मिरमिरेको लाली पोति प्रेम-दिवस आयो |
तिम्रो-मेरो प्रेमिल् सुवास चारै तिर छायो ||
पिरतीको रंगीन् फुल जता-ततै आज |
सजाई राखें त्यही फुल दुइ मुटुको माझ ||
भमरा म, फुल तिमी बगैंचा र बन |
प्रेम-रसको मात लाग्यो हिजो भन्दा झन ||
संसार नै सानो देख्छु,तिम्रो माया पाउँदा |
डाहा लाग्छ मेरै पछि आफ्नै छाँया आउँदा ||
तिमी आगो बन्यौ भने पानी बनि दिउँला |
दुनियालाई यस्तै मेरो बानी भनि दिउँला ||
तिमी हिंड्दा फुलको ओंठ्ले पाइला चुमी देओस् |
काँडा पनि लजाएर त्यही झुमी देओस् ||
जीवन हाम्रो मरे पनि माया बाँची रहोस् |
नश्वर जीव हरे पनि आत्मा साँची रहोस् ||
हरेक दिन प्रेम-दिवस आई रहे हुन्थ्यो |
किरणले तिम्रो माया पाई रहे हुन्थ्यो ||
No comments :
Post a Comment