Nepal Flag
Home » » मायंा

मायंा


गजल
-------

मौनताको अर्थ समर्थन हुदैन !
हरेक पर्खाईमा बस्नु पिडा हुदैन, !!
आँखा त धेरै संग जुध्छन्
प्रत्येक हेराईमा माया हुदैन !!

माया गर्ने मान्छेलाई हेर्ने नजर
कहिलै पनि नकारात्मक हुदैन !!
माया त यस्तो पो होस सधै 
जहां कुनै आशंका वास हुदैन् !!

अरुसंगके नाता त यस्तै हो
जहां प्यारसँगको सबाल हुन्छ
प्यारको नयन रूझाएर तब
अरुलाई खुसी राख्न हुदैन !!

माया गर्नेलाई शंका दिएर 
अरुको कुरा सुन्न हुदैन 
तिमी गलत छैनौ र पनि 
शंकाको ठाउ राख्न हुदैन !!

माया गरीरहने गर्ने प्यारको
के महत्व हुन्छ र यहंा 
जबसम्म आफ्नो मान्छेसँग 
टाढिएको भाव हुदैन !!!   

टिकाराम गौतम
जरायोटार-४,सिन्धुली 
हाल टोकीयो जापान
Share this article :

No comments :