Nepal Flag
Home » » गजल दशै

गजल दशै

        गजल

        -----


लैनु भैसी पालेछन रे बाले 

घोर्ले खसी ढालेछन रे बाले

टिको थाप्न आउनेलाई दिन,

खुल्ला पैशा साटेछन् रे बाले

 

चुहिने छानो छाएछन्  रे बाले 

भत्केको घर टालेछन् रे बाले

दशै आएको देखाउनको लागि,

सेतो कमेरो पनि दलेछन् रे बाले 


दशैको किननेल गरेछन् रे बाले

पहेलो जमरा राखेछन् रे बाले 

टिको थाप्नेलाई प्रशाद दिन ,

नवदुर्गा पनि पुज्दैछन् रे बाले


साईतमा टिको दिदैछन् रे बाले 

सबैमा आसिर्बाद दिदैछन् रे बाले

एउटा छोरो पर्देशमा हुंदा खेरी ,

सम्झेर आंसु झार्दैछन् रे बाले 



---->

दशैको सम्झनामा लेख्ने कोसीस

टिकाराम गौतम ,

जरायोटार-०४, सिन्धुली 

हाल टोकीयो जापान

Share this article :

No comments :