Nepal Flag
Home » » रहस्य पर्दा पछाडीको

रहस्य पर्दा पछाडीको

रहस्य पर्दा पछाडीको थाहा पाएको छु ।
आज होशमा पहिलो पल्ट आएको छु ।
..
मन भित्र पनि तिमी बाहिर पनि तिमी
यसरी हैरान बनाएकोले अघाएको छु ।
..
उस्लाई पनि भनिदिनु औकातमा रहनु
मैले विधान विरुद्द आवाज उठाएको छु ।
..
मैले समय सँगै मान्छे पढेर हिँडिरहँदा
चोटहरुलाई पनि साथी झैं बनाएको छु ।
..
यि आँखाहरु तिमीले कहिल्यै पढ्न सकेनौं
न भन्ननै सकेँ तिमीलाई मन पराएको छु ।
..
अबसान भएका केही तुच्छ रहरहरु छन् 
जस्लाई प्राप्त गर्न जिन्दगी गुमाएको छु ।
राम शरण श्रेष्ठ
चिसापनी ६, रामेछाप ।
February 27, 2014
पून प्रसारण
Share this article :

No comments :