Nepal Flag
Home » » प्रेम दिवस

प्रेम दिवस


प्रेम दिवस

प्रेम दिवश उस्को हैन सधै रुन्छ मान्छे
कोही आफ्नो नभएर एक्लै हुन्छ मान्छे ॥


रमाईला तिता मिठा भाब ब्यक्त गर्न
जिन्दागीका आशा हरु एक्लै बुन्छ मान्छे ॥


आफ्नै मनको पिडाहरु बिष्पोट हुने होकी
छटपट्टीमै आँशु बनि एक्लै चुहुन्छ मान्छे॥


किन चाहीयो बाहीरी सुख मुटु जलन हुँदा
बियोगमा आफ्नै धुन एक्लै सुन्छ मान्छे ॥


प्रेम दिवश उसैकोहो जस्को लागि संसार 
योमनलाई कुल्चिएर आकाश एक्लै छुन्छ मान्छे ॥


प्रेम दिवश उस्को हैन सधै रुन्छ मान्छे
कोही आफ्नो नभएर एक्लै हुन्छ मान्छे ॥

टिकाराम गैातम
जरायोटार-0४,सिन्धुली
हाल काठ्माण्डैा
Share this article :

No comments :