Nepal Flag

कलम



कलम

कालाकाला लेख्छु अक्षर म सेतो पानामा ।
शिक्षक तथा बिद्यार्थीको हुन्छु सधै साथमा ।।
सँगसँगै जान्छु म मानिसको साथमा ।
लेख्छु म साना कुरा खोली मानिसको गाथामा ।।
हुन्न म कहिले मानिसको साथबाट अन्त ।
लेख्छु म सधै साना अक्षर मानिस हुन्छन बिश्वास्त ।।
आज म भइरहेको छु संसारको साथि ।
मेरै का।रणबाट मानिसहरु पुग्दैछन माथि ।।
चलाउछु म नाम सधै यो बिशाल बिश्वमा ।
म नै सर्वश्रेष्ठ भएको छु यो बिश्वमा ।।
बस्छु म सधै मानिसको गोजी गजीमा ।
मानिसको नाम चल्छ म बाटै आज बिश्वमा ।।

टिकाराम गौतम
कक्षा :– ६
श्री उच्च माध्यमीक विद्यालय लाम्पन्टार
जरायोटार –४,सिन्धुली,

Share this article :

No comments :