Nepal Flag
Home » » नदेखे नि राम्री लाग्यो,

नदेखे नि राम्री लाग्यो,

नदेखे नि राम्री लाग्यो, फोटै मन पराएँ !
केश लामो कपडा चाहिँ, छोटै मन पराएँ !!

मिनी स्कर्ट आहा झनै, कति सुहाएको !
माथि पनि तिम्ले ला'को, कोटै मन पराएँ !!

कस्तो होला सुन्न पाए, हुन्थ्यो बोली पनि !
मन्द मन्द मधुर मुस्कान, ओठै मन पराएँ !!

पातली नै राम्री लाग्थ्यो, अरु बेला मलाई !
तर तिम्रो जिउ हल्का, मोटै मन पराएँ !!


टिकाराम गैातम 
जरायोटार-०४,सिन्धुली
हाल काठमाण्डैा नेपाल
Share this article :

No comments :