Nepal Flag
Home » » मन पर्ने रंगले बताउँछ तपाइँको व्यक्तित्व

मन पर्ने रंगले बताउँछ तपाइँको व्यक्तित्व


मन पर्ने रंगले बताउँछ तपाइँको व्यक्तित्व

कुनैपनि व्यक्तिलाई मन पर्ने रंग अर्को व्यक्तिलाई मन नपर्न सक्छ । यसको अर्थ रंगको मामिलामा पनि मानिसहरु चूजी हुन्छन् ।व्यक्तिले आफुलाई मन पर्ने रंगका लुगाफाटो वा अरु कुनैपनि उपयोगी साधनहरु खरीद गर्न चाहन्छ र प्रयोग गर्न चाहन्छ । तपाइँ हामी पनि कुनै खास रंगका कपडा वा सरसामान प्रयोग गर्न विशेष रुची देखाउँछौँ ।हामीलाई कुनै रंग विशेष रुपमा मन पर्छ तर यसरी एउटा रंग मन पर्नु वा अरु रंगमा मन नजानुको कारण हामीलाई थाहा हुँदैन । हामीलाई कुनै खास रंग मन पर्नु र अरु रंग मन नपर्नुको अर्थ र त्यसले हाम्रो मानसिकतासँग राख्ने सम्बन्धको बारेमा पनि ख्याल हुँदैन ।तर पछिल्लो अध्ययनले कुनै पनि व्यक्तिको रंगप्रतिको छनोटले उसको सोँच तथा व्यक्तित्व झल्काउँछ ।व्यक्तिले कुन रंग मन पराउँछ भन्ने कुराबाट उसको शारीरिक, मानसिक, भावनात्मक तथा धार्मिक मनस्थितिको बारेमा गुह्य कुरा पत्ता लगाउन सकिने मनोविशेषज्ञहरु बताउँछन् । उनीहरुका अनुसार कुनैपनि व्यक्तिले आफ्नो व्यक्तित्व अनुसार नै रंगको चयन गर्छन् । आखिर कुन रंग रोज्ने व्यक्तिको चरित्र कस्तो हुन्छ त ?
· सेतो रंग – यो शुद्धताको संकेत हो । सेतो रंग आफ्नो मनपर्ने व्यक्तिको मन जित्न समेत कामयावी हुन्छ । सेतो रंगको पहिरन लगाउने व्यक्तिहरु देखावटीमा विश्वास नगर्ने खालका हुन्छन् । उनीहरु आफ्नो काममा शतप्रतिशत निपुर्णता चाहन्छन् । कुनैपनि काम अधूरो छाड्न चाहँदैनन् ।
· रातो रंग – आक्रामकताको प्रतिकको रुपमा रहेको रातो रंग मन पार्ने व्यक्ति घुमफिर गर्न रुचाउने खालका हुन्छन् । रातो रंग रुचाउने व्यक्तिहरु महत्वाकांक्षी हुनुका साथै चाहेको कुरा गरेरै छाड्ने प्रवृत्तिका पनि हुन्छन् । यिनीहरु आशावादी तथा जोसिला हुन्छन् ।
· गुलाबी रंग – माया तथा लगाबको प्रतिकको रुपमा रहेको गुलाबी रंग मन पार्ने खासगरी महिलाहरु जिन्दगीमा सधै सुरक्षा र अर्काको संरक्षण चाहने खालका हुन्छन् । उनीहरु सौन्दर्यप्रेमी हुन्छन् र सधै आकर्षक देखिन चाहन्छन् । उनीहरु विलासी जिवनका भोगी हुन्छन् ।
· सुन्तला रंग – सुन्तला रंग मन पराउने व्यक्तिहरु अरु आम मानिसभन्दा युनिक देखिन चाहने खालका हुन्छन् । व्यवहार कुशल हुने भएकाले उनीहरुको सामाजिक दायरा पनि फराकिलो हुन्छ । उनीहरु निडर, उत्सुक तथा चंचल स्वभावका हुन्छन् । यिनीहरुको व्यवहार थोरै ढुलमुले प्रवृत्तिको समेत हुनेगर्छ ।
· पहेँलो रंग – पहेँलो रंग मन पार्ने व्यक्तिहरु जिन्दगीमा सधै नयाँपन चाहन्छन् । यिनीहरु कल्पनाशील हुन्छन् । हँसिमजाक रुचाउने खालका हुन्छन् । सोँच स्पष्ट हुन्छ भने अरुलाई राम्रो सल्लाह दिने खालका हुन्छन् ।
· हरियो रंग – हरियो रंग आशाको प्रतिक हो । तथापि यस्तो रंग मन पराउने मानिसहरुमा आत्मविश्वासको कमी हुन्छ र उनीहरुको कमजोरीको फाइदा अरुले उठाउँछ । यिनीहरु समाजमा सक्रिय त हुन्छन् तर एक्लोपन उनीहरुको टाउको दुखाइ बन्दछ ।
· निलो रंग – निलो रंग मन पराउने व्यक्तिहरु अधिक संवेदनशील हुन्छन् । उनिहरु आफुमाथि पूरै नियन्त्रण गर्न सक्षम हुन्छन् र बहकाउमा लाग्दैनन् । विश्वासयोग्य हुन्छन् तर बढि चिन्ता गर्ने बानी यिनीहरुका लागि प्रत्युत्पादक बन्दछ ।
· कालो रंग – कालो रंग मन पराउने व्यक्तिहरुको व्यक्तित्व प्रभावशाली हुन्छ । यिनीहरुको व्यक्तित्व रहस्यमय समेत हुन्छ । यो वर्गका मानिसहरु आफ्नो भावनालाई अक्सर दबाएरै राख्छन् । 
Share this article :

No comments :