Nepal Flag

सौर्यमण्डल सम्बन्धि जानकारीहरू

Jul 26, 2013


सौर्यमण्डल
=======

सौर्यमण्डल एक खगोलिय प्रणाली हो, जसको केन्द्रमा रहेको तारालाई ग्रहहरू तथा उल्का पिण्डहरूले परिक्रमा गर्दछन। सबै भन्दा प्रशिद्ध सौर्यमण्डल त्यो हो जहाँ मानवहरू रहेका छन, पृथ्वी रहेको छ। पृथ्वीले सूर्यको वरिपरि एक अण्डाकार कक्ष, जुन लगभग चक्राकार छ,मा परिक्रमा गर्दछ। अरु ग्रहहरूले पनि सूर्यको वरिपरि अण्डाकार कक्षमा परिक्रमा गर्दछन।
सूर्यको वरिपरि घुम्ने सबैभन्दा ठुला पिण्डहरूलाई ग्रह भनिन्छ। दुरविनका सहायताले गहन खोज गरि ग्रहहरू पत्ता लगाउन मानिसहरूलाई कयौँ वर्ष लागेको थियो। कुनै ठुला ग्रहहरू पत्ता नलागेको धेरै वर्ष भईसक्यो, तर साना पिण्डहरू भने हरेक वर्ष धेरै पत्ता लाग्ने गरेका छन्। सन् २००६ मा चेक गणतन्त्रको राजधानी प्राग भएको इन्टरनेसनल एस्ट्रोनोमिकल युनियन (IAU) को सम्मेलनले ग्रहहरुलाई परिभाषित गर्दै यम ग्रहलाई छुद्र ग्रहको सुचीमा सुचीक्रित गरेको थियो। यसपछी सौर्यमण्डलमा ग्रहहरुको सङ्ख्या आठ पुगेको छ।

यम (प्लुटो) अब ग्रह रहेन
यमलाई ग्रह भनिन थालेको करिब सय वर्ष भईसक्यो। सन २००६मा खगोलशास्त्रीहरूले यसको सानो आकारका कारण यसलाई ग्रहबाट अबोन्नति गरि फुच्चेग्रह वा सानो-ग्रहको दर्जा दिए। यसो गर्नाको अर्को कारण यसको कक्ष हो, जुन अरु ८ ग्रहहरूको भन्दा निक्कै भिन्न छ। हाल यम, सेरेस र एरिस समेतलाई फुच्चे-ग्रह वा सानो-ग्रह भनिन्छ।
---
सूर्य
---
सूर्य हाम्रो सौर्यमण्डलको केन्द्रमा रहेको तारा हो। यसलाई घाम वा सुर्जे पनि भनिन्छ। पृथ्वी लगायत धेरै ग्रह, ग्रहिका, उल्कापिण्ड, पुच्छ्रेतारा आदिहरूले यसको परिक्रमा गर्दछन्। पृथ्वीमा रहेको सम्पूर्ण जीवन सूर्यकै कारणले सम्भब भएको हो।

वैज्ञानिक अध्ययन
------------
सूर्यको तौल करिब २×१०३० किलोग्राम छ, जुन सामान्य भन्दा केही बढी हो। यसको तौलको करिब ७४%हाइड्रोजन, २५% हिलियम र बाँकि अन्य गर्हौल पदार्थहरू रहेका छन्। यसको आयु करिब ५ अर्ब वर्ष रहेको अनुमान गरिन्छ। सूर्यले आफ्नो जीवनको आधा यात्रा तय गरीसकेको अनुमान गरिन्छ। यस समयमा सूर्यलेपरमाणवीय सन्धि प्रतिक्रियाद्वारा केन्द्रमा रहेको हाइड्रोजनलाई हिलियममा परिणत गर्दछ। करिब ५ अर्ब बर्षपछि यो ग्रहिय नेबुलामा परिणत हुने छ।
पृथ्विको सबैभन्दा नजीकको तारा भएर र बैज्ञानिकहरू बाट सघन अध्ययन हुँदाहुँदै पनि, यसका बारेमा धेरै प्रश्नहरू अनुत्तरित छन् - जस्तै, किन यसको बाहिरी बायुमण्डलको तापक्रम दशलाख केल्भिन भन्दा बढि छ जबकि यसको देख्न सकिने सतहको तापक्रम ६,०००के मात्र छ।

वैदिक धारणा
-------
वेद र पुराणमा सूर्य लाई सौर्यमण्डलको सर्वाधिक बलशाली ग्रह मानिन्छ। नवग्रह मध्ये सूर्यलाई विशेष मान्यता दिइएको छ। सूर्यलाई शनिको पिता मानिएको छ। सूर्यको रंग रातो र उसको वाहन रथ हो, उसको एक मात्र चक्र छ जसले वर्षलाई दर्शाउँछ। यस चक्रमा १२ भाग छ जुन १२ महिनाको द्योतक हो। यस चक्रको मध्यमा छ भाग छ जुन छ ऋतुहरूको द्योतक हो। रवि, हेली, भास्कर, विकर्तन, अहस्कर, तपन, पूषा, नभेश्वर, मार्तण्ड, दिवाकर, प्रभाकर, अर्क, अरुण, चित्ररथ आदि यसको पर्याय नामहरू हो।


ग्रहहरू ===
---------------------------------------------------------------------------
--------
बुध ग्रह
-------
बुधग्रह सौर्यमण्डलमा सूर्यको सबै भन्दा नजीकको ग्रह हो। यो धेरै सानो छ जसको भूमध्यरे़खीय अर्धव्यास् २,४३९.७ किमि रहेको छ। It is covered in craters. हरेक दिन धेरै गर्मी हुन्छ र हरेक रात धेरै जाँडो हुन्छ।
सौर्यमण्डलको सबभन्दा सानो ग्रह हो। अरू ग्रहभन्दा सूर्यनजीक भएकोले, सबभन्दा छिठो ग्रह हो। सूर्यको वरिपरि घुम्न करिब ८८ दिन मात्रै लाग्छ।
यो ग्रह सौर्यपरिवारको धेरै घनत्व भएका ग्रहहरू मध्य दोस्रो ग्रह हो। यसको सतह फलामबाट निर्माण भएको छ जुन् अत्यन्त धेरै घनत्वको हुन्छ। यद्यपी, यसको चुम्बकीय क्षेत्र एकदम कम्जोर छ।
बुधग्रहमा अहीलेसम्म पुगेका दुईअन्तरीक्षयान, मध्य म्यारिनर १०ले १९७४ देखि १९७५ सम्म यसको ४५% सतहको नक्शांकन् गरेको थियो। त्यसपछी दोस्रो पटक प्रक्षपण गरिएको अन्तरीक्षयान मेसेन्जरले जनवरी १४ २००८मा थप् ३०% सतहको नक्शांकन् गरेको थियो। मेसेन्जरले २००९को सेप्टेम्बरजमा अन्तीम उडान् भरेको थियो र अब सन् २०११मा यसले बुधग्रहलाई पूर्ण परिक्रमा गरी बाँकी भागको नक्शांकन् गर्नेछ। यो ग्रह सूर्यको वरिपरि धेरै छिठो घुमिरहेकोले, धेरै भाषामा यसलाई रोमाली धर्मको पखेता भएको देवदुत मेर्कुरियुसको नामले भनिन्छ। अङ्ग्रजीमा Mercury भनिन्छ। नेपालीमा यसलाई चन्द्रको छोरोको नामले भनिन्छ।

-----
शुक्र ग्रह
-----
शुक्रग्रह सौर्यमण्डलमा सूर्यबाट दोस्रो ग्रह हो। यस ग्रहको सतह चट्टानले बनेको छ र यसको वायूमण्डलकार्बन्डाईअक्साइड् र बिषालूसल्फ्युरिक् एसिडले बनेको हुन्छ। पृथ्वीको सामान्य तापक्रममा सल्फ्युरिक् एसिड तरल् अवस्थामा हुन्छ तर शुक्रग्रह यती त तातो छ की शुक्रग्रहमा भएको सल्फ्युरिक् एसिड वाष्पीकरण भएर ग्यासको रूपमा पाइन्छ। हरितगृह प्रभावका कारण यो ग्रह सौर्य परिवारको सबै भन्दा तातो ग्रह बनेको छ जसका कारण पृथ्वीमा बस्ने कुनै पनि सजिव वस्तु त्यहा जीवित रहने कल्पना समेत् गर्न सकिदैन। यसको वायूमण्डलमा रहेको बाक्लो बादलका कारण यस ग्रहको सतह राडारको सहायताले मात्र पहिल्याउन सकिन्छ।शुक्र ग्रह आकारमा पृथ्वीभन्दा अलिकति मात्र सानो छ । पृथ्वीको व्यास १२ हजार आठसय किलोमिटर छ भने शुक्रको व्यास १२ हजार १०२ किलोमिटर छ । शुक्र ग्रह सूर्यबाट १० करोड ८२ लाख आठ हजार नौ सय किलोमिटरको दूरीमा रहन्छ । यसले सूर्यलाई एक पटक घुम्न आठ महिना अथवा २२४ दिन १६ घण्टा लगाउँछ । सूर्यबाट नजीक भएको हुनाले यसको सूर्यपट्टि फर्केको सतह निकै तातो हुन्छ । यो ग्रहको सतहमा चार सय डिग्री सेल्सियससम्म तापक्रम हुने कुरा वैज्ञानिकहरूले पत्ता लगाएका छन् ।
यस ग्रहलाई अङ्ग्रेजीमा विनस (Venus) भनिन्छ जुन् रोमन माया र सुन्दरताकीदेवी विनसको नामबाट राखिएको हो।
शुक्रग्रह पृथ्वीको आकाशबाट प्रायजसो सधैं देखिन्छ तर बिहान सबेरै र सूर्यास्तको केहीक्षण पछि राम्रो सँग देखिन्छ। यो ग्रह पृथ्वीबाट आकाशमा देखिने वस्तु मध्ये सूर्य र चन्द्रमा पछिको सबै भन्दा चम्किलो वस्तु हो। यसलाई कहिले काहिं प्रात तारा र the "Evening Star" पनि भनिन्छ किन भनें यो ग्रह प्रायजसो यीनै समयमा देखापर्छ र जबसम्म बाइनाकुलर् वा दूरदर्शकयन्त्रको प्रयोग गरिंदैन तब सम्म यो ग्रह तारा जस्तै देखिन्छ।साँझमा पश्चिम दिशातर्फको आकाशमा अलिक माथि हेरेको खण्डमा निकै चम्किलो आकाशीय पिण्ड देखिने छ । एकनासले प्रकाशित भइरहेको त्यो पिण्ड नै शुक्र ग्रह हो । यसरी नै यो ग्रह कहिले सूर्योदयभन्दा अगाडि पूर्वी आकाशमा पनि देखिन्छ । त्यसैले लोकबोलीमा यसलाई बिहानीतारा पनि भनिन्छ ।
---
पृथ्वी
---
पृथ्वी, (अङ्ग्रेपजी the Earth or Terra), सौर्यमण्डलको तेस्रो ग्रह हो। It is the largest of thesolar system's terrestrial planets, र the only planetary body that modern scienceconfirms as harboring life. यो ग्रह करिव ४.५७ अर्ब (४.५७×१०९) बर्ष अगाडि उतपन्न भएको हो। त्यसको केही पछि यसले एकमात्र प्राकृतिक उपग्रह, चन्द्रमा, प्राप्त गर्योa। यसका प्रमूख चेतनशिल प्राणीमानव हुन। (Homo sapiens sapiens).
------
मंगल ग्रह
------
सौर्यमण्डलमा मंगलग्रह सूर्यबाट चौथो ग्रह हो।
रातो ग्रह भएकोले र रगतको रङ्ग रातो भएर, युरोपेलीहरूले मंगलग्रहलाई रोमाली युद्धदेवको नाम मार्स दिए।
मंगलग्रहको दुइटा एकदम साना चन्द्रमा छन्। त्यसका नाम फोबस र डाइमस हुन्।
मंगलग्रह ढुङ्गाबाट बनेको हो। ढुङ्गा र धुलोमा फलामको खैयो पाइएकोले, जमीन रातो देखिन्छ। ग्रहको कार्बन डाइयक्साइडबाट बनेको वायु-मण्डल बिरल छ। सूर्याबाट टाढा भएकोले, मंगलग्रहको तापक्रम पृथ्वीको भन्दा धेरै जाँडो हुन्छ। मंगलको उत्तर र दक्षिण ध्रुवमा पानीको बरफ र कार्बन डायोक्साइडको बरफ पनि पाइन्छ।
आजभोली ध्रुवमा बाहेक मंगलको सतहमा पानी पाइँदैन। धेरै वैज्ञानिकको विचारमा पानी पहिले पहिले पाइन्थ्यो। कति पानी पाइन्थ्यो, पानी कहिले बिलायो भनेर वैज्ञानिक पत्ता लगाउन खोज्दैन्। जमीनको मुनी पानी अझै भएको विश्वास कुनै वैज्ञानिकहरू गर्छन्।
--------
बृहस्पति ग्रह
--------
बृहस्पतिग्रह सौर्यमण्डको सबैभन्दा ठूलो र सूर्यबाट पाँचौं ग्रह हो। ग्याँसबाट मात्रै बनेकोले, त्यसलाई ग्याँस पिण्ड भन्छन्। सौर्यमण्डलको अरु सात ग्रहको पिण्ड जम्म गरेपनि, बृहस्पतिग्रहको पिण्ड झन बढी हुन्थ्यो।
सन् २००३मा बृहस्पतिको वरिपरि घुमिरहेको ६३वटा चन्द्रमा पत्ता लगाइसकेको थिए। त्यीमाध्य सबभन्दा ठूलो ४वटा चन्द्र वैज्ञानिक गालिलेयोले पत्ता लागेकोले, गालिलेयी चन्द्रमा भन्छन्। तिनीका नाम आयो, युरोपा, ग्यानिमिड र कलिस्टो हुन्।
बृहस्पतिग्रह ठूलो भएर त्यसको वायु-मण्डल गहिरो गएर उच्च चाप हुन्छ। अन्तरिक्षयान बृहस्पतिभित्र पस्यो भने, एक छिनमै किचिन्थ्यो। त्यसकारणले बृहस्पतिको वायु-मण्डलभित्र के के छ भनेर थोरै थाहा छ।
बृहस्पतिको पतलो चक्क छ।
------
शनि ग्रह
------
शनिग्रह सौर्यमण्डलमा सूर्यबाट छैटौं ग्रह हो। यो यौटा ग्यासको पिण्ड (अङ्ग्रेजीमा gas giant), हो जसमा ग्यास नै ग्यास रहेको छ र शायद यसमा ठोस सतह नै छैन। यसको वरिपरी एकदमै ठूलो ग्रहीय चक्का छ जुन बरफ र खनिज चट्टानले बनेको छ।
शनि ध्रुव तिर चेप्टो र भुमध्यरेखातिर फैलेको छ किन भनें यो एकदम तिब्र गतिले घुम्छ। शनि सौरमण्डलको एउटामात्र त्यस्तो ग्रह हो जसको घनत्व पानीको भन्दा कम छ। त्यसैले यदि शनिलाई ठूलो पोखरीमा राख्‌ने हो भने पोखरीमा शनि तैरने छ।
शनिका धेरै चन्द्रहरू छन्। ३० वटा चन्द्रका नामाकरण गरीएका छन्। बाँकीका चन्द्रका नाम छैनन्। १९८० भन्दा पहिले भेटाइएका वा पत्ता लगाइएका चन्द्रलाई टाइटन, रिया, , डायोनी, टिथिस, एन्सेलडस,माइमस, हाइपेरियन, फिबी र ज्यानस भनिन्छ। टाइटन शनिको सबैभन्दा ठूलो चन्द्र हो। डिसेम्बर २००४ र जनवरी २००५मा शनिका नजीकैबाट खिचिएका धेरै फोटाहरू लिइएका थिए। यसको श्रेय जान्छ त्यो मानव निर्मित भू-उपग्रह जसलाई भनिन्छ। त्यस भू-उपग्रहको एउटा भागले त अझ टाइटनमा अवतरण पनि गरेको थियो।

अरुण ग्रह
------
अरुण र यसका चन्द्रमाहरू
अरुण सौर्यमण्डलको सूर्यबाट सातौं ग्रह हो। ग्याँस पिण्ड हो। यो सौर्यपरिवारमा तेश्रो ठूलो ग्रह हो। यसको २७वटा उपग्रहहरू छन्। जसमध्ये Miranda, Ariel, Umbriel, Titania र Oberon मुख्य पाँच उपग्रहहरू हुन्। यो ग्रह आफ्नो अक्षमा धेरै ढल्केको हुनाले ध्रुवीय दृष्टीकोणले तेर्सो परेको छ।

वरुण ग्रह
------
वरुणग्रह सौर्यमण्डलको सूर्यबाट आठौं ग्रह हो। यो ग्रह पनि एक ग्यास् पिण्ड हो जसको वरिपरि चारवटा मुस्किलले देखिने खालका घेराहरू छन। Urbain Le Verrier र John Couch Adamsलाई वरुण ग्रहको आविश्कारकको रूपमा चिनिन्छ। यो ग्रहलाई पृथ्वीबाट बाइनाकुलर र दूरदर्शकयन्त्रको मद्दतले सजिलै हेर्न सकिन्छ। भोयजर २ नामक अन्तरिक्षयानले १९८९मा पत्तालगाएअनुसार यसमा "The Dark Spot" नाम गरेको आँधी रहेको छ। यद्यपी १९९४मा उक्त आँधी देखिएको थिएन। बरुण ग्रहका १३ वटा उपग्रहहरू छन। ती मध्ये सबैभन्दा ठूलो उपग्रह Triton हो ,जुन् उपग्रह वरुणग्रहको एकमात्र गोलो उपग्रह हो। Trition पृथ्वीको चन्द्रमा भन्दा केही सानो छ। अङ्ग्रेजीमा यसलाई नेप्च्युन भनिन्छ, नेप्च्युन, प्राचीन रोमन धर्मको प्रमुख देवताहरू मध्ये एउटा थिए। उनी समुद्रको देवता थिए। उनकै समतुल्य प्राचीन यूनानी धर्मको देवता थिए पोसाइडन। उनकै नामबाट सौर्य परिवारको आठौँ ग्रहको नाम नेप्च्युन राखिएको हो।

थप जानकारी
---------
डाइमस
सौर्यमण्डलमा सबभन्दा सानो चन्द्रमा डाइमस हो। त्यसको औसत लम्बाई १२ कि.मी. हो।
मङ्गलग्रहको वरिपरि घुम्नलाई १.२६२४४ दिन लाग्छ।
डाइमस मङ्गलग्रहले कब्जा भएको क्षुद्रग्रह भएको विश्वास छ।
डाइमस ढुङ्गा र बरफबाट बन्छ। त्यसको तौल झण्डै २ पद्म (१.८ x १० १५) कि.ग्रा. हो।
अगस्ट १८, १८७७ अमेरिकाली खगोलशस्त्री एसफ हलले डाइमस पत्ता लगाए।
प्रचीन युनानी धर्ममा युद्धको देउताको दुइजना छोरा थिए :- डर र आतङ्क। युरोपेली भाषामा मङ्गलग्रहलाई युद्धको देउताको नाम दिइएकोले, त्यसको उपग्रह छोराको नाम दिइए। डाइमस भन्ने नामको मतलब "आतङ्क" हो।
------
युरेनस
अरुण सौर्यमण्डलको सूर्यबाट सातौं ग्रह हो। ग्याँस पिण्ड हो। यो सौर्यपरिवारमा तेश्रो ठूलो ग्रह हो। यसको २७वटाउपग्रहहरू छन्। जसमध्ये Miranda, Ariel, Umbriel, Titania र Oberon मुख्य पाँच उपग्रहहरू हुन्। यो ग्रह आफ्नो अक्षमा धेरै ढल्केको हुनाले ध्रुवीय दृष्टीकोणले तेर्सो परेको छ।


Continue Reading | comments

मायाँ

Jun 22, 2013


चिनजान भए पछि मायाँ हुँदो रैछ।
अनि फेरि बिछोडमा मन रुँदो रैछ।।
जीवनमा बिताएका पल सम्झिएर।
परेपछि थाहा भयो आँसु चुँदो रैछ।।

तिम्ले आखा तरे पछि रोदन हुदो रैछ ।
आंशु झारि रुदै नयन, भिज्दो रैछ।।
मन नपराउनेलाइ माया दिनु उसै रुनु रैछ ।
तिमीसँगको बिछोडले आँसु झर्दो रैछ ।।

तिमी मुटु जीवनमा सरिक नहुँदा ।
तिमीलाइ सम्झि यो मन त्यसै रुदो रैछ ।।
मायाले मानिसलाइ दिलमा गाडे पछी ।
उसैलाइ सम्झि सम्झि पागल हुँदो रैछ ।।
Continue Reading | comments

नायब सुब्बा लक्षित जानकारी

Jun 4, 2013

नायब सुब्बा लक्षित जानकारी - पहिलो सेट

1. न्युयोर्कमा रहेको कमिटि प्रोजेक्ट जर्नालिस्ट को दण्डहीनता सूचकांक अनुसार नेपाल छैठौ स्थानमा पर्दछ ।

2.पर्वतारोहणको क्षेत्रमा 7500 मिटर भन्दा माथिको क्षेत्रलाई डेथ जोन भनिन्छ ।
3.ओजनतह समतापमण्डलमा पाइने ओजन ग्यासको तह हो ।

4. विश्वकै सबैभन्दा गहिरो गल्छि म्याग्दि जिल्लाको दाना भन्ने ठाँउमा कालिगण्डकी नदीले बनाएको गल्छी हो ।

5. विश्वकै सबभन्दा ठूलो हिराखानि किम्वरखान हो जुन अफ्रिकामा पर्दछ ।

6. उत्तर अमेरिकाको सबैभन्दा होँचोभाग क्यालिफोर्नियाको डेथ भ्यालीहो ।जुन संसारकै सबैभन्दा बढि गर्मी हुने ठाँउ पनि हो ।

7.विश्वकै लामो पर्वतमाला एन्डिज पर्वतमाला हो जुन दक्षिण अमेरिकामा पर्दछ ।

8. बोलिभियाको लापाज विश्वकै अग्लो स्थानमा रहेको राजधानी हो ।

9. रोस र वेडेल नामका दुइ समुद्र अन्टार्कटिकामा घुसेका समुद्र हुन् ।

10. सबैभन्दा पछि पत्ता लगाईएको महादेश अन्टार्कटिका हो ।

11. रोटिको टोकरी भनेर चिनिने यूरोपेली मुलुक युक्रेन हो ।

12. युरोप र एशियालाइ संयुक्त रुपमा युरेसिया भनिन्छ ।

13. प्रशान्त महासागरको सबैभन्दा गरिरो भाग मारियाना ट्रेन्च हो ।

14. मारियाना ट्रेन्चको गहिराइ 11,776 मिटर छ ।

15. विश्वकै सबैभन्दा ठुलो समुद्र साउथ चाइना सि हो जुन 29,74,600 बर्ग कि मी क्षेत्रफलमा फैलिएको छ ।

16. साढे 23॰ उत्तरी अक्षांशलाइ कर्कट रेखा भनिन्छ ।

17. साढे 23॰ दक्षिणी रेखालाइ मकर रेखा भनिन्छ ।

18. साढे 66॰ उत्तरि अक्षाँशलाइ सुमेरु वृत्त भनिन्छ ।

19. साढे 66॰ दक्षिणी अक्षांशलाइ कुमेरु वृत्त भनिन्छ ॰

20. अक्षाशँमा 60 सेकेन्डको 1 मिनेट हुन्छ भने 60 मिनेटको 1॰ हुन्छ ।

21. 1॰ अक्षांशको फरकमा सरदर 111 किलोमिटर दुरीको फरक पर्दछ ।

22. नेपालको प्रामाणिक समय 86॰15 मिनेट पूर्वि देशान्तरमा पर्ने गौरिशंकर हिमाललाइ आधार मानेर 2042 बैशाख 1 गतेबाट लागू गरिएको हो ।

23. एउटै सतहमा रहेका दुइ स्थान वा वस्तुको दुरीलाई क्षितिज दूरी भनिन्छ ।

24. दुरीको सम्बन्ध अक्षांश संग हुन्छ भने समयको सम्बन्ध देशान्तर संग हुन्छ ।

25. सामान्यतया 7.1 देखि 8.7 रेक्टर स्केलको भुकम्पलाइ बढि विनाशकारी मानिन्छ ।

26. हालसम्मकै ठूलो भुकम्प 1960 मे 22 का दिन चिलीमा गएको थियो जुन 9.5 रेक्टर स्केलको थियो ।

26. वि सं 1890,1990,2045 र 2068 सालमा नेपालमा क्रमश 7.8, 8.4, 6.5 र 6.9 रेक्टर स्केलका भुकम्प गएका थिए ।

27. ज्वारभाटा चन्द्रमाको गुरुत्वाकर्षको कारणले आउँदछ भने सुनामी भुकम्पको कारणले आउँदछ ।

28. पृथ्वीको भित्रिभागमा पग्लेको अवस्थामा रहेको तातो पदार्थ म्याग्मा हो भने ज्वालामुखि बिस्फोटन पछि पृथ्वीको सतहमा आएको म्याग्मा नै लाभा हो ।

29. लाभा निस्कने मार्गलाइ नलि भनिन्छ भने लाभा निस्कने प्वाललाइ क्रेटर भनिन्छ ।

30. ज्वालामुखि सकृय , सुषुप्त र मृत गरी तिन प्रकारका हुन्छन् ।


नायब सुब्बा लक्षित विशेष जानकारी - दोस्रो सेट

1. नेपालमा साना ठूला गरि करिब 6000 वटा नदिहरु छन् ।

2. ठूलो नदिबाट छुटिएर गएको नदीलाइ शाखा नदि भनिन्छ भने मुख्य नदीसंग मिल्ने स साना नदीलाइ सहायक नदि भनिन्छ ।

3. बयलजुरे ताल भनेको नदी बग्दै जाँदा नदीले बाटो परिवर्तन गर्ता विचमा पानी थुनेर बनेको ताल हो ।

4. 6690 किमि लम्बाइ भएको नाइल नदि विश्कै लामो नदि हो भने अमेजन विश्वकै ठूलो नदि हो ।

5. वन्यजन्तु संरक्षण ऐन 2029 ले संरक्षीत वन्यजन्तुको सुचिमा 26 प्रजातीका स्तनधारी, 9 प्रजातीका पंक्षी र 3 प्रजातिका सरिसृपलाइ राखेको छ ।

6. बर्दिया रा . नि . कृष्णसारका लागि प्रख्यात छ भने शुक्लाफाँटा रा . नि . बाह्रसिंगेका लागि प्रख्यात छ ।

7. कोशी टप्पु वन्यजन्तु आरक्ष अर्नाकालागि प्रख्यात छ भने शे - फोक्सुण्डो रा नि तिब्बती खरायोकालागि प्रख्यात छ ।

8. चितवन रा नि एकसिंगे गैडा र घडियालका लागि प्रख्यात छ ।

9. क्षेत्रफलका हिसाबले सबैभन्दा बढि 35 % वन क्षेत्र सुदुरपश्चिमाञ्चल विकास क्षेत्र मा रहेको छ ।

10. क्षेत्रफलका हिसाबले सबैभन्दा कम 25 % वन क्षेत्र पश्चिमाञ्चल विकास क्षेत्र मा रहेको छ ।

11. कुरीलो , सर्पगन्धा , अश्वगन्धा , सतुवा , बोझो , कालो मुस्ली , बकाइनो , किम्बु आदि बनस्पतिको जरा उपयोगी हुन्छ ।

12. भृगराज ,दत्तिवन , पुदिना , गन्धेझार ,पुर्ननवा , दुवो , असुरो ,कण्ठकारी , आकाशवेली, भ्याकुर अदि वनस्पतिको पुरै भाग उपयोगी हुन्छ ।

13. नेपालमा हाल भु-उपयोगी नीति 2069 लागू छ ।

14. नेपालको माटोलाइ मोटामेटि पाँगो , बलौटे पत्थरिलो , रातो फुस्रो ,तलैया र हिमाली माटो गरि 5 भागमा बाँडिएको छ ।

15. नेपालमा हालसम्म सुन उत्खनन् का लागि 41 वटा कम्पनीले अनुमती पाएका छन् ।

16. माछापुच्छ्रे हिमालमा वि सं 2020 फागुन 5 गते आरोहण प्रतिबन्ध लगाइएको थियो ।

17. विश्वकै सबैभन्दा लामो पदयात्रा 'ग्रेट हिमालयन ट्रेल ' हो ।

18. ग्रेट हिमालयन ट्रेलको लम्बाइ 4500 कि मि रहेको छ ।

19. सन् 2012 मे 29 मा सोलुखुम्बुमा सम्पन्न 10 औँ तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको पुरुष तर्फको उपाधि फुर्वा तामाङ र महिला तर्फको उपाधि आङफुटी शेर्पाले जितेकी थिइन ।

20. छ वटा चुचुरा भएको हिमाल धौलागिरि हो ।

21. तिब्बति भाषामा सगरमाथालाइ झोमोलोङ्गमा भधिन्छ ।

22. बाबुराम आचार्यले माउन्ट एभरेष्टलाइ सगरमाथा नामाकरण गर्नु अगाडि यसलाइ पन्ध्रौँ चुली भनिन्थ्यो ।

23. नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा हो ।

24. नेपालमा सन्1949 देखि पर्वतारोहणका लागी खुला गरिएको हो ।पहिलो आरोहण प्रयास गरिएको हिमाल अन्नपूर्ण हो ।

25. सगरमाथा अरोहण गर्ने पहिलो ब्रिटिश ईन्डिया माउन्ट एभरेष्ट एक्स्पिडिशन टिम , दोस्रो स्वीस टिम र तेस्रो चिनिया टिम थियो ।

26. सगरमाथा आरोहणगर्ने पहिलो पत्रकार नर्बेका स्टाइन एसिन हुन् भने नेपाली पत्रकार आङछिरिङ शेर्पा हुन उनी कान्तिपुर दैनिकमा आबद्ध दिए ।

27. ओलम्पिक ज्योतिलाइ वि सं 2065 वैशाख 26 मा सगरमाथाको शिखरमा पुर्याइएको थियो ।

28. सगरमाथा 27॰59' उत्तरि अक्षांश र 86॰55' पूर्वी देशान्तरमा पर्दछ ।

29. नेपालमा सबैभन्दा बढि पर्वतारोहण मे महिनामा गरिन्छ ।

30. विश्वको दोस्रो सर्वोच्च शिखर माउन्ट के टु आरोहण गर्ने प्रथम नेपाली सेरावजाङ्बु शेर्पा हुन्


नायब सुब्बा लक्षित विशेष जानकारी -तेस्रो सेट

1. फेवा तालबाट निस्कने खोला पार्दि खोला हो भने रारा दहबाट निस्कने खोला खत्याड हो।

2. रेडियो नेपालको स्थापना 2007 साल चैत्र 20 गते भएको हो।

3. गंगा जमुना झरना नेपालको धादिङ् जिल्लामा पर्छ।

4. राउटे जातिले बिना गीत बाजा मात्र बजाई सामुहिक रुपमा नाच्ने नृत्यलाई वैशाली नृत्य भनिन्छ।

5. गौतम बुद्द अन्तराष्ट्रिय शान्ति पुरस्कारको राशी 50 हजार अमेरिकी डलर छ।

6. भुमध्ये रेखाले नछुने महादेश युरोप हो।

7. पाँचथरको च्याङथापु देखि बैतडिको झुलाघाट सम्मको मध्यपहाडी मार्गलाई पुष्पलाल लोकमार्ग भनिन्छ।

8. नेपाल खेलकुद परिषद्को स्थापना बि.सं. 2017 सालमा भएको हो।

9. नेपालले विश्व व्यापार संगठनको सदस्यता 23 अप्रिल 2004 मा प्राप्त गर्यो।

10. अन्तराष्ट्रिय जैविक विविधता दिवश डिसेम्बर 29 मा मनाईन्छ।

11. नेपालमा हाल दिइने सबैभन्दा ठुलो राष्ट्रिय सम्मान " नेपाल रत्न " हो।

12. कालापत्थरमा मन्त्रीपरिषद्को बैठक 2066 मसिँर 19 गते बसेको थियो।

13. मानव शरीरको सबैभन्दा सानो हाड कानमा हुन्छ।

14. विश्वमा सबैभन्दा बढि HIV सक्रमित भएको देश भारत हो।

15. शिक्षाको सिकाई हुन्छ भने उपचारको निको हुन्छ।

16. काष्ठमाण्डपको निर्माण लक्ष्मि नरसिहं मल्लले गरेका हुन्।

17. पित्ताशय नहुने जीव उँट हो।

18. " घरमा छैन पिठोको प्वाङ्, बाहिर गर्छ अठार स्वाङ् " भनेको सुकुलगुन्डो हो।

19. सगरमाथा हिमालको उचाई 29028 फिट छ।

20. नेपालमा मात्र पाईने फुल स्टेलेरिया डिकम्बेन्स हो।

21. बुद्धको शाब्दिक अर्थ ब्युंझेको मान्छे हो।

22. लुम्बिनी भ्रमण वर्ष 2012, 2012 जनवरी 14 मा राष्ट्रपति रामवरण यादवले बिधिवत सुरुवात गरेका हुन्।

23. आकाशबाट खिचेको फोटोलाई एरियल फोटो भनिन्छ।

24. ठुलो बोट बिरुवालाई छाँटकाँट गरेर सानो बनाउने प्रविधिलाई बोन्साई भनिन्छ।

25. मान्छेको टाउकोमा 29 ओटा हाड हुन्छन्।

26. ब्रिटिस उपनिवेशबाट मुत्त हुने पहिलो देश घाना हो।

27. बिश्वको जनसंख्या 7 अर्ब पुगेको दिन 2011 अक्टोबर 31 का दिन हो।

28. 2068 साउन 22 गतेबाट सार्बजानिक स्थलमा धुम्रपान निषेध गरियो।

29. बृहत्तर नेपालको क्षेत्रफल 2,04,917 वर्ग कि.मी. थियो।

30. पृथ्वी प्रतिमिनेट 79 KM को गतिमा घुम्छ।

नायब सुब्बा लक्षित विशेष जानकारी - चौथो सेट

1. औद्योगिक क्रान्तिको सुरुवात बेलायतको कपडा उत्पादन क्षेत्रबाट भएको थियो ।

2. जेम्सवाट ले वाफ बाट चल्ने मेसिन ,हम्फे डेभी ले सेफ्टि ल्याम्प ,मेकडम ले पक्की सडक बनाउने तरिका पत्ता लगाएका थिए ।

3. म नै राज्य हुँ राज्य नै म भन्ने फ्रान्षेली राजा लुइ चौधौ हुन् ।

4. फ्रान्सको राज्यक्रान्ति सन्1789 मा भएको थियो ।

5. नेपोलियन बोनापार्टले कानुनहरुको संकलन र परिमार्जन गरी मुलुकभर लागू गर्न बनाएको कानुनलाई नेपोलियन कोड भनिन्छ ।

6. अमेरिकी स्वतन्‌त्रता संग्राम सन 1775 मा सुरु भएर सन 1783 मा सकिएको थियो ।

7. भर्साइलको सन्धि पछि बेलायति उपनिवेशबाट अमेरिका मुक्त भए संगै अमेरिकी स्वतन्त्रता संग्राम सकिएको थियो ।

8. अमेरिका स्वतन्त्र हुदा त्यहाँ जम्मा 13 वटा राज्य थिए तर अहिले 50 वटा राज्य छन् ।

9. अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिँटनले अमेरिकी संग्रामको नेतृत्वगरेका थिए ।

10. अक्टोबर क्रान्ति भनेर चिनिने रुसको राज्यक्रान्ती सन्1917 मा भएको थियो ।

11. रुसको राजालाइ जार,रानी लाइ जरिना र संविधानसभा लाई डुमा भनिन्थ्यो ।

12. जुलाइ 28 ,1914 मा अष्ट्रियाले सर्बियामाथि आकर्मण गरि प्रथम विश्वयुद्ध को थालनी गरेको थियो

13. प्रथम विश्वयुद्धको समयमा जर्मनी अष्ट्रिय र हंगेरी सम्मिलित गुट लाई त्रिगुट भनिन्थ्यो ।

14. प्रथम विश्वयुद्धको समयमा फ्रान्स ,रुस र बेलायत सम्मिलित गुट लाई त्रिराष्ट्रियगुट भनिन्थ्यो ।

15. प्रथम विश्वयुद्धपछि राष्ट्रसंघ को स्थापना 1920 जनवरी 10 मा भएको थियो ।

16. प्रथम विश्वयुद्धमा 36 वटा राष्ट्र सम्मिलित थिए भने नेपालले बेलायतलाइ सहयोग गरेको थियो ।

17. सन्1939 सेप्टेम्बर 1मा पोल्याण्डमाथी जर्मनीले आकर्मण गरेपछी दित्तिय विश्वयुद्ध सुरु भएको थियो ।

18. सन्1945 अगस्ट 9 का दिन जापानको नागासाकीमा अणुबम खसालेपछी सन 1945 अगस्ट 14 का दिन जापानले आत्मसमर्पण गरेपछि दित्तिय विश्वयुद्ध अन्त्य भएको थियो ।

19. दित्तिय विश्वयुद्धमा फ्रान्स ,बेलायत ,अमेरिका ,रुस , रुमानिया ,आदि सम्मिलित गुटलाई एल्लाइज पावर भनिन्थ्यो ।

20. दित्तिय विश्वयुद्धमा जर्मनी ,इटाली जापान सम्मिलित गुटलाइ धुरी राष्ट्र भनिन्थ्यो ।

21. अमेरिकाले लिटिल ब्वाय नामक अणुबम 1945 अगस्त 6 मा नागासाकीमा खसालेको थियो ।

22. अमेरिकाले फ्याट म्यान नामक अणुबम 1945 अगस्त 9 मा हिरोसिमामा खसालेको थियो ।

23. भारत 1947 अगस्त 15 मा बेलायति उपनिवेशबाट मुक्तभएको थियो ।

24. चर्खा आन्दोलनका सञ्चालक महात्मा गान्धिको हत्या नाथुराम गोड्से गरेका थिए ।

25. भारतबाट 14 अगस्त 1947 मा पकिस्तान छुट्टिएको थियो ।

26. अक्टोबर 27,1947 मा कश्मिर भारतमा विलय भएको घोषणा गरिएको थियो ।

27. जनवरी 26,1950 भा भारत गणतन्‌त्रात्मक राष्ट्र घोषणा भइ पहिलो गणतन्‌त्रात्मक संविधान घोषित भएको थियो ।

28. भारतका पहिलो राष्ट्रपति डा . राजेन्त्रप्रसाद हुन् ।

29. सन् 1942 मा महात्मा गान्धीको नेतृत्वमा भारत छोड आन्दोलन भएको थियो ।

30. महात्मा गान्धिलाई भारतका राष्ट्रपिता मानिन्छ ।

नायब सुब्बा लक्षित विशेष जानकारी - पाँचौँ सेट

1. कुन ग्रह पानीमाथी तैरिन सक्छ?
Ans = शनी

2. निजामति सेवा ऐन 2049 अन्तर्गत मधेसीलाई कति प्रतिशत आरक्षण सुरक्षीत छ ?
Ans = 22%

3. सतार जातिको कुल देवतालाई के भनिन्छ ?
Ans = ठाकुर
जिङ्ग= शेर्पा को पुरोहित
विजुलाँगो= गाइने को पुरोहित
लामा= तमाङ को पुरोहित

4. ' चिन्हो जान्हो ' कुन भाषामा प्रकाशितहुने पत्रिका हो ?
Ans = खाम्ची(राउटेले बोल्ने भाषा मा प्रकाशन हुन्छ )

5. वातावरण क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार कुन हो?
Ans = Blue Planet Award

6. ५० वर्षदेखि ७५ वर्षको उमेरलाई वर्णाश्रम व्यवस्थानुसार के भनी परिभाषित गरिएको छ ?
Ans = वानप्रस्थाश्रम

7. क्षारीय घोलमा फेनोलफथालिनको रङ कस्तो हुन्छ?
Ans = पिँक

8. पुवाखोला जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ ?
Ans = इलाम

9. कलेजोबाट अशुद्ध रगत इन्फेरियर भेनाकाभा भएर मुटुको दायाँ अरिकलसम्म पुग्ने रक्तसञ्चार तलका मध्ये कुन हो?
Ans = Systemic Circulation

राष्ट्रसंघीय मानव विकास सूचकाङ्क (HDI) सम्बन्धि जानकारी

{10. एक पूर्णाङ्क रहेको यो अध्ययनमा पहिलो हुने देश नर्वे हो । नर्वेको 0.943 अंक छ ।

11. नेपाल 0.458 अंक सहित 157 औँ स्थानमा छ ।

12. यसको मानक तथा निर्धारक तत्वको रुपमा दीर्घजीवन , शिक्षा , जीवन स्तर समावेश गरिएको हुन्छ ।

13. सबैभन्दा न्युन मानव विकास सूचकाङ्क भएको देश प्रजातान्त्रिक गणत्न्त्र कंगो हो जसको 0.286 अंक छ ।

14. सार्क राष्ट्र मध्य श्रिलंकाको सबैभन्दा धेरै अंक छ । जुन 0.691 अंक सहित 97 औँ स्थानमा छ ।}

15. महानगरपालिका हुनका लागि बार्षिका 40 करोड आम्दानी हुनुपर्छ।

16. ICC T20 विश्वकप 2012 वेष्ट इन्डिजले जित्यो।

17. नेपालको राष्ट्रिय जनगणना अनुसार सबैभन्दा कम जनसंख्या भएको जाति कुसुण्डा हो।

18. सार्क सचिवालयको खर्च दोस्रो धेरै हिस्सा बिहोर्ने देश पाकिस्तान हो।

19. सुर्यको प्रकाश पृथ्वीमा आइपुग्न 499.012 सेकेण्ड लाग्छ।

20. लण्डन स्थित ग्रिनवीचको समय नाप्ने घडिलाई क्रोनोमिटर भनिन्छ।

21. Sinology भन्नाले चीन देश सम्बन्धी अध्ययनलाई जनाउँछ।

22. नेपाल आउने प्रथम अंगेज कर्क प्याट्रिक हुन्।

23. धरहरा भित्र 213 खुट्किला छन्।

24. नेपालमा 3 संवत् अकिँत मुद्रा वि.सं. 2043/08/12 मा निष्काशित भएको थियो।

25. म्याग्नाकार्टामा हस्ताक्षर सन् 1215 जुन 15 मा भएको थियो।

26. लिच्छवीकालमा अमात्य भन्नाले मन्त्रीलाई बुझाउँथ्यो।

27. रु. 2 को नोट निष्काशन सर्वप्रथम बि.सं. 2038 बैशाक 14 गते भएको हो।

28. EU को स्थापना सन् 1957 मार्च 25 मा भएको हो।

29. नेपालको हालको प्रमाणिक समय बि.सं. 2042 वैशाक 1 गतेबाट लागु भएको हो।

30. सिजिमे ताल ताप्लेजुङमा पर्दछ।
4

नायब सुब्बा लक्षित विशेष जानकारी - छैठौँ सेट

१. नेपालका प्रथम प्रमाणिक राजा मानदेव हुन , उनले मानांक नामक सिक्का प्रचलन्मा ल्यएका थिए ।

२. नेपालमा ८ जना गोपाल वंसी राजाहरुले ५२१ बर्ष शासन गरेका थिए ।

३. प्रथम गोपाल वंसी राजा भुक्तमान हुन भने अन्तिम गोपाल वंसी राजा यक्ष गुप्त हुन ।

४. लिछविकालमा प्रधानन्यायाधिसलाई महासर्वदण्डनायक ,न्यायाधिसलाई सर्वदण्डनायक ,मन्त्रिलाई अमात्य ,सेनापतिलाई बलाध्यक्ष ,सिपाहिलाई भट भनिन्थ्यो ।

५. लिछविकालमा त्रिकर भन्नाले भाग ,भोग र कर करलाई बुझाउथ्यो .

६. लिछविकालमा पसुपालनमा लाग्ने कर लाई भोगकर ,वाणिज्यमा लाग्नेलाई कर , सुँगुँरमा लाग्नेलाई सुकर ,पसलमा लाग्नेकरलाई आपणकर भनिन्थ्यो ।

७. लिछविकालमा मनोरन्जनमा लाग्नेलाई मल्लयुद्द कर ,तेलमा लाग्ने करलाई तैलकर ,कृषिमा लाग्ने करलाई भागकर ,कपडामा लाग्ने करलाई चैलकर र फर्निचरमा लाग्ने करलाई सिंकर भनिन्थ्यो।

८. मल्लकाललाई कला संस्कृतिको बिकासको दृष्टििले स्वर्णयुग मानिन्छ।

९. पितालाई कैद गरी राजाहुने ब्यक्ती प्रताप मल्ल हुन।

१०. यक्ष मल्लले 'नेपाल मण्डलेश्वर' उपाधी धराण गरेका थिए ।

११. गोरखामा शाहवंशको स्थापना हुनुपुर्व खड्काहरु ले राज्य गर्दथे ।

१२. 'निर्वाणानन्द स्वामी ' उपाधी लिने राजा रणबहादुर शाह हुन ।

१३. नेपाल अंग्रेज युद्दका चार क्षेत्रहरु पर्सा मकवानपुर ,जितगढ(बुट्वल),नालापानी र मालाउ देउथल थिए।

१४. सन १ नोवेम्बर १८१४ मा जनरल हेस्टिङ्सले नेपाल बिरुद्ध युद्धको घोषणा गरेका थिए।

१५. नेपाल अंग्रेज युद्धको सुरुवात बुटवल ,स्युराज ,हालको रौतहट जिल्लामा पर्ने २२ वटा गाउको बिषयमा भएको थियो।

१६. सुगौली संधिले नेपालको तराइ क्षेत्रको २ तिहाइ भाग गुमेको थियो ।

१७. नेपालको तर्फबाट २८ निवेम्बेर १८१५ मा राजगुरु गजराज मिस्रले हस्ताक्षर गरेका थिय।

१८. अंग्रेजको तर्फबाट २ डिसेम्बर १८१५ मा जनरल ब्राड शाँ ले हस्ताक्षर गरेका थिए ।

१९. गगन सिंहको हत्याको कारणले १९०३ आस्विन २ गते राती कोत पर्व घतेको थियो।

२०. कोतर्वमा सबैभन्दा पहिले मारिने ब्यक्ती अभिमानसिंह बस्नेत हुन।

२१. अलौ पर्व १९०४ मा बिरगन्जको अलौ भन्ने ठाउमा भएको थियो।

२२. भारतको सिपाही बिद्रोहमा सहयोग गरेवापत १ नोवेम्बर १८६० मा ४४ बर्षपछी बाँके बर्दिया ,कैलाली र कंचनपुर जिल्ला नेपाल ले फिर्ता पाएको थियो।

२३. शान्ती श्री भन्नले प्रचन्डदेव लाई जनाउदछ।

२४. बालकको सालनाल कट्ने चलन अंसुबर्माले चलाएका हुन ।

२५. दिल्लिका मुगल सम्राटबाट 'शाह' उपाधी धारण गर्ने अनुमती पाएका ब्यक्ती कुल्मण्डल खान हुन।

२६. नेपालको ईतिहासमा २०३६ साल जेठ १० जनमत संग्रहको घोषणा भएको थियो ।

२७. पण र पुराण नामक मुद्रा प्रचलनमा ल्याउने राजा नरेन्द्रदेव हुन।

२८. नेपाल र भारत बिचको कोशी सम्झौता २०११ वैशाख १२ गते भएको थियो।

२९. नेपाल र भारत बिचको गण्डक सम्झौता २०१६ मंसिर १९ मा भएको थियो ।

३०. आफ्नो नामको अगाडि कविन्द्र लेख्ने राजा प्रताप मल्ल हुन ।
4

नायब सुब्बा लक्षित विशेष जानकारी - सातौँ सेट

1. बिरालोले थाहा नपाउने स्वाद गुलियो हो।

2. सानीआमा र भाउजु बिहोर्ने प्रथाको अन्त्य भीमसेन थापाले गरेका हुन्।

3. नेपालमा बोलिने दोस्रो ठुलो भाषा मैथिली हो।

4. सतिप्रथाको अन्त्य चन्द्रशमशेरबाट वि.सं. 1977 मा भयो।

5. सर्वसाधारण तर्फ सर्वप्रथम MRP पासपोर्ट अनुराधा कोइरालालाई प्रदान गरियो।

6. धनकुटे महाराज भनेर देब शमशेरलाई चिनिन्छ।

7.हाल नेपालमा 6 वटा सबैँधानिक निकायहरु छन्।

8. UNO को अन्तराष्ट्रिय न्यायालयमा 15 न्यायाधिस रहने ब्यवस्था छ।

9. सम्बन्ध बिच्छेद भएको 272 दिन भित्र जन्मेको शिशु उहि दम्पत्तिको मानिन्छ।

10. किसान जातिको मुख्य बशोबास झापा र मोरङ् जिल्लामा रहेको छ।

11. बिश्वको सबैभन्दा पुरानो राजतन्त्रतात्मक मुलुक मोनाको हो।

12. "खोल्साको सुन" भनेर अलैँचीलाई चिनिन्छ।

13. सुर्यबाट नजिक रहेको तारा "प्रोक्जिमा सेन्चुरी" हो।

14. राष्ट्रगान नभएको देश स्वीजरलैण्ड हो।

15. सुकरातले पिएको बिष " हेमलक " हो।

16. सन् 2012 को साहित्यतर्फको नोबेल पुरस्कार चिँनिया कथाकार " मो यान " लाई प्रदान गरियो।

17. Lets Visit Nepal पुस्तककी लेखिका आङ् साङ् सुकी हुन् भने " In the Life of Fire " पुस्तकका लेखक परबेज मुसरर्व हुन्।

18. " बाचन प्रविण " भनेर दिन बन्धु पोखरेललाई चिनिन्छ।

19. महिला अधिकार सम्बन्धी काम गरे बापत सपना प्रधान मल्ललाई अन्तराष्ट्रिय ग्रुबर पुरस्कार प्रदान गरिएको थियो। उनी उत्त पुरस्कार पाउने पहि दक्षिण एसियाली महिला हुन्।

20. "आवाज" नेपालमा प्रकाशित भएको पहिलो दैनिक पत्रिका हो। बि.सं. 2007 फाल्गुन 8 गतेबाट प्रकाशित।

21. विश्वकै अग्लो स्थानमा रहेको ताप्लेजुङको लोबुचेको पिरामिड बैज्ञानिक प्रयोगशालाको उचाई 5050 मिटर छ।

22. "धीरगन" को निर्माण नेपालका प्रथम बैज्ञानिक गेहेन्द्र शमशेरले गरेका हुन्।

23. अग्रेँजले भारतमा 190 बर्ष शासन गरे।

24. सुगौली सन्धिमा 9 धारा छन्।

25. सर्वोच्च अदालतको स्थापना बि. सं. 2013 साल जेठ 8 गते भएको हो।

26. सगिँत सामबेदबाट आएको हो।

27. सर्वाङ्गिण राष्ट्रिय शिक्षाको सुरुवात बि.सं. 2018 सालबाट भएको हो।

28. फेबाताल मिल्दैन किनकी यो बिश्व रामसार क्षेत्रमा सुचिकृत छैन।

29. BIMSTEC को पुरा रुप Bay of Bengal Initiative for Multi Sectorial Technical and Economic Cooperation हो।

30. HIV AIDS सर्वप्रथम अमेरिकामा देखा परेको थियो। कहि कहि अफ्रिका भनिएता पनि अमेरिका सहि उत्तर हो।


नायब सुब्बा लक्षित विशेष जानकारी - आठौँ सेट

1. नेपालको पहिलो साहित्यिक पत्रिका सुधासागर हो।

2. नेपालबाट हालसम्म म्यागासेसे पुरस्कार पाउने 4 जना क्रमशः महेशचन्द्र रेग्मी, भारदत्त कोईराला, डा. सन्दुक रुईत र महाबीर पुन हुन्।

3. भारतिय राष्ट्रिय फुटबल टिमका पुर्व कप्तानहरु श्याम थापा र भाईचुङ् भुटिया साथै हालका कप्तान सुसिल क्षेत्री सबै नेपाली भाषी भारतिय हुन्।

4. सर्बप्रथम साहित्यमा पिएचडि गर्ने महिला डा. बानिरा गिरी हुन्।

5. नेपालको पहिलो धार्मिक शहिद स्व. पं नारायण प्रसाद पोखरेल हुन्।

6. "THE POLITICAL RELATION BETWEEN NEPAL AND INDIA" नामक पुस्तकका लेखक भारतीय नागरिक शिवशकंर मेनन हुन्।

7. नेपाली भाषाले नेपाल बाहेक भारत र भुटानमा पनि राष्ट्र भाषाको मान्यता पाएको छ।

8. नेपाल UNO मा शान्ति सेना पठाउने 7 औँ ठुलो राष्ट्र हो।

9. राजामामा कुसुण्डा, कुसुण्डा भाषा बोल्ने एक मात्र ब्यत्ति हुन्।

10. महेन्द्र राजमार्गले नछुने एकमात्र तराईको जिल्ला पर्सा हो भने छुने एकमात्र पहाडको जिल्ला अर्घाखाँची हो।

11. शेर्पा जातिको धर्मग्रन्थलाई फोग्यु भनिन्छ।

12. बिश्वको सर्वोच्च स्थानमा रहेको झरना डोल्पा जिल्लामा रहेको शुलिगाड झरना हो यो 3613 मिटरको उचाईमा रहेको छ भने 167 मिटर लामो छ।

13. बिश्वको सर्वाधिक उचाइमा रहेको बस्ती डोल्पा जिल्लाको छार्का भोट र तराप गाउँ हो।

14. नेपालमा 32 प्रकारका गुराँसहरु पाईन्छन्। सेतो गुराँसलाई चिमाली भनिन्छ।

15. अधिक वर्ष पत्ता लगाउने व्यत्ति जुलियस सिजर हुन्।

16. सुर्यको किरणबाट उपचार गरिने बिधिलाई हेलियो थेरापी भनिन्छ।

17. कर्माधर्मा नृत्य झाँगड जतिको प्रसिद्द नृत्य हो।

18. Stolen Images of Nepal नामक पुस्तकका लेखक लैनसिँह वाङ्देल हुन् भने Land Ownership in Nepal पुस्तकका लेखक महेशचन्द्र रेग्मी हुन्।

19. मसिँर महिनामा मात्र बिहे गर्ने अनौठो चलन रामेछापका थामी जातिमा छ।

20. टोकियो शहरको पुरानो नाम राँडो हो।

21. तराई जंगललाई झोडा भनिन्छ भने लेकको जंगललाई पाताल भनिन्छ।

22. लामखुट्टेको 42 ओटा दाँत हुन्छन्।

23. सगरमाथाको चौडाई 6 x 12 फिट छ।

24. बिधुवाले हातमा लगाउने धातुको चुरालाई रैया भनिन्छ।

25. नेपालमा मोवाईल सेवाको सुरुवात वि.सं. 2056 मा भएको हो।

26. म्याग्नाकार्टामा हस्ताक्षर सन् 1215 जुन 15 मा भएको थियो।

27. लिच्छवीकालमा अमात्य भन्नाले मन्त्रीलाई बुझाउँथ्यो।

28. रु. 2 को नोट निष्काशन सर्वप्रथम बि.सं. 2038 बैशाक 14 गते भएको हो।

29. EU को स्थापना सन् 1957 मार्च 25 मा भएको हो।

30. नेपालको हालको प्रमाणिक समय बि.सं. 2042 वैशाक 1 गतेबाट लागु भएको हो।



नायब सुब्बा लक्षित विशेष समसामयीक जानकारी -नवौँ सेट

१. नेपालको पहिलो जिन बैंक २०६७ आस्विन २० गते ललितपुर जिल्लाको खुमलटारमा स्थापना भएको छ।

२. एघारौ सागमा पहिलो स्वोर्ण पदक दिलाउने नेपाली खेलाडी विनिता महर्जन(उसु) हुन।

३. वि स २०६६ माघ ५ बाट नेपाल कुस्ठरोग मुक्त देश घोषणा भएको हो ।

४. नेपाललाई २०६३ जेठ छ गते छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको थियो।

५. गोरखापत्र २०६४ आस्विन १ गते बाट नेपालका बिभिन्न मात्रिभासामा प्रकाशन हुन थालएको हो ।

६. कवी निबन्धकार एवम उपन्यासकारहरुको अन्तरराष्ट्रिय संस्थालाई पेन भनिन्छ।

७. हलिया प्रथा नेपालबाट २०६५ भाद्र २१ देखी उन्मुलन भएको थियो।

८. वि स २०६८ मा भएको गैंडा गणनामा नेपालमा ५३४ वटा गैंडा फेला परेका थिए।

९. नेपाल सम्बतलाई २०६५ मङ्सिर ८ मा नेपाल सरकारले राष्ट्रिय मान्यता प्रदान गरेको थियो ।

१०. नेपालमा वि स २०६३ देखी १० कक्षाको पठ्यक्रमबाट मात्र SLC मा प्रश्न सोध्ने ब्यबस्था भयो ।

११. राष्ट्रपती डा रामवरण यादबले २०६५-४-८ मा पदभार सम्हलेक थिए ।

१२. काठमाडौं उपत्यका खानेपानी लिमिटेड २०६४ फागुन १ गते देखी विधिवत सन्चालनमा आएको थियो।

१३. जनगणना २०६८ का अनुसार नेपालको नयाँ धर्म बोन मान्ने नेपालीको संख्या १३,००६ रहेको छ।

१४. नेपालकी पुष्प बस्नेतले CNN Hero 2012 को उपाधी जितेकी हुन ।

१५. काठमन्दौको रत्नपरकमा बनाउने भनिएको गणतन्त्र स्तम्भ २०६७ असार २ गतेको मन्त्रिपरिसद्को निर्णय अनुसार ललितपुरको UN Park मा बनाउने भएको छ।

१६. CIA World Factbook को सन २०१२को अंकका अनुसार एसियामा १२ वटा ,युरोपमा १५ वटा , अफ्रिकामा १६ वटा र दक्षिण अमेरिकामा २ वटा गरी जम्मा ४५ वटा भुपरिवेस्ठीत राष्ट्र छन ।

१७. सन २०१३ लाई संयुक्त राष्ट्र संघले "बिकासशिल साना दिप राष्ट्रको अन्तरराष्ट्रिय बर्ष " , "जल सहयोग अन्तरराष्ट्रिय बर्ष " र "क्विनुवाको अन्तरराष्ट्रिय बर्ष " को रुप मा मनाउने निर्णय गरेको छ।

१८. हाल GDP को आधारमा विस्वको सबैभन्दा धनी राष्ट्र कतार हो ।

१९. टाईम्स बर्ष ब्यक्तिको रुपमा २०१२ को लागि अमेरिकि राष्ट्रपती बाराक ओबामा चुनिएका चान ।

२०. नेपालमा सडक यातायात पुगेको ७३ औ जिल्ला मुगू हो ।

२१. मुगूमा २०६९ पुष १ गते सडक सन्जाल पुगेको थियो ।

२२. नेपालमा अब सडक सन्जालमा आबद्द हुन बाँकी जिल्ला हुम्ला र डोल्पा रहेका छन ।

२३. कुल ५५७ मिटर लम्बाइ भएको कुश्मा बलेवा यान्त्रिक पुल २०६९ मङ्सिर २९ गते देखी सन्चालनमा आएको छ।

२४. Forbes म्यागेजिनका अनुसार १०१२ को शक्तिशाली ब्यक्ती बाराक ओबामा हुन ।

२५. भ्रस्टचार सुचकांन्क २०१२ म नेपाल ३६ अंक शाहीत १३९ औ स्थानमा छ ।

२६. अहमेद सालीमले सन २०१२ मार्च १३ देखी सार्क महासचिब को रुपमा जिम्मेवेरए सम्हालेका हुन ।

२७. लन्डन ओलम्पिक २०१२ मा नेपालले ५ वटा खेलमा भाग लिएको थियो ।

२८. आगामी ओलम्पिक २०१६ मा ब्राजिलको रियो द जेनेरियो मा हुँदैछ।

२९. नेपाल सरकारले २०६९ आस्विन २५ गते सुदुरपस्चिम क्षेत्र बिकास आयोग गठन गर्ने निर्णय गरेको छ । '

३०. असंलग्न राष्ट्रहरुको १६ औ शिखर सम्मेलन २०१२ को अगुस्तमा ईरानको राजधानी तेहरानमा भएको थियो भने १७ औ शिखर सम्मेलन दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा हुँदैछ ।
5



नायब सुब्बा लक्षित जानकारी - दशौँ सेट

विभिन्न अन्तराष्ट्रिय दिवशहरु

1. अन्तराष्ट्रिय शान्ति दिवश (सेप्टेम्बरको तेस्रो आईतबार)

2. विश्व पर्यटन दिवश (सेप्टेम्बर 26)

3. अन्तराष्ट्रिय बृद्द दिवश (अक्टुबर 1)

4. विश्व मौसम जलवायु दिवश (मार्च 23)

5. पुस्तक दिवश (अप्रिल 23)

6. कण्डम दिवश (डिसेम्बर 2)

7. विश्व हुलाक दिवश (अक्टुबर 9)

8. विश्व गरिबि निबारण दिवश (अक्टुबर 17)

9. विश्व मितव्ययिता दिवश (अक्टुबर 30)

10. अन्तराष्ट्रिय बाल दिवश (नोबेम्बर 20)

11. विश्व एकता दिवश (3 अगस्त)

12. अन्तराष्ट्रिय अपाङ्ग दिवश (डिसेम्बर 3)

13. विश्व मानव अधिकार दिवश (डिसेम्बर 10)

14. अन्तराष्ट्रिय जैविक विविधता दिवश (डिसेम्बर 29)

15. अन्तराष्ट्रिय भन्सार दिवश (जनवरी 26)

16. विश्व कुष्ठरोग दिवश (जनवरीको अन्तिम आईतबार)

17. नारी दिवश (मार्च

18. बिश्व उपभोत्ता अधिकार दिवश (मार्च 15)

19. बिश्व खानेपानी तथा जलस्रोत दिवश (मार्च 22)

20. बिश्व क्षयरोग दिवश (मार्च 24)

21. बिश्व सम्पदा दिवश (अप्रिल 18)

22. पृथ्वी दिवश (अप्रिल 22)

23. अन्तराष्ट्रिय श्रम दिवश (मे 1)

24. बिश्व रेडक्रस दिवश (मे

25. सगरमाथा आरोहण दिवश (मे 29)

26. बिश्व धुम्रपान नियन्त्रण दिवश (मे 31)

27. बिश्व वातावरण दिवश (जुन 5)

28. अन्तराष्ट्रिय सहकारिता दिवश (जुलाईको पहिलो शनिवार)

29. बिश्व जनसंख्या दिवश (जुलाई 11)

30. भु संरक्षण दिवश (अगस्त

31. विश्व आदिवाशी दिवश (अगस्त 9)



नायब सुब्बा लक्षित विशेष समसामयीक जानकारी -एघारौँ सेट

1. अन्तर्राष्ट्रिय लोकतन्त्र दिवस कहिले पर्छ ?
Ans = सेप्टेम्बर १५

2. इत्तेहाद एयरवेज कुन देशको राष्ट्रिय वायुसेवाको नाम हो ?
Ans = संयुक्त अरब इमिरेट्स

3. अमेरिकाको आतंककारी सूचीमा रहेको ‘हक्कानी नेटवर्क’ कहाँको आतंककारी समूहको नाम हो ?
Ans = पाकिस्तान

4. नेपालको आवधिक योजनामा कुन योजना देखि गरिबी निवारणलाई प्राथमिकतामा राखियो ?
Ans = आठौं

5. गरिबको परिचय पत्र प्राप्त गर्न वार्षिक कति भन्दा कम आय हुनुपर्छ, जसलाई जीवनस्तर सर्वेक्षणले गरिबीको सीमा निर्धारण गरेको हो ?
Ans = १९२६१ रुपैयाँ

6. २०६८ सालको जगदम्बा श्री पुरस्कार प्रदान गरिएको संसोधन मण्डल नयराज पन्तको अगुवाईमा कहिले स्थापना भएको थियो ?
Ans = २००९ असोज ५

7. इस्लामको अपमान गरेको भन्दै मुस्लिम देशभरी आन्दोलित गराउने फिल्मको नाम के हो ?
Ans = इन्नोसेन्स अफ मुस्लिम

8. स्थापना कालमा ASEAN को शिखर सम्मेलन कति वर्षमा गर्ने प्रावधान थियो ?
Ans = १०

9. विश्व शान्ति सुचकांकमा सबैभन्दा शान्त मुलुकको रुपमा आइसल्याण्डलाई देखाइएको छ भने अशान्तमा कुन परेको छ ?
Ans = सोमालिया

10. सार्कका वर्तमान ११ औ महासचिव को हुन् ?
Ans = अहमद सलिम

11. WTO को प्रधान कार्यालय कहाँ छ ?
Ans = जेनेभा

12. सार्क लगायत अन्य अन्तर्राष्ट्रिय संगठनहरु UNO को कुन धारा अर्न्तगत स्थापना भएका हुन् ?
Ans = धारा ५२

13. संयुक्त राष्ट्र संघ (UNO) को स्थापना कहिले भयो ?
Ans = २४ अक्टोवर १९४५

14. संयुक्त राष्ट्र संघ नामाकरण गर्ने श्रेय कसलाई जान्छ ?
Ans = फ्रयांकलिन रुजवेल्ट

15. नेपालमा सार्क सचिवालयको स्थापना कहिले भयो ?
Ans = १९८७।१।१६

16. सार्कको प्रतिक चिन्ह बनाउने कलाकार को हुन् ?
शैलेन्द्र महर्जन

17. एक दिन मात्र सञ्चालनमा भएको शिखर सम्मेलन कुन हो ?
Ans = छैठौं

18. भुटानी महिलाहरुले लगाउने परम्परागत पोशाकलाई के भनिन्छ ?
Ans= किरा

19. संयुक्त राष्ट्रसंघको प्रथम महासचिव को हुन र कुन देशका थिए ?
Ans = ट्रिग्वेली, नर्वे

20. नेपालले संयुक्त राष्ट्र संघको सदस्यता कहिले प्राप्त गर्यो ?
Ans = १४ डिसेम्वर १९५५

21. सन् १९५५‚ डिसेम्बर १४ मा नेपाल लगायत १६ वटा राष्ट्रले संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरेको कार्यलाई के भनिन्छ ?
Ans = ग्रुप अफ सिक्सटिन

22. संयुक्त राष्ट्रसंघको लागि नेपालको तर्फबाट पहिलो स्थायी प्रतिनिधि को हुन् ?
Ans = ऋषिकेश शाह

23. आसियानको स्थापना कहिले भएको हो ?
Ans = अगष्ट ४, १९६७

24. आसियानको शिखर सम्मेलन कति कति वर्षमा हुन्छ ?
Ans = ५।५ वर्षमा

25. सार्कको सत्रौं शिखर सम्मेलनमा नेपालका तर्फबाट भाग लिने प्रधानमन्त्री को हुन् ?
Ans = बाबुराम भट्टराई

26. सार्क कृषि सूचना केन्द्र कहाँ रहेको छ ?
Ans = ढाका‚बंगलादेश

27. पाकिस्तानको व्यवस्थापिकालाई मजलिशे सुडा भनिन्छ भने अफगानिस्तानको व्यवस्थापिकालाई के भनिन्छ ?
Ans = मेशरानो

28. सन् २०११ मा चीनको चेङ्दुमा भएको मिस इन्टरनेशनलको उपाधी कसले हात पारेको छ ?
Ans = मारिया फेर्नाण्डा कार्नेजो

29. अमेरिकाले सन् २००४ देखि ने.क.पा. माओवादीलाई आतंककारीको सूचीमा राख्दै आएकोमा कहिलेदेखि सो सूचीबाट हटाएको छ ?
Ans = September/6/2012

30. नेपालको धार्मिक र ऐतिहासिक पर्वहरुमा सबभन्दा लामो समयसम्म मनाइने पर्व कुन हो ?
Ans = रातो मच्छिन्द्रनाथको जात्रा


नायब सुब्बा लक्षित विशेष समसामयीक जानकारी -बाह्रौ सेट

1.नेपालमा सबभन्दा पहिला बजेट प्रस्तुत कहिले भएको हो?
Ans=वि.सं.2008 माघ 21 गते
2.राष्ट्रिय अभियानको रुपमा नेपाल पर्यटन वर्ष भनेर कुन वर्षलाई मनाइयो?
-सन् 2011
3.विश्वको सबैभन्दा होची महिला को हुन ?
=ज्योती अम्गे
4.प्रत्येक वर्ष लोकसेवा आयोगले आफूले गरेको कामको वार्षिक प्रतिवेदन को समक्ष पेश गर्नुपर्ने व्यवस्था छ?
-राष्ट्रपति समक्ष
5. जलावायु परिवर्तनसम्बन्धी ग्रेजुएट सम्मेलन कहिले सम्पन्न भयो?
=वि.सं. 2067 कार्तिक29-मंसिर 3 सम्म
6.नेपालको हालको राष्ट्रिय गानको संगीत संयोजन कोद्वारा गरिएको हो?=अम्बर गुरुङ
7. वालन नाचगान कुन समुदायसँग सम्बन्धित छ?
=ब्राहमण-क्षेत्री दुबै
8.रुपसे झरना कुन जिल्लामा पर्दछ ?--म्याग्दी
9.हालसम्म नेपालको कुन जिल्लालाई कमलरी मुक्त जिल्ला घोषणा गरिएको छ?
=दाङ
10. My land and my people नामक पुस्तक कसले लेखेका हुन?=दलाई लामा
11. स्वयम्भुका दुई आँखालाई केको प्रतीक मानिन्छ?
=करुणा र ज्ञान
12. अन्तरिक्ष प्रवेश गर्ने विश्वको पहिलो महिला कुन देशकी हुन्?
=रुस
13. भित्री मधेशमा पर्ने जिल्लाहरुकति छन्?
=7
14. सार्कमा जलपरिवेष्ठित राष्ट्र कति छन?
=2(SRILANKA N MALDIVS)
15. युद्दको विनाश भएजस्तै शान्तिको के हुन्छ?
=प्रगति
16. सार्कको खर्च व्यहोर्ने प्रमुख राष्ट्र कुनकुन हुन्?
= भारत, पाकिस्तान
17. चालु त्रिवर्षीय योजनामा मातृ मृत्युदर कति मा झार्ने लक्ष्य राखिएको छ ?
= 192 प्रति लाख
18. लिच्छविकालमा मन्त्रीसरहको पदला के भनिन्थ्यो?
=अमात्य
19.संविधानको कुन धारामा लोकसेवा आयोग सम्बन्धी व्यवस्था गरिएको छ ?
= धारा 125
20. सार्क क्षेत्रको सबैभन्दा ठूलो हाईस्कुल कुन हो?
= साउथ प्वाइन्ट हाईस्कुल
21. सन् 2014 को विश्वकप फुटबल प्रतियोगिता कहाँ हुने भएको छ?
= ब्राजिल
22. नेपालमा नागरिक बडापत्रको प्रयोग कहिलेदेखि सुरु भएको हो?
=वि.सं.2056
23. एसिया र अफ्रिका महादेशलाई छुट्याउने नहर कुन हो?
= स्वेज नहर

24. नेपाली साहित्यमा आशुकवि भनेर कुन कविलाई चिनिन्छ?
= शम्भु प्रसाद ढुङ्गेल

25. एसियाको सबैभनदा लामो नदी कुन हो?
= यान्जे(चीन)
26. दुर्लभ वन्यजन्तु 'हाब्रे' नेपालको कुन राष्ट्रिय निकुञ्जमा पाइन्छ?
= लामटाङ राष्ट्रिय निकुञ्ज
27. मुगुको गमगढी कहिले सडकसञ्चालनमा आवद्ध भयो?
=वि.सं.2069/9/1
28. मनकामना केवलकारको सञ्चालन कहिले देखि भएको हो?
= वि.सं.2055 मंसिर 8
29. आन्ध्र कहासागरको सबैभन्दा गरिरो भाग कुन हो ?
= मेक्सिको खाडी
30. संयुक्त राष्ट्र संघको प्रमुख प्रशाषनिक अंग कुन हो ?
= सचिवालय

नायब सुब्बा लक्षित जानकारी - तेह्रौँ सेट

1. एशियाली फुटबल महासंघ (एएफसी) को उपाध्यक्ष पदमा इरानी उपराष्ट्रपतिलाई हराउँदैविजयी भएका अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापा कहिले निर्वाचित भएका हुन् ?
Ans = २०६७।९।२२

2. इकोलोजी शब्दको पहिलो पटक प्रयोग गर्ने व्यक्ति को हुन् ?
Ans = अर्नेस्ट ह्याकल

3. बाइसी राज्यको केन्द्र कुन ठाउँ थियो ?
Ans = जुम्ला

4. साहित्यकार देवीप्रसाद पौडेल (उपनाम केवलपुरे किसान ) को मृत्यु कहिले भयो ?
Ans = २०६८।६।२२

5. टाउकोको उपचार गर्नका लागि गरिने एक्सरेलाई के भनिन्छ ?
Ans = सिटिस्क्यान

6. नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा कहिले भयो ?
Ans = २०६३।२।२१

7. त्रिवर्षीय योजनामा गरिबीको रेखामुनी रहेको जनसं
२१ मा झार्ने लक्ष्य लिइएको छ भने आ.व.२०६६।६७ सम्मको स्थिति कति रहेको छ?
Ans = २५.४

8. बाउन्न पोखरी त्रिपन्न तालको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ?
Ans = रुकुम

9. वातावरण क्षेत्रको नोबेल पुरस्कार भन्नाले कुन पुरस्कारलाई चिनिन्छ ?
Ans = गोल्डमेन पुरस्कार

10. सिंहलिला पर्वत कुन जिल्लामा पर्छ ?
Ans = ताप्लेजुङ

11. नेपालको प्रख्यात लामेताल नेपालको कुन जिल्लामा रहेको छ ?
Ans = चितवन

12. गौरीशंकर हिमाल (७१३४ मि.) कुन हिमश्रृंखलामा पर्छ ?
Ans = रोल्वालिङ

13. राष्ट्रिय योजना आयोगका प्रथम योजना प्रमुख को हुन् ?
Ans = गुञ्जमान सिंह

14. महाभारत श्रेणीको सबैभन्दा अग्लो भुभाग कुन हो ?
Ans = गार्वा

15. नेपालको हालको जलस्रोतबाट कति हेक्टर भूमिमा सिँचाइ सुविधा पुग्नसक्ने अनुमान गरिएको छ ?
Ans = ६५ लाख

16. सीता र रामचन्द्रबीच कुन विवाह भएको थियो ?
Ans = पराक्रम विवाह

17. बुद्धलाई विष्णुको कतिऔं अवतार मानिन्छ ?
Ans = नवौं

18. घटस्थापना कुन तिथिमा पर्छ ?
Ans = आश्विन शुक्ल प्रतिपदा

19. नेपालमा पञ्चवर्षिय योजना कहिलेदेखि शुरु भयो ?
Ans = २०१३।६।१

20. विश्वमा २ वटा दोहोरो भू–परिवेष्ठित मुलुकमध्ये एक लिचेस्टाइन हो भने अर्को कुन हो ?
Ans = उज्वेकिस्तान

21. सुप्रिम मास्टर गड एञ्जेलले २७ घण्टा सगरमाथाको चुचुरोमा तपस्या कहिलेगरे ?
Ans = २०६८।२।७

22. नेपाल रामसार
महासन्धीमा कहिलेदेखि सहभागी भएको हो ?
Ans = १९८८

23.IBRD को स्थापना कहिले भएको हो ?
Ans = १९४५

24. चालु त्रिवर्षिय योजना अवधिमा कति मेगावाटसम्मको जलविद्युत आयोजनाको लागि अनुमति लिनु पर्दैन ?
Ans = ३

25. नेपालमा व्यक्तिगत घटना दर्ता गराउने चलन कहिलेबाट भयो ? Ans = २०३४।१।१

26. नेपालमा प्रजातन्त्रलाई लत्याएर पञ्चायति शासन व्यवस्था कहिले लागू गरिएको थियो ?
Ans = बि.सं. २०१७।९।१

27. नेपालमा पाइने फलाम खानीहरुमध्ये कुन ठाउँको उच्च गुणस्तरको र सबैभन्दा ठूलो खानी मानिएको छ ?
Ans = फूलचोकी डाँडा

28. नेपालमा सर्वप्रथम वृक्षारोपण कार्यक्रम कहिले गरिएको हो ?
Ans = बि.सं. २००२

29. विष्णुतिर्थ भनी चिनिने रानी पोखरीलाई शुरुमा के भनी चिनिन्थ्यो ?
Ans = न्हुँ पुखुं

30. वेगनास तालको गहिराई ७.५ मिटर छ भने फोक्सुण्डो तालको गहिराई कति रहेको छ ?
Ans = १४५ मिटर

तेस्रो पत्र जनसंख्या अध्ययनको नायब सुब्बा लक्षित जानकारी - चौधौँ सेट

1. जनसांख्यिक सक्रमणको सिद्दान्तको सिद्दान्त सर्बप्रथम कहिले प्रतिपादन गरियो?

Ans-1909A.D

2. सार्क राष्ट्रले बिश्वको करिब कति प्रतिशत जनसंख्या ओगटेको छ?

ans-23

3. 2068 को जनगणनामा कति वटा मातृभाषा सुचि भएका छन्?
Ans-123

4. चालु त्रिबर्षीय योजनाले बाल मृत्युदर लाइ कतिमा झार्ने लक्ष्य राखेको छ?
Ans-47

5. राष्ट्रिय जनगणना 2068 अनुसार कति प्रतिशत नेपालीहरुले खाना पकाउनको लागि एल्.पी ग्याँस
प्रयोग गरेका छन्?
Ans-21.03

6. बिश्व जनसंख्या दिबश कहिले मनाइन्छ?
Ans-july 11

7. हाल नेपालमा कुसुन्डा जातिको कुल जनसंख्या कति रहेको छ?
Ans-273

8. 2068 को जनगणना अनुसार हिमाली जनसंख्या प्रतिशत कति हो?

Ans 6.73

9. U.N.O को पहलमा कहिले "जनसंख्या बर्ष" मनाईएको थियो?
Ans-1974 A.D

10. नेपालमा 1968 मा प्रथम पटक जनगणना लिदा नेपालको कुल जनसंख्या कति थियो?
Ans-5638749

11.जनसंख्याको आधारमा सबैभन्दा ठूलो राष्ट् कुन हो?
Ans-चीन

12. बिश्वको जनसंख्या कहिले सात अर्ब पुगेको थियो?
Ans-2011 october 31

13. राष्ट्रिय जनगणना 2068 अनुसार सबैभन्दा कम जनसंख्या रहेको जिल्ला कुन हो?
ans-
मनाङ

14. हाल नेपालको ग्रामिण जनघनत्व प्रति बर्ग कि.मी कति रहेको छ?

Ans-153

15. जनसाङख्यिक संक्रमण(Demographic Transition) सिद्दान्तको प्रतिपादन कसले गरेका थिए?
Ans-Londry

16. पछिल्लो जनगणना अनुसार हाल नेपालमा मगर जातिको जनसंख्या प्रतिशत कति छ ?

Ans-7.1

17. "An essay on the principle of population" नामक पुस्तकको लेखक को हुन्?
उत्तर= माल्थस

18. Who is known as "FATHER OF POPULATION STUDIES"?
Ans=John Graunt

19. हाल नेपालको बार्षिक जनसंख्या बृद्दृ दर कति हो?
Ans-1.35%

20. Malthus को जनसंख्या सिद्दान्त अनुसार जनसंख्या दोब्बर हुन लाग्ने समय कति हो?
Ans=25years

21. जनसंख्या पिरामिड लाई कति प्रकारमा बिभाजन गर्न सकिन्छ?

Ans=3

22. जनसंख्या परिवर्तनमा देहायको मध्य कुन तत्वले महत्वपूर्ण भूमिका खेलेको हुन्छ?

Ans-माथिका सबै (जन्म,मृत्यु,बसाईसराई)

23. नेपालको राष्ट्रिय जनगणना 2068 अनुसार नेपालको जनघनत्व प्रति बर्ग कि.मि कति रहेको छ?
उत्तर=180

24. नेपालमा जनगणना कति कति बर्षमा गरिन्छ ?
उत्तर = 10/10 बर्ष

25. नेपालको जनगणना 2068 को नारा के थियो ?
उत्तर = कोहि नछुटौँ कोहि नदोहोरीऊँ


नायब सुब्बा लक्षित जानकारी - पन्धौँ सेट

1. नेपालको अन्तरिम संविधान 2063 को भाग 5 मा के सम्बन्धि व्यवस्था उल्लेख छ ?

Ans = कार्यपालिका

2. PEN लाई कोड भाषामा 0DM लेखिन्छ भने BOOK लाई के लेख्नुपर्ला ?

Ans = ANNJ

3. लिच्छवीकालमा विषय भन्नाले के बुझिन्थ्यो ?

Ans = जिल्ला

4. तेक्वान्दो खेल्दा खेलाडीले लगाउने लुगालाई के भनिन्छ?

Ans = डोबोक

5. विश्वको सबैभन्दा छिटो दौडने सर्प कुन हो?

Ans = mamba

6. 2068 को जनगणना अनुसार हिमाली जनसंख्या प्रतिशत कति हो?

Ans = 6.73

7.अनुक्रम पुरा गर्नुहोस् !
2,14,98,686,??

Ans = 4802

8. फूल को कोपिला भए झैं तुलसी को के हुन्छ?

Ans = मञ्जरी

9. 2068 को जनगणना अनुसार हिमाली जनसंख्या प्रतिशत कति हो?

Ans = 6.73%

10. विश्वको सबैभन्दा छिटो दौडने सर्प कुन हो?

Ans = mamba

11.नेपालको दोस्रो जनगणनामा जनसंख्या ब्र कती थियो?

उत्तर = - 0.12%
12. मित्रको मन्डली भए वैरागिको के ?

उत्तर = अखडा
13. नेपालको अन्तरिम संविधान २०६३ को भाग १४ म के सम्बन्धी ब्यबस्था उल्लेख गरिएको छ ?
उत्तर = निर्वाचन आयोग

14. धरौटी खाताको म. ले. प. फा. न. कती हो ?
उत्तर = म ले प फा न ११०

15. नेपालमा हाल कती वटा सिमसारक्षेत्र रहेका छन ?
उत्तर = ९ वटा
16. कुनै दुई ठाउँबिचको दुरी पत्ता लगाउन कुन रेखाको प्रयोग गरिन्छ?
उत्तर = अक्षांश
17. नेपालको उत्तरगंगा भनेर कुन नदिलाई चिनिन्छ?
उत्तर = सानो भेरी
18 .divine comedy नामक पुस्तकका लेखक को हुन?
उत्तर = दाँते
19. अल्मोडा युध्दको नेतृत्व कस्ले गरेका थिए?
उत्तर = अमरसिङ्ह थापा र रणजोर सिंह थापा
20. दोस्रो सार्क सिखर सम्मेलनमा नेपालबाट कस्ले भाग लिएका थिए ?
उत्तर = श्री ५ बिरेन्द्र
21. रातो रङको काँच बनाउन कुन धातुको प्रयोग गरिन्छ?
उत्तर = कपर अक्साइड
22. हैजा रोग कुन किटाणु बाट सर्दछ ?
उत्तर = vibrio cholera
23. त्रिभुवन राजपथ कुन देशको सहयोगमा निर्माण भएको हो ?
उत्तर = भारत
24. कुन ग्रह पानीमाथी तैरिन सक्छ ?
उत्तर = शनी
25. रुमाल प्रचलनमा ल्याउने देश कुन हो ?
उत्तर = इटाली
26.पृथ्वीको परिक्रमा गर्ने पहिलो जहाज भिक्टोरिया हो।
27. नेपालमा शिकार खेल्न प्रतिबन्ध लगाएका जिल्लाहरु 19 वटा छन्।
28. पुलिस र जेल नभएको देश आइसल्यान्ड हो।
29. नेपाल WTO को 148 औँ सदस्य राष्ट्र हो।

30. विश्वकै सर्वाधिक उचाईमा रहेको रेलसेवा 5062 मिटरको उचाइमा रहेको किन्घाई
तिब्बत रेल मार्ग हो।

नायब सुब्बा लक्षित विशेष सामग्री = सोह्रौँ सेट

1. पानीको विशिष्ट ताप धारण क्षमता कति हुन्छ ?
उत्तर = 4200 J/kg ॰C
2. EPR Paradox नामक सिद्धान्त कसले पत्ता लगाएका हुन् ?
उत्तर = अल्वर्ट आइन्सटाईन
3. नेपाल अधिराज्यको संविधान 2015मा कति भाग कति धारा र
कति अनुसूचीहरु थिए ?
उत्तर = 10 भाग 77 धारा 3 अनुसूची
4. नेपालमा कफि खेतिको सुरुवात कति सालमा भएको थियो ?
उत्तर = वि स 2011 सालमा
5. सिट्टा सिँचाई आयोजना कुन जिल्लामा सञ्चालीत छ ?
उत्तर = बाँके
6.कति सालको जनगणना देखि पहाडमा भन् थालेको हो ?
उत्तर = 2048 साल
7. प्रथम दक्षिण एसियाली खेलमा नेपालले कतिवटा स्वर्ण जितेको थियो ?
उत्तर = 4 वटा
8. राष्ट्रिय जनगणना 2068 अनुसार कति प्रतिशत नेपालीहरुले खाना पकाउन एल.पी ग्याँस प्रयोग
गरेका छन्?
उत्तर = 21.03%
9. वि सं 2068 मा लिइएको जनगणना कतिऔँ हो ?
Ans = एघारौ
10. 2013 को आइसिसि डिभिजन 3 को खेल कुन देशमा हुँदै छ ?
उत्तर = बर्मुडा
11. द्वित्तिय विश्वयुद्धको अन्त्य कहिले भयो ?
Ans = सन्1945
12. नेपाल पिक कुन जिल्लामा पर्छ ?
Ans = ताप्लेजुङ
13. नेपालमा सबैभन्दा बढी सुपारी फल्ने जिल्ला कुन हो ?
Ans = झापा
14. खालि ठाउँ भर्नुहोस्
(a+b)² = a²+______+b²
Ans = 2ab
15. लाभा सतहमा आउने मार्गलाई के भनिन्छ?
Ans = नली (neck)

16. 3rd paper Chemistry Permanent hardness of water can be removed by adding
Ans = Washing soda

17. 3rd paper:- Physics Light year is a unit of
Ans = Distance
18. π(Pai) को मान कती हुन्छ ?
Ans = 22/7

19. नेपाल ले सर्वप्रथम कुन देशमा राजदुतावास खोलेको थियो?
Ans = बेलायत

20. Third paper-population studies बिश्व जनसंख्या दिबश कहिले
मनाइन्छ?
Ans = july 11
21. विवाहमा सिन्दुर साटासाट गर्ने चलन कुन जातिमा छ ?
Ans = झाँगड
22. विश्वको पहिलो सञ्चार उपग्रहको नाम के हो ?
Ans = Early Bird

23. कहिल्यै पात नझर्ने वनस्ती कुन हो?
Ans = खजुर
24. 1000 को 10 प्रतिशतको 10 प्रतिशतको 10 प्रतिशत कति हुन्छ ?
Ans = 1
25. 'खोल्साको सुन' उपनामले चिनिने नगदेबाली कुन हो ?
Ans = अलैँची
26. अखिल नेपाल फुटबल सङ्घ एन्फामा कति जिल्ला सदस्य छन् ?
Ans = 45 jilla
27. 2069 सालको राष्ट्रिय कलाश्री पुरस्कार कसलाई प्रदानगरियो ?
Ans = राजेन्द्र विमल
28. Hydro Award प्राप्त गर्ने नेपाली को हुन् ?
Ans = गोकर्ण विष्ट
29. हाल नेपालमा कुसुन्डा जातिको कुल जनसंख्या कति रहेको छ?
Ans = 273

अन्तरिक्ष सम्बन्धि नायब शुब्बा लक्षित जानकारी - सत्रौँ सेट

1. अमेरिकाले प्रक्षेपण गरेको पहिलो जासुसी विमान कोरोना हो ।

2. भारतको पहिलो अन्तरिज्ञयान आर्यभट्ट रुसको बोअर्स लेक बाट प्रक्षेपण गरिएको थियो ।

3. बेलायतका प्रथम अन्तरिक्ष यात्री एरियल हुन् ।

4. सन 1962 मा अमेरिकाले अन्तरिक्षमा पठाएको चिम्पान्जीको नाम एनो थियो ।

5. सन्1975 जुलाइ 17 मा अमेरीकी एपोलो र रुसी सोयुज नामक अन्तरिक्ष यान अन्तरिक्षमै मिलन भइ यात्रीहरुले शुभकामनाका साथै राष्ट्रिय झण्डाहरु आदानप्रदान गरेका थिए ।

6. चन्द्रमामा पुग्ने पहिलो अन्तरिक्ष यान लुना 2 हो ।(सन्1959)

7. अन्तरिक्षमा पुग्ने पहिलो पत्रकार तोयोहिरो आकिया ,जापानका नागरिक हुन ।

8. भोस्तोक 1 नामक यानबाट प्रथम अन्तरिक्ष यात्री युरी गागरिन सन् 1961 अप्रिल 12 मा अन्तरिक्षमा पुगेका थिए ।

9. युरी गागरिन रुसका नागरिक थिए ।

10. अन्तरिक्ष प्रवेश गर्ने राष्ट्रहरु क्रमश रुस,अमेरिका,फ्रान्स ,जापान , चिन र भारत हुन् ।

11. रुसका अलेक्सी लियोनेभ अन्तरिक्षमा हिड्ने प्रथम व्यक्ति हुन् ।

12. एपोलो -11 नामक यान बाट अन्तरिक्षमा गएर पनि चन्द्र धरातलमा नओर्लिएका व्यक्ति माइकल कोलिन्स हुन्

13. नोभेम्बर 26 , 2011 मा अमेरिकाले मंगल ग्रहमा पठाएको रोभर क्युरियोसिटि अगस्त 6, 2012 मा मंगल ग्रहमा अवतरण गरेको थियो ।

14. सूर्यबाट चौथो नजिकको ग्रह मंगल सौर्यमण्डलको सातौ ठूलो ग्रह हो ।

15. मंगल ग्रहमा प्रक्षेपण गरिएको पहिलो यान भाइकिङ 1 हो ।

Continue Reading | comments

स्वास्थ सम्बन्धि जानकारी

May 28, 2013



स्वास्थ्य र स्वास्थ्यविज्ञान (Health and Hygiene)

खोक्दा कायम राख्नु पर्ने बानी
(Maintain Cough Manners)

हात राम्रो गरेर धुने बारेको निर्देशिका मास्कलाई सही तरिकाले प्रयोग गर्नुहो्स्
(Guidelines for Good Handwashing and Use Mask Properly)

हङकङ हाम्रो घर हो यसलाई सफा राखौं हङकङका नयाँ आप्रवासीहरूको लागि वातावरणीय आरोग्य सम्बन्धी जानकारीहरू
(Hong Kong is Our Home. Let's keep it clean - Tips on Environmental Hygiene for New Migrants of Hong Kong)

हङकङ हाम्रो घर हो यसलाई सफा राखौं हङकङका नयाँ आप्रवासीहरूको निमित्त व्यक्तिगत स्वास्थ्यको लागि निर्देशनहरू
(Hong Kong is Our Home. Let's keep it clean - Tips on Personal Hygiene for New Migrants of Hong Kong)

हङकङलाई आफ्नो घर जस्तै ठान्नुहोस् 
(Treat Hong Kong as Your Home (Personal and Environmental Hygiene))


सरुवा रोग (Communicable Disease)
दादुरा (चिकनपाक्स)
(Chickenpox)

स्कार्लेट ज्वरो विरूद्ध सतर्क रहनुहोस् 
(Be Vigilant against Scarlet Fever)

एभियन फ्लु तथ्यपुस्तिका
(Avian Influenza)
तथ्य पाना (सिम्प्लिफ़िएद् वेर्सिओं) (Fact Sheet,Simplified version)
पर्चाहरू (सिम्प्लिफ़िएद् वेर्सिओं) (Pamphlet,Simplified version)
पोस्टरहरू (Poster)

इन्टेरोभाइरस ७१ संक्रामक रोग
(Enterovirus 71 Infection)

मानव स्वाइन् फ्लू विरुद्धको लडाइ“मा व्यक्तिगत र घरायसी सरसफाइको लागि मार्गदर्शन
(Guide to Personal and Domestic Hygiene in Combating Human Swine Influenza)

हात, खुट्टा र मुखमा लाग्ने रोग
(Hand, Foot and Mouth Disease)

पोलियो
(Poliomyelitis)

इनफ्लुएंजा (रूघा)को रोकथाम
(Prevention of Influenza)
पर्चाहरू (Pamphlet)
पोस्टरहरू (Poster)
ध्वनि / हस्तलिपी - रेडियो घोषणा (Soundtrack / Script - Radio Announcement)

सरकारी खोप कार्यक्रम 2012/13 इन्फ्लइन्जा खोप - सुरक्षित तथा प्रभावकारी
(Government Vaccination Programme 2012/2013 Influenza vaccine Safe and effective

सरकारी खोप कार्यक्रम 2012/13 खोपले तपाईको स्वास्थ्यलाई प्रभावी रुपमा सुरक्षा गर्दछ ।
(Seasonal Influenza Vaccination 2012/2013 Effectively reduces influenza complications)
Continue Reading | comments

आदिकवि भानुभक्तको जीवनी

May 27, 2013

आदिकवि भानुभक्त

sindhulinepali.blogspot.com



मोतीराम भट्टले १९४८ सालमा भानुभक्त आचार्यलाई आदिकवि लेखे, तर उनले लेखेको त्यो 'आदिकवि' चलेन । १९९७ सालमा जुद्धशमशेर राणाले 'भानुभक्तलाई आदिकवि भने पनि हुन्छ' भन्ने हुकुम दिएपछि मात्र तमामको जीव्रोमा भानुभक्त आदिकवि हुन थाले । अनि सूर्ययविक्रम ज्ञवालीले भानुभक्तबारे मोतीराम भट्टले पूरा गर्न नसकेका प्रायः धेरै काम गरे । साथै बाबुराम आचार्यले पनि भानुभक्तबारे लेखे । अनि भानुभक्तको व्यक्तित्वको परिमार्जन गर्ने काममा ब्रह्ममशमशेर, बालकृष्ण सम, शम्भुप्रसाद ढुङ्ग्याल, विष्णुमायादेवी, धरणीधर कोइराला, पारसमणि प्रधान, भाइचन्द्र प्रधान, हृदयचन्द्रसिंह प्रधान, इन्द्रबहादुर राई, नरनाथ आचार्य, मुक्तिनाथ आचार्य, व्रतराज आचार्य, गिरिराज आचार्य, नारायणदत्त शास्त्री, बालचन्द्र शर्मा, श्रीभद्र शर्मा, जुननाथ शर्मा, सुमन ढकाल, चन्द्रेश्वर दुवेआदि लागे । उनीहरूले भानुभक्त आचार्यका गाथामा सिङ्गासिङ्गै किताब लेखे । भवानी घिमिरेले पनि उनका बारे बृहत् विशेषाङ्क निकाले । यादव खरेलले पनि भानुभक्तको जीवनीमा आधारित कथानक चलचित्र बनाए । म्युजिक नेपालले रामायणका सातकाण्डकै गीतिसीडी प्रकाशमा ल्यायो । जगदीशशमशेर राणाजस्ता नेपाली साहित्यका महारथीहरू पनि भानुभक्तको सम्पूर्ण कीर्ति फैलाउन मन, वचन र कर्मले समर्पित भए । त्यसपछि भानुभक्त झनै चहकिलो रूपमा प्रस्तुत भए ।


मोतीराम भट्टले भानुभक्त आचार्यको जन्म १८६९ साल लेखे । अनि त्यसलाई सुधारेर भानुभक्तकी नातिनी विष्णुमायादेवीले १८७१ साल असार २९ गते भानुभक्त जन्मेको प्रमाण पेस गरिन् । त्यसैगरी नरनाथ आचार्यले पनि भानुभक्तको जन्मकुण्डलीसहित त्यही दफामा आफ्नो बुढी औठा थिचे । बालकृष्ण समले पनि भानुभक्तकी पत्नीको नाउँ रेवती भएको ठहर गरे । साथै भानुभक्तबारे अनुसन्धानको लर्को अझै तानिँदै छ ।
भानुभक्तको बाल्यकालीन समयमा नेपालमा संस्कृत भाषाकै बोलबाला थियो । त्यति बेला नेपाली भाषालाई तुच्छ सम्झिन्थ्यो । तर भानुभक्तले नेपाली भाषालाई आफ्नो शिरको ताज बनाए । उनी सानैमा नेपाली भाषाको कवितामा बोल्थे, कवितामा गाउँथे र कवितामा नाच्थे । एक पटक एक जना बटुवाले उनको परिचय माग्दा उनले कवितामा नै जवाफ दिएका थिए :
पहाड्को अति बेस देश् तनहुंमा श्रीकृष्ण ब्राहृमण् थिया ।
खुप् उच्चा कुल आर्यवंशि हुन गै सत्कर्ममा मन्दिया
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया ।
इन्को नाति म भानुभक्त भनि हूँ यो जानि चिन्ही लिया ।
भानुभक्तले जति जाने आफ्ना बाजे श्रीकृष्ण आचार्यबाट जाने । किनभने उनका बाजे नेपालका छेउभित्तादेखि भारतको कासीसम्म जताजता गए पनि भानुभक्त पनि उनको हातको चोर औंला समाउँदै हिंड्थे। अनि उनका बाजे धार्मिक भइकन विद्वान् पनि थिए । त्यस बखत तनहुँभरि श्रीकृष्णको सुनाउँ थियो । त्यसैले बाल्यकालदेखि भानुभक्तको जीवनचर्या एउटा कविको जस्तो, एउटा जमिनदारको जस्तो र एउटा राजर्षि ठाँटको जस्तै थियो ।
श्रीकृष्ण आचार्यका छोरा धनञ्जयले पनि बाल्यकालदेखि नै विद्याआर्जन गरे । पछि उनी सरकारी खरदार भए र जागिर खाएको केही वर्षमा उनले छोरो पाए । भनौं तनहुँ रम्घाको चुँदीबेसीको आचार्य निवासमा धनञ्जय र धर्मावतीदेवी मिलेर भानुभक्त जन्माए । तर आदिकवि भानुभक्तको सृजनात्मक न्वारन मोतीरामले नै गरिदिए ।
भानुलाई शिरमा बोकेर नै मोती पनि चम्किए । वास्तवमा मोतीरामले भानुभक्तलाई उकास्न पहरा फोरे । कतिसम्म भने भानुभक्तलाई अमर पार्न उनले भानुभक्तको जीवनी लेखेर त्यसलाई जनमन छुने कला झिके। भानुभक्तले घाँसीलाई भेटेर प्रेरणा पाए भनेर भानुभक्तका नाउँमा मोतीराम आफैले कविता लेखेर पनि छपाइदिए :
भर् जन्म घाँसतिर मन दिइ धन् कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो
मो भानुभक्त धनि भै कन आज यस्तो !
यस सिलोकको चौथो हरफमा प्रयुक्त 'मो' शब्दबाट यसको रचना मोतीराम आफैले गरेका थिए । किनभने भानुभक्तले उनका कुनै पनि रचनामा 'म' लाई 'मो' लेखेका छैनन् तर मोतीरामले भने आफ्ना रचनामा 'म'को साटो जताततै 'मो' लेखेका छन् । नेपाली जनजीवनमा साहित्यिक र भाषिक जागरण ल्याउनका लागि मोतीरामले घुँडा टेकेर भानुभक्तलाई उठाए । मोतीरामले नेपाली भाषासाहित्यलाई रातोरात उन्नतिको शिखरमा पुर्‍याउने हेतु भानुभक्त आचार्यको यथेष्ट कदर गरे । त्यसैले उनले भानुभक्तलाई आफ्नो. चरित्र नायकका रूपमा काँधमा बोके । वास्तवमा भानुभक्तलाई नेपाली भाषासाहित्यको शिरताज बनाउन मोतीराम एक्लैले कठोर प्रयत्न गरे ।
भानुभक्तको जीवनकथालाई कारुणिक पार्न मोतीरामले गजाधर सोतीको कथा पनि आफै बुने होलान् । किनभने त्यस जमानामा पाहुना बाहुनलाई घरपिँडीमा मात्र होइन बारीको ढिकी भए ठाउँमा समेत बास बस्न दिइएको छैन । त्यस घडी नेपाली समाजमा साँझका पाहुनालाई देउता तुल्य मानिने परम्परा थियो । त्यसैले घाँसी कविताझै अतिथिको सत्कार गर्नुपर्ने नैतिक शिक्षा पनि भानुभक्तका नाउँबाट नै मोतीराम आफैले यसरी प्रस्तुत गरे होलान् :
गजाधर्सोतीका घर बुढि अलच्छिन्कि रहिछन्
नरक् जानालाई सबसित बिदाबारि भइछन् ।
पुग्यौं साँझ्मा तिन्का घर पिढिमहाँ बास गरियो
निकालिन् साँझैमा अलिक पर गुल्जार गरियो ।
मोतीरामले भानुभक्त आचार्यको जीवनीलाई शाश्वत पार्न अझै मसला हाले । भानुभक्तका मित्र तारापतिको कथा बुनेर पनि भट्टले आचार्यलाई अविष्मरणीय बनाए । मोतीरामका अनुसार एक पटक भानुभक्तलाई आफ्ना साथी तारापति उपाध्यायले घर लिएर गए । त्यो रात भानुभक्त त्यहीँ बसे । तारापतिका घरमा सासुबुहारीले भनाभन र कुटाकुट गरेर रात र्छलङ्गै पारे । रातभरिको जाग्रामपछि बिहानैको मिर्मिरेमा सलेदो बालेर भानुभक्तले 'बधुशिक्षा' लेखे । अनि त्यस घरमा पानी पनि नखाई बिहानै त्याहाँबाट भानुभक्त हिँडे । साथीका घरबाट हिँड्ने बेला उनले आफ्ना साथी तारापतिलाई एउटा कविताको कागज दिए भनेर मोतीरामले नै लेखे । तर यो कविताको खेस्रा पनि भानुभक्तलाई उकास्न मोतीराम आफैले लेखेका थिए भन्न सकिन्छ :
एक् थोक् भन्छु न मान्नु दुक्ख मनमा हे मित्र तारापति
तिम्रा इ जति छन् जहानहरू ता लड्न्या रह्या छन् अती ।

सारै झोक उठयो मलाई र बधु शिक्षा बनाञाँ पनी
यसले पत्नी, बुहारी, छोरिहरूको तालिम् गरौंला भनी ।

भानुभक्तले ३७ वर्षो उमेरमा सरकारी जागिर पाए । तर हाकिमले दुई वर्षमा नै उनको जागिर खोसे । त्यसपछि उनलाई सरकारी रकम हिनामिना गरेको अभियोग लगाइयो । अनि उनलाई कुमारीचोकको खोरमा थुनियो । लेखकका लागि जेलयात्रा वरदान बन्यो । उनले त्यहाँ पाँच महिना कैदी हुँदा रामायणको अयोध्या, अरण्य, श्रीकिष्किन्धा र सुन्दर काण्डको पद्य अनुवाद गरेर सके ।
नेपाली भाषामा रामायण नभएको बेला नेपालभरि पुराणहरू नै पढिन्थ्यो । त्यस बेला संस्कृतका पुस्तक पढ्न सबैलाई अनुमति पनि थिएन । भानुभक्तको रामायण आएपछि सबैका घरघरमा रामायण राखिन थालियो । वास्तवमा त्यसपछि नै नारीपुरुष र जातजाति सबैले समान रूपमा पढ्ने अवसर पाए । अनि बिहेबारीदेखि पुराणसम्ममा पनि भानुभक्तकै रामायण गाउन थालियो । त्यसैले रात दुई गुना र दिन चार गुनाले भानुभक्तको रामायणले देशदेशान्तरमा प्रसिद्धि कमाउन थाल्यो ।
भानुभक्त आचार्यलाई संसारभरिका नेपाली जातिले मानसपिताका रूपमा ग्रहण गरेका छन् । अनि नेपालमा भन्दा भारतमा भानुगाथा गाइन्छ । भारतको पनि दार्जिलिङ र सिक्किम राज्यले भानुजयन्तीलाई पर्वकै रूपमा मनाउने गर्छ । त्यस भेकमा भानुजयन्तीका दिन प्रायः सबैले दौरासुरुवाल र गुन्यूचोलो लगाएका हुन्छन् । त्यस दिन नर्सिङ्गा, टयाम्को र दमाहाले त्यस ठाउँ गुन्जिएको हुन्छ । वास्तवमा त्यहाँ अति नै भव्य रूपमा यिनको जयजयकार गरिन्छ । कतिसम्म भने त्यता लागेको भानुजयन्तीको बेठीको आवाज नेपालमा पनि सुनिन्छ । त्यताका नेपालीगोरखालीका लागि भानुजयन्ती दसैभन्दा ठूलो चाड मानिन्छ ।
भानुभक्तका रचनाहरू नेपाली भाषामा अग्रणी रूपमा रहेका छन् । उनले आफ्नो वैयक्तिक प्रतिभाका कारणले नै रामायण लेखे । 'अध्यात्म रामायण' अनुवाद भएर पनि यस कृतिलाई भानुभक्तले मौलिक रूपमा प्रस्तुत गरे । भानुभक्तअघिका नेपाली कविले नेपाली भाषासाहित्यलाई यति सहज,सरल र मौलिक रूपबाट प्रस्तुत गर्न सकेका थिएनन् । त्यसैले भानुभक्तकृत रामायणलाई नेपाली भाषासाहित्यको पहिलो महाकाव्य भनियो ।
पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको एकीकरण गरे । भानुभक्तले सांस्कृतिक रूपमा नेपाली भाषालाई एउटै मालामा गाँसेर भाषीय एकीकरण गरे । भानुभक्तप्रदत्त नेपाली भाषाका कारण संसारभरिका नेपाली भाषीहरूबीच भाषिक एकता कायम हुन सकेको छ ।
भानुभक्तले रामायणका बालकाण्ड र अरू काण्ड, प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षानामक कृतिहरू नेपाली भाषासाहित्यको मन्दिरमा चढाए । साथै उनका फुटकर कविताहरूको बिटोले पनि नेपाली भाषासाहित्य धन्य भएको छ । उनका अरू धेरै कृतिहरू हुँदाहुँदै पनि भानुभक्तलाई रामायणले नै अमर पार्‍यो, अनि त्यही रामायणले नेपाली भाषालाई नै लोकप्रिय बनायो । वास्तवमा रामायणको आत्मामा बसेको नेपाली भाषासाहित्य नै पनि अमर बन्यो । सृष्टिको अमरताले पनि स्रष्टालाई अमर पार्‍यो । नेपाली भाषासाहित्यको अमरत्वका साथमा भानुभक्त आचार्यको अमरत्व सदार्सवदाका लागि गाँसियो ।
भानुभक्त आचार्यले जीवनमृत्युसँग जुधेर पनि आफ्ना हितकारी धर्मदत्त सुब्बाको आग्रहमा रामायण उत्तर काण्डको 'रामगीता'को नेपाली भाषामा अनुवाद गरे । वास्तवमा त्यस बेला उनी कालज्वरले मरणासन्न भएका थिए । तर पनि उनले आफ्ना छोरा रमानाथलाई 'रामगीता' टिपाए । अन्ततः त्यस कृतिको निर्माणपछि अर्थात् १९२५ सालमा भानुभक्तले आफ्ना भौतिक आँखा चिम्ले।
Continue Reading | comments

राशि अनुसारको प्रेम सम्बन्ध

राशि अनुसारको प्रेम सम्बन्ध




१. मेष राशि

यो राशिका मानिसहरु प्रेममा निकै समर्पित हुन्छन् र प्रेमबिना मानसिक र सारीरिक रुपमा निकै कमजोर सावित हुन्छन् । प्रेम सम्बन्धमा आउने अवरोध र रोकावटलाई हटाउन ज्यानको बाजी लगाउन पनि तयार हुने स्वभाव यो राशिका महिला तथा पुरुषहरुमा हु्न्छ । यो राशिका महिलाहरुले प्रेममा सेक्सलाई प्राथमिकता दिन्छन् । मेष राशिका महिला पुरुषको कन्या राशिसँगको प्रेम सम्बन्ध सबैभन्दा सफल र
राम्रो हुन्छ । कर्कट र मीन राशिसँगको प्रेम सम्बन्ध भने असफल र हानीकारक हुनेछ ।

२. वृष राशि
यो राशिका महिला पुरुषहरुको प्रेम सम्बन्ध उतिसारो सफल मानिँदैन ।झ्वाट्टै प्रेम बस्ने तर दिगो नहुने समस्या रह्न्छ । यो राशिका मानिस बढि भावनामा डुब्ने र सानो कुराले पनि शंका उत्पन्न गर्ने भएकाले प्रेम सम्बन्ध दिगो रहन सक्दैन । प्रेममा सहानुभुति चाहनु यो राशिका महिलापुरुषको कमजोरी हो । वृष राशिका मानिसले मेष,वृश्चिक, धनु तथा मकर राशिसँग प्रेम सम्बन्ध राख्नु क्षति बेहोर्नुबाहेक केही होइन । अरु राशिसँग प्रेम गर्नु तुलनात्मक रुपमा सामान्य रहन्छ ।

३. मिथुन
यो राशिका महिला पुरुष मनमा कुरा अडाउन नसक्ने र आवेशमा आइहाल्ने खालका हुन्छन् । यिनीहरुले धनसम्पत्ती र प्रेमलाई समान महत्व दिने भएकाले प्रेमको मामिलामा उतिसारो सफल मानिँदैनन् । प्रेम सम्बन्ध खासै दिगो नहुने भएपनि जति समयसम्म प्रेम रहन्छ त्यो निकै रोमान्टिक हुन्छ। खासगरी मिथुन राशि र सिंहराशिबीचको प्रेम सम्बन्ध निकै सफल र नाटकीय हुन्छ । धनु राशिसँगको प्रेम दार्शनिक हुन्छ । तर वृश्चिक राशिसँगको प्रेम भने असफल हुन्छ ।

४. कर्कट राशि
यो राशिका नारी पुरुषहरु साँचो र दिगो मायाप्रेम गर्ने खालका हुन्छन् । आफुले चाहेको व्यक्तिलाई प्रेमजालमा फसाउन खप्पिस हुन्छन् । निकै मायालु तथा दयालु स्वभावका हुन्छन् र सानातिना अवरोधले विचलित हुँदैनन् ।विपरित लिंगीप्रतिको आकर्षण पनि बढि हुन्छ । तरपनि सिंह, धनु र मकर राशिसँगको प्रेम भने उतिसारो सफल हुँदैन । अरु राशिसँगको प्रेम सफल हुने देखिन्छ ।

५. सिंह राशि
यो राशिका महिलापुरुष अहंकारी हुन्छन् ।तरपनि प्रेमसम्बन्धमा समर्पणको कमी हुँदैन । प्रेमीप्रेमीकाको सधै भलो चाहन्छन् । झ्वाट्ट प्रेम गर्नुभन्दा सबैकुरा सोँचविचार गरेर मात्र माया प्रेम गर्ने स्वभाव यो राशिमा हुन्छ । यो राशिका महिला पुरुषले मेष,मिथुन, तुला तथा धनु राशिका सँग प्रेम गर्नु उपयुक्त हुन्छ ।

६. कन्या राशि
यो राशिका महिला पुरुष प्रेममा तनाब लिइरहने प्रकृतिका हुन्छन् । निकै यौनआतुर हुन्छन् र प्रेम सम्बन्धमा सेक्सलाई उच्च प्राथमिकता दिन्छन् ।तरपनि आफ्नो प्रेमीपे्रमीकालाई इज्जत गर्न जान्दछन् । वृष र सिंह राशिसँगको प्रेम सम्बन्ध लाभदायक छैन अरु राशिसँग सामान्य छ ।

७. तुला राशि
यो राशिका मानिस सावधान भएर मात्र प्रेम गर्छन् । बौद्धिक आधारमा प्रेम गर्छन् । पुरुषहरु परस्त्रीप्रति समेत आँखा लगाउने खालका हुन्छन् । शंकालु स्वभावका हुन्छन् । तुला राशिकाले सिंह र धनु राशिका सँग प्रेम गर्नु फलदायक हुन्छ ।

८. वृश्चिक राशि
यो राशिका महिला पुरुष विलासी स्वभावका हुन्छन् र प्रेममा लिप्त हुन्छन् ।भ्रमण गर्न रुचाउँछन् । प्रेममा आत्मिय सम्बन्ध वा समान हैसियत
दिनेभन्दा पनि आफु माथि रहने प्रयास गर्छन् । शंका गर्ने बानीका कारण प्रेममा अड्चन आउन सक्छ । दाम्पत्य जिवन झगडामय बन्न सक्छ । सिंह राशिसँगको प्रेम उत्तम, धनु र कुम्भसँगको प्रेम मध्यम हुन्छ ।

९. धनु राशि
यो राशिका पुरुषहरु प्रेमिकालाई निकै धेरै विश्वास गर्छन् र कहिलेकाही बढि विश्वासका कारण धोका समेत खानुपर्छ । यिनीहरु आफ्नो विपरित लिंगी सुन्दर भएमा मात्र ऊ सँग सेक्स गर्नु उचित हुन्छ भन्ने सोँच्छन् वा सम्बन्धमा शारीरिक सुन्दरतालाई प्राथमिकता दिन्छन् ।आदर्शवादी हुन्छन् । वृष, कुम्भ, मिथुन, र कन्या राशिसँगको प्रेम निकै सफल हुन्छ ।

१०. मकर राशि
यो राशिका महिला पुरुषको प्रेम सम्बन्ध उतिसारो सफल मानिँदैन । प्रेम प्राप्तिका लागि निकै चाहना हुने भएपनि सफल नहुँदा निरास बन्दछन् ।यो राशिका व्यक्तिको जिवनमा प्रेम वियोग सामान्य घटना हुन्छ ।यो राशिका पुरुष भन्दा महिला प्रेममा बढि असफल हुन्छन् । मकर
राशिका महिला पुरुषको कन्या, मेष र कर्कट राशिसँगको प्रेम पूर्णत असफल नै हुन्छ ।

११. कुम्भ राशि
यो राशिका महिला पुरुष भावनावादी र गोप्यताप्रेमी हुन्छन् । प्रेमलाई गोप्य राख्न चाहन्छन् र समर्पण धेरै हुन्छ । प्रेममा त्याग र बलिदानका लागि तयार हुन्छन् । तरपनि प्रेममा खासै सफल भने हुँदैनन् र व्यक्तिगत भन्दा विभिन्न सामाजिक कारण प्रेममा पर्खाल बनिदिन्छन् । खासगरी वृष, धनु र मिन राशिसँगको सम्बन्ध त्यति सफल हुँदैन ।

१२. मीन राशि
यो राशिका महिला पुरुष सधै खुसी रहन चाहने प्रकृतिका हुन्छन् र यिनीहरु आफ्नो प्रेमी प्रेमीका निकै सुन्दर होस् भन्ने चाहन्छन् । कसैसँग
माया पिरती लगाएपछि जिवनमा सबै कुरा पाएको ठान्दछन् र दायाँबायाँ हेर्दैनन्। यस्तो एकसुरे प्रवृत्तिले गर्दा कहिलेकाहीँ नराम्ररी धोका खान्छन् । मीन राशिका व्यक्तिहरु खासगरी कन्या राशिका व्यक्तिहरुसँग बढि आकषिर्त हुन्छन् र प्रेम सम्बन्ध सफल पनि हुन्छ । त्यस्तै मेष र मिथुन राशिसँगको सम्बन्ध पनि सफल नै हुन्छ । तर सिंह राशिसँगको प्रेम सम्बन्ध भने असफल हुने सम्भावना धेरै हुन्छ..!!!
Continue Reading | comments

महाकवी देवकोटाको जीवनी


महाकवी लक्ष्मी प्रसाद देवकोटा जीवनी (१९०९-१९५९)


लक्ष्मीप्रसाद देवकोटा (जन्म वि० सं० १९६६ (सन् १९०९), मृत्यु बिसं २०१६ (सन् १९५९)) नेपाली साहित्यका महाकवि हुन्। देवकोटा नेपाली साहित्यका बिभिन्न विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए। उनले कविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च कोटिको मानिन्छ। उनले मुनामदन, सुलोचना, शाकुन्तल जस्ता अमर कृतिहरू लेखेका थिए। बिशेष गरी मुनामदन कृतिका लागि उनी सबैभन्दा प्रख्यात छन्।
तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मी देवकोटाका छ भाइ छोराहरूमध्ये लक्ष्मीप्रसाद देवकोटा साइँला छोरा थिए । लक्ष्मीप्रसादका सात जना दिदीहरू थिए ।
लक्ष्मीप्रसाद देवकोटाको जन्म १९६६ साल कात्तिक २७ गते शुक्रबार काठमाडौ, डिल्लीबजारमा भएको थियो । उनको न्वारानको नाउँ तिर्थमाधव देवकोटा हो । तर तिहारको लक्ष्मीपूजामा जन्मेका हुँदा उनलाई लक्ष्मीप्रसाद भनियो ।

देवकोटा जन्मेदेखि नै उनका घरमा अनेक कष्टहरूको प्रवेश भइरहृयो । उनको घरको व्यवस्थापकीय ढाँचा पनि अत्यन्तै दयनीय थियो । साथै उनको घरले गरिबीको रेखालाई नाघ्न पनि सकेको थिएन । त्यसैले उनी सानैमा भन्थे, ‘म अङ्ग्रेजी पढ्छु र धेरै पढेपछि टयुसन गरेर पैसा कमाउँछु ।’ तर उनीचाहिं जन्मेदखि नै रोगी थिए ।
देवकोटाले बाल्यकालमा नै अमरकोश घोकेका थिए र स्तोत्रमाला पढेका थिए । उनी सानैदेखि आफ्ना बुबाको कविता साफी गर्थे । आफ्ना बुबाको कविता सार्दासार्दै उनीभित्र पनि साहित्यको रस बस्न थाल्यो । उनलाई उनका बुबाले पण्डित बनाउन खोजेका थिए । तर परिवारै त्यस विचारको विरोधमा लागेपछि देवकोटालाई अङ्ग्रेजी पढाउन दरबार स्कुलमा भर्ना गरिएको थियो ।
देवकोटा दरबार स्कुल पढ्दा नै आफ्ना साथीहरूलाई कविता सुनाउने गर्थे । उनका प्रायः साथीले ती कविता देवकोटाले नै लेखेका हुन् भनेर स्विकार्दैनथे । यसै क्रममा एक दिन सबै विद्यार्थी मिलेर यिनको बेइज्जत गर्ने हिसाबले कविता लेख्ने परीक्षा लिए । यिनले पनि सबै विद्यार्थीमाझ कविता लेखे । अनि त्यसै घडी शिक्षकहरूले उनलाई ‘कोपिलाउँदो कवि’को दर्जा दिए ।
देवकोटाले आफ्ना बुबा र कविशिरोमणि लेखनाथ पौडयालका कविता पढेर नै कविता लेख्ने प्रेरणा बटुलेका थिए । उनी छिप्पिँदै गएपछि वर्डर्स्वर्थ र सेलीजस्ता पाश्चात्य कविहरूका प्रभावमा पनि पौडन थाले ।
देवकोटाले दस वर्षनपुगी कविता लेखे । त्यति बेला आफ्नी जेठी भाउजू सोमकुमारीको व्यथामा डुबेर ‘म त अभागी पो भएँ’ शिर्षमा उनले कविता लेखेका थिए ।
देवकोटाको पढाइ राम्रो भएकाले उनले दरबार स्कुलमा आठौँ कक्षाबाट एक्कैचोटि दसौँ कक्षा पढे । उनले १७ वर्षो हुँदा भारतको पटनाबाट म्याट्रिकुलेसनको परीक्षा दिएका थिए ।
देवकोटाले त्रिचन्द्र कलेजमा आइएस्सी पढे । उनले आइएस्सी पढ्दा लेखेको वसन्तषोडसी शीर्षकको कविता ‘लक्ष्मी, टीसी कलेज, नेपाल’का नाऊँबाट गोरखापत्र साप्ताहिकमा छापिएको थियो । त्यसै ताक उनले आफ्ना घरमा टयुसन पनि पढाउन थालेका थिए । उनले प्राइवेट परीक्षार्थीका रूपमा भारतको पटना विश्वविद्यालयबाट बीए पढे र त्यहीबाटै बीएल पनि पास गरे ।
पटनामा बीएल पढेताका देवकोटामा रोमान्सको हरियाली पल्हाएको थियो । त्यसपछि उनले प्रेमविषयक कविताहरू बढी लेख्न थाले । लेखन नै देवकोटाको क्रमशः प्रिय साथी हुन थाल्यो र लेखनमा नै उनको दिनचर्या पनि बित्न थाल्यो ।
देवकोटा चौध भाषा बुझथे । उनीद्वारा नौ भाषामा लेखिएका कविताहरू शारदा मासिकमार्फत जनमाझ पनि आए ।
देवकोटालाई काव्यसागरका जलदेवता भने पनि हुन्थ्यो । उनी उठ्ता, बस्ता, हिँड्दा, सुत्ता, खाँदा वा आफ्ना चेतन र अचेतनका कुनै पनि पलमा काव्यभन्दा बाहिर हुँदैन थिए । बिहान आँखा उघारेदेखि राति आँखा चिम्लेपछिको स्वप्नसंसारमा पनि उनी काव्यसंसारमा नै विचरण गर्थे । उनको बाँचुन्जेलको साथी एउटा कविता थियो र अर्को चुरोट थियो । लेखेका बेला उनी आफ्नै पाण्डुलिपि बालेर चुरोट सल्काएको र त्यसैले सिँगान पुछेको पनि चाल पाउँदैन थिए ।
सोह्र वर्षो उमेरमा देवकोटाको मनदेवी चालिसेसँग विवाह भयो । विवाहपश्चात् देवकोटाको जीवनमा मनदेवी नै संसारभरिका सम्पूर्ण पात्रहरूभन्दा महत्त्वपूर्ण पात्र भइन् । त्यस बेलाको उनको दाम्पत्यप्रेमको प्रगाढतालाई दर्शाएर नै पनि उनले ‘मुनामदन’ लेखे । देवकोटा र मनदेवीले पाँच छोरी र चार छोरा जन्माए ।
देवकोटाले गरिबीका कारण दैनिक अठार घन्टा पनि टयुसन पढाए । झन्नै तीन दर्जनलाई खान पुग्ने धन कमाउँदा पनि उनका घरका पुगनपुग एक दर्जन मान्छे भोकभोकै हिँड्थे । जति पैसा कमाउँदा पनि उनी कङ्गालसरि थिए । ८० बिघा खेत हुँदा पनि उनी भोकभोकै सुत्थे । देवकोटाकी पत्नी मनदेवी धर्ममा समर्पित हुनु र देवकोटा आफु चाहीं अति अव्यवहारिक हुनुका कारण नै देवकोटाको घर सारै दयनीय थियो ।
देवकोटा लाउनका भन्दा खानाका सौखिन थिए । उनले एउटा खसीको टाउको खान पाए भने एउटा खण्डकाव्य नै लेखिदिन्थे । मिठाई पनि उनलाई खुबै मन पर्थ्यो ।
देवकोटाको उधारो खाने ठाउँ डिल्लीबजारको लप्टनको होटल थियो । त्यस होटलमा देवकोटाका नाउँमा अरूहरूले पनि उधारो खान्थे । बगरेसँग पनि उनी उधारो नै मासु लिन्थे । बगरेले पनि महिना मरेपछि उनीसँग तेबारेर नै पैसा लिन्थ्यो ।
देवकोटा जुवातास र पासामा पनि पारङ्गत थिए । साथै उनी गीत पनि गाउँथे, हार्मोनियम र तबला पनि बजाउँथे । उनको सौखको अर्को साधन साइकल पनि थियो ।
राणाकालीन युगमा देवकोटा नेपालमा पुस्तकालय खोल्न लाग्दा झन्नै कैदी पनि भए । तर एक सय रुपियाँ जरिमाना गरेर उनीलाई छोडिएको थियो ।
देवकोटा दूरदर्शी थिए । कुनै बेला उनले ‘उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक !’ कविता लेख्ता धेरैले उनलाई तरङ्गी भने । तर उनी दिवङ्गत हुनुभन्दा सोह्र घन्टाअघि रूसको रकेट चन्द्रलोक पुगेको थियो ।
देवकोटा मानसिक आघातका सिकार भएकाले उनलाई राँची लगियो । उपचारका क्रममा डार्.बर्कले हिलले भनेका थिए, ‘देवकोटाजस्तो मान्छे नेपालमा जन्मने नै होइन । उनी नेपालमा जन्मनु भूगोलको गल्ती हो ।’
लहडी भएकाले देवकोटा बीए, बीएल पढेको दस वर्षम्म जागिरमा छिर्न सकेनन् । अन्ततः उनी नेपाली भाषानुवाद परिषद्मा जागिरे भए । उनी जागिरे हुँदा बालकृष्ण सम र उनको प्रायः बौद्धिक जुहारी चल्थ्यो । त्यसै बेला उनले त्रिचन्द्र कलेजमा पनि प्रोफेसरको जागिर पाए । बीए पास भएर प्रोफेसरको पद पाउने पनि उनी प्रथम नेपाली थिए ।
देवकोटाले पद्म कन्या कलेजमा पनि प्रोफेसरको पद पाए । तर त्यहाँ उनी चार महिना मात्र टिके । त्यसपछि उनले कमर्स कलेजमा पनि प्रोफेसर पद पाए । त्यहाँ पनि उनी तीन महिना मात्र टिके । उनी आफ्नो कार्यालय र कलेजमा कहिले समयभन्दा निक्कै पहिले पुग्थे र कहिले समयभन्दा धेरै ढिलो पुग्थे ।
देवकोटा लहैलहैमा बनारसतिर पनि हान्निए । त्यस बेला उनले त्यहाँ जानेबारे घरपरिवारलाई पनि जानकारी दिएका थिएनन् र त्रिचन्द्र कलेजबाट पनि बिदा लिएका थिएनन् । अनि बनारसकालीन समयमा देवकोटाको जीवनपद्धति बौद्धिक कुल्ली, भरिया र हलीभन्दा माथिको देखिँदैनथ्यो । त्यस बेला उनको प्रमुख काम राणा विरोधमा युगवाणीको सम्पादन गर्ने थियो । उनी वनारसमा आर्थिक रूपमा आक्रान्त भएपछि बबरशमशेरले देवकोटालाई लिन खर्चसहित उनका भाइलाई पठाए । त्यसपछि देवकोटा आफुलाई बनारस लैजानेलाई धिक्कार्दै काठमाडौं फर्किए ।
देवकोटालाई प्रजातन्त्रपछि राजा त्रिभुवनले सल्लाहकार सभाको सदस्यमा मनोनीत गरे । राजा महेन्द्रले पनि देवकोटाको सो पदलाई निरन्तरता दिए ।
देवकोटा त्रिभुवन विश्वविद्यालयको स्थापनासँगसँगै सो विश्वविद्यालयको कमिसनको सदस्यमा मनोनीत भए । त्यसपछि उनैको हस्ताक्षरमा विश्वविद्यालयको रूपरेखा तयार भयो । महेन्द्रको चान्सरलरसिपमा देवकोटा पनि नेपाल एकेडेमीको सदस्य भए । डा.के.आई. सिंहको प्रधानमन्त्रित्वमा गठित मन्त्रिपरिषद्मा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री पनि बने । ११० दिनसम्म मन्त्री भएका बेला पनि उनले नेपाल राष्ट्रभरिका स्कुल र कलेजहरूमा नेपाली भाषामा पढाइ हुने व्यवस्था मिलाए ।
नेपाली भाषासाहित्यमा देवकोटा रूमानी प्रवृत्तिलेखनका श्रीगणेश भए । साथै नेपाली भाषासाहित्यलाई अङ्ग्रेजी भाषासाहित्यमा अनुवाद गरेर सर्वप्रथम पश्चिमी मुलुकमा पुर्‍याउने काम पनि देवकोटाबाट नै भएको थियो ।
भारतीय महापण्डित डा.राहुल साङ्कृत्यायनले भनेका थिए, ‘मैले देवकोटालाई बुद्धपछिको सबैभन्दा ठूलो मानवअवतारका रूपमा लिएको छु ।’ साङ्कृत्यायनले देवकोटालाई भारतका जल्दाबल्दा तीन कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एक जना देवकोटा हुन् भनेका थिए ।
देवकोटा अफ्रोएसियाली लेखकसम्मेलनमा भाग लिन सोभियतसङ्घको तासकन्द गए । चिकित्सकको सल्लाहले त्यस समारोहमा भाषण गर्नुअघि देवकोटालाई दुई बोतल रगत पनि चढाइएको थियो ।
देवकोटा नेपालबाट भिसा र पासपोर्ट नबनाई तासकन्द गएका थिए । त्यसका निम्ति उनलाई मन्त्रिपरिषद्का अध्यक्ष सुवर्णशमशेरदेखि रोयल नेपाल एकेडेमीका भाइस चान्सलर बालचन्द्र शर्मासम्मले हरियो झण्डा देखाएर प्रेरित गरेका थिए । तर पछि तिनै व्यक्तिहरूको सिफारिसमा नै देवकोटाले एकेडेमीबाट पाउने पारिश्रमिक रोक्का गरिएको थियो । तर पछि त्यसको रहस्य खुलेपछि एक महिनाको तलब जरिमाना गरेर राजा महेन्द्रले उनको पारिश्रमिक निकासा गरिदिए ।
देवकोटा २०१६ साल भदौ २९ गते सोमबार साँझको ६ बजेर १० मिनेटमा क्यान्सरका कारणले दिवङ्गत भए ।
Continue Reading | comments

केहि भनाइहरू

महापुरुषहरुका कथन :


मानिसले गर्न नसक्ने काम केही छैन तर गर्नलाई मानिसलाई साहसको आवश्यकता पर्छ ।
-कार्लाईल
जसले आफ्नो समय बरबाद गर्‍यो उसले यो बुझे हुन्छ कि उसको एउटा पनि इच्छा पुरा हुँदैन , उसको जीवन सदा दु:खमय बित्नेछ त्यसैले समयलाई चिन ।
- ब्रर्टेण्ड रसेल
इच्छा के हो ? तपाईंको कार्य क्षमताको पारीक्षा हो ।
- स्टेनबैक
मैले जे चाहे त्यो पाए तर त्यसको लागि मैले के के गर्नु पर्‍यो त्यो केवल मलाई मात्र थाहा छ , मेरो जीवन यसको प्रमाण हो - रुजवेल्ट
उठ, तँ के चाहन्छस ? म तलाई सबै दिन्छु तर पहिला आफुले आँफैलाई चिन ।
- अरस्तु
अरे मानिस , आफ्नो एक सेकेण्ड समय पनि खेर नफाल , साबधान तँ पछुताउनु पर्लास । केही गर्नुछ भने समयको सदुपयोग गर ।
- रिचर्ड जानसन
पागल हो उ जो आफुलाई भाग्यबादी हुँ भन्छ ।
- जर्ज वर्नार्ड शा
प्रसिद्दी प्रत्यक मानिसले प्राप्त गर्न सक्छ तर दुइ प्रकारको बाटो छन , एउटा बाटो राम्रो काम गरेर अर्को नराम्रो काम गरेर । राम्रो काम गरेर प्रसिद्दी धेरै तपस्या गरेर पनि ढिलो मात्र पाईन्छ भने नराम्रो काम गरेर रातारात । अब यो तपाईंको आफ्नो निर्णय हो कि प्रसिद्दी कसरी पाउने ?
- सैमुअल वोन
दिनहिन जीवन कायरले मात्र जिउने गर्छ , के तपाईं कायर हो ?
- माइकल फराडे
हामी आफ्नो भाग्यको बिधाता आफु स्व्यम हौ ।
- अरस्तु
.


तिमी आँफै आफ्नो जीवन बनाउन र बिगार्न सक्छौ , सोच र गर ।
- अल्वा एडिसन
मर्नु भन्दा अगाडि केही गरेर देखाउ ।
- अरस्तु
आफ्नो भलाई चाहन्छौ भने केही काम गर , अल्छिपना त्याग तिमीले सबै पाउने छौ ।
- टिंगसन
आफ्नो जीवनको यि शत्रुहरुलाई चिन
१) अल्छिपना
२) चिन्ता
३) अरुको भर
४) समयको दुरुपयोग
यि ४ शत्रु माथि बिजय पाउने कोशीस गर , तिमीले जे चाहन्छौ त्यो पाउनेछौ ।
- सँत पितर
तिमीले आफ्नो खुट्टामा आँफै बन्चरो हान्छौ जब आफ्नो समय बरबाद गर्छौ र पछी तिमीलाई पश्चाताप हुन्छ । त्यसैले अहिले नै होसियार हुनु ।
- अरस्तु
जे भयो भई सक्यो त्यसलाई भुलीदिनु , काम गर अझै समय छ ।
- एड्गर एलन पो
के भाग्य ईश्वरको हातमा छ ? होइन यो त अल्छिहरुको नारा हो । नत्र सबै कर्म्यठ ब्यक्तीहरुको भाग्य सधैं उज्ज्वल किन हुन्छ ?
- वर्डसवर्थ
मनको भावनाको दशाको नामनै सुख र दु:ख हो ।
- ईबने बतुता
दु:ख के सुख के सबै तिम्रै हातमा छ ।
- शेक्सपियर
स्वास्थ्य छ त सबै छ स्वास्थ्य छैन त केही छैन ।
- लाँगफेलो
स्वास्थ्य मानिसले नै जीवनमा प्रगती गर्न सक्छ ।
- डाक्टर हार्मोन






  1. प्रत्येक महान र प्रेरणादायी कुरा, स्वतन्त्रता पूर्वक काम  गर्न पाएको ब्यक्तिले सृजना गरेको हुन्छ ।  – Albert Einstein
  2. स्वतन्त्रता भनेको उत्तरदायित्व हो । तेही भएर प्राय मान्छे यस देखी डर मान्छन ।   –George Bernard Shaw
  3. सम्विधान सरकारले जनतालाई नियन्त्रण गर्नको लागी बनाइएको उपकरण होईन । यो त सरकारलाई जनताले नियन्त्रण गर्न बनाइएको उपकरण हो ताकी एस्ले हाम्रो जिवन र हीतमाथी दमन गर्न नआओस ।   – Patrick Henry
  4. यदी हामी आफूले घृणा गर्ने ब्यक्तिको वाक स्वतन्त्रतामा बिश्वास गर्दैनौ भने हामी वाक स्वतन्त्रतामा नै बिश्वास गर्दैनौ ।   – Noam Chomsky
  5. तपाईको जिवनमा सधै नै कोही न कोही यस्तो ब्यक्ती अवश्य हुन्छ जस्ले तपाईलाई  केहि नगर नगर भनिरहेको हुन्छ । मुख्य कुरा के हो भने , तपाई उसलाई ध्यानै नदिनोस ।  – Tim Robbins
  6.  राजनितिमा सम्लग्न हुन नचाहनुले तपाईले पाउने एउटा सजाय हो, निम्न स्तरकाहरुबाट शासित हुन पुग्नु ।  – Plato
  7. जब सामानहरुले सीमा पार गर्दैनन तब सेनाले सीमा पार गर्छन ।   – Fredric Bastiat
  8. प्राय: जस्तो दासताको बाटो कस्तो हुन्छ भने, पहिले उनिहरुले तपाईको बन्दुक खोस्छन्, तेसपछी तपाईको सम्पती खोस्छन र अन्तिममा तपाईलाई चुप लाग्न र रमाइलो भैरहेको छ भन्न आदेश दिन्छन ।   – James A. Donald
  9. प्रत्येक मान्छेसँग आफैंमा एउटा यस्तो सम्पती हुन्छ जसमाथी उस्को बहेक अरु कसैको हक लाग्दैन । त्यो हो उस्को शरीरको श्रम र उस्को हातको काम ।    – John Locke
  10. म राजनितिमा चाख यसकारण राख्छु ताकी मैले कुनै दिन यसमाथि चाख राख्नु नपरोस । – Ayn Rand


* मानबको श्रेणी जन्मले होइना कर्मले छूटीन्छ | 
* बिद्या नै यस्तो धन हो जो जति बढ्यो उती नै बढ्छ | 
* बस्तुहरु परिबर्तित हुदैनन तर हामी परिबर्तित हुन्छौ | 
* कसैको अधिक प्रशंसा गर्नु वस्ताब मा उसलाइ धोका दिनु हो | 
* कुनै पनी इमानदार ब्यक्ति एका एक कहिल्याई धनि बन्न सक्दैना | 
* ठुला मनिसलाई जेल बनाउनु भन्दा सनालाई पाठशाला बनाउनु बेश | 
* शुख चाहनेलाई बिद्या र बिद्या चाहने शुख कहिल्याई मिल्दैना | 
* अध्ययन अकशामा चम्केको सूर्य झै चम्केको हुन्छ | 
* आत्मा शान्त भए संसार स्वत शान्त हुन्छ | 
* परिश्रम गर्न र धर्य गर्न सिक | 
* क्रांति सानो चीज होइना तर सानो चीज बाट नै क्रांतिको जन्म हुन्छ | 
* मलाई अशल आमा देऊ म तिमीलाई अशल राष्ट्र दिन्छु | 
* मलाई रगत देऊ म तिमीलाई स्वतंत्रता दिन्छु | 
* फुलको संगतले गर्दा धगोले पनी शिरमा चढ़ने मौका पाउछ | 
* तिम्रो शरीर पबित्र आत्माको मन्दिर हो | 
* जहा कनुनको अन्त हुन्छ त्याहा कुशासनको प्ररारम्भ हुन्छ | 
* मानब को सबै भन्दा ठुलो हथियार आत्म विश्वास हो | 
* मानबको सबै भन्दा निकट मित्र र कठोर दुश्मन सर्ब प्रथम उ स्वयं हो

केहि भनाइहरू
=======
१.तिमी जीवनमा जति गल्ती गर्छौ ,यदि त्यसलाई
दोहोरयाउन्दैनौ भने तिमी महान् बन्दछौ
- खप्तड स्वामी
२. आफ्नो भूलबाट नापिरोलिनुहोस ,पश्चाताप गरेर आँसु नबगाउनुहोस ,बरु यस्तो सोच्नुहोस
कि आउने दिनमा यस्ता भूलबाट कसरी बच्न
सकुँला ?
- स्वेट मार्डेन
३. गल्ती त हुन्छ तर त्यसलाई सुघार्ने प्रयास नगर्नु
नै वास्तविक गल्ती हो - कन्फुसियस
४. भूल गर्नु पनि ज्ञान प्राप्त गर्नु हो
- शुक्रराज शास्त्री
५. विवाहमा कुनै
ग्यारेन्टी हुन्दैन ,यदि ग्यारेन्टी खोज्नु हुन्छ भने
तपाईं कारको ब्याट्रीसंग विवाह गर्नुहोस् - इरमा बोकबेक

"निडर व्यक्तिले नै चाडै सत्तामा अधिकार जमाउँछ ।" शेक्सपियर

"कायर व्यक्ति मात्र भाग्यको भरमा बस्छ ।" बाल्मीकि

"तिमि जति बोल्छौ त्यसको दुइ गुना सुन । " सुकुरात

"पुरानो कोट लगाउ नयाँ कोट किन ।" थोरो

"म नै राष्ट्र हुँ " लुई चौधौँ
Continue Reading | comments

Pageviews

Followers