Nepal Flag
Home » » विपि यातायातमा

विपि यातायातमा

विपि यातायातमा टाईम कार्ड




१५ कात्तिक,सिन्धुली दर्पण

सिन्धुली खुर्कोट हुँदै काठमाडौं जाने यातायातका साधनहरुमा टाइम कार्डको व्यवस्था गरिने भएको छ । अब देखि यातायातका साधनहरु संचालन गर्दा सडकको दुरी अनुसारको गति निर्धारण गरि सवारी चलाउनु पर्ने व्यवस्था लागु हुने भएको हो । प्रमुख जिल्ला अधिकारी वेणी माधव ज्ञवालीको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा बसेको सार्वजनिक यातायात सेवा संचालन गर्ने यातायात व्यवसायीहरु वीचको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले अनिवाय टाइम कार्ड व्यवस्था मिलाउन जिल्ला प्रहरी कार्यालयलाई जिम्मा दिएको छ । साथै सो बैठकले छतमा यात्रुहरु राख्न पुर्ण रुपमा निषेध गर्नेयातायातका कर्मचारीलाई यातायात सवारी नियमका बारे्मा प्रशिक्षण दिनेरुट इजाजन पत्र अनुसार सवारी साधन संचालन गर्ने लगाएतका निर्णयहरु भएको जिल्ला प्रशासन कार्यालयका मुकेश तामाङले जानकारी दिनुभयो ।

Share this article :

No comments :