Nepal Flag
Home » » रामायण बालकाण्ड

रामायण बालकाण्ड


रामायणबालकाण्ड (Ramayan-Balkanda) - Ramayan in Nepali by Bhanubhakta Acharya
रामायणबालकाण्ड ---टिकाराम गैातम
(
१)
एक् दिन् नारद सत्यलोक् पुगि गया, लोक्को गरूँ हित् भनी ।
ब्रह्मा ताहिं थिया प¥या चरणमा, खुशी गराया पनी ।।
क्या सोध्छौ तिमि सोध भन्छु म भनी, मर्जी भएथ्यो जसै ।
ब्रह्माको करुणा बुझेर ऋषिले, बिन्ती ग¥या यो तसै ।।
(
२)
हे ब्रह्मन् ! जति हुन् शुभाशुभ सबै, सूनी रह्याँछू कछू ।
बाँकी छैन तथापि सुन्न अहिले, इच्छा म यो गर्दछू ।।
आऊला जब यो कली बखतमा, प्राणी दुराचार् भई ।
¥र्या छन् सब पाप् अनेक् तरहका, निच्का मतीमा गई ।।
(
३)
साँचो बात गरैन कोहि अरुकै, गर्नन् त निन्दा पनी ।
अर्काको धन खानलाई अभिलाष्, गर्नन् असल् हो भनी ।।
कोही जन् त परस्रिमा रत हुनन्, कोही त हिंसा महाँ ।
देहैलाई त आत्मा जानि रहनन्, नास्तिक् पशूभैmँ तहाँ ।।
(
४)
काम्का चाकर भैmँ भएर रहनन्, स्त्रीलाई द्यौता सरी ।
मान्नन् पितृ र मातुलाई बुझि खुब्, शत्रू सरीका गरी ।।
ब्राह्मण् भै कन वेद बेचि रहनन्, कोही पढुन् ता पनी ।
धन् ठूलो छ पनि भन्या सहज धन्, आर्जन् गरौंला भनी ।।
(
५)
जाती धर्म रह्वैन क्षत्रिहरुमा, जो छन् इ नीचाहरु ।
शूद्रादी त तपस्वि होइ रहनन्, ब्राह्मण् सरीका बरु ।।
स्त्री घेर् भ्रष्ट हुनन् पती र ससुरा–, को द्रोह ठूलो गरी ।
यस्ता नष्ट कसोरि मुक्त ति हुनन्, संसारसागर् तरी ।।
(६)
यो चिन्ता मनमा भयो र अहिले, सोधूँ उपायै भनी ।
आयाको छु दयानिधान ! कसरी, तर्नन् सहज् ई पनी ।।
यस्तालाई उपाय तर्न सजिलो, कुन् हो ऊ आज्ञा गरी ।
मेरो चित्त बुझाइ बक्सनुहवस्, क्याले इ जान्छन् तरी ।।
(
७)
नारद्ले दुनियाँ उपर् गरि दया, बिन्ती ग¥या यो जसै ।
ब्राह्माजी पनि खुब् प्रसन्न हुनुभो, मर्जी भयो यो तसै ।।
हे नारद् ! सब पाप हर्नकन ता, रामायणैले सरी ।
आर्को मुख्य उपाय छैन सबको, हित् यै छ अमृत् सरी ।।
(
८)
शम्भूदेखि सुनेर तत्व सब यो, गान् पार्वती गर्दछिन् ।
राम्को नाम अपार जानि बहुतै, आनन्दमा पर्दछिन् ।।
जस्ले गान्कन गर्दछन् ति त सहज्, संसार पार् तर्दछन् ।
कालैको पनि ताप् हुँदैन भय सब्, तिन्का सहज् टर्दछन् ।।
(
९)
यो सब् शास्त्रविषे बडो छ रघुनाथ–, को रुप् जनाई दिन्या ।
जो छन् सब् इ पुराण्हरु इ सबमा, यै मुख्य जानी लिन्या ।।
गर्छन् कीर्तन सुन्दछन् पनि भन्या, यो पाउँछन् फल् भनी ।
तिन्को पुण्य बखान गर्न त सबै, सक्तीनँ मैले पनी ।।
(
१०)
सुन्याथ्याँ शिवदेखि यस्क महिमा, एक् श्लोक् पढुन् ता पनी ।
भक्तीले यदि यो पढ्यो पनि भन्या, पाप् छुट्तछन् सब् भनी ।।
जो एक् चित्त गरेर पाठ खुशि भै, गर्छन् सदा यै भन्या ।
जीवन्मुक्त तिनै त हुन् नर भई, ईश्वर् सरीका बन्या ।।
(
११)
पूजा पुस्तकको ग¥या पनि फल्, एक् अश्वमेघ्का सरी ।
पाउँछन् सुनियो कहीं पनि भन्या, पाप् छुट्तछन् तेस् घरी ।।
जो ता पुस्तकका नजिक् गइ नमस्–, कारै फगत् गर्दछन् ।
तेस्ता जन् सब देवता पुजि हुन्या, फल्भोगमा पर्दछन् ।।
(
१२)
चारै वेद पढेर शास्त्रहरुको, व्याख्यान गर्दा पनी ।
पाईंदैन उ फल् त पाउँछ सहज्, पुस्तक् दिनाले पनी ।।
भक्तीले कहिं भक्तका घर गई, एकादशीमा कह्या ।
चौबिस् पल्ट पुरश्चरण् गरि हुन्या, गायत्रिका फल् भया ।।
(
१३)
जस्ले राम्नवमी उपासि खुशिले, जाग्रन् समेतै गरी ।
यो रामायण पाठ् गरोस् कि त सुनोस्, तन्मन् यसैमा धरी ।।
तेस्ले तीर्थ पिछे तुलापुरुष दान्, सूर्यै ग्रहण्मा ग¥यो ।
येस्मा संशय छैन जान्नु सबले, आनन्दमा त्यो प¥यो ।
(
१४)
रामायण् कन गाउन्या पुरुषको, आज्ञा त इन्द्र पनी ।
मान्छन् श्रीरघुनाथका प्रिय इ हुन्, मान्या इनै हुन् भनी ।।
रोज्रोज् यस्कन पाठ् गरेर जनले, सत्कर्म गर्छन् जती ।
कोटी गुण् फल बढ्ति मिल्छ सबको, घट्तैन तिन्का रती ।।
(
१५)
यस्मा राम् ह्दयै छ पाप् हरि लिन्या, क्वै ब्रह्मघाती पनी ।
शुद्धात्मा बनिजान्छ तिन्दिन पढ्या, गर्नन् कृपा राम्धनी ।।
रोज्रोज् तीन पटक् अगाडि हुनुमान्, राखेर पाठ् गर्छ जो ।
जस्तो भोग्कन गर्न खोज्दछ उ भोग्, सम्पूर्ण पाऊँछ सो ।।
(
१६)
जो यो पाठ् तुलसी पिपल् वरिपरि, गर्छन् प्रदक्षिण् गरी ।
तिन्का पाप् सब जन्मका जति त छन्, छुट्छन् ति तेसै घरी ।।
तेस्मा रामगीता छ झन् अति ठुलो, जस्को महात्मै पनि ।
सब् जान्न्या शिव मात्र छन् अरु त क्वै, जान्दैन यस्तो भनी ।।
(
१७)
आधा पार्वति जान्दछिन् म त सबै, चौथाइ पो जान्दछू ।
गीता पाठ गरेर नाश न हुन्या, पाप् छैन यो मान्दछू ।।
राम्ले वेद मथन् गरी कन झिक्या, गीता र अमृत् सरी ।
लक्ष्मण्लाई दिया यही पढि लिया, जाइन्छ संसार् तरी ।।
(
१८)
मार्छू निश्चय कार्तवीर्य भनि खुब्, ठूलो इरादा गरी ।
पढ्थ्या श्री शिवथ्यै गई परशुराम्, दिन्दिन् चरण्मा परी ।।
पढ्थिन् पार्वति राम्गिता तहिं सुनी, पाठ् गर्न लागी गया ।
राम्गीता तहिं देखि पाठ् गरिलिया, नारायणै ती भया ।।
(
१९)
मैह्ना दिन् यहि राम्गिता पढि लिया, सब् ब्रह्महत्या हरु ।
छुट्छन् ता अरु छुट्तछन् सकल पाप्, भन्न्या बखान् क्या गरुँ ।।
शालिग्राम् तुलसी पिपल् कि त बडा, संन्यासि थ्यैं जो गई ।
राम्गीता कन् पाठ् ग¥यो पनि भन्या, ठूलो महात्मा भई ।।
(
२०)
जुन्फल् छन् मुखले भनी न सकिन्या, सो फल् ति भोग् गर्दछन् ।
कोही श्राद्ध विषे पढुन् त तिनका, पितृ सबै तर्दछन् ।।
पैह्ले खूब नियम् गरी दशमिमा, एकादशीमा पनी ।
आसन् बाँधि अगस्ति वृक्षमनि पाठ्, गर्छू म गीता भनी ।।
(
२१)
राम्गीता उपवास् गरीकन बहुत्, आदर् गरी पढ्छ जो ।
तेस्लाई त न भन्नु मानिस भनी, रामै सरीको छ त्यो ।।
दान ध्यान् तीर्थ कदापि केहि नगरी, यै रामगीता पढी ।
बस्छन् जो ति अनन्तका पदविमा, जान्छन् सहज् पार् तरी ।।
(
२२)
धेरै बात गरेर हुन्छ अब क्या, रामायणै हो जबर् ।
पाप् हर्नाकन छैन् केहि बुझियो, येसै सरीको अबर् ।।
जो छन् तन्त्र पुराण् श्रुति स्मृति इता, सोह्रै कलामा पनी ।
पुग्दैनन् त बखान् कहाँ तक गरुँ, यो फेरि ठूलो भनी ।।
(
२३)
जो रामायणको महात्म्य विधिले, नारद्जिलाई कह्या ।
जुन् सूनी कन चित्तले बुझि लिंदा, नारद् पनी खुश् भया ।।
पाठ् गर्छन् कि त सुन्दछन् यदि भने, यो येति सुन्दा पनी ।
जान्छन् सब् उहि विष्णुकापुरि महाँ, खुब् पूज्य सब्का बनी ।।
(
२४)
कैलाश्मा भगवान् सदाशिव थिया, ध्यान्मा बहुत् मन् दिई ।
बाम् काख्मा बहुतै पियारि हितकी, श्री पार्वतीजी लिई ।।
एक् दिन् पार्वतिले तहाँ शिवजिथ्यैं, सोधिन् चरण्मा परी ।
आपूm ता सब जान्दथिन् तर दया, सम्पूर्ण लोक्मा गरी ।।
(
२५)
हे नाथ् ! बिन्ति म गर्दछू हजुरमा, राम् कुन् जगत्का पती ।
राम् देखी अरु कोहि छैन जनका, संसार तन्र्या गती ।।
जस्मा भक्ति ग¥यो भन्या अति गम्भीर्, संसार सागर् महाँ ।
नौका भैंm तरि जान्छ झट्पट गरी, तेस् नर्को देहै तहाँ ।।
(
२६)
यस्ता राम् कन लोकमा जनहरु, एक् ईश्वरै मान्दछन् ।
कोही तत्व नपाइ मूर्खहरु ता, मानिस् सरी जान्दछन् ।।
क्या भन्छन् ति कि राम ईश्वर भया, शोक् क्यान तिन्ले ग¥या ।
सीता रावणले जसै हरि दियो, ठूलो विपत्मा प¥या ।।
(
२७)
ईश्वर्लाई त शोक् हुँदैन र भनूँ, हूँदैन अज्ञान् पनी ।
इन्मा यो सब देखियो त कसरी, जान्नू इ ईश्वर् भनी ।।
लोक् यस्तो पनि भन्छ कोहि भगवान्, यस्मा विचार् खुब् गरी ।
जस्तो हो सब यो बताउनु हवस्, सन्देह मेरो हरी ।
(
२८)
यस्तो प्रश्न सुन्या र पार्वतिजिको, खूशी पनि खुब् भया ।
राम् यस्ता प्रभु हुन् भनेर शिवले, सब् तत्व ताहीं कह्या ।।
सून्यौ पार्वति ! राम् अनादि परमे–, श्वर् हुन् ति आकाश् सरी ।
सब् ढाकीकन बस्तछन् अघि विराट्, सम्पूर्ण सृष्टी गरी ।।
(
२९)
जस्तै चुम्बकका नजिक् पर गया, नाच्छन् इ लोहा पनी ।
तस्तै जस्कन पाइ नाच्तछ जगत्, नाना प्रकार्को बनी ।।
यस्तो तत्व न जानि मानिस सरी, राम् लाइ जो गर्दछन् ।
संसार्का इ अनन्त ताप्हरु तिनै–, लाई सदा पर्दछन् ।।
(
३०)
बादल्ले अरु ढाक्छढाक्छ कहिं क्या, श्रीसूर्य लाई पनी ।
लोक् ता भन्छ उठ्यो र बादल ठुलो, सब् सूर्य ढाक्यो भनी ।।
तस्तै तत्व नजानि बोल्छ जन जो, सो भन्छ मानिस् पनी ।
योगी ज्ञानी त चिन्दछन् इ रघुनाथ्, त्रैलोक्यका नाथ् भनी ।।
(
३१)
जस्लाई रिङटा छ भन्छ उ पगत्, घुम्छन् उ पर्वत् भनी ।
घुम्दैनन् इ त घुम्छ तेहि रिङटा, जान्दैन कोही पनी ।।
अज्ञान्रुप् रिङटा हुन्या जनहरु, भन्छन् ति मानिस् पनी ।
राम् ता हुन् परमेश्वरै सकल यस्, चौधै भुवन्का धनी ।।
(
३२)
सूर्यैमा पनि अन्धकार् छ कहीं क्या, तेस्तै यि राम्मा पनी ।
शोक अज्ञान् रति छैन जान्नु सबले, आत्मा यिनै हुन् भनी ।।
आर्को गोप्य रहस्य भन्छु सुन यो, सम्वाद् सितारामको ।
भूमार् हर्न त काम् थियो सब ह¥या, छिन्छान् भयो कामको ।।
(
३३)
भूमीको सब भार् हरेर रघुनाथ्, राज् गर्न लाग्या जसै ।
देख्या श्री हनुमानलाइ र दया, आयो प्रभूका तसै ।।
सीतालाई हुकुम् तहीं दिनुभयो, सीते ! हनुमान् बडा ।
हाम्रा भक्त भया इ तत्व लिनका, खातिर् यहाँ छन् खडा ।।
(
३४)
इन्लाई तिमि तत्व देउ भनि यो, हुकुम् भएथ्यो जसै ।
सीताले हनुमानलाइ दिनु भो, जुन् तत्व हो सो तसै ।।
आर्को तत्व त केहि छैन हनुमान् !, कुन् आज आर्को कहूँ ।
राम् हुन् ब्रह्म यिनैकि शक्ति बलिई, माया भन्याकी म हूँ ।।
(
३५)
राम्को सन्निधि पाइ गर्छु सबको, सृष्टी र पालन् पनी ।
आरोप् राम विषे गरिन्छ सब यो, गन्र्या इनै हुन् भनी ।।
यस् निर्मल् रघुवंशमा प्रभुजिले, जो जन्म याहीँ लिया ।
विश्वामित्र निमित्त यज्ञहरुमा, राखी दया मन् दिया ।।
(
३६)
जो पाप् गौतम पत्निका हरि लिया, जो भाँचि दीया धनू ।
जो मैलाइ बिहा ग¥या सब कुरा, यस्ता कहाँ तक् भनूँ ।।
जो ता गर्व ह¥या ति वीर् परशुराम्–, को जो अयोध्या बस्या ।
बाह्रै वर्ष बिहा ग¥या पछि बसी, जो ता बनैमा पस्या ।।
(
३७)
यस्ता काम् जतिकाम् भयातिसबकाम्, गन्र्या म हूँ ता पनी ।
भन्छन् लोक त रामलाई सबका, कर्ता यिनै हुन् भनी ।।
अन्र्यामि अनादि साक्षि ति त हुन्, कर्ता कहाँ ती थिया ।
मेरा गूण लिंदा त लोकहरुले, कर्ता भनी पो दिया ।।
(
३८)
येती ताहिं सिताजिबाट उपदेश्, पाई सक्याथ्या जसै ।
आपैंm राम् प्रभुले पनी दिनु भयो, फेर् तत्वको ज्ञान तसै ।।
यस्तो हुन्छ परात्म आत्म यहि हो, यो हो अनात्मा भनी ।
आत्मा और परात्मलाई बुझ्दा, पाइन्छ मुक्ती पनि ।।
(
३९)
आत्माको र परात्मको छ कति फेर्, त्यो एक जानी लिनू ।
जुन्जुन् चीज अनात्म हुन् उत झुटा, जानेर छाडी दिनू ।।
आत्माको र परात्मको गरि विचार्, एक् तत्व जान्यो जसै ।
अज्ञान् सब् छुटि जान्छ ती पुरुषका, मै तुल्य हुन्छन् तसै ।।
(
४०)
यो मेरो हृदयै त हो प्रिय छ यो, खुब् गुप्त राख्नू पनी ।
तत्वैज्ञान् भनि यै कहिन्छ बुझिल्यौ, सून्यौ हनूमान् भनी ।।
तत्वज्ञान् हनुमानलाइ रघुनाथ्–, ले यै दिनूभो तहाँ ।
सोही ज्ञान् तिमिथ्यौं कहीकन सक्याँ, सम्पूर्ण मैले यहाँ ।।
(
४१)
सून्यौ पार्वति रामको हृदय यो, जोजो त पाठ् गर्दछन् ।
जो छन् जन्म सहस्रका सकल पाप्, तिन्का सबै टर्दछन् ।।
जातीभ्रष्ट अधम् हवस् त पनि लौ, यस्लाई खुब् पाठ् गरी ।
राम्को ध्यान् पनि गर्छ पो यदि भन्या, त्यो जान्छ संसार् तरी ।।
(
४२)
सूनिन् पार्वतिले अपार महिमा, यो रामजीको जसै ।
फेर् विस्तार् गरि सुन्नलाई मन भो, ती पार्वतीको तसै ।।
बिन्ती फेर् शिवथ्यैं गरिन् पनि तहाँ, हे नाथ् ! सबै रामको ।
लीला सुन्न मलाई मन् हुन गयो, येही बुझ्याँ कामको ।।
(
४३)
सूनोस् रामलीला भनेर म उपर्, माया बहूतै धरी ।
सब् लीलाहरु फेर् बताउनु हवस्, जो छन् ति विस्तार् गरी ।।
यो प्रेम् पार्वतिको सुन्या र शिवले, खुब् प्रेम राखिन् भनी ।
जोजो हुन् सब राम्चरित्र शिवले, ताहाँ बताया पनी ।।
(
४४)
ई भूमीकन रावणादि विरले, भारी बनाई दिया ।
भारी भै ति रुँदै गइन् उहिं जहाँ, ब्रह्मा बस्याका थिया ।।
पापी धेर् भइ भार् भयो म कन ता, यो भार छूटोस् भनी ।
आयाँ आज दयानिधान् ! चरणमा, यो बिन्ति पारिन् पनी ।।
(
४५)
यस्तो बिन्ति सुनी दया पनि उठ्यो, ती भूमि माथी तहाँ ।
दौडी क्षीर समुद्रका तिर गया, विष्णू रहन्थ्या जहाँ ।।
इन्द्रादीहरु साथमा लिइ स्तुती, ताहाँ ग¥याथ्या जसै ।
सर्वात्मा भगवान् प्रसन्न हुनु भै, दर्शन् दिनू भो तसै ।।
(
४६)
देख्या सुन्दर रुप् जसै प्रभुजिको, ब्रह्मा चरण्मा प¥या ।
भक्तीले स्तुति खुब् गरेर खुशि भै, हात् जोरि बिन्ती ग¥या ।।
हेनाथ् ! रावण दुष्ट भै सकल लोक्–, लाई बिपत्ती दियो ।
इन्द्रादीहरुको त तेज् सहजमा, खैंचेर तेस्ले लियो ।।
(
४७)
यस्लाई अब मारि बक्सनु हवस्, मानिस् सरीका बनी ।
मानिस् देखि म¥यास् भनी त वरदान्, दीई रह्याँछू पनी ।।
ब्रह्माको यति बिन्ति सूनि भगवान्–, को यो हुकुम् भो पनी ।
रावण्लाई म मारुँला सहजमा, मानिस् सरीको बनी ।।
(
४८)
माया मेरि सिता भएर रहनिन्, छोरी जनक्की भई ।
छोरो भैकन जन्मुँला म दशरथ–, जीका घरैमा गई ।।
सीता लाइ लिएर पूर्ण गरुँला, बिन्ती म तिम्रो भनी ।
अन्तध्र्यान् भगवान् तहीं हुनु भयो, त्रैलोक्यका नाथ् पनी ।।
(
४९)
अन्तध्र्यान् भगवान् जसै हुनु भयो, इन्द्रादि लाई पनी ।
ब्रह्माले खुशि भै अह्राउनु भयो, भूलोक जाऊ भनी ।।
मानिस् भै भगवान् जती त रहनन्, तेस् पृथ्वीतल्मा गई ।
वानर् भकन सब् तिमी पनि रह्या, साहाय जस्ता भई ।।
(
५०)
ब्रह्माजी पनि सत्यलोक् गइ गया, येती अह्राई वरी ।
इन्द्रादी पनि वानरै भइ रह्या, सब् पृथ्वीलोक्मा झरी ।।
यै बिच्मा दशरथ् बडा विर थिया, राजा अयोध्या महाँ ।
तिन्को वृद्ध उमेर् भयो त पनि एक्, छोरा भयानन् तहाँ ।।
(
५१)
ताप्ले पूर्ण भई गुरु सित गई, सोध्या उपायै पनी ।
हे सर्वज्ञ मुने ! कसो गरि हुनन्, छोरा मलाई भनी ।।
यस् काम्ले फल मिल्छ यो भनि सबै, जान्ने वशिष्ठै थिया ।
यस्तो बिन्ति सुनी वशिष्ठ गुरुले, युक्ति बताई दिया ।।
(
५२)
हुन्छन् पुत्र अवश्य जल्दि महराज्, एक् यज्ञ ऐल्हे ग¥या ।
शान्ताका पति ऋष्यश्रृङ्ग ऋषि छन्, ती डाक्नु ऐल्हे प¥या ।।
ती हामी बसि यज्ञ एक् हजुरका, खातिर् गरौंला जसै ।
चार् छोरा अति विर् हुनन् हजुरका, सब् ताप छुट्नन् तसै ।।
(
५३)
यस्तो अर्ति वशिष्ठको जब सुन्या, राजा बहुत् खुब् भया ।
शान्ताका पतिलाई डाकिकन खुब्, याग् गर्न लागि गया ।।
ऋष्यैश्रृङ्ग वष्ठि दूइ ऋषिले, होम् गर्न लाग्या जसै ।
पायस्को थलिया लिइकन् तहाँ, आया ति अग्नी तसै ।।
(
५४)
यस् पायस् कन आज लेउ महाराज्, छोरा हुन्या छन् भनी ।
राजा लाइ दिया र पायस् तहाँ, लूक्या ति अग्नी पनी ।।
राजा खूशि भई दुवै ति ऋषिका, कोमल् चरण्मा परी ।
कौशल्या र ति केकयी कन दिया, पायस् दुवै भाग् गरी ।।
(
५५)
खानू बाँकि थियो तसै बखतमा, आइन् सुमित्रा पनी ।
कौशल्या र ति केकयीसित भनिन्, ख्वै भाग मेरो भनी ।।
दूवैले दुइ भाग देखि झिकि भाग्, तिन्को पु¥याई दिया ।
तिन् रानी मिलि सोहि पायस तहाँ, सम्पूर्ण खाई लिया ।।
(
५६)
तीनै रानि ति गर्भिणी पनि भया, तेज् देवताका सरी ।
देखीयो सब् रानिका सकल लोक्, खूशि भया तेस् घरी ।।
कौशल्या जननी गराइ भगवान्, श्रीराम पैदा भया ।
देखिन् श्रीप्रभुको चतुर्भुजस्वरुप्, सब् माइका तापू गया ।।
(
५७)
हात् जोरी बहुतै स्तुती पनि गरिन्, ईश्वर् इनै हुन् भनी ।
जान्याँ नाथ ! हजूर लाइ सबका, आत्मा स्वरुपी भनी ।।
यो ब्रह्माण्ड पनी सहज् उदरमा, लीन्या त आपैmँ थियौ ।
मेरो आज उदर् विषे बसि यहाँ, यो जन्म ऐल्हे लियौ ।।
(
५८)
देख्याँ भक्त उपर् दया हजुरको, हे नाथ् ! शरण्मा प¥याँ ।
यै मूर्ति प्रभुको सदा मन महाँ, झल्कोस् पुकारा ग¥याँ ।।
यस्तो दिव्य शरीर् लुकाइकन बेस्, बालक् स्वरुप्का बनी ।
दर्शन् देउ मलाई हेर्छु भगवन् !, फेर् बाललीला पनी ।।
(
५९)
तेही बालक मूर्तिलाइ म यहाँ, आलिङ्गनादी गरी ।
सब् पाप् नष्ट गराउँला र करुणा, होला र जाँला तरी ।।
यो बिन्ती महतारिको सुनि हुकुम्, यो भो प्रभूको तहाँ ।
मातर् ! जुन्छ हजूरको हित कुरो, होवस् सबै थोक् यहाँ ।।
(
६०)
दूवै स्त्री पुरुषै भई अघि ठुलो, मेरो तपस्या ग¥यौ ।
तीमीलाई म पुत्र पाउँ भनि खुब्, इच्छा यसैमा ध¥यौ ।।
हूँला पुत्र भनेर वर् पनि दियाँ, सोही कुराले यहाँ ।
तिम्रो पुत्र भएर जन्मन गयाँ, व्यर्थै म गथ्र्यां कहाँ ।।
(
६१)
कौशल्या सित बात् पनी यति गरी, बालक् सरीका बनी ।
चेष्टा बालक कै लिया प्रभुजिले, खुब् रुन लाग्या पनी ।।
थाहा भो दशरथ्जिलाइ र गया, दर्शन् ग¥याथ्या जसै ।
देख्तामा परिपूर्ण मन् हुन गयो, आनन्द पाया तसै ।।
(
६२)
तत्क्षण्मा तहिं जातकर्म पनि भो, सब् काम् गुरुले ग¥या ।
कैकेयी तिर ता भरत् हुन गया, आनन्दमा सब् प¥या ।।
जम्ल्याहा दुइ पुत्र पाउँदि भइन्, ताहाँ सुमित्रा पनी ।
जेठा लक्ष्मणजी भया ति दुइमा, शत्रुघ्न कान्छा बनी ।।
(
६३)
तिन् रानी तिर चार पुत्र सुकुमार्, जन्मी सक्याथ्या जसै ।
भूमि, रत्न सुवर्ण वस्त्रहरुको, भारी भयो दान् तसै ।।
कौशल्या सुतको वशिष्ठ गुरुले नाम् रामभन्नू भनी ।
राख्या केकयि पुत्रको भरतनाम्, जम्ल्याहको नाम् पनी ।।
(
६४)
जेठाको शुभनाम लक्ष्मणगरी, जुन् चाहिं कान्छा थिया ।
तिन्को नाम् पनि काम माफिक असल्, ‘शत्रुघ्नराखी दिया ।।
लक्ष्मण् राम् सित खेल्दथे भरत थ्यैं, शत्रुघ्न खेल्दा भया ।
पायस्कै अनुसारले हुन गयो, प्रीती त बढ्दै गया ।।
(
६५)
बालक्काल् बिति गैगयो प्रभुजिको, सब् बाललीला गरी ।
चारैको व्रतबन्ध भो पढि सक्या, सब् शास्त्र खुब् बोध् गरी ।।
खेल्या क्यै दिनमा शिकार वनमा, साँचा शिकारी बनी ।
राज्काज् गर्नु जती थियो सकल त्यो, राज्काज् चलाया पनी ।।
(
६६)
राम् हुन परात्मा ति कहाँ विकारी ।
यस् लोकमा छन् नररुप धारी ।।
काम् गर्न लाग्या ति नरै सरीका ।
लीला अपार् छन् भगवान् हरीका ।।
(
६७)
राम् नारायण हुन् गनेर मनले, जान्या र भेट्छू भनी ।
विश्वामित्र ऋषी बहुत् खुशि हुँदै, आया अयोध्या पनी ।।
देख्या श्री दशरथ्जिले र बहुतै, आदर् ऋषीको गरी ।
सोध्या काम् किन आज आउनु भयो, भन्द्र बहुत् प्रेम् धारी ।।
(
६८)
आदर् पूर्वकका सुन्या प्रियवचन्, यस्ता ऋषीले जसै ।
आफ्नू दर्द जउन् थियो मन महाँ, सोही बताया तसै ।।
हे राजन् ! सब पर्वपर्व हरुमा, ईश्वर् विषे मन् धरी ।
गर्छू होम्हरु कर्म तेस् बखतमा, आएर होम् नाश् गरी ।।
(
६९)
मारिच्लें र सुबाहुले बहुत दिक, गर्छन् र पापी भनी ।
दूवै लाइ मराउना कन उठ्यो, रिस् आज मेरो पनी ।।
सोही बिन्ति गरुँ भनेर अहिले, आयाँ हजूर्मा यहाँ ।
जेठा पुत्र मलाइ बक्सनु हवस्, लै जान्छु ऐले तहाँ ।।
(
७०)
लक्ष्मण् साथ्गरि रामलाई अधिराज्, ऐल्हे हजुर्ले दिया ।
मारिच्लाई सुबाहुलाइ सहजै, मार्ने यिनैले थियो ।।
यस्मा अर्ति वशिष्ठको लिनु हवस्, दीना न दीना महाँ ।
भन्छन् दीनु त बक्सनू पनि हवस्, यै काम आयाँ यहाँ ।।
(
७१)
बिश्वामित्रजिको सुनी वचन यो, राजा सकस्मा प¥या ।
दीऊँ की त न दीऊँ येहि मनमा, चिन्ता बहुतै ग¥या ।।
सोध्या ताहिं वशिष्ठ थ्यैं पनि गुरो !, यस्तो प¥यो क्या करुँ ।
कल्याण् हुन्छ कसो गरेर अहिले, अर्ती मिलोस् एक् बरु ।।
(
७२)
राम्लाई म न देखि बाँच्छु कसरी, एक् यै कठिन् भो अनी ।
यिन्लाई नदिया सराप् पनि दिनन्, की लाग्छ यस्तो पनी ?।।
यस्मा श्रेय यसो छ यो गर भनी, पाउँछु आज्ञा जसो ।
सोही काम म गर्दछू हित हुन्या, कुन् पाठ् छ गर्नू कसो ?।।
(
७३)
यो बिन्ती दशरथ्जिको जब सुन्या, ताहीं गुरुले पनी ।
राम्को गुह्य कुरो सबै भनिदिया, यस्ता यि राम् हुन् भनी ।।
हे राजन् ! तिमि रामलाइ अहिले, हुन् पुत्र मेरा भनी ।
भन्छौ पुत्र ति हुन् तथापि यिनी हुन्, चौधै भुवन्का धनी ।।
(
७४)
भूभार् हर्न निमित्त आज भगवान्, यस् पृथ्वितल्मा झ¥या ।
कौशल्या तिर जन्मनू पनि थियो, सो सत्य ऐल्हे ग¥या ।।
कौशल्या दशरथ् दुवै तिमी अघी, कश्यप् अदीती थियौ ।
ईश्वर्लाइ म पुत्र पाउँ भनि तप्, गर्दै समाधी लियौ ।।
(
७५)
खूशी भै बरदान् दिया प्रभुजिले, पुत्रै म हूँला भनी ।
सोही सत्य गराउना कन यहाँ, जन्म्या परात्मा पनी ।।
शेष् हुन् लक्ष्मण शंख हुन् भरतजी, शत्रुघ्न चक्रावतार् ।
हुन् को जान्दछ तत्व यो बुझ तिमी, लीला प्रभूको अपार् ।।
(
७६)
मूल् शक्ती प्रभुकी अनन्तगुणकी, सो दिव्य मूर्ती पनी ।
छोरी भै ति बस्याकि छन् जनककी, सीता छ नाउँ पनी ।।
सीता राम् दुइको विवाह विधिले, संयोग् गराउँ भनी ।
विश्वमित्रजिको भयो र मनमा, आई रह्याछन् पनी ।।
(
७७)
दीनै योग्य म मान्दछू भनि दिया, अर्ती गुरुले जसै ।
खूशी भै दशरथ्जिले पनि दिया, लक्ष्मण्सहित् राम् तसै ।।
राम्लक्ष्मण् कन पाउँदा ऋषि पनी, अत्यन्त खूशी भया ।
आशीर्वाद् दशरथ्जिलाई दिइ राम, लक्ष्मण् लिई ती गया ।।
(
७८)
केही दूर् गइ रामलाई ऋषिले, विद्या सिकाई दिया ।
जुन् विधा पढि भोकप्यास कहिल्यै, लाग्दैन तेस्ता थिया ।।
गङ्गाका तिरमा बडो वन थियो, पूग्या जसै ती तहाँ ।
विश्वामित्रजिले कह्या प्रभुजि थ्यैं, राम् ! ताडका छे यहाँ ।।
(
७९)
त्यो हो राक्षसी कामरुपि छ बहुत्, लोक्लाइ बाधा पनी ।
गर्छे यस्कन मारि बक्सनु हवस्, यो पापिनी हो भनी ।।
विश्वामित्रजिको वचन् कन सुनी, श्री रामजीले पनी ।
टङ्कार् खुब् धनुको ग¥या सुनि यहाँ, त्यो जल्दि आवस् भनी ।।
(
८०)
त्यो टङ्कार सुनि ताडका पनि तहाँ, दौडेर आई जसै ।
हान्या बाण् प्रभुले गड्यो हृदयमा, ताहीं मरी त्यो तसै ।।
यक्षी थी अघिकी सराप् परि तहाँ, तेस्ती भयाकी थिई ।
राम्ले मारिदिंदा त श्राप् पनि ट¥यो, फेर् यक्षिको रुप् लिई ।।
(
८१)
श्रीराम्चन्द्रजिका वरीपरि घुमी, प्रेम्ले नमस्कार् गरी ।
स्वर्गैमा गइ रामका वचनले, बेस् एक् विमान्मा चढी ।।
विश्वामित्र ऋषी बहुत् खुशि भया, यो कार्य देख्या जसै ।
जो सब शास्त्र रहस्य हो सब दिया, श्रीरामलाई तसै ।।
(
८२)
कामाश्रम् रमणीय स्थल् तहिं थियो, एक् रात् तहाँ बास् गरी ।
फेर् सिद्धाश्रममा गया रघुपती, सब् लाइ मङ्गल् गरी ।।
त्यस् सिद्धाश्रममा अनेक् ऋषि थिया, पूजा सबैले ग¥या ।
मारिच् फेक्न सुबाहु मार्न कन राम्, ताहाँ अगाडी ग¥या ।।
(
८३)
विश्वामित्रजिलाइ भन्नु पनि भो, मारिच् सुबाहू कहाँ ।
बस्छन् यज्ञ ठुलो गरी लिनु भया, ती अउँथ्या की यहाँ ।।
भेटै आज भयेन मार्नु कसरी, यो मर्जि सून्या जसै ।
विश्वामित्र ऋषी अरु ऋषि लिई, होम् गर्न लाग्या तसै ।।
(
८४)
दिन् मध्याह्न भयो उसै बखतमा, आया ति राक्षस् पनी ।
भन्र्या काल् कन चाल् नपाइ अघि भैंm, होम् नाश् गरौंला भनी ।।
काहीं हाड खसाउँछन् कहिं रगत्, यस्तै प्रकार्ले गरी ।
आया ती जब यज्ञमा प्रभुजिले, हान्या अगाडी सरी ।।
(
८५)
मारिच्लाइ त बाणले जलधिका, तिर्मा पु¥याई दिया ।
अग्नीबाण धरी सुबाहु कन ता, भस्मै गराई दिया ।।
तिन्का फौज् पनि ताहिं लक्ष्मणजिले, मारी सक्याथ्या जसै ।
खूशि भैकन पुष्पवृष्टि गरियो, सब् देवताले तसै ।।
(
८६)
विश्वामित्र बहुत् प्रसन्न हुनगै, राम्लाइ काख्मा लिया ।
भोजन् गर्न निमित्त राम् कन तहाँ, मीठा फलादी दिया ।।
तिन्दिन् ताहिंमुकाम् ग¥या प्रभुजिले, वार्ता कथाको गरी ।
चौथादिन् ऋषिले ग¥या विनति एक्, राम्का अगाडी सरी ।।
(
८७)
हे राम् ! जाउँ जनक्जिका पुरिमहाँ, राजा जनक् छन् बडा ।
गर्नन् आदर भक्तिले हजुरका, साम्ने हुन्या छन् खडा ।।
ताहाँ एक् शिवको धनुष् पनि छ बेस्, देखीयला त्यो पनी ।
यो बिन्ती ऋषिको सुनेर रघुनाथ्, खूशी भया बेस् भनी ।।
(
८८)
विश्वामित्र र भाइ लक्ष्मण लिई, श्रीराम् हिंड्याथ्या जसै ।
आश्रम् गौतमको प¥या नजरमा, गङ्गा किनार्मा तसै ।।
आश्रम्का नजिकै असल् फलसहित्, फुल्को बघैंचा थियो ।
जन्तू नाम् त थिएन कोहि त पनी, संभार् बिनै त्यो जियो ।।
(
८९)
मालुम् राम् कन क्या कहीं कम थियो, जो ता जगत्का धनी ।
सोध्या तै पनि यो असल् छ किन हो, रित्तै बघैंचा भनी ।।
विश्वामित्र थिया सबै गुण निपुण्, विस्तार् सुनाया पनी ।
गौत्मको अघि बस्ति हो अब भने, छैनन् यहाँ क्वै पनी ।।
(
९०)
भार्या गौतमकी समान गुणकी, भत्तैm अहिल्या थिइन् ।
ब्रह्माकी ति त पुत्रि हुन् गुणि हुँदा, सब् खुश् गराई लिइन् ।।
गौतम् कार्य निमित्त दूर् जब गयो, रुप् गौतमैको सरी ।
धारी गौतमपत्नीका नजिकमा, इन्द्रैअगाडि सरी ।।
(
९१)
आई भोगविलास् गरेर खुशि भै, फर्की गयाथ्या जसै ।
देख्या गौतमलाइ गौतमजिले, आश्चर्य मान्या तसै ।।
आफ्नू रुप दुरुस्त देखिकन खुब्, गौतम् रिसाया पनि ।
सोध्या होस् तँ कउन् बता नतर ता, हेर् भस्म गर्छू भनी ।।
(
९२)
ब्राह्मण् ! इन्द्र म हूँ भनेर डरले, बिन्ती ग¥याथ्या जसै ।
गौतमले पनि रीसमा परि दिया, यस्तो सराप् पो तसै ।।
योनीमा अति लुब्ध आज भइछस्, यत्रो बडो भै पनी ।
तेरा येहि शरीरमा अब हुनन्, हज्जार योनी भनी ।।
(
९३)
दीया येति सराप् र इन्द्र पनि फेर्, आफ्ना स्थलैमा गया ।
पत्नीलाइ सराप् दियेर ऋषिले, पत्थर् बनाई दिया ।।
जन्तूकुल् न हुनन् यहाँ अब उपर्, पत्थर् भई तैं रह्यास् ।
जैले ता रघुनाथ् चरण् धरि दिनन्, तैल्हे तँ मुत्तैm भयास् ।।
(
९४)
यस्तो सत्य सराप् प¥यो र पतिको, ताहीं अहिल्या पनी ।
पृथ्वीमा गिरि गै गइन् अचल एक्, पत्थर् स्वरुप्की बनी ।।
पादस्पर्श ति खोज्दथिन् हजुरको, पाप् मुक्त होला भनी ।
तिन्लाई करुणा गरी हजुरले, कुल्ची दिन्या हो पनी ।।
(
९५)
यस्तो बिन्ति सुन्या जसै ति ऋषिका, श्रीराम् तुरुन्तै गया ।
देख्या पत्थर एक् ठूलो र रघुनाथ्–, ले कुल्चि दींदा भया ।।
सुन्दर् मूर्ति भई खडा भइ गइन्, ताहाँ अहिल्या पनी ।
श्रीराम्चन्द्रजिले प्रणाम् पनि ग¥या, ई ब्राह्मणी हुन् भनी ।।
(
९६)
देखिन् श्री रघुनाथलाइ र तहाँ, खूशी अहिल्या भइन् ।
पूजा स्तूति गरेर राम्सित बिदा, मागी पती थ्यैं गइन् ।।
ताहाँ देखि चल्या र जल्दि रघुनाथ्, गङ्गाजिका तिर् झ¥या ।
तर्नाको प्रभुले जसै मन ग¥या, माझी चरण्मा प¥या ।।
(
९७)
ख्वामित् ! ई दुइ पाउको अति असल्, धूलो जसै ता प¥यो ।
पत्थर् हो त पनी मनुष्य सरिको, सुन्दर् स्वरुपै ध¥यो ।।
तस्तै पाठ यहाँ भयो पनि भन्या, डुङ्गा स्वरुप् धर्दछन् ।
डुङ्गाले पनि रुप् ध¥या यदि भन्या, हाम्रा जहान् मर्दछन् ।।
(
९८)
तस्मात् पाउ पखालि वारि तिरमा, हाम्रा शिरोपर् ध¥यौ ।
यस्तो बात ग¥यौ भने त तिमि ता, गङ्गाजिका पार् त¥यौ ।।
यस्तो बिन्ति सुनी तहाँ प्रभुजिले, पाऊ अगाडी दिया ।
माझीले जलले पखालि उहि जल्, आफ्ना शिरोपर् लिया ।।
(
९९)
यस्ता रित्सित नाउमा चढि सहज्, गङ्गाजिका पार् गया ।
श्याम्सुन्दर् रघुनाथ बहुत् खुशि हुँदै, दाखिल् जनकपुर् भया ।।
विश्वामित्र ऋषी बहुत् खुशि हुँदै, दूई कुमार् साथ् गरी ।
आया यस् पुरिमा भनी जब सुन्या, दौड्या जनक् तेस् घरी ।।
(
१००)
पूग्या प्रश्न ग¥या सबै कुशलको, पाऊ महाँ शिर् धरी ।
देख्या सुन्दर राजकुमार् जनकले, पूज्या ति ईश्वर् सरी ।।
पक्का गर्न निमित्त फेर् जनकले, सोध्या ऋषी थ्यैं पनी ।
जान्या जान्न त चित्तले त भगवान्, विष्णू इनै हुन् भनी ।।
(
१०१)
ब्रह्मन् ! पुत्र इ हुन् कउन् पुरुषका, विस्तार् हवस् बेस् गरी ।
क्लेश्को लेश नराखि यस् बखतमा, मेरो लग्या मन् हरी ।।
विश्वामित्रजिले सुन्या विनति यो, राजा जनक्को जसै ।
यस्तो हुन् इ भनेर सब् ति ऋषिले, विस्तार् बताया तसै ।।
(
१०२)
हे राजन् ! दशरथ्जिका इ सुत हुन्, नाम् रामलक्ष्मण् भनी ।
भन्छन् मानिसले गरी न सकिने, गर्छन् पराक्रम् पनी ।।
मारिच्लाइ सुबाहुलाइ अरु ता, को जित्न सक्न्या थिया ।
राम्ले मारिचलाइ फ्याँकि सहजै, सूबाहु मारी दिया ।।
(
१०३)
पत्थर् भै कति वर्ष सम्म रहँदी, गौतम्कि नारी थिइन् ।
पाऊले तहिं कुल्चँदा उठि गइन्, जस्ताकि तस्ती भइन् ।।
याहाँ एक् शिवको धनू छ भनि यो, सूनेर आया यहाँ ।
देख्नाको मतलब् छ आज उ धनू, राखी रह्याछौ कहाँ ।।
(
१०४)
चाँडो आज नजर् गराउ भनि यो, विस्तार् ग¥याथ्या जसै ।
मन्त्रीलाइ हुकुम् दिया जनकले, लौ ल्याउ भन्न्या तसै ।।
यै बिच्मा ऋषि थ्यैं भन्या जनकले, राम्ले उचालुन् धनू ।
सीता छोरि म दिन्छु राम्कन गरुन्, बीहा बहुत् क्या भनू ।।
(
१०५)
साँचा वाणि सुन्या र सोहि रितका, बात्चित् ग¥याथ्या जसै ।
पाँच् हज्जार् विरले उचालि बलले, ल्याया धनूषै तसै ।।
ताहाँ श्री रघुनाथ् उठेर नजिकै, सोह िधनू थ्यैं गया ।
बाम् हात्मा सहजै उचालि धनु त्यो, राम्ले त लींदा भया ।।
(
१०६)
ताँदो जल्दि चढाइ खैंचनु भयो, ताहाँ धनू को जसै ।
दुई टुक्रा भइ त्यो गि¥यो पृथिविमा, खूशि भया सब् तसै ।।
हर्षै हर्ष भयो त्यसै बखतमा, सारा जनक्पुर् भरी ।
आदर् खुब् प्रभुको ग¥या जनकले, आलिङ्गनादी गरी ।।
(
१०७)
सीताजी पनि रामका शिर उपर्, माला कनक्को धरी ।
छम्छम् पाउ गरी फिरिन् घर महाँ, मङ्गल भयो त्यस् घरी ।।
मालिक् हुन् दशरथ् खबर् दिनुप¥यो, ती छन् अयोध्या महाँ ।
जाउन् पत्र लिएर मानिसहरु, चाँडो ति आउन् यहाँ ।।
(
१०८)
यस्तो बिन्ति जनक्जिले पनि ग¥या, लेखेर विस्तार् दिया ।
विस्तार् पत्र लिएर दूतहरु पनी, जल्दी अयोध्या गया ।।
यो विस्तार सुन्या जसै ति नृपले, आनन्दमा ती प¥या ।
सब्ले जानु प¥यो जनक्पुर महाँ, भन्न्या हुकुम् यो ग¥या ।।
(
१०९)
जम्मा लस्कर भै गयो क्षणमहाँ, जल्दी जनक्पुर् पुग्यो ।
क्या वर्णन् भिडको गरुँ त्यस बखत्, खाली अयोध्या भयो ।।
यस्ता रित्सित सब् गया जति थिया, सेना जनक्पुर् महाँ ।
दाखिल् भो दशरथ्जिका हुकुमले, हर्षै बढ्यो खुब् तहाँ ।।
(
११०)
ताहाँ श्री दशरथ्जिको जनकले, आदर् बहूतै ग¥या ।
लक्ष्मण्ले सँग राम् पनी तहिं पिता–, जीका चरण्मा प¥या ।।
बस्नालाइ हबेलि सुन्दर जनक्–, जीले खटाया जहाँ ।
खूशि भै दशरथ् पनी गइ बस्या, तेसै हबेली महाँ ।।
(
१११)
सुन्दर् लग्न खटन् ग¥या जनकले, मङ्गल शहर्मा चल्या ।
नाच्कीर्तन् सितका प्रकाश्कन हुन्या, रात्मा चिराक् खुब् बल्या ।।
जो मण्डप् छ विवाहको त्यस उपर्, झुम्का हिराका झुल्या ।
मूँगा, मोति, जुहार्, जनक्पुर महाँ, घर्घर् सबैका झुल्या ।।
(
११२)
यस्तै रित् गरि सब् विवाह विधिले, चारै जना भाइको
हर्षैले परिपूर्ण मन् हुन गयो, सीताजिका माइको ।।
राम्लक्ष्मण् दुइलाइ ता जनकले, आफ्ना ति छोरी दिया ।
भाईका त भरतेजिलाइ र ति विर्, शत्रुघ्नलाई दिया ।।
(
११३)
सीता पत्नि भइन् रमापतिकि ता, लक्ष्मण्जिकी उर्मिला ।
पत्नी हुन् श्रुतकीर्ति ता भरतकी, शत्रुघ्नकी माण्डवी ।।
जस्तै आफु थिया अनन्त गुणका, चौधे भुवन्का धनी ।
अभ्यन्तर् मनले विचार गरदा, तस्तै ति पत्नी पनी ।।
(
११४)
विश्वामित्र, वशिष्ठ दुइ ऋषि थ्यैं,  
About the Author
ठूलो असली
आठ काण्ड रामायण 
यसमा आदिकवि पं. भानुभक्त विरचित असली सात काण्ड रामायण  पुराणबमोजिम शुद्ध रामाश्वमेघ कथा
लेखी प्रकाशित गरिएको छ
बाबू माधवप्रसाद शर्माकृत
भरतहनुमान संवाद, रामविलाप,
सुलोचनासती, अहिरावणबध र
नरान्तकवध समेत
प्राप्तिस्थान ः
बाबू माधवप्रसाद शर्मा
के. २३÷११९ दूधविनायक
पो.बाँ.सं. १००६, वाराणसी२२१००१



Share this article :

No comments :