Nepal Flag
Home » » केहि मननीय भनाईहरु

केहि मननीय भनाईहरु

१.“अबिबाहितहरु प्रेमको प्रभाबले वर्बाद हुन्छन्,
बिबाहितहरु प्रेमको अभाबमा वर्बाद हुन्छन्” |

२. “खान नपाएर थोरै मान्छे मर्छन,
खान नजानेर धेरै मान्छे मर्छन” | 

३.”धनी बन्न खोज्ने मान्छे अपराधी बन्छ,
गुणी बन्न खोज्ने मान्छे धनी बन्छ” |

४.”सुख खोज्नु पर्दैन, दुखको सदुपयोग गरे पुग्छ” |

५. “गरीब त्यो होइन जसले बिस्त्र किन्न सक्दैन,
गरीब त्यो हो जसको महँगो बिस्त्र भएर पनि सुत्न सक्दैन” |

६. “सब भन्दा सस्तो औषधी हाँस्य हो, यसको कमी भयो भने,
सब भन्दा महँगो औषधी खान बाध्य भईन्छ” |

७. “सब थोक पाएर दुखी हुनु भन्दा सबै थोक गुमाएर सुखी हुनु महान कुरा हो” |

८. “भिन्नै खाले राजनेता नभए सम्म,
भिन्नै खाले राजनीतिको सम्भावना नै छैन” |

९. “व्यापारीले कमाउन सकेन भने ऊ बर्बाद हुन्छ, राजनेताले कमाउन थाल्यो भने देश बर्बाद हुन्छ” |

१० “पुस्तक पढेर पनि जीवन बदलिदैन भने त्यो पुस्तकै हैन,
अक्षर संग्रह मात्र हो, या त्यो पाठक नै होइन अक्षर गन्न मात्र हो” | 

११. “बहादुर त्यो होइन जो डराउँदैन,
बहादुर त्यो जो डरका बाबजूद पनि अघि बढ्न सक्छ” |

१२. “सम्पति नभएर गरिब भईदैन,
भएको सम्पति नचिनेर गरिब होइन्छ” |

१३. “यदि रोगबाट मुक्ति पाइंदैन भने अपार सम्पति भएर के,
यदि रोगी छैन भने अपार सम्पतिको आबश्यक्त के” |

१४. “जसले आमाबाबुलाई प्रेम दर्शाउन सक्दैन,
उसले आफ्ना छोराछोरीहरुबाट प्रेम खोज्नु अपराध हो” |

१५. “यदि धर्मबाट विज्ञानलाई झिक्ने हो भने धर्म लंगडो बन्छ,
विज्ञानमा यदि धर्मलाई नजोड़ने हो भने विज्ञान अन्धो हुन्छ” |

१६. “हरेक पति पत्नीको ऐना हो | ऐना भित्रको चित्र बदल्नालाई
आफू नबदलीई सुखै छैन” |

१७. “तपाइंको परिवार स्वस्थ्य रहन घरमा औषधीको पोको होइन, फलफूलको डोको ल्याउने गर्नुहोस” |

१८. “थोरै दिनु पनि धेरै पाउनु हो” |

१९. “प्रत्येक सफल पतिको पछाडी पत्नीको हात हुन्छ, त्यस्तै यो पनि सत्य हो कि हरेक असफल
पतिको पछाडी पनि पत्नी कै हात हुन्छ | त्यसैले पतिलाई सफल वा असफल बनाउनुमा
पत्नीको निकै ठूलो भूमिका हुन्छ | परिवारको जहाजलाई डुवाउने वा पार लगाउने भन्ने कुरा
पत्नी माथि निर्भर रहन्छ” |

२०. “धन भनेको कम्पोस्ट मल जस्तै हो | यदि यसलाई धेरै ठाउँमा फैलायो भने धेरै ठाउँको कल्याण
गर्छ | यदि यसलाई एकै ठाउँमा थुपारियो भने यसले दूर्गन्ध फैलाउने बाहेक अरु केहि गर्दैन” |

२१. “अर्कालाई सुख बाँड्नको लागि पहिले आफै सुखी बन्नु पर्दछ
कारण सुखीले मात्र सुख बाँड्न सक्छ दुखीले हैन” |

Share this article :

No comments :