Nepal Flag

चुटकिला

असी वर्षको वुढो डाक्टरको मा गएछ र निकै फूर्ति लगाएर कुरा गर्न थालेछ ।

बुढोः मेरी २८ वर्षकी बुढी गर्भवती भएकी छ, तपाईको के भनाई छ त डाक्टर साव ?

डाक्टरः म एउटा कथा भन्छु.. एकपटक एउटा शिकारीले हतारमा बन्दुकको सट्टा छाता बोकेर हिंड्छ । उ जंगलमा पुग्छ र एउटा बाघ देख्छ; छाता उठाउँछ, झटपट छाता उघार्छ ..ढ्याम्म.. त्यो बाघ त्यही ठहर‍ै हुन्छ ।

बुढोः यो त असम्भव छ, कुनै अर्को व्यक्तिले बाघलाई बन्दुक हानेको हुनुपर्छ ।

डाक्टरः हो मेरो भनाई पनि यति मात्रै हो ।
************************************************************
मुन्द्रे सानै हुँदाको कुरो हो‚ उसलाई शिक्षकले सोधेछनः
शिक्षकः तँ ठूलो भएर के गर्ने ?
मुन्द्रेः विहे ।
शिक्षकः हैन‚ मैले भन्न खोज्या‚ के हुन्छस् ?
मुन्द्रेः दुलाहा ।
शिक्षकः कस्तो कुरा नवुझेको‚ ठूलो भएर के हासिल गर्छस् भनेको ?
मुन्द्रेः दुलही
************************************************************
बाउ: हेर् छोरा! तँ यसपाली पनि परिक्षामा फेल भइस् भने मलाई बाउ नभन्नु! बुझिस् ।
भोली पल्ट रिजल्ट आएछ...............
बाउ: ए छोरा! तेरो रिजल्ट के भयो भन् त ?
छोरा: ह्या धन बहादुर सोल्टा! जिस्किन नआउ न भन्या आफुलाई यहाँ कस्तो Tension भै'राछ..

*****************************

हरि बहादुर आउदै गरेको दंशैं को लागि खसी किन्न बजार गएछ ...
हरि बहादुर : साहुजी त्यो घोर्ले खसी को कति हो ?
साहुजी : जम्मा ५०० रुपिया
हरि बहादुर : आम्मा, कति सस्तो रहिछ , किन नि
साहुजी :चाइना को खसी हो , ग्यारेन्टी हुदैन
घर पुग्ने बेला सम्ममा भुक्न पनि सक्छ।

******************************
एक जना जड्या धेरै नै झ्याप भएछ... भोक लागेको हुनाले उ भान्सामा गएछ..

भात हालेछ..
दाल हालेछ ..
तरकारी हालेछ ..
अचार हालेछ ...
एकछिन् पछि येसो हेरेको त थाल नै रैनछ ।

*****************************
पण्डित बाजेलाई झाडा पखालाले च्यापेछ..

ओखति लिने समयमा डाक्टरलाई सोधेछन्.."के के कुरामा ध्यान दिन पर्ला डाक्टर साव ?"

डाक्टरः "जोडले शंख नफुक्नु होला.."

*****************************
एकजना कालि कालि मिस कक्षामा नेपाली बिषय अन्तर्गत ब्याकरण पढाइरहेकी थिइन् ।
मिस : म राम्री छु, यो कुन काल हो ?
दिपक : यो भुतकाल हो मिस ।
मिस : के रे ? भुतकाल हैन, यो बर्तमानकाल हो ।
दिपक : नीताले भनेको भए वर्तमानकाल हुन्थ्यो, मिसले म राम्री छु भन्दा त भुतकाल नै भयो नि मिस ।

******************************

रामप्रसाद र श्यामप्रसाद एउटा ठूलो मेलामा आ-आफ्ना हराएका श्रीमतीहरु खोज्दै थिए..

रामप्रसादः तपाईकी श्रीमती कस्ती छन् ?

श्यामप्रसादः उनी साढे पाँच फिट अग्ली छन्, ३६-२४-३६ को ज्यान छ.. गोरी, छरिली, निला आँखा, सिल्की कपाल भएकी चिटिक्ककी छिन् । अनि तपाईकी नि ?

रामप्रसादः छाडदिनुस् मेरी.. बरु हिंड्नुस् तपाईकी खोजौं ।

*****************************
बुबा छोराको सम्बाद -
छोरा: बुबा कारको चाबी दिनुन।
बुबा: कार? किना नि?
छोरा: १० लाखको कारमा कलेज जादा अरुको अगाडी मेरो सान बड्छ नि।
बुबा: डाका, यो ले १० रुपिया। २५ लाखको बस चढेर गइस भने झन बढि सान हुन्छ।

*************************

शिक्षक : हिजो मैले दिएको पाठ पढेर आयौ ?
विद्यार्थी : आयौ सर
शिक्षक : राजु तिमी भन त बहादुर शाह को पालामा नेपालको सिमाना कहाँ देखी कहाँ सम्म थियो?
राजु: (किताबको पेज पल्टाएर देखाउदै) पेज ४ देखि पेज ९ सम्म थियो सर

**************************

एउटा कन्जुस बजारमा अन्डरवयर किन्न गएछ ।
कन्जुस : साहुजी , मलाई एउटा अन्डरवयर देखाउनुस त
साहुजी : ल यो लिनुहोस् राम्रो छ
कन्जुस : कती पर्छ यसको ?
साहुजी : ५००
कन्जुस : ओ साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा लागाउने खालको होइन ।

****************************

आमसभामा भैरहेको थियो, त्यत्तिकैमा एउटा मान्छे स्टेजमा पुगेर नेताको माइक खोसेर करायो:
"सबै नेताहरु चोर हुन" ।
भीडबाट अर्को मान्छे करायो: "ओइ हाम्रो बदनाम गर्छस?"
पहिलो मान्छे बोल्यो: "के तँ पनि नेता होस्?"
दोस्रो मान्छेले जवाफ दियो: "होइन बेबकूफ, म त चोर हूँ, नेताहरु चोर हुन भनेर चोरहरुको बदनाम गर्छस?"

*****************************


Share this article :

No comments :