Nepal Flag
Home » » कुरा मात्र काट्ने लाई त नेता भन्छन

कुरा मात्र काट्ने लाई त नेता भन्छन



कुरा मात्र काट्ने लाई त नेता भन्छन हजुर।
संधै भरि ढाट्ने लाई त नेता भन्छन हजुर ।।

नेताजी को नियम हो कि चलेको यो चलन खै।
गल्ति मात्रै आट्ने लाई त नेता भन्छन हजुर।।

मरि मरि हड्डी घोटी खेति जब गरे पछि ।
नफक्रिदै झाट्ने लाई त नेता भन्छन हजुर।।

सक्छौ भने हान गोलि छाती मेरो तयार नै छ।
आफ्नो पन साट्ने लाई त नेता भन्छन हजुर।।

रोगले या शोकले होस् कुकुर पनि बौलाउछ।
आफैं थुक्दै चाट्ने लाई त नेता भन्छन हजुर।।

रामचन्द्र बस्याल बिखर्ची
बघौडा,८,ब्रहमपुरी,माडी
चितवन,नारायणी,नेपाल
Share this article :

No comments :