Nepal Flag
Home » » यौन सम्बन्धि रोचक तथ्यहरु

यौन सम्बन्धि रोचक तथ्यहरु

यौनका मामिलामा विश्वमा हरेकदिन एक न एक प्रकारका घटनाहरु घटिरहेका हुन्छन् । ति मध्ये केही रोचक र अविश्वसनीय पनि हुन्छन् । यौनको बारेमा अनुसन्धानकर्ताहरुले पत्ता लगाएका केही रोचक तथ्यहरु यस्ता छन् ।

१. विश्वभरमा दैनिक १० करोड मानिसले यौनसम्पर्क गर्छन् ।

२. कण्डम निर्माता कम्पनी डुरेक्सका अनुसार मानिसहरू औशत दैनिक ०.२८, हप्तामा १.९८ र वर्षमा १०३ पटक यौन सम्पर्क गर्छन् ।

३. गेडागुडी, फर्सीका बियाँ, केरा, स्ट्रबेरी, खरबुजा, आँप, एभोकाडो, खुर्सानी, मरिच, स्याम्पेन, चकलेटजस्ता खाद्य पदार्थले यौन क्षमता बढाउछ ।

४. यौन सम्पर्क गर्दा महिलाको ७० देखि १२० क्यालोरी खर्च हुन्छ भने पुरुषको ७७ देखि १५५ क्यालोरी खर्च हुन्छ ।

५. यौन सम्पर्क गर्न अमेरिकी र ग्रिक नगरिकहरू सबैभन्दा अगाडि देखिएका छन्, अमेरिकीले एक वर्षमा १२४ पटक र ग्रिकले एक वर्षमा ११७ पटक यौन सम्पर्क गर्छन् । भारतीयले ७६ पटक र जापानीले ३६ पटक यौन सम्पर्क गर्ने अध्ययनले देखाएको छ ।

६. अध्ययनले एक वर्षमा पुरुष सपना देखेर नौपटक उत्तेजित हुने देखाएको छ ।

७. सन् २००४ मा पोर्न स्टार लिसा स्पाक्र्सले २४ घण्टामा ९१९ जनासंग सेक्स गरेर रेकर्ड नै कायम गरेकी थिइन् ।

८. विश्वभर ४२ लाख पोर्न वेबसाइट रहेको तथ्यांक अनुसन्धानबाट देखिएको छ । त्यसमा दशौं लाख सेक्ससम्बन्धी भिडियो राखिएका छन् ।

९. प्राचीन संस्कृत पुस्तक ‘कामसूत्र’मा विभिन्न ६४ सेक्स आसन उल्लेख गरिएको छ । यसलाई भारतको खजुराहो र कोनार्क मन्दिरमा चित्रित गरिएको पाइन्छ ।

१०. केही अफ्रिकी देशहरुमा अहिले पनि कुमारी केटीसंग सेक्स गरे एड्स निको हुन्छ भन्ने अन्धविश्वास रहेको छ । 
Share this article :

No comments :