Nepal Flag
Home » » विश्व किर्तिमानमा नेपाल

विश्व किर्तिमानमा नेपाल


विश्व किर्तिमानमा नेपाल

१. विश्वको सर्वोच्च शिखर :-  सगरमाथा (८८४८ मिटर )
२. विश्वको सर्वोच्च उचाईमा रहेको होटेल:-  सोलुखुम्बु जिल्लाको नाम्चेबजार स्थित १२,७१३ फिट उचाईमा रहेको “होटल एभरेष्ट भ्यु“
३. सर्वोच्च स्थानमा रहेको राष्ट्रिय निकुञ्ज :-  सगरमाथा राष्ट्रिय निकुञ्ज
४. सर्वोच्च स्थानमा रहेको बैज्ञानिक प्रयोगशाला :- पूर्वी नेपालको लोवुचे भन्ने ठाउँमा रहेको ५०५० मिटरको उचाई रहेको पिरामिड नामक बैज्ञानिक प्रयोगशाला
५. सर्वोच्च स्थानमा रहेको ताल :-  मनाङ जिल्लाको तिलिचो ताल (४९१९ मिटर )

६. सर्वोच्च स्थानमा रहेको झरना:- डोल्पा जिल्लास्थित सुलिगढ झरना (३६१३ मिटर )
७. सर्वोच्च स्थानबाट उत्पत्ति भएको नदी :-  अरुण नदी
८. सर्वोच्च स्थानमा रहेको बस्ती :-  डोल्पा जिल्लाको छार्का भोट र तराप बस्ती
९. विश्वको सर्वोच्च उचाईको धानखेती :-  जुम्ला जिल्लाको पतरासी गा.वि.स.को घुमचौर जिउलोमा गरिने “जुम्लि मार्सी“ नामको धानखेती (२८५० मिटर उचाई )
१०. सर्बाधिक उचाईमा पाईने फूल :-  स्टेलरिया डेकुम्बेन (६४९२ मिटर उचाईमा )
११. होचो उपत्यका :-  अरुण उपत्यका ( पुर्वमा ८५८६ मिटर अग्लो कञ्चनजङघा र पश्चिममा ८८४८ मिटर अग्लो सगरमाथाको बिचमा पर्ने उपत्यका )
१२. सर्बाधिक गहिरो गल्छी :-  म्याग्दी जिल्लाको दाना भन्ने ठाउँमा पर्ने अन्नपुर्ण र धौलागिरी हिमालको बीचमा कालीगण्डकी नदीले बनाएको ६८६७ मिटर गहिरो गल्छी
१३. नेपालमा मात्र पाईने चरा :-  का“डेभ्याकुर (स्पाईनी ब्याब्लर )
१४. दुर्लभ च्याउ ः ट्रयाफिना नेपोलीन्सस
१५. विश्वमा सबभन्दा धेरै अलैंची उत्पादन गर्ने देश ः नेपाल 
Share this article :

No comments :