Nepal Flag
Home » » केहि उपयुक्त लोकसेवा सामाग्री

केहि उपयुक्त लोकसेवा सामाग्री

लोकसेवा उपयुक्त केही सामाग्री तथा प्रश्न उत्तर 
----------
1. हालसम्म नेपालले कति पटक सार्क शिखर सम्मेलन आयोजना गरेको छ ? = 2 पटक
2. 200 सिपाहिलाई 21 दिन पुग्ने रासन 300 सिपाहिलाई कति दिन पुग्छ ? = 14 दिन 
3. आसियानको शिखर बैठक वार्षिक रुपमा आयोजना गर्ने निर्णय कहिले भयो ? = 2001
4. हात्तीको थासो भए विरालोको के ? = काट्टो
5. वि स 1947 साल श्रावण 12 गते के भएको थियो ?  = वीर अस्पतालको निर्माण
6. साहित्यकार बासुदेब लुइटेललाई के भनेर चिनिन्छ ? = भूतको भिनाज्यू
7. विश्वमा दुईवटा देशलाई पार गरेर मात्र समुद्री तटमा पुग्न सकिने देश [Double landlocked country] कतिवटा छन् ? = 2 ( Lichtenstein and Uzbekistan)
 8. जनसंख्याको आधारमा सबैभन्दा ठूलो राष्ट्र कुन हो? = चीन
9. नेपालको हावाखोरी भन्नाले कुन पर्वतमाला लाई चिनिन्छ ?= महाभारत पर्वत श्रेणी
10. जनसंख्या परिर्वतनमा देहायको मध्य कुन
तत्वले महत्वपूर्ण भूमिका खेलेको हुन्छ?
क.जन्म 
ख.मृत्यु
ग.बसाईसराई
घ.माथिका सबै
उत्तर = माथिका सबै
11. नेवारी भाषाको पहिलो पत्रिका कुन हो ?
= पासा
12. गाईलाई गोठ भए बाख्रालाई के ?? -- खोर
13. संयुक्त राष्ट्र संघको महासभामा सबै भन्दा बढि बोल्ने क्युवाका फिडेल क्यास्ट्रो हुन् भने सबै भन्दा कम बोल्ने को हुन् ? = दावा छिरिङ
14. नेपालको अन्तरिम शासन विधान ,2007 लाई कति पटक संशोधन गरिएको थियो ?  = 6 पटक
15. दिइएका दुई कथनका आधारमा उत्तम विकल्प छान्नुहोस् ! स्तनधारी प्राणीले दुध दिन्छन् । भैँसी एउटा स्तनधारी प्राणी हो ।= भैँसीले दुध दिन्छ
16. युरोपेली संघको आर्थिक बर्ष कहिलेदेखि सुरु हुन्छ ?= जनवरी 1 
17. जनसंख्या पिरामिड लाई कति प्रकारमा बिभाजन गर्न सकिन्छ ?[population studies]
 = 2 प्रकार
18. आटाकामा मरुभुमी कहाँ अवस्थित छ 
= चिली
19. नमिल्ने कुन होला ? 
1. चितवन 
2. पर्सा
3. बाँके
4. नवलपरासी
उत्तर = पर्सा किनकी यो बाहेक अरु सबैजिल्लालाई पुर्वपश्चिम राजमार्गले छुन्छ !
20. भित्री मधेशले नेपालको क्षेत्रफलको कति प्रतिशत भाग ओगटेको छ ?= 8.5%
21. विश्व सिमसार दिवश 2013 को नारा के
थियो ?= सिमसारले गर्छ पानीको स्याहार
22. रेडियो नेपाल कुन देशको सहयोगमा सञ्चालीत छ ?= जापान
23. छिन्नमस्ता भागवतिको मन्दिर कहाँ पर्छ ?
= सप्तरी
24. नम्बरी जग्गालाई के भनिन्छ ?= रैकर [ बिर्ता = कुनै व्यक्तिले राष्ट्रकोलागि उल्लेख्य कार्य
गरेवापत सरकारले दिने जग्गा , गुठी = मठमन्दिर ,अस्पताल ,स्कुल आदि बनाउन शाषक बर्ग तथा जनताले दान गरेको जग्गा , किपट = कुनै
निश्चित जातिलाई भोगचलन गर्न पाउने गरी प्रदान गरिएको जग्गा ]
25. 'खोल्साको सुन' उपनामले चिनिने नगदेबाली कुन हो ?= अलैँची 
26. टाइटान कुन ग्रहको उपग्रह हो ?= शनी
27. अन्तोफाला ज्वालामुखी कुन देशमा पर्दछ?
= अर्जेन्टिना
28. नेपालको दोस्रो ठुलो ताल कुन हो?= फेवा ताल 29. विस्व पर्यटन दिवस कहिले मनाइन्छ?
= २७ सेप्टेम्बर
30. ओलम्पिकको मुख्य झन्डामा कुन आदर्श वाक्य लेखिएको हुन्छ?= 'Faster, Higher, Stronger'
31. नेपाललाई कहिलेदेखी छुवाछुत मुक्त राष्ट्र घोसणा गरिएको हो?= २०६३-२-२१ 
32. नेल्सन मन्डेलाको वास्तबिक नाम के हो? = नेल्सन रोलिहलाहला मन्डेला
33. समुहमा कुन मिल्दैन ।(सेतो,निलो,हरियो,रातो,पहेंलो)
= सेतो किनकी यो बहेक अरु सबै इन्द्रेणिमा हुन्छन ।
34. पाकिस्तानबाट सार्क बडापत्रमा कसले हस्तक्षर गरेका हुन? = जियाउल हक
35. सरकारले लिएको ॠणलाई के भनिन्छ?
= सर्वजनिक ॠण
36. काठमाडौं उपत्यकामा पाइने माटोलाई कस्तो माटो भनिन्छ?= तलैया माटो
37. पहाडको अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ? = ओरोलोजी
38. राष्ट्रिय जनगणना २०६८का अनुसार कती प्रतिशत नेपालीले मैथिली भाषा बोल्दछन ?
= ११.७ प्रतिशत
39. जिरी विमानस्थल कुन जिल्लामा पर्दछ?
= दोलखा 
40. कुन बर्षलाई संयुक्त राष्ट्र संघले अन्तरराष्ट्रिय
युवाबर्सको रुपमा मनाएको थियो?= सन २०१२

४१.प्रमुख भौगोलिक उपनामहरु:-
------------------------------
१. अमर शहिदहरुको शहर - रोम
२.अँध्यारो महादेश - अफ्रिका
३. चाँदिको शहर - अल्जियर्स
४. दरबारहरुको शहर - कोलकाता 
५. भुमध्य सागरको साँचो -जिब्राल्टर
६. युरोपको कारखाना - बेल्जियम
७. सिंगमरमरको देश - इटाली
८. मोतिको टापु - बहराइन
९. सुर्यास्तको देश - ग्रेट ब्रिटेन
१०. गगनचुम्बी शहर - न्युयोर्क 
११. कंगारुको भुमी - अष्ट्रेलिया
१२. चिनीको भाँडो - क्युबा

४२.संसारको जुनसुकै भुभागमा पनि पाइने चरा भँगेरा हो ।
४३.बिरालोले गुलियो स्वाद थाहा पाउन सक्दैन ।
४४.मरुभुमीको जहाज भनेर उँटलाई चिनिन्छ ।
४५.आफ्नो टाउकोमा गर्भधारण गर्ने जीव उडुस हो ।
४६.कुकुरले रंगीन बस्तु खैरो देख्दछ ।
४७.पछाडिबाट हिँड्न नसक्ने जीव कंगारु हो । 
४८.झिँगाको आयु १४ दिनको हुन्छ ।
४९.दुई खुट्टा भएर पनि हिड्न नसक्ने पंक्षी भंगेरो हो भने चार खुट्टा भएर पनि २ खुट्टाले मात्र हिड्ने जनावर खरायो हो ।
५०. चालु तेर्हौ योजनाले राखेका केही लक्ष्यहरु
-----------------------------
1. नेपालमा बन क्षेत्र कुल भुभागको ४० %(हाल ३९.६%) पुर्याउने ।
2. योजना अवधीमा कुल 14,92,315 हेक्टर जमिनमा सिचाइ सुबिधा पुर्याउने ।
3. ४०० कि मि नयाँ विद्युत प्रसारण लाइन निर्माण सम्पन्न गर्ने ।
4. विद्युत चुहावाटलाई २१% मा सिमित राख्ने । 
5. प्रतिब्यक्ती विद्युत उपभोग १४० किलोवाट प्रतीघण्टा र राष्ट्रिय विद्युत प्रणालीबाट विद्युत सेवा प्राप्त गर्ने जनसंख्याको प्रतिशत ६५ पुर्याउने ।
6. देसका ३००० गाबिसमा विद्युत पहुच पुर्याउने ।
7. औध्योगिक क्षेत्रमा वार्षिक ५० हजारका दरले १ लाख ५० हजार नयाँ रोजगार श्रीजना गर्ने । 
8. ब्यापार घाटा कुल ग्रहास्थ उत्पादनको २० % मा झार्ने ।
9. वार्सिक औसत रोजगार बिर्दिदर ३.२% पुर्याउने ।
10. मात्री मृत्युदर प्रतिलाख १३४ मा झर्ने ।
11. अपेक्षित आयु ७१ बर्ष पुर्याउने ।
12. नेपालका सबै जिल्लामा सडक सुविधा पुर्याउने ।
13. प्राथमिक तहको खुद भर्ना दर सत प्रतिसत पुर्याउने ।
५१. केहि थप जानकारीहरु
• टोक्ने वित्तिकै मर्ने किरा कुन हो ? – माहुरी
• फोक्सो र मुटुबीच हुने रक्तसंचारलाई के भनिन्छ ? – पल्मोनरी सर्कुलेसन
• त्रिभुवन विश्वविद्यालयका प्रथम उपकुलपति को हुन?–सुर्वण शमशेर
• विश्वमा सबभन्दा बढी चिया कुन देशका नागरिकले पिउने गर्दछन् ?– आयरल्याण्ड
• मानवनिर्मित प्रथम तत्व कुन हो ? – पोलोनियम
• नेपालमा पर्यटक प्रवेशमा शुल्क लिने प्रथम शहर कुन हो ?– भक्तपुर
• शिवराम श्रेष्ठ कुन खेलका सर्वश्रेष्ठ खेलाडी हुन्?
– गल्फ
• युरोपियन फुटबल महासंघका सदस्य राष्ट्र संख्या कति छ ? – ५३ राष्ट्र
• हरेक बर्ष कुन दिन गुणस्तर दिवस मनाइन्छ ?
– १४ अक्टोबर
• सार्क मुलुक अफगानिस्तानमा कति प्रान्त रहेका छन् ?– ३४ प्रान्त
• कुन प्रसिद्द मोबाइल कम्पनिको नाम नदीको नामबाट राखिएको हो ? – नोकिया

५२. प्रश्न :- विश्व घटनाक्रममा ९/११ भन्नाले के बुझिन्छ ? 
उत्तर :- ११ सेप्टेम्बर सन् २००१ मा वर्ल्ड ट्रेड सेन्टर[WTC] को ट्वीन टावर र वासिंगटन स्थित पेन्टागनमा आतंककारीहरुले हवाई आक्रमण गर्दा लगभग ५००० व्यक्तिहरुको मृत्यु हुनुको साथै अरवौँ डलर सम्पतिको क्षति भएको घटनालाई ९/११ को घटना भनेर चिनिन्छ । यस घटनामा साउदि धनाड्य ओसामा विन लादेनको अलकायदा समुह तथा यसलाई संरक्षण दिने आफगानिस्तानको तत्कालिन सरकार तालिवान प्रमुख जिम्मेवार रहेकोले तिनिहरुलाई दण्डित गर्न अमेरिकाले सैनिक
कारवाहि "operation swift freedom " चलाएको थियो ।


Share this article :

No comments :