Nepal Flag
Home » » पख, म तिम्रो लागि प्रेम पत्र कोर्दैछू

पख, म तिम्रो लागि प्रेम पत्र कोर्दैछू




पख, म तिम्रो लागि प्रेम पत्र कोर्दैछू
भावनाको आँखाका प्रत्येक सपना पोख्दै छू
आशाको दियो जलाउदै अनि इच्छाको पाइला चलाउदै
तिमिसम्म पुग्ने सवारी खोज्दै छु ।

मायालाइ नपोखिने गरि जोख्नलाइ
चाहनाको आधुनिक तराजु तयार गर्दैछू
पख, म तिम्रो लागी प्रेम पत्र कोर्दैछू
अदभुत भनिएका मायाका शब्द खोज्दै छु ।

लुकेका दिलका गल्ली चहार्दै
नछुटाइ भावनाका पोको खोल्दैछु
पख, म तिम्रो लागि प्रेम पत्र कोर्दैछु
तिमि र म लाइ ‘हामी’ पार्दैछु ।
Share this article :

No comments :