Nepal Flag



बेलायतका दुइ महिलाले विश्वकै सबैभन्दा वृद्ध दिदीबहिनीको रुपमा गिनिज बुकमा नाम लेखाएका छन् । बेलायतको क्याम्बि्रजसर र लिंकनसरमा बसोबास गर्ने डर्थी रिचर्ड र मर्जोरी रडलले यस्तो किर्तिमानी कायम गरेका हुन् ।

नर्थ ह्याम्पटमा जन्मेका उनीहरु मध्ये डर्थी १ सय ८ र मर्जोरी १ सय ५ वर्षका छन् । यी दुइको उमेर जोड्दा २ सय १३ वर्ष ३ महिना भन्दा बढि हुन्छ । मर्जरीको जन्म १९०७ को २१ अपि्रलमा भएको थियो भने डर्थीको जन्म १९०३ को डिसेम्बर १५ मा भएको थियो । स्मरण रहोस् डर्थी जन्मिनु मात्र २ दिनअघि राइट दाजुभाइले विश्वको पहिलो हवाइजहा उडाएका थिए ।



मर्जोरीले पहिलो विवाह सन् १९३२ मा जेम्स सँग गरेकी थिइन् । श्रीमानको मृत्यु भएपछि उनले दोश्रो विवाह गरिन् । त्यस्तै डर्थीले ऐनक नामका पुरुषसँग बिहे गरेकी छिन् ।

गिनिज बुकमा नाम लेखाएको खुसीयालीमा यी चिरन्जीवी दिदीबहिनीले मर्जोरीको घरमा उत्सव मनाएका छन् । स्मरण रहोस् गिनिज बुकले पहिलोपटक सबैभन्दा बूढा दिदीबहिनी शीर्षकमा रेकर्ड राखेको हो ।
Share this article :

No comments :