Nepal Flag

चुम्बन कि सेक्स ???

Jun 30, 2012



तपाईलाई आफ्नो सम्बन्ध लाई राम्रो बनाउन चुम्बन र सेक्स मध्ये कुनले बढी राम्रो भुमिका खेलेको जस्तो लाग्छ? अमेरिकाको एउटा युनिभर्सिटीमा गरिएको एक सर्वेक्षणमा पुरुषहरुले सेक्स गर्दा र महिलाहरुले किस गरेको बेला आफ्नो सम्बन्ध अझै राम्रो भएको ठान्ने गर्दछन।

१,०४१ जना युनिभर्सिटीका बिद्यार्थीहरु माझ गरिएको सर्वेक्षणमा केटाहरुले केटीहरुले भन्दा बढी किस नै नगरीकन सेक्स सम्बन्ध राख्ने गरेको पाईएको थियो। यस्तै अनुषन्धानको क्रममा किस गर्दा सम्बन्धामा अझै रोमानटिक थपिने अनुभव गरेको पनी पाईएको थियो।

"चुम्बन गर्दा दुवैको तर्फ बाट केही रासायनिक तत्वहरु पनी आदान प्रदान हुने हुनाले यस्तो भएको हुन सक्दछ" रिपोर्टमा उल्लेख गरिएको छ।

"महिलाहरुको तुलनामा पुरुषहरुले बढी खुला मुख र जिब्रोमा चुम्बन गर्न मन पराउछन र यस्तो तरिकाले चुम्बन गर्दा एक अर्कामा रासयनिक पदार्थहरु आदान प्रदान धेरै हुने गर्दछ" अनुषन्धानकर्ता मध्ये एकको भनाई छ।

धेरैले आफ्नो सम्बन्धको एउटा भागको रुपमा चुम्बनलाई लिने गरेको अनुषन्धानको क्रममा पाईएको थियो। "एउटा खराब चुम्बनले तपाईको सम्बन्ध लाई बिगार्न सक्दछ" रिपोर्टमा उल्लेख गरिएको छ। तर महिलाहरुले भने सेक्स गरी सके मात्र चुम्बनको बारेमा सोच्ने गरेको बताएका थिए।
Continue Reading | comments

Nyauli Baru Dalima Nidayo

Nyauli Baru Dalima Nidayo Latest Nepali Lok Geet 2012 By Raju Pariyar



Continue Reading | comments

ठुलो कुरा गर्दिन म


ठुलो कुरा गर्दिन म 
जुनतारा तोडेर दिन 
मिठो मुस्कान दिन्छु 
जो सधैभरी हासीदिन्छ !
सक्दिन म मुटु
छातिबाट फोरेर दिन 
पबित्र माया दिन्छु 
जो सधैभरी बाचिदिन्छ !!
Continue Reading | comments

तिमीलार्इ

Jun 23, 2012

तिमीलार्इ आफुमाथि संका लाग्यो भने एकमुठि माटो उठाउ र सुँघ एकता,भातृत्व र सदभावको सुगन्ध आयो भने मात्र तिमी सच्चा देशभक्त नेपाली हैा ।।।
Continue Reading | comments

मेरा यि आखाँहरू


मेरा यि आखाँहरू हेर
जहा तिम्रो तस्बिरहरू सजिएको हुन्छ।
मेरो हृदयको धड्कन सुनेर हेर
जहा केवल तिम्रो नाम लिइरहेको हुन्छ।।
Continue Reading | comments

अरूको जितमा

Jun 22, 2012


अरूको जितमा मेरो हारमा रमाउ तिमी
मलार्इ छाडि कसैको संघारमा रमाउ तिमी ।
जिन्दगिको यति ठुलो पिडामा बाँचेको छु
मलार्इ परेको यो भारमा रमाउ तिमी ।।
Continue Reading | comments

पैशाले के पार्इन्छ के पार्इदैन

Jun 16, 2012

पैशाले के पार्इन्छ के पार्इदैन


Continue Reading | comments

" तेरो मेरो बाचुन्जेल भनेनी

Jun 12, 2012

" तेरो मेरो बाचुन्जेल भनेनी
करोडपती धनले बनेनी
कसैलाई खोजी हुदैन,
मर्दखेरी लैजानु के छ र
कात्रोमा गोजी हुदैन"
Continue Reading | comments

आदिकवि भानुभक्त

Jun 11, 2012


आदिकवि भानुभक्त

sindhulinepali.blogspot.com

मोतीराम भट्टले १९४८ सालमा भानुभक्त आचार्यलाई आदिकवि लेखे, तर उनले लेखेको त्यो 'आदिकवि' चलेन । १९९७ सालमा जुद्धशमशेर राणाले 'भानुभक्तलाई आदिकवि भने पनि हुन्छ' भन्ने हुकुम दिएपछि मात्र तमामको जीव्रोमा भानुभक्त आदिकवि हुन थाले । अनि सूर्ययविक्रम ज्ञवालीले भानुभक्तबारे मोतीराम भट्टले पूरा गर्न नसकेका प्रायः धेरै काम गरे । साथै बाबुराम आचार्यले पनि भानुभक्तबारे लेखे । अनि भानुभक्तको व्यक्तित्वको परिमार्जन गर्ने काममा ब्रह्ममशमशेर, बालकृष्ण सम, शम्भुप्रसाद ढुङ्ग्याल, विष्णुमायादेवी, धरणीधर कोइराला, पारसमणि प्रधान, भाइचन्द्र प्रधान, हृदयचन्द्रसिंह प्रधान, इन्द्रबहादुर राई, नरनाथ आचार्य, मुक्तिनाथ आचार्य, व्रतराज आचार्य, गिरिराज आचार्य, नारायणदत्त शास्त्री, बालचन्द्र शर्मा, श्रीभद्र शर्मा, जुननाथ शर्मा, सुमन ढकाल, चन्द्रेश्वर दुवेआदि लागे । उनीहरूले भानुभक्त आचार्यका गाथामा सिङ्गासिङ्गै किताब लेखे । भवानी घिमिरेले पनि उनका बारे बृहत् विशेषाङ्क निकाले । यादव खरेलले पनि भानुभक्तको जीवनीमा आधारित कथानक चलचित्र बनाए । म्युजिक नेपालले रामायणका सातकाण्डकै गीतिसीडी प्रकाशमा ल्यायो । जगदीशशमशेर राणाजस्ता नेपाली साहित्यका महारथीहरू पनि भानुभक्तको सम्पूर्ण कीर्ति फैलाउन मन, वचन र कर्मले समर्पित भए । त्यसपछि भानुभक्त झनै चहकिलो रूपमा प्रस्तुत भए ।


मोतीराम भट्टले भानुभक्त आचार्यको जन्म १८६९ साल लेखे । अनि त्यसलाई सुधारेर भानुभक्तकी नातिनी विष्णुमायादेवीले १८७१ साल असार २९ गते भानुभक्त जन्मेको प्रमाण पेस गरिन् । त्यसैगरी नरनाथ आचार्यले पनि भानुभक्तको जन्मकुण्डलीसहित त्यही दफामा आफ्नो बुढी औठा थिचे । बालकृष्ण समले पनि भानुभक्तकी पत्नीको नाउँ रेवती भएको ठहर गरे । साथै भानुभक्तबारे अनुसन्धानको लर्को अझै तानिँदै छ ।
भानुभक्तको बाल्यकालीन समयमा नेपालमा संस्कृत भाषाकै बोलबाला थियो । त्यति बेला नेपाली भाषालाई तुच्छ सम्झिन्थ्यो । तर भानुभक्तले नेपाली भाषालाई आफ्नो शिरको ताज बनाए । उनी सानैमा नेपाली भाषाको कवितामा बोल्थे, कवितामा गाउँथे र कवितामा नाच्थे । एक पटक एक जना बटुवाले उनको परिचय माग्दा उनले कवितामा नै जवाफ दिएका थिए :
पहाड्को अति बेस देश् तनहुंमा श्रीकृष्ण ब्राहृमण् थिया ।
खुप् उच्चा कुल आर्यवंशि हुन गै सत्कर्ममा मन्दिया
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया ।
इन्को नाति म भानुभक्त भनि हूँ यो जानि चिन्ही लिया ।
भानुभक्तले जति जाने आफ्ना बाजे श्रीकृष्ण आचार्यबाट जाने । किनभने उनका बाजे नेपालका छेउभित्तादेखि भारतको कासीसम्म जताजता गए पनि भानुभक्त पनि उनको हातको चोर औंला समाउँदै हिंड्थे। अनि उनका बाजे धार्मिक भइकन विद्वान् पनि थिए । त्यस बखत तनहुँभरि श्रीकृष्णको सुनाउँ थियो । त्यसैले बाल्यकालदेखि भानुभक्तको जीवनचर्या एउटा कविको जस्तो, एउटा जमिनदारको जस्तो र एउटा राजर्षि ठाँटको जस्तै थियो ।
श्रीकृष्ण आचार्यका छोरा धनञ्जयले पनि बाल्यकालदेखि नै विद्याआर्जन गरे । पछि उनी सरकारी खरदार भए र जागिर खाएको केही वर्षमा उनले छोरो पाए । भनौं तनहुँ रम्घाको चुँदीबेसीको आचार्य निवासमा धनञ्जय र धर्मावतीदेवी मिलेर भानुभक्त जन्माए । तर आदिकवि भानुभक्तको सृजनात्मक न्वारन मोतीरामले नै गरिदिए ।
भानुलाई शिरमा बोकेर नै मोती पनि चम्किए । वास्तवमा मोतीरामले भानुभक्तलाई उकास्न पहरा फोरे । कतिसम्म भने भानुभक्तलाई अमर पार्न उनले भानुभक्तको जीवनी लेखेर त्यसलाई जनमन छुने कला झिके। भानुभक्तले घाँसीलाई भेटेर प्रेरणा पाए भनेर भानुभक्तका नाउँमा मोतीराम आफैले कविता लेखेर पनि छपाइदिए :
भर् जन्म घाँसतिर मन दिइ धन् कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो
मो भानुभक्त धनि भै कन आज यस्तो !
यस सिलोकको चौथो हरफमा प्रयुक्त 'मो' शब्दबाट यसको रचना मोतीराम आफैले गरेका थिए । किनभने भानुभक्तले उनका कुनै पनि रचनामा 'म' लाई 'मो' लेखेका छैनन् तर मोतीरामले भने आफ्ना रचनामा 'म'को साटो जताततै 'मो' लेखेका छन् । नेपाली जनजीवनमा साहित्यिक र भाषिक जागरण ल्याउनका लागि मोतीरामले घुँडा टेकेर भानुभक्तलाई उठाए । मोतीरामले नेपाली भाषासाहित्यलाई रातोरात उन्नतिको शिखरमा पुर्‍याउने हेतु भानुभक्त आचार्यको यथेष्ट कदर गरे । त्यसैले उनले भानुभक्तलाई आफ्नो. चरित्र नायकका रूपमा काँधमा बोके । वास्तवमा भानुभक्तलाई नेपाली भाषासाहित्यको शिरताज बनाउन मोतीराम एक्लैले कठोर प्रयत्न गरे ।
भानुभक्तको जीवनकथालाई कारुणिक पार्न मोतीरामले गजाधर सोतीको कथा पनि आफै बुने होलान् । किनभने त्यस जमानामा पाहुना बाहुनलाई घरपिँडीमा मात्र होइन बारीको ढिकी भए ठाउँमा समेत बास बस्न दिइएको छैन । त्यस घडी नेपाली समाजमा साँझका पाहुनालाई देउता तुल्य मानिने परम्परा थियो । त्यसैले घाँसी कविताझै अतिथिको सत्कार गर्नुपर्ने नैतिक शिक्षा पनि भानुभक्तका नाउँबाट नै मोतीराम आफैले यसरी प्रस्तुत गरे होलान् :
गजाधर्सोतीका घर बुढि अलच्छिन्कि रहिछन्
नरक् जानालाई सबसित बिदाबारि भइछन् ।
पुग्यौं साँझ्मा तिन्का घर पिढिमहाँ बास गरियो
निकालिन् साँझैमा अलिक पर गुल्जार गरियो ।
मोतीरामले भानुभक्त आचार्यको जीवनीलाई शाश्वत पार्न अझै मसला हाले । भानुभक्तका मित्र तारापतिको कथा बुनेर पनि भट्टले आचार्यलाई अविष्मरणीय बनाए । मोतीरामका अनुसार एक पटक भानुभक्तलाई आफ्ना साथी तारापति उपाध्यायले घर लिएर गए । त्यो रात भानुभक्त त्यहीँ बसे । तारापतिका घरमा सासुबुहारीले भनाभन र कुटाकुट गरेर रात र्छलङ्गै पारे । रातभरिको जाग्रामपछि बिहानैको मिर्मिरेमा सलेदो बालेर भानुभक्तले 'बधुशिक्षा' लेखे । अनि त्यस घरमा पानी पनि नखाई बिहानै त्याहाँबाट भानुभक्त हिँडे । साथीका घरबाट हिँड्ने बेला उनले आफ्ना साथी तारापतिलाई एउटा कविताको कागज दिए भनेर मोतीरामले नै लेखे । तर यो कविताको खेस्रा पनि भानुभक्तलाई उकास्न मोतीराम आफैले लेखेका थिए भन्न सकिन्छ :
एक् थोक् भन्छु न मान्नु दुक्ख मनमा हे मित्र तारापति
तिम्रा इ जति छन् जहानहरू ता लड्न्या रह्या छन् अती ।

सारै झोक उठयो मलाई र बधु शिक्षा बनाञाँ पनी
यसले पत्नी, बुहारी, छोरिहरूको तालिम् गरौंला भनी ।

भानुभक्तले ३७ वर्षो उमेरमा सरकारी जागिर पाए । तर हाकिमले दुई वर्षमा नै उनको जागिर खोसे । त्यसपछि उनलाई सरकारी रकम हिनामिना गरेको अभियोग लगाइयो । अनि उनलाई कुमारीचोकको खोरमा थुनियो । लेखकका लागि जेलयात्रा वरदान बन्यो । उनले त्यहाँ पाँच महिना कैदी हुँदा रामायणको अयोध्या, अरण्य, श्रीकिष्किन्धा र सुन्दर काण्डको पद्य अनुवाद गरेर सके ।
नेपाली भाषामा रामायण नभएको बेला नेपालभरि पुराणहरू नै पढिन्थ्यो । त्यस बेला संस्कृतका पुस्तक पढ्न सबैलाई अनुमति पनि थिएन । भानुभक्तको रामायण आएपछि सबैका घरघरमा रामायण राखिन थालियो । वास्तवमा त्यसपछि नै नारीपुरुष र जातजाति सबैले समान रूपमा पढ्ने अवसर पाए । अनि बिहेबारीदेखि पुराणसम्ममा पनि भानुभक्तकै रामायण गाउन थालियो । त्यसैले रात दुई गुना र दिन चार गुनाले भानुभक्तको रामायणले देशदेशान्तरमा प्रसिद्धि कमाउन थाल्यो ।
भानुभक्त आचार्यलाई संसारभरिका नेपाली जातिले मानसपिताका रूपमा ग्रहण गरेका छन् । अनि नेपालमा भन्दा भारतमा भानुगाथा गाइन्छ । भारतको पनि दार्जिलिङ र सिक्किम राज्यले भानुजयन्तीलाई पर्वकै रूपमा मनाउने गर्छ । त्यस भेकमा भानुजयन्तीका दिन प्रायः सबैले दौरासुरुवाल र गुन्यूचोलो लगाएका हुन्छन् । त्यस दिन नर्सिङ्गा, टयाम्को र दमाहाले त्यस ठाउँ गुन्जिएको हुन्छ । वास्तवमा त्यहाँ अति नै भव्य रूपमा यिनको जयजयकार गरिन्छ । कतिसम्म भने त्यता लागेको भानुजयन्तीको बेठीको आवाज नेपालमा पनि सुनिन्छ । त्यताका नेपालीगोरखालीका लागि भानुजयन्ती दसैभन्दा ठूलो चाड मानिन्छ ।
भानुभक्तका रचनाहरू नेपाली भाषामा अग्रणी रूपमा रहेका छन् । उनले आफ्नो वैयक्तिक प्रतिभाका कारणले नै रामायण लेखे । 'अध्यात्म रामायण' अनुवाद भएर पनि यस कृतिलाई भानुभक्तले मौलिक रूपमा प्रस्तुत गरे । भानुभक्तअघिका नेपाली कविले नेपाली भाषासाहित्यलाई यति सहज,सरल र मौलिक रूपबाट प्रस्तुत गर्न सकेका थिएनन् । त्यसैले भानुभक्तकृत रामायणलाई नेपाली भाषासाहित्यको पहिलो महाकाव्य भनियो ।
पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको एकीकरण गरे । भानुभक्तले सांस्कृतिक रूपमा नेपाली भाषालाई एउटै मालामा गाँसेर भाषीय एकीकरण गरे । भानुभक्तप्रदत्त नेपाली भाषाका कारण संसारभरिका नेपाली भाषीहरूबीच भाषिक एकता कायम हुन सकेको छ ।
भानुभक्तले रामायणका बालकाण्ड र अरू काण्ड, प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षानामक कृतिहरू नेपाली भाषासाहित्यको मन्दिरमा चढाए । साथै उनका फुटकर कविताहरूको बिटोले पनि नेपाली भाषासाहित्य धन्य भएको छ । उनका अरू धेरै कृतिहरू हुँदाहुँदै पनि भानुभक्तलाई रामायणले नै अमर पार्‍यो, अनि त्यही रामायणले नेपाली भाषालाई नै लोकप्रिय बनायो । वास्तवमा रामायणको आत्मामा बसेको नेपाली भाषासाहित्य नै पनि अमर बन्यो । सृष्टिको अमरताले पनि स्रष्टालाई अमर पार्‍यो । नेपाली भाषासाहित्यको अमरत्वका साथमा भानुभक्त आचार्यको अमरत्व सदार्सवदाका लागि गाँसियो ।
भानुभक्त आचार्यले जीवनमृत्युसँग जुधेर पनि आफ्ना हितकारी धर्मदत्त सुब्बाको आग्रहमा रामायण उत्तर काण्डको 'रामगीता'को नेपाली भाषामा अनुवाद गरे । वास्तवमा त्यस बेला उनी कालज्वरले मरणासन्न भएका थिए । तर पनि उनले आफ्ना छोरा रमानाथलाई 'रामगीता' टिपाए । अन्ततः त्यस कृतिको निर्माणपछि अर्थात् १९२५ सालमा भानुभक्तले आफ्ना भौतिक आँखा चिम्ले।
Continue Reading | comments

एउटा सानो मुटु छुने कथा:



एउटा सानो मुटु छुने कथा:

एउटा गाउँमा एउटा केटा थियो जो आफ्नो एउटा आँखा भएको आमासँग बस्ने गर्दथ्यो । हरेक दिन ऊसको आमाले उसलाई स्कुल पुर्याउन जाने गर्थिन । उसका सबै साथिहरूले उसलाई गिज्याउने गर्दथे र कोहि पनि उसंग साथि बन्न खोज्दैनथे । उनिहरुले उसको आमलाई "कानी" भनेर बोलाऊँथे । साथीहरुको घ्रिणाले गर्दा ऊसको दिमाग्मा नकारात्मक छाप बस्न गयो र आफ्नै जन्म दिने आमलाई घ्रिणाको दृष्‍टिले हेर्न थाल्यो । त्यसैले उसले कडा मेहेनेत गर्‍यो, राम्रो सँग पढ्यो, शहर प्लायन भयो र उतै घरजम गरेर बस्यो । उस्को आमाले लाख कोशिश् गर्दा पनि उ फर्किएन । केही सिप नलागे पछी छोरा र ऊसको परिवारलाई भेट्न आँफै जाने निदो गरिन । अन्तत: उनी छोरा भएको ठाउँमा पुगिन र छोराले ढोका खोल्यो र रिसाउँदै भन्यो-

छोरा: तपाईं किन यहाँ आउनु भएको तपाईंलाई म यति घ्रिणागर्छु की म आफै ब्यक्त गर्न सक्दिन ।

उसका छोरा-छोरीहरूले ती आँखा नभएकी बुढी बजैलाई देखेर भने-

छोरा-छोरी: बाबा को हो यो आँखा नभएको राक्षस जस्तो #???

यो सबै देखेर ऊसको आमा त्यहाँ बाट फर्किन र धेरै बर्ष पछी उसलाई एउटा खबर आयो की ऊसको आमाले यो संसारलाई सधैंको लागि त्याग्न पुगिन । उसको आमाले उसलाई एउटा चिट्ठी छोडेकी थिइन जसमा लेखिएको थियो--

आमा: प्रिय छोरा मलाई थाहा छ की तिमी मलाई एकदम घ्रिणा गर्छौ किनभने मैले गर्दा तिमीलाई धेरै दु:ख भयो । तर तिमीलाई थाहा छ मैले कसरी आफ्नो आँखा गुमाएँ ? जब तिमी सानो थियौ हाम्रो एउटा घातक गाडी दुर्घटना भएको थियो । तिम्रो बाबाको घटना स्थल मै मृत्‍यु भयो र तिमी बेहोसी अवस्थमा थियौ । तिम्रो एउटा आँखा गुमेको थियो त्यसैले मैले मेरो एउटा आँखा तिमीलाई दिएँ ताकि तिमी आफ्नो सामान्य जीवन बिताउन सक्नेछौ । मैले तिमीलाई सधैं माया गरेकी छु छोरा । बिगतमा जे भयो सो भयो बिर्सिदेउ सबै कुरा । तिम्रो जीवन् फलोस् फुलोस यहि छ मेरो शुभकामना.....
"तिम्री आमा"
Continue Reading | comments

सिन्धुली जिल्ला


सिन्धुली जिल्ला बारे
सिन्धुली जिल्ला
Sindhuli district location.png
अञ्चल:जनकपुर अञ्चल
सदरमुकाम:सिन्धुलीमाडी,
क्षेत्रफल:२,४९१ वर्ग किलोमिटर वर्ग कि.मि.
जनसंख्या:
गाविस संख्या:५३
नगरपालिका(हरू):कमलामाई,
संविधानसभा निर्वाचन क्षेत्र संख्या:
भौगोलिक अवस्थिति:भित्री मधेश
सबैभन्दा अग्लो उचाई:मिटर
सबैभन्दा होंचो उचाई:मिटर
प्रमुख जातिहरू:दनुवारतामाङमगरथारूशेर्पाक्षेत्रीब्राह्मणआदि
प्रमुख भाषाहरू:दनुवार, मगर, तामाङ, नेपाली आदि
मानव विकास सुचाङ्क स्थिति:(७५ जिल्लाहरू मध्ये)
टेलिफोन कोड:०४७
प्रमुख जिल्ला अधिकारी:
वेबसाइट:ddcsindhuli.gov.np
 हे  वा  सं 
  • नेपालको एकीकरण भन्दा पूर्व सिन्धुली जिल्ला विशाल मकवानी राज्यमा पर्दथ्यो। मकवानी शासकहरूमा राघव नरेन्द्र सेन मकवानपुर राज्यमा वि.सं. १५३०मा राजा थिए। यी राजा भगवान श्रीरामको परम भक्त भएकाले आफूलाई सिन्धुल उपनामले परिचित गराएका थिए। पछि यिनै राजाको नामवाट यो वस्तिको नाम सिन्धुली जिल्ला रहन गएको हो।
  • सिन्धुली जिल्लाको सदरमुकामबाट करिव ११ किलोमिटरको दूरीमा समुद्री सतहबाट १,०७७ मिटरको उचाईमा सिद्धवावा मन्दिर छ। सिन्धुली सदरमुकामको वरपरका क्षेत्रलाई यही मन्दिरको नामबाट सिद्धस्थली पनि भनेर पुकारिन्छ। सिद्धस्थली भन्ने शब्द नै पछि अपभ्रंस भई सिन्धुली भएको हो भन्ने पनि भनाई छ।
  • यस क्षेत्रमा परापूर्व कालमा सिन्धुल भन्ने राजाले राज्य गरेको हुनाले यीनै राजाको नामबाट सिन्धुली रहन गएको हो।सितामाढी लगायत मधेसबाट सिन्धुलीमाढी हुँदै रामेछाप, दोलखा, वनेपा, भक्तपुर हुँदै काठमाडौंंसम्म जानेवाटो एउटा प्रचलित मार्ग थियो। यही मार्गको विचमा हालको भद्रकाली गा.वि.स.को सिउरानी भन्ने स्थानबाट खुर्कोट निस्कनलाई सुरुङ्ग थियो जसलाई सुन्दुरी पनि भनिन्थ्यो पछि यही सुन्दुरी भन्ने शब्द सिन्धुली भएको हो भन्ने बुझिन्छ।
  • सिन्धुली जिल्लामा अहिले विभिन्न जाती तथा जनजातिहरूको वसोवास रहेतापनि आदिमकालमा यहाँ तामाङहरू बस्दथे। परापूर्व कालदेखि नै घनाजंगलले घेरिएको जिल्ला भएकोले यस ठाँउमा काठ, दाउरा गर्ने काम यहाँका आदीवासी तामाङहरूको दिनचर्या भएको अनुमान गर्न सकिन्छ। दाउरा वा काठ काट्नुलाई तामाङहरू सिङथुवा भन्दछन र दाउरा टिप्यो ?लाईसिङथुजी शब्द अपभ्रंस भएर सिन्धुली भएको हो भन्ने पनि अनुमान गर्न सकिन्छ। [१]
  • २००७ साल अघि सम्म पूर्व २ नम्बर भनेर चिनिने यस जिल्लाको नाम सिन्धुली नै किन रहयो भन्ने सम्बन्धमा यकिन तथ्यहरू भेटिएका छैनन। एक जनश्रुति अनुसार प्राचिन समयमा यस क्षेत्रमा राज्य गर्ने सिन्धुल राजाको नामबाट नै यस जिल्लाको सिन्धुली रहन गएको हो।
  • अर्को एक भनाई अनुसार परापूर्व कालमा यो जिल्ला मकवानपुर राज्यमा पर्दथ्यो, त्यहाँ सेन वंशीय राजाहरूको शासन थियो। त्यस क्षेत्रका ती शासक वा राजाका भारदारहरूको शिकार क्षेत्र सिन्धुली खोंच भएको हुँदा प्रायसः ती राजाको माछा मार्ने ठाउँ त्यो थियो। स्थानीय बोलीमा माछा मार्ने खोलामा बनाइने सानो ठाउँलाई 'दुवाली' भानिन्छ। स्थानीय बोलीमा सेनहरूले माछा मर्ने दुवाली वा छिटो बोल्दा सेनको दुवाली अथवा सेनदुवाली (सेन + दुवाली), सेनदुली हुँदै अपभ्रंस हुँदै सिन्धुली भएको हो। सिन्धुली का एक जना साहित्यकार स्व. उमानाथ शास्त्री ज्युको प्रख्यात महकाब्य 'मकवानिबाला 'मा यो कुरालाईउल्लेख गरिएको पाइन्छ।
भौगोलिक अवस्थिति
  • अक्षांस:-२६ डिग्री ५५" देखि २७ डिग्री २२" उत्तर
  • देशान्तर:- ८५ डिग्री १५" देखि ८६ डिग्री २५" पूर्व
  • कुल क्षेत्रफल:- २,४९१ वर्ग किलोमिटर
  • सबभन्दा अग्लो स्थान:-
  • सबभन्दा होचो स्थान:-
कालिकामाई मन्दिर
सिन्धुली नेपालको मध्यमाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चलमा अवस्थित एक जिल्ला हो। यो जिल्ला नेपालको भित्रि मधेसमा पर्दछ। राजधानीबाट तराई हुँदै यस जिल्ला पुग्न लगभग ४०० किलोमिटर यात्रा पार गर्नु पर्दछ। नवनिर्मित सिन्धुलि-बनेपाको बाटो जाने हो भने २०० किलोमिटर भन्दा कम यात्रामा नै यो जिल्ला पुग्न सकिन्छ।

सिन्धुली जिल्लाको नामाकरणमा विभिन्न प्रसगंहरू जोडिएका छन् ,जसमध्ये केही प्रसंगहरू तल प्रस्तुत गरिएको छ।

कमलामाई नगरपालिका वडा नं. ४ अवस्थित हिन्दुधर्मालम्वीहरूको आस्था र शक्तिकी प्रतिक श्री कालीमाई मन्दिर पूर्वमा ग्वाङखोला, पश्चिममा हरियाली वनजंगलले ढाकेको र विचमा रमणिय मधुटार गाउँको अवलोकन गर्न सकिन्छ। कालिमाईलाई शक्तिको प्रतिकको रूपमा भक्तजनहरूले मान्ने गरेको पाइन्छ। यस मन्दिरमा माघे सङ्क्रान्तिको पर्वमा भब्यमेला लाग्ने गर्दछ। यहाँ हजारौ नरनारीहरू आएर आ–आफ्नो मनोकाङ्क्षा पूरा गर्नको लागि पूजा आराधना गरी परेवा तथा कुखुराको वलि चढाउने गर्दछन्। राणाशासन कालमा सेनाको एक टुकडि आएर पहिला कालिमाईलाई र त्यसपछि कमलामाईलाई सलामी दिने गरेको उदाहरण विभिन्न लेख रचनाहरूमा उल्लेख गरेको पाइन्छ। दिलिपकुमार थापा द्धारा लिखित “सिन्धुलीको धार्मिक तथा ऐतिहासिक झलक” नामक पुस्तकमा उल्लेख गरिए अनुसार सिन्धुली गढीका तत्कालिन बडाहाकीम मिन्टुजङ्ग राणाले कालिमाइलाई सलामि दिनु पर्दैन श्री कमलामाईलाई मात्र गएर सलामी दिए हुन्छ भनेर सेनालाई आदेश दिएर कमलामाईको मन्दिरतर्फ बढ्न थालेपछि एक्कारी बडा हाकिम समेतका सेनाहरू थरथर काम्नथाले पछि अहो ! वित्यास म-यो श्री कमलामाईलाई सलामि नदिएर पो यस्तो भएको हो कि ? जाऊँ फर्केर भनि कालीमाईको मन्दिरमा आइपुग्नासाथ बेहोस भएछन। तत्कालिन पूजारीले श्री कालीमाईको स्तुति पुकारापात गरेपछि बडाहाकिम समेत होसमा आई सैनिकहरूले विधिपूर्वक श्रीइ कालीमाइलाई सलामी दिएर कमलामाइको मन्दिर तर्फ गएको भनाई उल्लेख गरेका छन्। हाल सम्म पनि भक्तजनहरू पहिला कालिकामाईको पूजा आराधना गरेर मात्र कमलामाईलाईको दर्शन गर्न जान्छन्।
यस कालिकामाई मन्दिरको स्थापना कहिले र कसले स्थापना ग¥यो भन्नेबारे हाल सम्म कुनै अभिलेख प्राप्त भएको छैन। शक्तिकी प्रतिक जगनजननी श्री कालीमाईको भक्तिभावले पूजाआराधना गर्नाले आफ्नो मनोकांक्षा पूराहुने र शक्ति प्राप्त हुने जनआस्था र विश्वास हालसम्म पनि उत्तिकै रहि आएको पाइन्छ।[
Continue Reading | comments

महाकवी लक्ष्मी प्रसाद देवकोटा




महाकवी लक्ष्मी प्रसाद देवकोटा जीवनी (१९०९-१९५९)
लक्ष्मीप्रसाद देवकोटा (जन्म वि० सं० १९६६ (सन् १९०९), मृत्यु बिसं २०१६ (सन् १९५९)) नेपाली साहित्यका महाकवि हुन्। देवकोटा नेपाली साहित्यका बिभिन्न विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए। उनले कविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च कोटिको मानिन्छ। उनले मुनामदन, सुलोचना, शाकुन्तल जस्ता अमर कृतिहरू लेखेका थिए। बिशेष गरी मुनामदन कृतिका लागि उनी सबैभन्दा प्रख्यात छन्।

तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मी देवकोटाका छ भाइ छोराहरूमध्ये लक्ष्मीप्रसाद देवकोटा साइँला छोरा थिए । लक्ष्मीप्रसादका सात जना दिदीहरू थिए ।
लक्ष्मीप्रसाद देवकोटाको जन्म १९६६ साल कात्तिक २७ गते शुक्रबार काठमाडौ, डिल्लीबजारमा भएको थियो । उनको न्वारानको नाउँ तिर्थमाधव देवकोटा हो । तर तिहारको लक्ष्मीपूजामा जन्मेका हुँदा उनलाई लक्ष्मीप्रसाद भनियो ।

देवकोटा जन्मेदेखि नै उनका घरमा अनेक कष्टहरूको प्रवेश भइरहृयो । उनको घरको व्यवस्थापकीय ढाँचा पनि अत्यन्तै दयनीय थियो । साथै उनको घरले गरिबीको रेखालाई नाघ्न पनि सकेको थिएन । त्यसैले उनी सानैमा भन्थे, ‘म अङ्ग्रेजी पढ्छु र धेरै पढेपछि टयुसन गरेर पैसा कमाउँछु ।’ तर उनीचाहिं जन्मेदखि नै रोगी थिए ।
देवकोटाले बाल्यकालमा नै अमरकोश घोकेका थिए र स्तोत्रमाला पढेका थिए । उनी सानैदेखि आफ्ना बुबाको कविता साफी गर्थे । आफ्ना बुबाको कविता सार्दासार्दै उनीभित्र पनि साहित्यको रस बस्न थाल्यो । उनलाई उनका बुबाले पण्डित बनाउन खोजेका थिए । तर परिवारै त्यस विचारको विरोधमा लागेपछि देवकोटालाई अङ्ग्रेजी पढाउन दरबार स्कुलमा भर्ना गरिएको थियो ।
देवकोटा दरबार स्कुल पढ्दा नै आफ्ना साथीहरूलाई कविता सुनाउने गर्थे । उनका प्रायः साथीले ती कविता देवकोटाले नै लेखेका हुन् भनेर स्विकार्दैनथे । यसै क्रममा एक दिन सबै विद्यार्थी मिलेर यिनको बेइज्जत गर्ने हिसाबले कविता लेख्ने परीक्षा लिए । यिनले पनि सबै विद्यार्थीमाझ कविता लेखे । अनि त्यसै घडी शिक्षकहरूले उनलाई ‘कोपिलाउँदो कवि’को दर्जा दिए ।
देवकोटाले आफ्ना बुबा र कविशिरोमणि लेखनाथ पौडयालका कविता पढेर नै कविता लेख्ने प्रेरणा बटुलेका थिए । उनी छिप्पिँदै गएपछि वर्डर्स्वर्थ र सेलीजस्ता पाश्चात्य कविहरूका प्रभावमा पनि पौडन थाले ।
देवकोटाले दस वर्षनपुगी कविता लेखे । त्यति बेला आफ्नी जेठी भाउजू सोमकुमारीको व्यथामा डुबेर ‘म त अभागी पो भएँ’ शिर्षमा उनले कविता लेखेका थिए ।
देवकोटाको पढाइ राम्रो भएकाले उनले दरबार स्कुलमा आठौँ कक्षाबाट एक्कैचोटि दसौँ कक्षा पढे । उनले १७ वर्षो हुँदा भारतको पटनाबाट म्याट्रिकुलेसनको परीक्षा दिएका थिए ।
देवकोटाले त्रिचन्द्र कलेजमा आइएस्सी पढे । उनले आइएस्सी पढ्दा लेखेको वसन्तषोडसी शीर्षकको कविता ‘लक्ष्मी, टीसी कलेज, नेपाल’का नाऊँबाट गोरखापत्र साप्ताहिकमा छापिएको थियो । त्यसै ताक उनले आफ्ना घरमा टयुसन पनि पढाउन थालेका थिए । उनले प्राइवेट परीक्षार्थीका रूपमा भारतको पटना विश्वविद्यालयबाट बीए पढे र त्यहीबाटै बीएल पनि पास गरे ।
पटनामा बीएल पढेताका देवकोटामा रोमान्सको हरियाली पल्हाएको थियो । त्यसपछि उनले प्रेमविषयक कविताहरू बढी लेख्न थाले । लेखन नै देवकोटाको क्रमशः प्रिय साथी हुन थाल्यो र लेखनमा नै उनको दिनचर्या पनि बित्न थाल्यो ।
देवकोटा चौध भाषा बुझथे । उनीद्वारा नौ भाषामा लेखिएका कविताहरू शारदा मासिकमार्फत जनमाझ पनि आए ।
देवकोटालाई काव्यसागरका जलदेवता भने पनि हुन्थ्यो । उनी उठ्ता, बस्ता, हिँड्दा, सुत्ता, खाँदा वा आफ्ना चेतन र अचेतनका कुनै पनि पलमा काव्यभन्दा बाहिर हुँदैन थिए । बिहान आँखा उघारेदेखि राति आँखा चिम्लेपछिको स्वप्नसंसारमा पनि उनी काव्यसंसारमा नै विचरण गर्थे । उनको बाँचुन्जेलको साथी एउटा कविता थियो र अर्को चुरोट थियो । लेखेका बेला उनी आफ्नै पाण्डुलिपि बालेर चुरोट सल्काएको र त्यसैले सिँगान पुछेको पनि चाल पाउँदैन थिए ।
सोह्र वर्षो उमेरमा देवकोटाको मनदेवी चालिसेसँग विवाह भयो । विवाहपश्चात् देवकोटाको जीवनमा मनदेवी नै संसारभरिका सम्पूर्ण पात्रहरूभन्दा महत्त्वपूर्ण पात्र भइन् । त्यस बेलाको उनको दाम्पत्यप्रेमको प्रगाढतालाई दर्शाएर नै पनि उनले ‘मुनामदन’ लेखे । देवकोटा र मनदेवीले पाँच छोरी र चार छोरा जन्माए ।
देवकोटाले गरिबीका कारण दैनिक अठार घन्टा पनि टयुसन पढाए । झन्नै तीन दर्जनलाई खान पुग्ने धन कमाउँदा पनि उनका घरका पुगनपुग एक दर्जन मान्छे भोकभोकै हिँड्थे । जति पैसा कमाउँदा पनि उनी कङ्गालसरि थिए । ८० बिघा खेत हुँदा पनि उनी भोकभोकै सुत्थे । देवकोटाकी पत्नी मनदेवी धर्ममा समर्पित हुनु र देवकोटा आफु चाहीं अति अव्यवहारिक हुनुका कारण नै देवकोटाको घर सारै दयनीय थियो ।
देवकोटा लाउनका भन्दा खानाका सौखिन थिए । उनले एउटा खसीको टाउको खान पाए भने एउटा खण्डकाव्य नै लेखिदिन्थे । मिठाई पनि उनलाई खुबै मन पर्थ्यो ।
देवकोटाको उधारो खाने ठाउँ डिल्लीबजारको लप्टनको होटल थियो । त्यस होटलमा देवकोटाका नाउँमा अरूहरूले पनि उधारो खान्थे । बगरेसँग पनि उनी उधारो नै मासु लिन्थे । बगरेले पनि महिना मरेपछि उनीसँग तेबारेर नै पैसा लिन्थ्यो ।
देवकोटा जुवातास र पासामा पनि पारङ्गत थिए । साथै उनी गीत पनि गाउँथे, हार्मोनियम र तबला पनि बजाउँथे । उनको सौखको अर्को साधन साइकल पनि थियो ।
राणाकालीन युगमा देवकोटा नेपालमा पुस्तकालय खोल्न लाग्दा झन्नै कैदी पनि भए । तर एक सय रुपियाँ जरिमाना गरेर उनीलाई छोडिएको थियो ।
देवकोटा दूरदर्शी थिए । कुनै बेला उनले ‘उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक !’ कविता लेख्ता धेरैले उनलाई तरङ्गी भने । तर उनी दिवङ्गत हुनुभन्दा सोह्र घन्टाअघि रूसको रकेट चन्द्रलोक पुगेको थियो ।
देवकोटा मानसिक आघातका सिकार भएकाले उनलाई राँची लगियो । उपचारका क्रममा डार्.बर्कले हिलले भनेका थिए, ‘देवकोटाजस्तो मान्छे नेपालमा जन्मने नै होइन । उनी नेपालमा जन्मनु भूगोलको गल्ती हो ।’
लहडी भएकाले देवकोटा बीए, बीएल पढेको दस वर्षम्म जागिरमा छिर्न सकेनन् । अन्ततः उनी नेपाली भाषानुवाद परिषद्मा जागिरे भए । उनी जागिरे हुँदा बालकृष्ण सम र उनको प्रायः बौद्धिक जुहारी चल्थ्यो । त्यसै बेला उनले त्रिचन्द्र कलेजमा पनि प्रोफेसरको जागिर पाए । बीए पास भएर प्रोफेसरको पद पाउने पनि उनी प्रथम नेपाली थिए ।
देवकोटाले पद्म कन्या कलेजमा पनि प्रोफेसरको पद पाए । तर त्यहाँ उनी चार महिना मात्र टिके । त्यसपछि उनले कमर्स कलेजमा पनि प्रोफेसर पद पाए । त्यहाँ पनि उनी तीन महिना मात्र टिके । उनी आफ्नो कार्यालय र कलेजमा कहिले समयभन्दा निक्कै पहिले पुग्थे र कहिले समयभन्दा धेरै ढिलो पुग्थे ।
देवकोटा लहैलहैमा बनारसतिर पनि हान्निए । त्यस बेला उनले त्यहाँ जानेबारे घरपरिवारलाई पनि जानकारी दिएका थिएनन् र त्रिचन्द्र कलेजबाट पनि बिदा लिएका थिएनन् । अनि बनारसकालीन समयमा देवकोटाको जीवनपद्धति बौद्धिक कुल्ली, भरिया र हलीभन्दा माथिको देखिँदैनथ्यो । त्यस बेला उनको प्रमुख काम राणा विरोधमा युगवाणीको सम्पादन गर्ने थियो । उनी वनारसमा आर्थिक रूपमा आक्रान्त भएपछि बबरशमशेरले देवकोटालाई लिन खर्चसहित उनका भाइलाई पठाए । त्यसपछि देवकोटा आफुलाई बनारस लैजानेलाई धिक्कार्दै काठमाडौं फर्किए ।
देवकोटालाई प्रजातन्त्रपछि राजा त्रिभुवनले सल्लाहकार सभाको सदस्यमा मनोनीत गरे । राजा महेन्द्रले पनि देवकोटाको सो पदलाई निरन्तरता दिए ।
देवकोटा त्रिभुवन विश्वविद्यालयको स्थापनासँगसँगै सो विश्वविद्यालयको कमिसनको सदस्यमा मनोनीत भए । त्यसपछि उनैको हस्ताक्षरमा विश्वविद्यालयको रूपरेखा तयार भयो । महेन्द्रको चान्सरलरसिपमा देवकोटा पनि नेपाल एकेडेमीको सदस्य भए । डा.के.आई. सिंहको प्रधानमन्त्रित्वमा गठित मन्त्रिपरिषद्मा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री पनि बने । ११० दिनसम्म मन्त्री भएका बेला पनि उनले नेपाल राष्ट्रभरिका स्कुल र कलेजहरूमा नेपाली भाषामा पढाइ हुने व्यवस्था मिलाए ।
नेपाली भाषासाहित्यमा देवकोटा रूमानी प्रवृत्तिलेखनका श्रीगणेश भए । साथै नेपाली भाषासाहित्यलाई अङ्ग्रेजी भाषासाहित्यमा अनुवाद गरेर सर्वप्रथम पश्चिमी मुलुकमा पुर्‍याउने काम पनि देवकोटाबाट नै भएको थियो ।
भारतीय महापण्डित डा.राहुल साङ्कृत्यायनले भनेका थिए, ‘मैले देवकोटालाई बुद्धपछिको सबैभन्दा ठूलो मानवअवतारका रूपमा लिएको छु ।’ साङ्कृत्यायनले देवकोटालाई भारतका जल्दाबल्दा तीन कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एक जना देवकोटा हुन् भनेका थिए ।
देवकोटा अफ्रोएसियाली लेखकसम्मेलनमा भाग लिन सोभियतसङ्घको तासकन्द गए । चिकित्सकको सल्लाहले त्यस समारोहमा भाषण गर्नुअघि देवकोटालाई दुई बोतल रगत पनि चढाइएको थियो ।
देवकोटा नेपालबाट भिसा र पासपोर्ट नबनाई तासकन्द गएका थिए । त्यसका निम्ति उनलाई मन्त्रिपरिषद्का अध्यक्ष सुवर्णशमशेरदेखि रोयल नेपाल एकेडेमीका भाइस चान्सलर बालचन्द्र शर्मासम्मले हरियो झण्डा देखाएर प्रेरित गरेका थिए । तर पछि तिनै व्यक्तिहरूको सिफारिसमा नै देवकोटाले एकेडेमीबाट पाउने पारिश्रमिक रोक्का गरिएको थियो । तर पछि त्यसको रहस्य खुलेपछि एक महिनाको तलब जरिमाना गरेर राजा महेन्द्रले उनको पारिश्रमिक निकासा गरिदिए ।
देवकोटा २०१६ साल भदौ २९ गते सोमबार साँझको ६ बजेर १० मिनेटमा क्यान्सरका कारणले दिवङ्गत भए ।
Continue Reading | comments

जानी राखैा


1.             पशुपति नाथलाई मुख अष्टमीका दिन मुकुट लगाइ दिने चलन छ।
2.             राजा योगनरेन्द्र मल्लको मृत्यू हुँदा ३१ रानी सती गएका थिए।
3.             रानी पोखरीको वास्तविक नाम बिष्णुतीर्थ हो।
4.             नेपालको सबभन्दा ठूलो मानपदवी महेन्द्रमाला हो।
5.             योगी नरहरी नाथको बाल्यकालको नाम बल बिर सिँह थापा हो।
6.             नेपालमा सर्वप्रथम महेन्द्र प्रज्ञा पुरस्कार पाउने ब्यक्ति दौलत बिक्रम बिष्ट हुन्।
7.             बँगाली भाषाको सर्वश्रेष्ठ साहित्यकार रवीन्द्रनाथ टैगोर हुन्।
8.             ३० रूपैयाँको नोटनामक पुस्तकको लेखक हृदयचन्द्रसिँह प्रधान हुन्।
9.             आजफेरी अर्को तन्ना फेरिन्छनामक कथा रमेश विकलले लेखेका हुन्।
10.          दशजना लेखकहरू मिली लेखिएको एक मात्र उपन्यासको नाम आकाश बिभाजित छभन्ने हो।
जानकारीहरूः
1.             समुन्द्रको गहिराइ नाप्ने यन्त्रलाई फेदो मिटरु भनिन्छ भने ग्याँसको नाप नाप्ने यन्त्रलाई मैना मिटर भनिन्छ।
2.             भारतको राजधानी दिल्लीको पुरानो नाम इन्द्रप्रस्थ हो।
3.             शनिग्रह पृथ्वीभन्दा ६५० गुणा ठूलो छ।
4.             एसिया र यूरोप जोडने शहर स्तान्बुल हो।
5.             नेपालमा भेटनरी सर्जन पास गर्ने प्रथम ब्यक्ति मेजर दिल बहादुर खत्री हुन्।
6.             शँकरदेव क्याम्पसको पुरानो नाम नेशनल कलेज हो।
7.             काटमाडौँको घण्टाघर १०५ फिट अग्लो छ।
8.             विश्वमा सबैभन्दा धेरै बालमजदुरहरू भएको देश भारत हो।
9.             पृथ्वीबाट मँगलग्रहको दूरी ४० करोड माइल छ।
10.          सौर्य उर्जाबाट चल्ने फ्रिज आविस्कार गर्ने देश फ्रान्स हो।
धर्मका कुराः
1.             भगवान बिष्णु सुत्ने समुन्द्रलाई क्षीर सागर भनिन्छ।
2.             गौतमबुद्धको घोडाको नाम कन्ठक हो।
3.             भगवान पशुपतिनाथका पाँच मुख छन्। ती हुन् ईशान, अघोर, बामदेव, तत्वपुरूष, सद्योजात।
4.             पाञ्चायन देवता भन्नाले शिव, बिष्णु, गणेश, सूर्य र देवीलाई बुझिन्छ।
5.             इन्द्रकी आमाको नाम बसुन्धरा हो।
के तपाईलाई थाहा छ?
1.             नेपालका ताप्लेजुङ्ग र दार्चुला जिल्लाले चीन र भारतलाई छोएको छ।
2.             नेपालमा सर्वप्रथम रू ५ को डलर राजा बीरेन्द्रको पालामा २०४० सालमा निक्लेको हो।
3.             आगो पार्न सकिने काठहरू भक्केम्लो र ऐँसेलुका हुन यसलाई प्रयोग गर्न सकिन्छ।
4.             मियाँलको बोटको रूखलाई कलमी गरेर  नक्कली नासपाती फल्ने र यसलाई पुनः कलमी गरेमा सक्कली नासपातीको बोट भइ फल्ने हुन्छ।
5.             फागू खेलेर नँया बर्षको स्वागत गर्ने देश बर्मा हो।
6.             बिश्वमा फिनल्याण्ड देशका मानिसहरू सबैभन्दा पत्रपत्रिका पढन रूचाउँदछन्।
7.             गौतमबुद्धले लगाउने कपडालाई बिवर भनिन्छ।

नेपालको सबैभन्दा ठूलो सिमेन्ट कारखाना कुन जिल्लामा पर्दछ ?- उदयपुर


चिया खेतीमा प्रसिद्धी पाएको जिल्ला कुन हो ?- इलाम


प्रशासन सुधारका लागि बुच कमिशन कहिले गठन भयो ?- २००९ सालमा


नेपालको प्रतिस्पिर्धी क्षमता भएको क्षेत्र कुन हो ?- जलश्रोत


गोभरगाढा भन्ने स्थान कुन जिल्लामा पर्छ ?- सप्तरी


विश्व हुलाक संघमा हाल कति वटा राष्ट्रले सदस्यता लिएका छन्- १८९


विश्वमा सबैभन्दा बढी टेलिफोन प्रयोग गर्ने देश कुन हो ?- स्वीडेन


नेपाल राष्ट्र बैंकका प्रथम गर्भनरको नाम के हो ?- हिमालय शंमशेर जबरा


२००७ सालको आन्दोलन कस्को नेतृत्वमा कहिलेदेखि प्रारम्भ भयो ?- मातृकाप्रसाद कोइराला२००७ साल कार्तिक २५ देिख


एसियामा हालसम्म कति पटक ओलम्पिक खेल सम्पन्न भयो ?- तीन पटक


एसियामा हालसम्म कति पटक ओलम्पिक खेल सम्पन्न भयो ?- तीन पटक


नेपालको १६ औ राष्ट्रिय विभुती को हुन् ? -फाल्गुनन्द


क्षेत्रफलको हिसावले सार्कको दोस्रो सानो राष्ट्र कुन हो?- -भुटान


राज्यको पुनसर्ंरचना तथा संघीय शासन प्रणाली पछिको स्वरुपसम्बन्धी विषयको अन्तिम टुङगो कसले निर्धारण गरे बमोजिम हुने छ ?- संविधान सभा


१४ औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालले कति पदक प्राप्त गर्न सफल भयो ?- -३ कास्य


माहुरीले कुन रङग छुट्याउन सक्दैन ?- -पहेलो


६ माहुरीले कुन रङग छुट्याउन सक्दैन ?- -पहेलो


५ वेहोस अवस्थामा रहेको बिरामीको व्यवस्थापन गर्दा सबभन्दा पहिले कुन कुरालाई ध्यान दिनुपर्छ ?- -श्वासप्रश्वास


४ सौर्य सम्वत् ३६५ दिनको हुन्छ भने चन्द्र सम्वत् कति दिनको हुन्छ ?- -३५४ दिन


३ नेपाली भाषाको व्याकरण लेखनमा कलम चलाउने प्रथम विदेशी बिद्धान को हुन् ?- -जे.एन.एटन
२ हिमाली क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजाति मध्ये ूअति सिमान्तकृत समूह ज्ष्नजथि ःबचनष्लबष्किभम न्चयगउू मा परेका जनजाति कति छन् ?
- -३सियारल्ह्ोमीथुदाम


१) ठुली छोरीको बडानी पूजा भनी व्रतवन्ध गर्ने चलन कुन जातिमा छ ?
- -व्याँसी


Continue Reading | comments

Pageviews

Followers

Blog Archive