Nepal Flag
Home » » लतै लतको देश जापान

लतै लतको देश जापान

 


बिश्वो आर्थीक शक्तिशाली देश हो जापान ,अनी धेरै बिदेशीहरुको सपनाको देश पनि हो जापान ।सायद तपाई हाम्रो पनि सपानाको देश हो जापान,कयौका आफन्तहरु त पुगीसकेका छन त कतिका जाने तरखरमा छन ।


यति धेरैको सपनाको देश अनी हरेक कुरा सुबिधा सम्पन्न हुँदाहुँदै पनि कतिपय नराम्रो कुराहरुको दलदल पनि हो जापान । यहाँका सामान्यतय प्राय:मानिसहरु केहि न केहि नराम्रो लतमा फस्ने गरेका हुन्छन त्यसमा त झन बिदेशी भित्रन बित्तिकै दलदलमा भाषिने धेरै हुने गरेका छन् । 


कयौ सपानाको र सुन्दर भविष्यको कल्पनामा बिदेशबाट भित्रिने मानिस भनौ या त जापानी नै भनौ प्राय: सानो वा ठुलो लतमा फसेका हुन्छन् । सामान्यतय लगभग ६५%भन्दा बढी जापानमा हुने मानिसहरु सुर्तिजन्य पदार्थ सेवन गर्छन ।जसमा उच्चमाध्यमीक तहमा पढ्ने ५०% पर्छन भने सो भन्दा माथिका ७०% मानिसहरु सुर्तीजन्य पदार्थ सेवन गर्छन् ।यस्तै गरी अल्कोहलीक पदार्थ सेवन गर्ने मानिसहरुको सँख्या लगभग ९०% छन् । जसमा माध्यमिक तहका ४०% र बाँकी सो भन्दा माथिका मानिसहरुमा पाईन्छ ।त्यसै गरी लागु औषद सेवन गर्नेहरुको संख्या २% को हाराहारीमा रहेका छन् भने बेश्याबृति लगाएत कार्यमा संलग्नको संख्या ५% को हाराहारीमा छन् ।


जापानमा २० वर्षमुनीका मान्छेलाई कुनै पनि कार्य गर्न बन्देज छ भने त्यो २० वर्ष कटेपछि लगभग सबै कुरा गर्न छुट छ तर लागु औषद भने पुर्ण रुपमा बन्देज नै छ ।


सुर्तिजन्य पदार्थ चुरोट अनी अलकोहलीक पदार्थ प्राय: सबै पसलहरुमा पाईन्छ तर सम्बन्धित मान्छेको २० वर्ष पुगे नपुगेको प्रमाण पेश गर्नु पर्ने हुन्छ ।यस्तै रेडलाईट एरिया मा पनि यस्तै ब्यबस्था छ । तर कानुन अन्तर्गत रहेर जुनसुकै कुरा गर्न पनि पुर्ण स्वतन्त्र रहेको छ ।जापानमा झण्डै ५०० भन्दा बढी रेडलाईट एरियाहरु छन् ,जहाँ दिनौ मान्छेहरु जाने गर्छन् र औषत मानिसहरु आफ्नो कमाईको ५ % खर्च गर्ने गर्छन् ।


अब सुरु गरौ संसारभरीबाट सुन्दर भविष्यको खोजीमा जापानमा भित्रीएका मानिसहरु कसरी कुलतमा फस्छन् । 

जापान यस्तो देश हो जहाँ जो कोहीले पनि आफ्नो पुर्ण अधिकारको उपयोग गर्न पाउछ मन लागेको कुरा गर्न पाउछ । अझ भनौ पुर्ण रुपमा प्रजातन्त्रको प्रत्याभुती गर्न पाउँछ । 


लगभग जापान भित्रिने मानिसहरु भनेका नेपाल जस्तै अल्पबिकसित देशहरुका हुन्।नेपालमा जसरी हरेक कुरा पुर्ण रुपमा खुल्ला रुपमा प्राप्त गर्न सकिदैन र प्राप्त गरेपनि आर्थीक अभाव र सामाजिक बन्धनबाट सम्भव हुदैन ।तर जब जापान प्रवेश गर्छ तब उसले हरेक कुराबाट स्वतन्त्र महसुस गर्छ अनि हरेक कुरा पुरा हुने सपना देख्न थाल्छ । यस्तै बेला परिवारबाट बिछोडिएको पिडा भुलाउने बहानामा सबै एक दुई कुलतमा फस्न सुरु गर्छ ।


यसरी बस्दै गर्दा आफ्नो देशमा हुँदा बियर र चुरोटको गन्ध पनि नसुघ्ने ५/६ महिना पछि यि दुबै कुरा दैनीकी हुन थाल्छन भने रेडलाईट एरीयाको यात्रा सुरु गर्न थाल्छन् । पैशा पनि हुने पारीबारीक बन्धन पनि नहुने अनी साथीहरुसँग मिल्न कै लागि भनेर सुरु गर्नेको पनि असल साथी बियर र चुरोट बन्न पुग्छ । अनी साथी जाने रेडलाईट एरिया आफुपनि जान थाल्छ । यसरी १/२ वर्षमा आफ्नो देश फर्कीने बेला सम्म यि सबै किसीमको सिकार बन्न पुग्छन र  नराम्रो गरी लतैलतको दलदलमा फस्न पुग्छन् । यसैले लतलतैको देश हो जापान । 

Share this article :

No comments :