Nepal Flag

आफ्नो के हो

Jan 6, 2014




घरको लक्ष्मी छोडेर मन्दिरमा नजाउ
बगैचाको फुल गोडेर मन्दिरमा नजाउ
आमाबुवा भन्दा ठुलो को छ र दुनियामा
आफ्नै घरवाई तोडेर मन्दिरमा नजाउ!!!!

फुल रोप्नु आँगनी र गमलामा
माया फुलाउनु आफ्नो चौतारीमा
गोडमेल गरि राख्नु बरु आफ्नै
हृदयको भित्रको मझेरीमा

लक्ष्मी सबै एकै हुन्छन
मन्दिर सबै एकै हुन्छन
मन सबै एकै हुन्छन
दोबाटो सबै एकै हुन्छन

दोका थुनी दोबाटोमा नजाऊ
घर जलाई मन्दिरमा नजाऊ
आत्मा जलाई अरु नरिजाऊ
रोगि बन्न तिमीले नासिकाउ

पुज्नु छ भने घरभित्र पुज
भेट्नु छ भने मनलाई भेट
छुट्न छ भने दोभानसंग छुट
बिर्सनु छ भने धुखालाई बिर्स





Continue Reading | comments

तिम्रो हातमा सुनको चुरा



गाला भरी रातो पोते भिराएर छोड्ने छैन
तिम्रो हातमा सुन को चुरी छिराएर छोड्ने छैन


फलाउला फुलाउला हाम्रो प्रेमको काहानीलाई
खन्जोत गरी प्रेमको बारी विराएर छोड्ने छैन

तिमीलाई जहिले पनि माथि नै पारौला
तल पारी तिमीलाई गिराएर छोड्ने छैन

मलाई भयो तिमीलाई चाहीये आँफै दु:ख गर
एस्तो भनी आदेश दिदै आराएर छोड्ने छैन

गाला भरी रातो पोते भिराएर छोड्ने छैन
तिम्रो हातमा सुन को चुरी छिराएर छोड्ने छैन


टिकाराम गौतम
जरायोटार-०४ ,सिन्धुली
हाल टोकियो ,जापान
Continue Reading | comments

तिमी आउछौ


तिमी आउछौ भन्ने थ्यो
मेरो मन तान्छौ भन्ने थ्यो

घाइते बनाउन मलाई
मुटुमा गोली हान्छौ भन्ने थ्यो

विश्वाश मैले गरेको हुनाले
मेरो भनाइ मान्छौ भन्ने थ्यो

हजारौंको भिड भएता पनि
मलाई नै छान्छौ भन्ने थ्यो

तनले जती टाढा भए पनि
मन्ले आफ्नै ठ्हान्छौ भन्ने थ्यो

यो नयाँ युगमा मैले लानु भन्दा
आट गरेर तिमीले लान्छौ भन्ने थ्यो !!



टिकाराम गौतम
जरायोटार-०४,सिन्धुली
हाल टोकियो जापान
Continue Reading | comments

Facebook Status


मैले हाल सम्म पोस्ट गरेको उत्कृस्ट फेसबुक Status
================================
१ . इर्श्या नगर, डाह नगर, लोभ अनि लालच नगर ---इर्श्या ,डाह ,लोभ अनि लालचले मनलाई दु:खि मात्र बनाऊछ त्यसैले आफुसँग जे छ त्यसमा नै खुशी अनि सन्तुष्टी हुन सिक....!
२ . सुख र दुखको द्धन्दले जिबनको बाटो खन्दछ ..हजारौ चोट सहेर पत्थर यो मुर्ति बन्दन्छ..आउचन हजार चुनौती स्वीकार गर सहर्ष...नयां वर्षको शुभ-कामना ...
३ . सक्छौ माया गर सक्दैनौ माया नगर तर बाध्यताको नाममा धोका नदेऊ !!!उसको पनि मन हो त्यसलाई पनि बुझ्ने कोसिस गर ----!!!
४ . मानिसहरू समयको दास बन्नु त प्रकृतिकै नियम हो, तर हामि त मानिस बाटै दास बनिरहेका छौ, कसले बुझ्छ !!!!
५ . जिवन हर्ष होईन, संघर्ष हो। भविश्यको अनुभुति वर्तमान को चुनौति हो। संसार फेर्ने लक्ष्य संग जोडीएका घुमौरा बाटाहरु हाम्रा लागी परीक्षा हुन् !!!!!
६ . त्यो ब्यक्ति लड्छ जो हिड्ने प्रयास गर्छ र लडिन्छ भन्ने डरले जो हिड्न डराउदछ त्यो कहिलै हिड्न सक्दैन। त्यसैले हिड्न कोसीस् गरौ ....
७ . नयाँ भविष्यको खोजीमा प्यारो देश , आमा बाबा अनि मित्रजन सँग बिदा माग्दै जापान को यात्रा ।JUST REMEMBER . . . . .२०१३ ओक्टोबर २८
८ . संघर्ष र मिहिनेत गर्ने आँटले मलाई यहाँसम्म ल्याएको छ चुनौती आउनु र त्यसको सामना गर्नु तथा निरन्तर संघर्ष गर्नु नै जीवनको सफलता ...हो हैन र !!
९ . चरम् क्रोधमा पनि सम्हालिएर मुसुक्क हाँस्न सक्ने व्यक्तिले नै प्रगति गर्छ...क्रोधमा मानशिक सन्तुलन गुमाउने व्यक्ति सही हुँदाहुँदै पनि हार्छ !!
१०. जिवनको सबभन्दा ठुलो सुख, अनुभव त्यो हो जहाँ " मलाई कसैले माया गर्छ " भन्ने विश्वास पूर्ण हुन्छ ।
११. मायामा यति धेरै त्याग
नदिनु,जस्ले आफ्नो सुन्दर
जिबन नै अन्त्य होस।............
१२ . संसारमा सबभन्दा मुस्किल काम आफूलाई सुधार्नु हो भने...सबभन्दा सजिलो काम अरुको कुरा काट्नु हो...रे !! के छ बिचार साथिहरूको चै....!! ।
१३ . झुट बोल्नु बच्चाको लागी पाप..प्रेमीको लागी कला..अविवाहितको लागी अनिवार्य..बिवाहितको लागी चै शान्तसँग जिउने मार्ग हो रे......
१४ . क्रोधले मान्छेको मनको कुरा कहिले पनि भन्दैन ,यसले त केवल अरुको मनलाइ दुखि तुल्याउछन .. तेसैले धेरै नरिसाउ
१५ . घरको लक्ष्मी छोडेर मन्दिरमा नजाउ
बगैचाको फुल गोडेर मन्दिरमा नजाउ
आमाबुवा भन्दा ठुलो को छ र दुनियामा
आफ्नै घरवाई तोडेर मन्दिरमा नजाउ!!!!


टिकाराम गौतम
हाल टोकियो,जापान

Continue Reading | comments

Pageviews

Followers