Nepal Flag
Home » » गजल १

गजल १

उ गएछ पुज्न मन्दिरहरुमा । 

उ हिडेछ खोज्न गुफाहरुमा ।


उसकै सम्झनाले सताएपछि 

खोज्दै पुगेछ उ शहरहरुमा ।


आफ्नो जवानी बितायो उसले

उनै निष्ठुरीको सम्झनहरुमा ।


अन्तिम गन्तब्य उ नै भनि 

रिपोर्ट दिएछ दरबारहरुमा ।


सडकै प्यारो लागेछ उसलाई

यौवनले पाएको धोकाहरुमा ।


टिकाराम गौतम 

हाल टोकीयो जापान

Share this article :

No comments :