Nepal Flag
Home » » मन पराएको याद

मन पराएको याद

तिमीले आफै मलाई मन पराएको याद आयो,
दुवै मिली एक आपसमा हराएको याद आयो ।

कस्तो कस्तो कुरा गर्थ्यौ हामी दुई भेट हुँदा,
डाँडामाथि जंगलमा गाई चराएको याद आयो ।

रुखमुनि छहारीमा जोडी हामी बस्दाखेरि,
बेहोशीमा तिमले मलाई कराएको याद आयो ।

एक आपसको आलिङ्गनमा रमाएर लीन भइ,
तिमलाई मैले आत्मशान्त गराएको याद आयो ।


Share this article :

No comments :