्डलको तेस्रो ग्रह हो। It is the largest of thesolar system's terrestrial planets, र the only planetary body that modern scienceconfirms as harboring life. यो ग्रह करिव ४.५७ अर्ब (४.५७×१०९) बर्ष अगाडि उतपन्न भएको हो। त्यसको केही पछि यसले एकमात्र प्राकृतिक उपग्रह, चन्द्रमा, प्राप्त गर्योa। यसका प्रमूख चेतनशिल प्राणीमानव हुन। (Homo sapiens sapiens).
------
मंगल ग्रह
------
सौर्यमण्डलमा मंगलग्रह सूर्यबाट चौथो ग्रह हो।
रातो ग्रह भएकोले र रगतको रङ्ग रातो भएर, युरोपेलीहरूले मंगलग्रहलाई रोमाली युद्धदेवको नाम मार्स दिए।
मंगलग्रहको दुइटा एकदम साना चन्द्रमा छन्। त्यसका नाम फोबस र डाइमस हुन्।
मंगलग्रह ढुङ्गाबाट बनेको हो। ढुङ्गा र धुलोमा फलामको खैयो पाइएकोले, जमीन रातो देखिन्छ। ग्रहको कार्बन डाइयक्साइडबाट बनेको वायु-मण्डल बिरल छ। सूर्याबाट टाढा भएकोले, मंगलग्रहको तापक्रम पृथ्वीको भन्दा धेरै जाँडो हुन्छ। मंगलको उत्तर र दक्षिण ध्रुवमा पानीको बरफ र कार्बन डायोक्साइडको बरफ पनि पाइन्छ।
आजभोली ध्रुवमा बाहेक मंगलको सतहमा पानी पाइँदैन। धेरै वैज्ञानिकको विचारमा पानी पहिले पहिले पाइन्थ्यो। कति पानी पाइन्थ्यो, पानी कहिले बिलायो भनेर वैज्ञानिक पत्ता लगाउन खोज्दैन्। जमीनको मुनी पानी अझै भएको विश्वास कुनै वैज्ञानिकहरू गर्छन्।
--------
बृहस्पति ग्रह
--------
बृहस्पतिग्रह सौर्यमण्डको सबैभन्दा ठूलो र सूर्यबाट पाँचौं ग्रह हो। ग्याँसबाट मात्रै बनेकोले, त्यसलाई ग्याँस पिण्ड भन्छन्। सौर्यमण्डलको अरु सात ग्रहको पिण्ड जम्म गरेपनि, बृहस्पतिग्रहको पिण्ड झन बढी हुन्थ्यो।
सन् २००३मा बृहस्पतिको वरिपरि घुमिरहेको ६३वटा चन्द्रमा पत्ता लगाइसकेको थिए। त्यीमाध्य सबभन्दा ठूलो ४वटा चन्द्र वैज्ञानिक गालिलेयोले पत्ता लागेकोले, गालिलेयी चन्द्रमा भन्छन्। तिनीका नाम आयो, युरोपा, ग्यानिमिड र कलिस्टो हुन्।
बृहस्पतिग्रह ठूलो भएर त्यसको वायु-मण्डल गहिरो गएर उच्च चाप हुन्छ। अन्तरिक्षयान बृहस्पतिभित्र पस्यो भने, एक छिनमै किचिन्थ्यो। त्यसकारणले बृहस्पतिको वायु-मण्डलभित्र के के छ भनेर थोरै थाहा छ।
बृहस्पतिको पतलो चक्क छ।
------
शनि ग्रह
------
शनिग्रह सौर्यमण्डलमा सूर्यबाट छैटौं ग्रह हो। यो यौटा ग्यासको पिण्ड (अङ्ग्रेजीमा gas giant), हो जसमा ग्यास नै ग्यास रहेको छ र शायद यसमा ठोस सतह नै छैन। यसको वरिपरी एकदमै ठूलो ग्रहीय चक्का छ जुन बरफ र खनिज चट्टानले बनेको छ।
शनि ध्रुव तिर चेप्टो र भुमध्यरेखातिर फैलेको छ किन भनें यो एकदम तिब्र गतिले घुम्छ। शनि सौरमण्डलको एउटामात्र त्यस्तो ग्रह हो जसको घनत्व पानीको भन्दा कम छ। त्यसैले यदि शनिलाई ठूलो पोखरीमा राख्‌ने हो भने पोखरीमा शनि तैरने छ।
शनिका धेरै चन्द्रहरू छन्। ३० वटा चन्द्रका नामाकरण गरीएका छन्। बाँकीका चन्द्रका नाम छैनन्। १९८० भन्दा पहिले भेटाइएका वा पत्ता लगाइएका चन्द्रलाई टाइटन, रिया, , डायोनी, टिथिस, एन्सेलडस,माइमस, हाइपेरियन, फिबी र ज्यानस भनिन्छ। टाइटन शनिको सबैभन्दा ठूलो चन्द्र हो। डिसेम्बर २००४ र जनवरी २००५मा शनिका नजीकैबाट खिचिएका धेरै फोटाहरू लिइएका थिए। यसको श्रेय जान्छ त्यो मानव निर्मित भू-उपग्रह जसलाई भनिन्छ। त्यस भू-उपग्रहको एउटा भागले त अझ टाइटनमा अवतरण पनि गरेको थियो।

अरुण ग्रह
------
अरुण र यसका चन्द्रमाहरू
अरुण सौर्यमण्डलको सूर्यबाट सातौं ग्रह हो। ग्याँस पिण्ड हो। यो सौर्यपरिवारमा तेश्रो ठूलो ग्रह हो। यसको २७वटा उपग्रहहरू छन्। जसमध्ये Miranda, Ariel, Umbriel, Titania र Oberon मुख्य पाँच उपग्रहहरू हुन्। यो ग्रह आफ्नो अक्षमा धेरै ढल्केको हुनाले ध्रुवीय दृष्टीकोणले तेर्सो परेको छ।

वरुण ग्रह
------
वरुणग्रह सौर्यमण्डलको सूर्यबाट आठौं ग्रह हो। यो ग्रह पनि एक ग्यास् पिण्ड हो जसको वरिपरि चारवटा मुस्किलले देखिने खालका घेराहरू छन। Urbain Le Verrier र John Couch Adamsलाई वरुण ग्रहको आविश्कारकको रूपमा चिनिन्छ। यो ग्रहलाई पृथ्वीबाट बाइनाकुलर र दूरदर्शकयन्त्रको मद्दतले सजिलै हेर्न सकिन्छ। भोयजर २ नामक अन्तरिक्षयानले १९८९मा पत्तालगाएअनुसार यसमा "The Dark Spot" नाम गरेको आँधी रहेको छ। यद्यपी १९९४मा उक्त आँधी देखिएको थिएन। बरुण ग्रहका १३ वटा उपग्रहहरू छन। ती मध्ये सबैभन्दा ठूलो उपग्रह Triton हो ,जुन् उपग्रह वरुणग्रहको एकमात्र गोलो उपग्रह हो। Trition पृथ्वीको चन्द्रमा भन्दा केही सानो छ। अङ्ग्रेजीमा यसलाई नेप्च्युन भनिन्छ, नेप्च्युन, प्राचीन रोमन धर्मको प्रमुख देवताहरू मध्ये एउटा थिए। उनी समुद्रको देवता थिए। उनकै समतुल्य प्राचीन यूनानी धर्मको देवता थिए पोसाइडन। उनकै नामबाट सौर्य परिवारको आठौँ ग्रहको नाम नेप्च्युन राखिएको हो।

थप जानकारी
---------
डाइमस
सौर्यमण्डलमा सबभन्दा सानो चन्द्रमा डाइमस हो। त्यसको औसत लम्बाई १२ कि.मी. हो।
मङ्गलग्रहको वरिपरि घुम्नलाई १.२६२४४ दिन लाग्छ।
डाइमस मङ्गलग्रहले कब्जा भएको क्षुद्रग्रह भएको विश्वास छ।
डाइमस ढुङ्गा र बरफबाट बन्छ। त्यसको तौल झण्डै २ पद्म (१.८ x १० १५) कि.ग्रा. हो।
अगस्ट १८, १८७७ अमेरिकाली खगोलशस्त्री एसफ हलले डाइमस पत्ता लगाए।
प्रचीन युनानी धर्ममा युद्धको देउताको दुइजना छोरा थिए :- डर र आतङ्क। युरोपेली भाषामा मङ्गलग्रहलाई युद्धको देउताको नाम दिइएकोले, त्यसको उपग्रह छोराको नाम दिइए। डाइमस भन्ने नामको मतलब "आतङ्क" हो।
------
युरेनस
अरुण सौर्यमण्डलको सूर्यबाट सातौं ग्रह हो। ग्याँस पिण्ड हो। यो सौर्यपरिवारमा तेश्रो ठूलो ग्रह हो। यसको २७वटाउपग्रहहरू छन्। जसमध्ये Miranda, Ariel, Umbriel, Titania र Oberon मुख्य पाँच उपग्रहहरू हुन्। यो ग्रह आफ्नो अक्षमा धेरै ढल्केको हुनाले ध्रुवीय दृष्टीकोणले तेर्सो परेको छ।


Share this article :

No comments :