Nepal Flag
Home » » आमाको याद आयो

आमाको याद आयो

आमा तिमीले पकाएको खानाको याद आयो,

मेरो खुसीसँग आफ्नो खुसी लुकाएको याद आयो ।


मिठो मिठो बनाई राख्थ्यौ मध्येरातमा घर आउँदा,

नमिठो भनि झर्किएर थाल फालेको याद आयो ।


बिरामी भई ओछ्यानको ,छटपटीमा पर्दाखेरी,

पस्कीएको खाना छाडी काखमा राख्या याद आयो ।


साथी, दाई र दिदि हरुसँग ,झगडा हुंदाखेरी 

अरुलाई गाली गरी मलाई फकाएको याद आयो ।



कति खुसी थिए म आमाको माया पाउँदा खेरी ,

परदेशी बन्न पर्दा न्यानो काखको याद आयो ।

Share this article :

No comments :