Nepal Flag
Home » » शुभकामना बडा दशैंको

शुभकामना बडा दशैंको




सोचे जस्तै पुग्दै जाओस 

भने जस्तो हुंदै जाओस

रोगब्याधि टाढा होस

शुभकामना बडा दशंैको


बिदुरको जस्तो ज्ञान होस

कुबेरको जस्तो धन होस

यूधिष्टिरको जस्तो मन होस

शुभकामना बडा दशैंको


प्रदेशमा सधै रमाईलो होस

घरमा कहिलै रुन नपरोस

आफन्तको माया बृद्धि होस

शुभकामना बडा दशैको 


श्रीमती सधै घरमा बसोस

छोराछोरीको मती नबिग्ोस

साउ कहिलै पनि नरीसाओस

शुभकामना बडा दशैंको 



टिकाराम गौतम 

टोकीयो जापान

२०७१

Share this article :

No comments :