Nepal Flag
Home » » पुछ्न खोज्दा

पुछ्न खोज्दा

पुछ्न खोज्दा हातले, आँशु गह भित्रै सुक्छ
भाँच्चिएको हात मेरो, बल्झिएर फेरि दुख्छ ।।

छचल्किन्छन् व्यथाहरू, आखिर यही मुटु माझ
रुन खोजेकै हो तै पनि, सकेन झर्न आँशु आज ।।
पोख्न खोज्दा कसैलाई, व्यथा कता-कता लुक्छ
भाँच्चिएको हात मेरो, बल्झिएर फेरि दुख्छ ।।
Share this article :

No comments :