Nepal Flag
Home » » गजल

गजल


माया दियौ साथ दियौ प्रसम्सा गरौ कसरी फराकिलो प्रेम को खाडल म भरौ कसरी ।। यती धेरै प्रेम को मुल्य कसैले सोध्यो भने धमिलो यो जिबनको भेल म तरौ कसरी ।। मायाको आसामा तड्पिएर बसिरहेको म पुरै जिबन बिताउने भर मा परौ कसरी ।। तिम्रो साथ मा अजमबरी पाएको यो जिबन मायाको प्यासमा तड्पिएर म मरौ कसरी ।। यदी कसैको जिबनमा फुल बन्नु छ भने कोपिलामै हाँगा भाची अहो म झरौ कसरी ।। सुबाश उडिसकेको जिबनको आसा देखाइ तिम्रो जिबन बिच बहार छरौ कसरी ।।
Share this article :

No comments :