Nepal Flag
Home » » ग्यास्टिक (गानो) बाट बच्ने उपाय

ग्यास्टिक (गानो) बाट बच्ने उपाय


ग्यास्टिकलाई गाउँघरमा वायु, गोला वा गानो भन्ने गरिन्छ । गानोको लक्षण हुने पुरुष या महिलालाई पेटमा अम्लपित्त बढी भई मुटु पोल्ने, पेट फुल्ने, खाना नपच्ने, अमिलो वा गन्हाउने डकार आउने, केही खान इच्छा नहुने, पानी खाएमा एकछिन सञ्चो हुने र केही बेरपछि फेरि उक्त लक्षण पैदा हुन जान्छ । दिसा कसैमा कसिने, कसैमा पातलो तर खलास नहुने । दिसा गर्न जादा“ पिर–पिर, पट–पट आवाज आउने हुन्छ । पेटमा असजिलो भइरहन्छ । ग्यास्टीक मानसिक कारणहरुले पनि हुन्छ । साना–तिना कुरामा चिन्ता गर्ने, अरुहरुले के भन्लान् भनी चिन्ता गर्ने, संसारमा कसैले पनि अरलार्य राम्रो भन्न रुचाउ“दैनन्, त्यसैले कसैले राम्रो भने पिर गर्नु हु“दैन । आत्मा साक्षी राखी मन, वचन तथा कर्मले राम्रो काम गर्दै जानु पर्छ । सत्य छुदैन र एक दिन सत्यको विजय अवश्य नै हुन्छ भनी ठानी चिन्ता छाचेडी मन बलिायो पारी आत्मबलको मद्दतले नै रामं्रो काम गर्दै जानु पर्छ । ग्यास्टीकमा पेटका किराहरु, कहिले ढिलो कहिले चा“डो खाना खानु, धेरै बेर जागराम बस्नु, अमिलो पिरो मसलाहरु बढी खानु भुटे तारेको परिकार खानु जस्ता कारणहरुले पनि हुन्छन् । जसलाई शारीरिक कारण भन्न सकिन्छ ।

ग्यास्टीक हुँदा के गर्ने ?

ग्यास्टीकको लक्षण भएको आफूलाई लागेमा ठीक समय निर्धारण गरी नियम पालना गरी खाना खानुहोस् । खानामा खुर्सानी तथा मसला कम गर्दै लगी बन्द गर्ने, धुम्रपान विस्तारै कम गर्दै छोडी दिने । दिसा जा“च गराई किराहरुको फुलहरु देखिन आएमा अस्पताल, हेल्थ सेन्टर हेल्थपोष्ट, चिकित्सक या कुनै कपाउण्डर सोह, अ.हे.ब, हेल्थ असिष्टेण्ट या सिष्टर, नर्स कसैस“ग पनि दिसा जाच“को रिपोर्ट देखाई पेटको कीराहरुको औषधि गर्ने । राति धेरै बेरसम्म जागराम नबस्ने तथा खाएको १ घण्टा पछाडि पानी नखाने, ४ घण्टापुगेपछि अरु केही नपाए १ ग्लास दूध खाने । खानामा भात कम र रोटी बढी खाने । फलफुल पनि खाने राती सुत्ने बेलामा दूध पिउने काम बन्द गर्ने । फलफूलमा का“क्रो, मेवा, गाजर, स्याउ इत्यादि बढी खाने । विहान–बिहान का“क्रो खाएमा ग्यास्टीकमा धेरै लाभ हुन्छ । सुन्तलाले फाइदा गर्दैन । केरा गह«ौं फल भएकोले ढिलो गरी पच्छ । पाउरोटी तथा मैदाको परिकारहरु उपचार भैरहुन्जेल नखाने । एक रोटी खाने, सेकुवा, ममचा, रक्सी, सिंगडा, सेव दालमोठ खान बन्द गर्ने । जे पनि परमेश्वरको कृपाले हुन्छ भनी ठान्ने, हिजो जे भयो त्यो ठिकै भयो भोलि जे हुन्छ राम्रो हुन्छ र आज जे भइरहेको छ त्यो राम्रै भईरहेको छ भनी सोच्ने, चिन्ता नगर्ने सोचेर होइन गरेर उन्नति हुन्छ भन्ने तथ्यमा विश्वास गने । कसैले के भन्ला ? भनी नसोची आत्माले राम्रो चिताएको कामहरु इमान्दारी, नैतिकता तथा अनुशासनको साथै देश भक्ति, राजभक्ति शिरोधार्य गरी आत्मबलले कडा मिहनेतकासाथ आफ्नो कामहरु गर्दै जानु ।

ग्यास्टिक रोकथाम गर्ने उपाय

ग्यास्टीकको शंका लागेमा ग्यास्टीकको रोकथामको लागि सबभन्दा पहिले खानाको १ घण्टा पछिसम्म पानी खान बन्द गर्नु पर्छ किनभने हाम्रो अमाशयमा खाना पचाउने रसहरु खानाभन्दा अघि खानालाई तयार रहन्छन् यदि हामीले खाना खानुभन्दा अघि पानी खान्छौ्र भने त्यो रस पातलो हुनजान्छ खानालाई राम्ररी लगाउन सक्दैन । त्यसप्रकार खाना खाएको लगतै पछि यदि हामी पानी बढी खाई दिन्छौ भने पनि त्यो रसहरुले राम्ररी खाना गलाउन सक्दैनन् । हाम्रो खानामा खुर्सानी र कडा मसलाहरु हुनु हु“दैन । खाना विस्तारै–विस्तारै चपाएर खानु पर्छ । दिसा खलास भएन भने राती सुत्ने बेलामा त्रिफलाचुर्ण खानुपर्छ । विहान सुतेर उठ्नासाथ मुख सफा गरी मन तातो पानी खानुपर्छ र केहीठ्नासाथ मुख सफा गरी मन तातो पानी खानुपर्छ र केही छिनपछि दिसा बस्न जानु पर्छ । बाक्लो पिठो (चोकर समेत) को रोटी खानुपर्छ, धुम्रपान कम गर्दै बन्द गर्नुपर्छ । (धुम्रपान छोड्नलाई “त्यसैले तपाई धुम्रपान छाड्न चाहनु हुन्छ” पुस्तक पढ्नु होस् । एसिड भएको पेय पदार्थहरु नखाने, रक्सी कम गर्दै छोडी दिने रक्सी खान बेलुकीतिर तल–तल लागेमा सल्यानी क्लिनिकमा सम्पर्क राख्ने, त्यहा“ शिक्षाको साथै राक्सी खाने इच्छा घटाउने औषधिको व्यवस्था छ । राती धेरै जागरम नबस्ने, तारेभुटेको परिकार कम खाने चिन्ता नगर्ने, परमेश्वरमा आस्था राख्ने र सन्तोषी बन्ने, आलस्या त्याग गरी हलुका व्यायाम गर्ने, रोगअनुसारको व्यायाम सल्यानी क्लिनिकमा निःशुल्क सिकाइन्छ । पानीबाट अमिवा लार्य चुरा, जियार्डिया, जुका, जस्ता किराहरु पेटमा पर्न जान्छन् । कसै–कसैलाई अकुसे जुका, टेप, पनि पेटमा हुन जान्छ । जसको लागि दिसा ज“चाई किरा भए त्यसको औषधि खाने जहाँ डाक्टर छैन त्यहा“ ३ गेडा बकाइनाेिको शिऊ चपाएर खाने त्यसले हरेक किसिमको किराहरु फालिन्छन् । सधैं ऊमालेको पानी र तातो पानीमा पकाएको ग्लासबाट पानी र जुत्ता लगाएर हिड्ने र का“चो मासु नखानेलाई कुनै किसिमको जुका पेटमा पर्दैन ।

Share this article :

No comments :