Nepal Flag
Home » » तिमी आउछौ

तिमी आउछौ


तिमी आउछौ भन्ने थ्यो
मेरो मन तान्छौ भन्ने थ्यो

घाइते बनाउन मलाई
मुटुमा गोली हान्छौ भन्ने थ्यो

विश्वाश मैले गरेको हुनाले
मेरो भनाइ मान्छौ भन्ने थ्यो

हजारौंको भिड भएता पनि
मलाई नै छान्छौ भन्ने थ्यो

तनले जती टाढा भए पनि
मन्ले आफ्नै ठ्हान्छौ भन्ने थ्यो

यो नयाँ युगमा मैले लानु भन्दा
आट गरेर तिमीले लान्छौ भन्ने थ्यो !!



टिकाराम गौतम
जरायोटार-०४,सिन्धुली
हाल टोकियो जापान
Share this article :

No comments :