Nepal Flag

3 Idiots Full Movie HD 1080p - English Subtitle - Hot Movies

Feb 22, 2015

Continue Reading | comments

New Funny Nepali Lok Geet 2015 | Sirani Tangmuni by Shreedevi Devkota - ...

Continue Reading | comments

पृथ्वीका ५ महासागरहरू

Feb 16, 2015



पृथ्वीका महासागरहरू

१;आर्कटिक महासागर
२.एटलान्टिक महासागर
३.हिन्द महासागर
४.प्रशान्त महासागर
५.अन्टार्क्टिक महासागर

१.प्रशान्त महासागर
प्रशान्त महासागर पृथ्वीको सबैभन्दा ठूलो महासागर हो । यो उत्तरमा आर्कटिक र दक्षिणमा अन्टार्क्टिक महासागर ( वा अन्टार्टिका)सम्म फैलिएको र एशिया, अस्ट्रेलिया र अमेरिकाले घेरिएर रहेको छ ।

२.आन्ध्र महासागर

आन्ध्र महासागर वा अटलांटिक महासागर विशाल जलराशिको नाम हो जो यूरोप तथा अफ्रिका महादेशहरुको नयाँ संसारका महादेशहरुदेखि पृथक गर्छ । क्षेत्रफल र विस्तारमा संसारको दोस्रो ठुलो महासागर हो जसले पृथ्वी को १/५ क्षेत्र ओगटेको छ । यस महासागरको नाम ग्रीक संस्कृतिबाट लिइएको छ जसमा यसलाई नक्शाको समुद्र पनि भनिन्छ । यस महासागरको आकार लगभग अङ्ग्रेजी अक्षर ८ को जस्तो छ । लम्बाईको अपेक्षा यसको चौडाई धेरै कम रहेको छ । आर्कटिक सागर, जो बेरिङ्ग जलडमरूमध्यबाट उत्तरी ध्रुव हुँदै स्पिट्सबर्जेन र ग्रीनल्याण्डसम्म फैलिएको छ, मुख्यतः आन्ध्रमहासागरको नैं अङ्ग हो । यस प्रकार उत्तरमा बेरिङ्ग जल-डमरूमध्यबाट लिएर दक्षिणमा कोट्सलैंडसम्म यसको लंबाई १२,८१० माईल छ । यस्तै प्रकार दक्षिणमा दक्षिणी जर्जियाको दक्षिण स्थित वैडल सागर पनि यसै महासागरको अङ्ग हो । यसको क्षेत्रफल यस अन्तर्गतका समुद्रहरुसहित ४,१०,८१,०४० वर्ग माईल छ । यस अन्तर्गत समुद्रहरुलाई छोडेर यसको क्षेत्रफल ३,१८,१४,६४० वर्ग माईल छ । यो एउटा विशाल महासागर नै हो जसको अधीन विश्वको सबभन्दा ठूलो जलप्रवाह क्षेत्र रहेको छ । उत्तरी आन्द्रामहासागरको पृष्ठतलको लवणता अन्य समुद्रहरुको तुलनामा पर्याप्त रहेको छ । यसको अधिकतम मात्रा ३.७ प्रतिशत छ जो २०°- ३०° उत्तर अक्षांशहरुको बिचमा विद्यमान छ । यस महासागरको अन्य भागहरुमा लवणता अपेक्षाकृत कम रहेको छ ।

एटलान्टिक महासागरको गहिराईको प्रारम्भिक अध्ययनमा पनडुब्बी चालक (१८७३-७६) को अन्वेषण अभियानको समान अन्य वैज्ञानिकले महासागरको अन्वेषणहरुमा योगदान दिएका थिए । एटलान्टिक महासागरीय विद्युत केबुलहरुको स्थापनाका गर्नका लागि आवश्यक जानकारी प्राप्ति गर्नका लागि यस प्रकारका अध्ययनहरुले विशेष प्रोत्साहन दियो । यसको गहिराइ को सन्दर्भमा एउटा अन्वेषण टोलि सन् (१९२१) को अध्ययन अनुसार यस महासागरको औसत गहिराई, समुद्रहरुलाई छोडेर, ३,९२६ मीटर, अर्थात् १२,८३९ फिट छ । यसको ज्ञात अधिकतम गहिराई, ८,६०५ मिटर अर्थात् २८,२३२ फिट छ र यस महासागरको सबैभन्दा गहिरो भाग पोर्टोरिको ट्रेन्च हो जसको गहिराई लगभग ८,६०५ मिटर (२८,२३२ फिट) रहेको छ


३.हिन्द महासागर
हिन्द महासागर (अन्टार्क्टिक क्षेत्र समावेश नभएको)
---------------------------------------
हिन्द महासागर संसारको तेस्रो सबैभन्दा ठूलो समुद्र हो , र यसले पृथ्वीको सतहमा उपलब्ध पानीको लगभग २०% भाग यसमा निहित रहेको छ । उत्तरमा यो भारतीय उपमहाद्वीप देखि, पश्चिममा पूर्व अफ्रिका, पूर्वमा हिन्दचीन, सुन्दा द्वीप समूह र अस्ट्रेलिया, तथा दक्षिणमा आर्कटिक महासागरले घेरिएको छ । विश्वमा यो मात्र एउटा महासागर हो जसको नाम कुनै देशको नाम अथवा, हिन्दुस्तान (भारत)को नाममा रहेको छ ।

संस्कृतमा यसलाई रत्नाकर अथवा रत्न उत्पन्न कर्ता भन्दछन्, जबकि प्राचिन हिन्दू ग्रन्थहरुमा यसलाई हिन्दू महासागर भनिएको छ । वैश्विक रुपले परस्पर जोडिएका समुद्रहरुका एक घटक हिन्द महासागर को, आन्ध्र महासागर देखि २०° पूर्वी देशान्तर जो केप एगुलस देखि गुज्रिन्छ, र प्रशान्त महासागरदेखि १४६°५५' पूर्वी देशान्तर पृथक गर्दछ । हिन्द महासागरको उत्तरी सीमाको निर्धारण फारसको खाडीमा ३०° उत्तर अक्षांश द्वारा हुन्छ ।

अफ्रिका र अस्ट्रेलियाका दक्षिणी बिन्दुहरुमा यस महासागरको चौडाई करिब १०,००० किलोमिटर (६२०० माईल) छ र यसको क्षेत्रफल ७,३५,५६,००० वर्ग किलोमिटर (२,८४,००,००० वर्ग माईल) छ जसमा लाल सागर र फारसको खाडी समेत रहेको छ । सागरमा जलको कुल मात्रा २९,२१,३१,००० घन किलोमिटर (७,००,८६,००० घन माईल) हुने अनुमान छ । मेडागास्कर जो विश्वको चौथो सबैभन्दा ठूलो द्वीप हो यो यसै हिन्द महासागरमा स्थित रहेको छ । कोमोरोस, सिचेल्स, माल्दिभ्स, मरिशस, श्रीलंका र इण्डोनेशियाको द्वीपसमूह जसले यस महासागरको पूर्वी सीमाको निर्धारण गर्दछन् यो यसै महासागरको क्षेत्र भित्र पर्दछन ।

४..आर्कटिक महासागर
आर्कटिक महासागर पृथ्वीको उत्तरी ध्रुवमा अवस्थित महासागर हो ।

५.अन्टार्क्टिक महासागर

अन्टार्क्टिक महासागर वा दक्षिणी महासागर अन्टार्क्टिका महादेश वरीपरीको महासागर हो।
Continue Reading | comments

ठूलो र साना देशहरु


विभिन्न महादेशका क्षेत्रफलका आधारमा सबभन्दा ठूलो र साना देशहरु

*सि.नं.* *महादेश* *ठूलो देश* *सानो देश*
१ एशिया चीन माल्दिभ्स
२ अफ्रिका सुडान सेशेल्स
३ यूरोप रसिया भ्याटिकन सिटि
४ उत्तर अमेरिका क्यानाडा सेन्ट भिसेन्ट एण्ड नेभिस
५ दक्षिण अमेरिका ब्राजिल ट्रिनिडाड
६ अष्ट्रेलिया अष्ट्रेलिया नाउर
Continue Reading | comments

७ वटा महादेशहरु


महादेशहरु

पृथ्वीमा निम्न ७ वटा महादेशहरु रहेका छन्।


१. एसिया महादेश
२. अफ्रिका महादेश
३. उत्तर अमेरीका महादेश
४. दक्षिण अमेरीका महादेश
५. यूरोप महादेश
६. अष्ट्रेलिया महादेश
७. अन्ट्रार्कटिका महादेश

*एसिया महादेश (Asia Continent)*
-- विश्वका विभिन्न महादेशहरु मध्येको सबैभन्दा ठुलो महादेश एसिया महादेश हो ।
-- यस महादेशको अधिकाशं भाग उत्तरी गोलाद्धमा पर्दछ ,१० डिग्री दक्षिणि अक्षांश देखि
७८ डिग्रि अक्षाशं र २५ डिग्री पुर्वी देशान्तर देखि १८० डिग्री देशान्तर पार गरि १७०
डिग्री पश्चिम सम्म यो महादेश फैलियको छ ।
-- यस महादेशको क्षेत्रफल ४३,९९,९०० वर्ग कि.मि.रहेको छ ।
-- विश्वको करिब ५४ प्रतिशत मानिसहरुको बसोबस रहेको यस महादेशले विश्वको कुल भु
भागको करिब ३० प्रतिशत भु- भाग ओगटेको छ ।
-- यस महादेशमा विश्वकै सर्वाधिक अग्लो चुचुरो सगरमाथा विश्व कै गहिरो ताल वैकाल
विश्वकै ठुलो ताल क्यास्पियन सागर र विश्वकै सर्वोच्च स्थानमा रहेको ताल तिलिचो पर्दछ ।
-- यस महादेशलाई विसमताको महादेशको उपनामले समेत चिनिन्छ ।

*अफ्रिका महादेश*
-- यो महादेश एसिया पछिको सबैभन्दा ठुलो र विश्वको दोस्रो ठुलो महादेश हो ।
-- यो महादेशलाई भूमध्ये रेखाले ठिक बिच बाट काटेकोले यो महादेश उत्तर र दक्षिण
गोलाद्धमा बराबर रुपमा फैलियको छ ।
-- यस महादेशको सरदर क्षेत्रफल २,९७,८५,००० बर्ग कि.मि. रहेको छ।
-- यो महादेशका एटलस र डैकन्सवर्ग प्रमुख पर्वत हुन भने किलिमान्जरो सर्वोच्च शिखर
एवम् ज्वालामुखि पर्वत हो ।
-- विश्वको सबैभन्दा ठुलो मरुभूमि सहारा (६८,००,००० बर्ग कि.मि.) यसै महादेशमा पर्दछ ।
-- यस महादेशमा प्राय विश्वका सवै प्राचिनतम् एवम् नबिनतम संस्कृति पाईन्छ ।
-- विश्वको सबैभन्दा लामो नदि नाइल ठुलो हिरा खानि किम्वर खान ,स्वर्ण उत्पादक
नगर जोहान्सवर्ग यसै महादेशमा पर्दछ ।

*उत्तर अमेरीका महादेश*
-- यो विश्वको तस्रो ठुलो महादेश हो ।
-- उत्तर तिर फुकेको र दक्षिणतिर साघुरीयको यो महादेश पुरै उत्तरी गोलाद्धमा पर्दछ ।
-- यो महादेशलाई क्रिस्टोफर कोलम्बसले सन् १४९२ मा पत्ता लगाएका हुन्,त्यसैले यस
महादेशलाई नँया संसारको उपनामले समेत चिनिन्छ ।
-- विश्वको सबैभन्दा ताजा पानिको ताल सुपेरीयर ,सबैभन्दा ठुलो गुम्वज एस्टेडोम आदि पनि
यसै महादेशमा पर्दछ ।
-- यो महादेश १० डिग्री उतरी अक्षाश देखि ८० डिग्री उतरी अक्षाश सम्म र २० डिग्री
पश्चिमी देशान्तर देखि १६० डिग्री पश्चिमि देशान्तर सम्म फैलिएको छ ।
-- विश्वको सबैभन्दा ठुलो नेशनल पार्क बुड बफेली नेशनल पार्क (क्यानडा) यसै महादेशमा पर्दछ ।
-- यस महादेशमा पाईने शितोष्ण घासे मैदान प्रेयस यस महादेश को अनुपम उपहारको रुपमा
लिइन्छ ।

*दक्षिण अमेरीका*
-- यो महादेश विश्वको चौथो ठुलो महादेश हो ।
-- यो महादेश १२ डिग्री उत्तरी अक्षाशदेखि ५६ डिग्री दक्षिणी अक्षाश सम्म ,३६ डिग्री
पश्चिमि देशान्तर देखि ८० डिग्री पश्चिमि देशान्तर सम्म फैलिएको छ ।
-- यस महादेशको क्षेत्रफल १,७७,९८,५०० वर्ग कि.मि. रहेको छ ।
-- पानामा नहरले उत्तर र दक्षिण अमेरीका को सिमाना लाई छट्याउने काम गरेको छ ।
-- विश्वको सबैभन्दा ठुलो पवर्तमाला एण्डिज पवर्तमाला यसै महादेशमा पर्दछ ।
-- दक्षिण अमेरीकी महादेशमै रहेको अमेजन नदिलाई विश्वकै सबैभन्दा ठुलो नदिको रुपमा लिईन्छ ।
-- विश्वको सबैभन्दा उचाइमा रहेको राजधानि लापान (बोलिभिया) यसै महादेशमा पर्दछ ।
-- दक्षिण अमेरीकाको अर्जेन्टिना सम्म फैलिएको घासे मैदान पेम्पाज यसै महादेशमा पर्दछ ।

*यूरोप महादेश*
-- यो महादेश विश्वको छैठौ ठुलो महादेश हो ।
-- यो महादेश पूरै उतरी गोलाद्धमा पर्दछ ।
-- यो महादेश ३९ डिग्री उतरी गोलाद्ध देखी ७१डिग्री उतरी अक्षाशं सम्म र ८६ डिग्री
पूर्वी देशान्तर देखि २० डिग्री पश्चिमी देशान्तर सम्म फै्रलियको छ ।
-- यस महादेशको क्षेत्रफल १०४९८०० वर्ग कि.मि रहेको छ ।
-- यस महादेशलाइ भित्रि समुन्द्रले घेरीयको महादेश समेत भनिन्छ ।
-- समुन्दी किनार छिया छिया भएकोले यस महादेशलाइ लामे समुन्द्रि किनार भएको महादेश
तथा प्रायद्धिपको प्रायद्धिप भनेर पनि चिन्ने गरीन्छ ।
-- यस महादेहको सबैभन्दा सर्वोच्च शिखर एव्रल्ज(५६३३ मि.) रहेको छ ।
-- यो महादेशको प्रसिद्ध नदि डेन्वयूव नदि हो जुन ७ भन्दा बढि देश भएर बग्ने गरेको छ ।
-- यस महादेशको यूक्रेन देशलाई bread basket of the world पनि भनिन्छ ।

*अष्ट्रेलिया महादेश*
-- यो विश्वको सबैभन्दा सानो महादेश हो ।
-- यो महादेशको क्षेत्रफल ७६६८८० वर्ग कि.मि मात्र रहेको छ ।
-- यो महादेश नै एउटा देश रहेको छ ,यो महादेश विभिन्न टापू हरु मिलेर वनेको छ ।
-- यो महादेश को अधिकाशं भू भाग दक्षिणी गोलाद्धमा रहे
-- यो महादेशको उत्तर पूर्व तर्फ समुन्द्री भागमा २०० कि.मि लामो मुगा को ढिस्का रहेको
छ। जुन समुन्द्री कीराहरुका हाड बाट बनेको पत्ता लागेको छ ।
-- यस महादेश लाई विचित्रताको महादेशको उपनामले समेत चिनिने गरिन्छ ।




Continue Reading | comments

बिश्वो सम्पदा सुचिमा सुचिकृत ६३० मध्ये १०


बिश्वो सम्पदा सुचिमा सुचिकृत ६३० मध्ये १० ओटा नेपालमा पर्ने सम्पदाको विवरण

आर्थिक, सामरिक, प्राविधिकलगायत सम्पूर्ण कुरामा अमेरिका र युरोपियन मुलुकलाई टक्कर दिने हैसियतमा उदाइसकेका एसियाका दुई ठूला मुलुकहरू चीन र भारत । यिनै दुई मुलुकको भुगोलभित्र घेरिएको सानो मुलुक नेपालको भौगोलिक अवस्था विविधतायुक्त छ । दक्षिणमा समुद्री सतहबाट ७० देखि २०० मिटरको उचाईमा रहेको तराई प्रदेशदेखि लिएर उत्तरमा ८,८४८ मिटर अग्लो सगरमाथासम्मको अध्ययन गर्दा भौगोलिक प्राकृतिक भिन्नताको अनुभूति सजिलै गर्न सकिन्छ । त्यसो त प्रकृतिकमात्रै होइन सांस्कृतिक दृष्टिकोणले पनि नेपालको पहिचार विश्वमै फरक छ । बिदेशबाट वर्षेनी नेपाल आउने लाखौं पर्यटकहरू यहाँको प्राकृतिक र जीवित प्राचीन सांस्कृतिक महत्वका सम्पदाहरू अवलोकन गरेर लठ्ठ पर्छन् । नेपालको प्राकृतिक र सांस्कृतिक मुल्य, विश्व सम्पदा सूचीमा परेका १० वटा धरोहरले पनि प्रष्ट पार्छन् । विश्व क्षेत्रफलको हिसाबले करीब ०.०३ प्रतिशत मात्रै ओगटेको नेपालमा विश्व सम्पदा सूचीमा छानिएका विश्वका ६ सय ३० मध्ये १० वटा पर्नु अति नै गर्ब गर्न लायक कुरा हो । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक, सांस्कृतिक संगठन (UNESCO) ले सन् २००० जुन ९ मा प्रकाशन गरेको विवरणमा विश्वका ११८ देशका जम्मा ६३० मध्ये नेपालका १० वटा विश्व सम्पदा सूचिमा समेटेको थियो । कूल ६३० मध्ये ४०० सांस्कृतिक, १२८ प्राकृतिक र २२ वटा मिश्रित स्थल छन् । विश्वमै उदाहरणीय र अनुलनीय रूपमा आफ्नो महत्व बोकेका स्थलहरूलाई आगामी पूर्खाहरूका लागि जीवित राख्ने उद्देश्यले (UNESCO) ले थालेको निगरानी र संरक्षणभित्र नेपालका १० स्थल पर्नु नेपालकै लागि निक्कै गौरबको कुरा हो । बेलायतको लण्डन शहर, भारतको ताजमहल, फ्रान्सको पेरिस, रूसको मस्को, चीनका तिब्बत र विशाल पर्खाललगायतका सूचीमा नेपालका काठमाडौं, भक्तपुर र पाटनलगायत १० स्थल पर्नुले नेपालको पर्यटन सम्भावना विश्वमा झनै फैलिन पाएको छ । नेपालप्रति विश्वका नागरिकको चासो झनै बढ्न गएको छ । विश्व सम्पदा सूचीमा परेका नेपालका १० स्थलको पूर्ण जानकारी यस्तो छ :

१.बुध्द जन्मस्थल लुम्बिनी

लुम्बिनी अञ्चलको रूपन्देही जिल्लामा रहेको बुद्ध जन्मस्थान २७ डिग्री २५’ उत्तरी अक्षांश र ८२ डिग्री ४३’ पूर्वी देशान्तरमा अवस्थित छ । विश्वका प्रमुख धर्महरू मध्ये एउटा धर्मको रूपमा स्थापित बुद्ध धर्मका प्रणेताको रूपमा प्रतिष्ठित गौतम बुद्धको जन्मस्थान लुम्बिनी नेपालमा रहेकैले विश्वमै नेपालले बुद्ध जन्मेको देशको महत्वपूर्ण स्थान पाएको छ । विश्वभरका बौद्धमार्गीहरूको सबैभन्दा ठूला तीर्थस्थलको रूपमा प्रख्याति पाएको लुम्बिनीको धार्मिक र ऐतिहासिक महत्वकै कारणले युनेस्कोले विश्व सम्पदा अन्तरगत सूचीकृत गरेको छ ।
सर्वप्रथम मौर्य राजा अशोक आफ्नो राज्यभिषेकको वीसौं वर्ष (२४५ ई.पू.) मा लुम्बिनी आएको र शिला स्तम्भ राखेको कुरा बौद्ध ग्रन्थहरूमा उल्लेख गरिएको छ । सन् १८९६ मा वीरशम्सेरले नियुक्त गरेका पाल्पाका गर्भनर खड्गशम्सेरको नेतृत्वमा भएको उत्खनन्बाट अशोक निर्मित शिलास्तम्भ प्राप्त भएको थियो । (स्रोत ः खेमराज पोखरेल, गोविन्द मान सिंह कार्की ‘पर्यटन र विकास’ (Tourism And Development) अनुराग प्रकाशन, वाराणसी, यू.पी, प्रथम संस्करण, २०५५, पेज नं ७५) । सम्राट अशोकले अफ्नो जीवनकालमा स्थापना गरेका ६४ स्तम्भमध्ये लुम्बिनीको अशोक स्तम्भ सबैभन्दा महत्वपूर्ण मानिन्छ । सन् १९९४ देखि पुरातत्व विभाग र जापानको बुद्धिष्ट महासंघको संयुक्त प्रयासमा लुम्बिनी विकास परियोजनाअन्तर्गत उल्खनन कार्य भइरहेको छ ।


२.चाँगुनारायण मन्दिर

समुन्द्र सतहदेखि ५,५०० फिटको उचाईमा भक्तपुर शहरदेखि ५ कि.मि. उत्तरमा बिभिन्न कलाकृतिबाट सजिएको रमणीय पर्यटकीय धार्मिक तीर्थस्थल हो, चाँगुनारायण मन्दिर । प्राकृतिक सौन्र्दयको माझमा यो मन्दिर रहेको छ । चाँगुनारायणलाई कोही चम्पकनारायण, कोही गरूडनारायण, कोही चौपानारायण नामले समेत सम्बोधन गर्छन् । यी नारायण सत्य युगदेखि नै भएको कुरा उल्लेख छ । चाँगुनारायणको मन्दिर काठमाडौं उपत्यकामा सबैभन्दा पहिलेको अर्थात् सबैभन्दा पुरानो मानिन्छ । नेपालको पुरातन संस्कृति कलाले सिंगारिएको यो मन्दिर भव्य छ । यस मन्दिरको वरिपरि कसरी सफा गर्ने र पर्यटकहरूलाई कसरी आकर्षण भन्नेतर्फ ध्यान जानु जरुरी देखिन्छ ।
नेपालको इतिहासमा चाँगुनारायण क्षेत्रलाई एउटा त्यस्तो महत्वपूर्ण दस्तावेज मान्न सकिन्छ कि एउटा सानो चांगु क्षेत्रले प्राचीन नेपालको सम्पूर्ण इतिवृत्तान्त दिलाइरहेको छ । यो तथ्यलाई भुलेर पूरानै ढंगले एउटा सांस्कृतिक र धार्मिक पुरातात्विक क्षेत्रको रूपमा मात्रै लिने हो भने चाँगुनारायाणलाई नचिनेको ठहरिनेछ । तसर्थ, चाँगुनारायण क्षेत्रलाई केही मन्दिर र मुर्तिहरूले सजिएको एक सम्पदा स्थलको रूपमा मात्र होइन, बरू सिंगो नेपालको राजनीति इतिहास बुझाउने एक दरिलो प्रमाणको रूपमा प्रस्तुत गर्न सकिन्छ । (स्रोत ः ओमप्रसाद धौमडेल, सिंगो नेपालको इतिवृति वुझाउने चांगुनारायण भक्तपुर (मासिक) माघ–फाल्गुण अंक ३, वर्ष २१, संख्या–१८७, पेज नं. २४)

३.भक्तपुर दरबार क्षेत्र

भक्तपुर दरबार क्षेत्रमा ईटा र काठले बनाइएको ५५ झ्याले दरबार र दरबार वरिपरि रहेका प्यागोडा शैलीका मन्दिरहरूको समष्टिलाई भक्तपुर दरबार क्षेत्रले प्रतिबिम्वित गर्छ । यसमा भएका आँखीझ्यालले वोरण अनि साना–साना असंख्य चित्रहरू (पहिलो तल्लामुनी निस्केका दलीनहरूबीच छन्) ज्यादै महत्वपूर्ण मानिन्छन् । पहिलो तल्ला भित्रपट्टीको चित्रकला ज्यादै उत्कृष्ट छन् भने दोश्रो तल्लामा काष्ठकला प्रदर्शित गरिएका छन् । स्वर्णद्वारको अगाडि विशाल खम्बामाथि सुनको मोलम्वानामा स्थापित भुपतिन्द्र मल्लको शालिक भक्तपुर दरबार क्षेत्रको अर्को आकर्षण हो । ५५ झ्याले दरबारको अगाडि कुनामा एक तल्लामाथि ठुलो घण्टा झुन्डाइएको छ, जुन रणजीत मल्लले स्थापना गरेको अभिलेख पनि त्यसैमा कुँदिएको छ । ठुलो घण्टासँगै शिखर शैलीको ढुंगाको मन्दिर, ५५ झ्यालको कुनामा रहेको दुर्लभ जीवजन्तरको मृर्ति सहितको शिखर शैलीको ढुंगाका मन्दिर र भक्तपुर नगरपालिका जानेवाटोमा पर्ने १ तल्ले छाना भएको रातो मन्दिरलाई ३ वत्सलाको मन्दिर भन्ने चलन छ ।
भक्तपुरको दरबार क्षेत्रको भित्री भागमा एउटा सानो चोक रहेको र चारैतिर कोठाहरू देखिन्छन् । यहीं मल्ल राजाहरूको वैठकस्थल पनि रहेको छ । भूपतिन्द्र मल्लको शालिक रहेको सानो ढोका बाहिरको क्षेत्रमा घण्टाको दाहिनेपट्टि वत्सला दुर्गा मन्दिर पनि रहेको र यो शिखर शैलीमा निर्माण भएको देखिन्छ । दरबार क्षेत्रको भ्रमणमा जाने व्यक्तिहरूको लागि ठुलो आकर्षणको रूपमा रहेको छ, वत्सला दुर्गा मन्दिर । भक्तपुरमा रहेका प्यागोडा मन्दिरहरू र भवनहरू विविध विशेषता, विविध संस्कृति र परम्परालाई प्रतिविम्वित गर्न सफल देखिन्छन् ।

४.स्वयम्भूनाथ स्तुप

काठमाडौं उपत्यकाको पश्चिम डाँडामा पौराणिक तथा ऐतिहासिक महत्व राख्ने स्वयम्भू चैत्य अवस्थित छ । स्वयम्भूनाथ स्तुप मानव निर्मित नभएर आफै उत्पति भएको धरोधर हो भन्ने धार्मिक मान्यता राखिन्छ । पाँचौं शताब्दीमा मानदेवको पालामा अर्थात् पाँचौ शताब्दीमा स्वयम्भूको अत्यन्त सुन्दर स्तुपको निर्माण भई सकेको दखिन्छ । स्वयम्भू महाचैत्यको निर्माणपछि कपिलवस्तु, भारतका वनारसलगायत बिभिन्न ठाउँ र चीनको ल्हासाका बिभिन्न स्थानहरूबाट आएका मानिसहरूले स्वयम्भू चैत्यमा दीक्षा दिने÷लिने पुनः निर्माण गर्ने आदि असंख्य कामहरू गरेको देखिन्छ । कपिलबस्तुका पण्डित ओडियानथले स्वयम्भू चैत्यको दर्शन गरेर अष्टसिद्धि योग प्राप्त गरेका थिए । स्वयम्भू महाचैत्यको वरिपरि रहेका शान्तिपुर, वायुपुर, अग्निपुर, नागपुर, नामक पञ्चतत्वको देवस्वरूप मूर्ति र मन्दिरहरूले सौन्दर्यलाई थप आकर्षण गरेका छन् ।
काठमाडौं उपत्यकाको पश्चिमतिर सानो डाँडामा रहेको स्वयम्भू महाचैत्य पुग्नका लागि ३६० खुड्किला बनाइएको छ । खुड्किलाको भ¥याङको सुरूमा शिलाका तीन अछोम्य बुद्धका मूर्तिहरू रहेका छन् । पश्चिमतिरबाट पनि पैदलै पुग्न सकिन्छ भने दक्षिणतिरबाट सडक यातायात चैत्यको नजिकै पुगेको छ ।

५.पशुपति क्षेत्र

भगवान् श्री पशुपतिनाथलाई नेपालीहरूका मात्र नभई संसारभरकै हिन्दूहरूले परम आराध्य परमेश्वरको रूपमा पुज्दछन् । ज्योतिलिङ्ग स्वरूपमा विराजमान पशुपतिनाथ र यस वरिपरिको पावन पशुपति क्षेत्र समस्त हिन्दूहरूको श्रद्धा र आस्थाको केन्द्रविन्दु एवम् पवित्र तीर्थस्थलको रूपमा रहिआएको छ । पशुपतिनाथको मन्दिरमा केन्द्रित पशुपति क्षेत्र करिब ४९२ हेक्टरको क्षेत्रफलमा फैलिएको छ । देउपाटन, जयबागेश्वरी, गौरीघाट, चावहिल, कुटुम्बहाल, सिफल, गौशाला, पिंगलास्थान र श्लेष्मान्तक बन आसपासको क्षेत्र पाशुपत घेरामा पर्दछ । पशुपति क्षेत्रमा करिब ४९२ साना ठूला बिभिन्न शैलीका मन्दिर, सत्तल, चैत्य, देवालय आदि धार्मिक तथा ऐतिहासिक स्थल र लगभग एक हजार शिवलिङ्ग रहेका छन् । (स्रोत ः ‘विश्व सम्पदा सूचिमा नेपालका सम्पदाहरू’ श्री ५ को सरकार, सूचना तथा सञ्चार मन्त्रालय, सूचना विभाग, २०५६, पेज नं. १०)

६.पाटन दरबार क्षेत्र

सातौंदेखि १३औं शताब्दीसम्म पाटन एशियाकै बुद्ध धर्मको प्रमुख स्कूलको रूपमा स्थापित भएको देखिन्छ । यहाँ रहेका बहाल, बिहार र स्तुपाले यो कुराको पुष्टि गरेका छन् । पाटन दरबार स्वायर क्षेत्र मल्ल राजाहरूको निवास रहेको मुख्य थलोको रूपमा रहेको पाइन्छ । यो क्षेत्रमा तत्कालीन राजाहरूले खानपिन, आराम र बैठकको लागि उपयुक्त हुने देउतले भवनको मात्र होइन, कयौं कलात्मक मन्दिरहरूको पनि निर्माण गर्न लगाएका छन् । पाटन दरबार क्षेत्रको सुन्दर कलाकारितालाई हेरेर कतिपयले सुन्दरताको शहरले सम्बोधन गर्ने गरेको पनि पाइन्छ । त्यसमा पनि पाटनको दरबार स्वायर क्षेत्र भवन र मन्दिरको स्थलजस्तो लाग्छ । यहाँ योगनरेन्द्र मल्लको सुन्दर सुनौलो मूर्ति छ । पाटनको सबैभन्दा महत्वपूर्ण आकर्षण हो, दरवार स्कवायर क्षेत्रमा देउतले भवनको आगाडि रहेको सुन्दर र कलात्मक कृष्ण मन्दिर । राजा सिद्धिनरसिंह मल्लले सन् १६३० मा निर्माण गर्न लगाएको पाटन कृष्ण मन्दिरलाई पर्यटकहरूले निकै मन पराएको देखिन्छ । पाटन दरबार क्षेत्र उतर–दक्षिण आयाताकार रूपमा अवस्थित छ । पूर्वतिर दरबार क्षेत्र र पश्चिमतर्फ लस्करै मन्दिरहरू रहेको हुनाले एकै दृष्टिमा बिभिन्न मन्दिरहरू र दरबार हेर्दा अनुपम देखिन्छ ।
७.हनुमान ढोका दरबार क्षेत्र

राजधानी काठमाडौंको केन्द्रमा रहेको हनुमान ढोका दरबार क्षेत्र एउटा संरक्षित स्मारक क्षेत्र हो । ने.सं. ७९२ (विं.सं १७२९) मा मल्लकालका प्रसिद्ध राजा प्रताप मल्लले हनुमानको मूर्ति स्थापना गरेपछि यसको महत्व र दरबार रहन गएको हो । दरबार स्क्वायरको बीच भागमा अजंगको देखिने काल भैरबको मूर्ति छ । यहीं मल्लहरूका दरबारका अतिरिक्त पृथ्विनारायण शाहले निर्माण गर्न लगाएको नौतले दरबारसमेत छ । नौतले दरबार नजिकै रहेको कुमारी घरको महत्व उत्तिकै छ जहाँ शाक्य कूलकी सानी केटीलाई जीवित देवीको रूपमा राखिएको छ । हनुमानको मूर्ति पछाडि सानो बार्दली रहेको भवनको छानामा हनुमानढोका मुख्य प्रवेशद्वारमाथि बायाँपट्टि तीन छाना भएको मन्दिर छ । यो मन्दिर ‘आगमछे’ नामले प्रसिद्ध छ । हनुमानको मूर्तिको दाँयापट्टि दरबार प्रवेश गर्ने मुख्यद्वारको रूपमा रहेको सुवर्णद्वारलाई बिशेषरुपमा सजाइएको छ । वि.स.१८८७ को नापीमा हुनमान ढोका दरबारको क्षेत्रफल अहिलेको भन्दा निकै ठुलो र विस्तृत रहेको थियो । तर अहिले अतिक्रमण भैसकेको छ । नासल चोकको दक्षिण पूर्वी कुनामा चारतह छाना भएको नौतले वसन्तपुर दरबार छ । वसन्तपुर दरबार नेपाली मन्दिर शैलीमा निर्माण भएको छ ।

८.सगरमाथा राष्ट्रिय निकुञ्ज

सन् १९५३ मे २९ का दिन नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलरीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेपछि संसारभर सगरमाथा अञ्चलमा अवस्थित हिमशिखर सगरमाथा तथा खुम्बु क्षेत्रको चर्चा हुन थाल्यो । नेपालमा निकुञ्ज तथा संरक्षण क्रियाकलापमा संलग्न एफएओ का एक उच्च अधिकारी जोन ब्लाओरले सन् १९७१ मा सगरमाथा क्षेत्रको भ्रमण गरी यस क्षेत्रमा निकुञ्ज स्थापना गर्नुपर्ने आवश्यकता औल्याए । तत्कालिन श्री ५ को सरकार, न्युजिल्याण्ड सरकार, वातावरणविद्हरू, पर्यटकहरू र स्थानीय जनताको सहयोगमा सगरमाथा राष्ट्रिय निकुञ्जको स्थापना पनि भयो । त्यसो त, हिमाली राज्यको रूपमा विश्वमा परिचित हुँदै आएको नेपालका अधिकांश उच्च र मनोरम दृश्यका हिमशिखरहरू सगरमाथा राष्ट्रिय निकुञ्जकै माथिल्लो भागमा पर्छन् । निकुञ्जमा पर्ने ८००० मिटरभन्दा बढी उचाईका हिमालहरू धेरै छन् । ८,८४८ मिटर उचाइको सगरमाथासहित ८,५१६ मिटर उचाइको ल्होत्से, ८,४०० मिटर उचाइको ल्होत्सेसार र ८,२०१ मिटर उचाइको चायु हिमाल छन् । त्यसैगरी, ७,००० मिटरभन्दा बढी उचाईका हिमालहरूमा ७,७४३ मिटर उचाइको नोजुंम्वाकाङ्ग, ७,८५५ मिटर उचाइको नुद्से, ७,१६१ मिटर उचाइको पुमोरी, ७,५९१ मिटर उचाइको शान्ति शिखर र ७,५५९ मिटर उचाईको झार्से छन् । सगरमाथा राष्ट्रिय निकुञ्जको अधिकांश भूभाग समुद्री सतहबाट ३,००० मिटरभन्दा बढी उचाईमा छ ।

९.चितवन राष्ट्रिय निकुञ्ज

चितवन राष्ट्रि निकुञ्ज नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज हो । शाही चितवन राष्ट्रिय निकुञ्जको नाममा २०३० सालमा स्थापना भएको यो निकुञ्जलाई अहिले चितवन राष्ट्रिय निकुञ्जबाट चिनिन्छ । प्राकृतिक वातावरण, वन्यजन्तु, पंक्षी, वनस्पति र भू–दृश्यहरूका दृष्टिले चितवन राष्ट्रिय निकुञ्ज स्थापना गरिएको हो । ९३२ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको यो निकुञ्जले चुरे पर्वत, राप्ती उपत्यका, नारायणी, राप्ती र रिउ नदीहरूले बनाएको मैदानी भाग, सिमसार क्षेत्र, ताल, तलैया, बनजंगल, झाडी, बुट्यान आदि क्षेत्रहरूलाई समेटेको छ । यो निकुञ्ज महाभारत पहाडको फेदिदेखि दक्षिणतर्फ फैलिएको छ । विविधतापूर्ण प्राकृतिक वातावरण, उपलब्ध जैविक विविधतामा सम्पदाको दृष्टिकोणले चितवन राष्ट्रिय निकुञ्ज अत्यन्त महत्वपूर्ण छ । यो निकुञ्जमा पचासौं जातका स्तनधारी जीवजन्तुहरू पाइन्छन् । ३० भन्दा बढी ठूला जातका स्तनधारी जीवजन्तुहरू पाइन्छन् । चितवन राष्ट्रिय निकुञ्जको महत्व विश्वमै दुर्लभ एकसिंगे गैंडा र ठूला हात्तीहरूले बढाएका छन् ।

१०.बौद्धनाथ महाचैत्य

काठमाडौं उपत्यकामा रहेका स्तुपहरूमध्ये सबैभन्दा ठुलो स्तुप हो, बौद्धनाथ स्तुप । राजधानीदेखि झण्डै ८ कि.मि पूर्वमा अवस्थित छ । बौद्धनाथलाई स्वास्ती पनि भनिन्छ । तिब्बत जाने प्राचीन बाटोमा रहेको मानिने बौद्ध गुम्बाको गोलाद्र्ध ३६ मिटर छ । यो गुम्बा पाँचौ शताब्दीमा बनेको अनुमान गरिन्छ तर ठोस प्रमाण भने भेटिएको छैन । तिब्बती शरणार्थीहरूको बसोबास रहेको बौद्ध क्षेत्रमा धार्मिक र अन्य कारणले आउने पर्यटकहरूको घुईंचो लाग्ने गर्दछ । डनियल राइटद्वारा सम्पादित उन्नीसौं शताब्दीको एउटा वंशावलीअनुसार बौद्धनाथ महाचैत्यको स्थापना राजा मानदेव प्रथमले (४६४–५०५सन्) गरेको देखिन्छ । बौद्ध मार्गीहरूले बौद्धनाथ महाचैत्य पनि स्वयम्भूनाथ महाचैत्यजस्तै आफै उत्पन्न भएको हो भन्ने विश्वास पनि राखेको पाइन्छ ।




विश्व सम्पदा सूचीमा परेका स्थलहरूको सुरक्षा सम्बन्धित देशको मात्रै नभएर विश्वकै जनताको जिम्मेवारीभित्र रहन्छ । त्यसैले नेपालका १० धरोहरको संरक्षणलाई विश्वकै जिम्मेवारी भित्र पार्नु नेपालका लागि अति नै सकारात्मक पक्ष हो । युनेस्कोको पहलमा सन् १९५४ को २१ अप्रिल देखि १४ मे सम्म हेगमा सम्पन्न अन्तरर्राष्ट्रिय सम्मेलनले १४ मे १९५४ का दिन तयार पारेको महासन्धीमा सशस्त्र संघर्षको बेलामा सांस्कृतिक सम्पदाको सुरक्षा गर्नु विश्वकै जनताको जिम्मेवारी भएको उल्लेख छ । काठमाडौं उपत्यकाको विश्व सम्पदा सूचीमा परेका स्थलहरूको मूल्यांकन युनेस्कोले नोभेम्वर १९९३ मा संयुक्त रूपमा गरेको थियो । युनेस्कोको पुनरावलोकनले विश्व सम्पदा सूचीमा परेका स्थलहरूको दिनहुँ ह्रास हुँदै गएको स्थिति देखेर ती स्थलहरूलाई एक देखि तीन वर्षसमम्म खतरामा परेको विश्व सम्पदा स्थलहरूको सूची (खतरामा रहेका सम्पदाहरू) मा राख्ने र विभिन्न शर्तहरू पूरा गरेको अवस्थामा पुन विश्व सम्पदा सूचीमा राख्ने सिफारिस गरेको देखिन्छ । युनेस्कोले पशुपति क्षेत्रमा बढ्दै गएको मानवीय र भौतिक अतिक्रमणबारे त नेपाललाई अहिले पनि सचेत समेत गराउँदै आएको छ । हाम्रँ यी सम्पदाहरू मध्ये अधिकांश अहिलेका भौतिक विकासका प्रतिफल होइनन्, सनातन कालदेखिका धरोहर हुन् भने कतिपय प्रकृतिका अनुपम देन हुन् । हामीलाई त यी धरोहरलाई केवल संरक्षित गर्नसक्ने हैसियतको खाँचो छ र यिनै धरोहरबाट विदेशी पर्यटकलाई आकर्षित गर्ने ठूला योजनाहरूको खाँचो छ ।
Continue Reading | comments

Pageviews

Followers