Nepal Flag
Home » » आफ्नो के हो

आफ्नो के हो




घरको लक्ष्मी छोडेर मन्दिरमा नजाउ
बगैचाको फुल गोडेर मन्दिरमा नजाउ
आमाबुवा भन्दा ठुलो को छ र दुनियामा
आफ्नै घरवाई तोडेर मन्दिरमा नजाउ!!!!

फुल रोप्नु आँगनी र गमलामा
माया फुलाउनु आफ्नो चौतारीमा
गोडमेल गरि राख्नु बरु आफ्नै
हृदयको भित्रको मझेरीमा

लक्ष्मी सबै एकै हुन्छन
मन्दिर सबै एकै हुन्छन
मन सबै एकै हुन्छन
दोबाटो सबै एकै हुन्छन

दोका थुनी दोबाटोमा नजाऊ
घर जलाई मन्दिरमा नजाऊ
आत्मा जलाई अरु नरिजाऊ
रोगि बन्न तिमीले नासिकाउ

पुज्नु छ भने घरभित्र पुज
भेट्नु छ भने मनलाई भेट
छुट्न छ भने दोभानसंग छुट
बिर्सनु छ भने धुखालाई बिर्स





Share this article :

No comments :