Nepal Flag
Home » » नखोज्नु देउता

नखोज्नु देउता


गजल एक
नखोज्नुहै देउता बगरहरुमा ।
मुटु हुँदैन मुटु पत्थरहरुमा ।

हरेक पल्ट टेढाहरु भेटेकोछु
आजसम्म गरेका सफरहरुमा ।

भेटिकै लोभ किन हुन्छ होला
भगवान मानिने डाक्टरहरुमा ।

समयको सामु झुकाईदिनेछु
मेरोपनि चुनौति हिटलरहरुमा ।

गिराईदिएकोछ बषौं पछि आएर
मलाई प्रेम गर्ने ति नजरहरुमा ।

Share this article :

No comments :