Nepal Flag
Home » » पिपलपाते ओठभरी

पिपलपाते ओठभरी

पिपलपाते ओठभरी रातो लाली उनको ।
हेरिरहु लाग्ने रुप थियो गुरास फुलको ।।
चन्द्ररुपी मुहारमा सानो थियो डिम्पल ।
हेर्दा देखे मोरिलाई मैले सार्है सिम्पल ।।
उस्कोसामु कुरा गर्नु किन तारा जुनको ।
अर्थ हुन्न उस्कोसामु छापावाले सुनको ।।
नागबेली केश उन्को मख्खै पार्ने बोली ।
कैले भन्नु मायागर्छु भित्री दिल खोली ।।
भावनाको नाता हाम्रो थिएननी खुनको ।
अप्सरानी लजाउने थियो मुहार उनको ।।

टिकाराम गौतम 
जरायोटार-०४,सिन्धुली हाल टोकीयो जापान
Share this article :

No comments :