Nepal Flag
Home » » गजल -आमा

गजल -आमा


जन्मदिने भगवानलाई ,एकान्तमा छोड्ने छैन 

आमाको माया त्यागी अरु नाता जोड्ने छैन ।


फलाउला फुलाउला आमा तिम्रो सपनालाई 

स्वार्थी भई बृद्धाश्रममा पुर्याएर  छोड्ने छैन ।


मिठो दिउला राम्रो दिउला खुसी पनि दिउला 

अरुको कुरा सुनी तड्पाएर राख्ने छैन ।


जस्तो दिनु खाउला सधै रमाएर खुशी भई 

नमिठो भो भनि अवजस लाएर छोड्ने छैन ।


जीवनमा कहिलै पनि तिम्रो बारेमा कुरा गर्दा 

समाजमा अफ्नो कुरा गरी गिराएर  छोड्ने छैन । 


Share this article :

No comments :