Nepal Flag
Home » , , » मायाँ

मायाँ


चिनजान भए पछि मायाँ हुँदो रैछ।
अनि फेरि बिछोडमा मन रुँदो रैछ।।
जीवनमा बिताएका पल सम्झिएर।
परेपछि थाहा भयो आँसु चुँदो रैछ।।

तिम्ले आखा तरे पछि रोदन हुदो रैछ ।
आंशु झारि रुदै नयन, भिज्दो रैछ।।
मन नपराउनेलाइ माया दिनु उसै रुनु रैछ ।
तिमीसँगको बिछोडले आँसु झर्दो रैछ ।।

तिमी मुटु जीवनमा सरिक नहुँदा ।
तिमीलाइ सम्झि यो मन त्यसै रुदो रैछ ।।
मायाले मानिसलाइ दिलमा गाडे पछी ।
उसैलाइ सम्झि सम्झि पागल हुँदो रैछ ।।
Share this article :

No comments :