Nepal Flag

रोचक


भुगोलसम्बन्धी केही रोचक तथ्य



@ अन्टार्टिकामा पानी यति चिसो छ कि त्यहाको पानीमा भएको कुनै पनि चिज सड्ने गल्ने हुँदैन ।
@ यदि अन्टार्टिकामा जमेको सबै बर्फ पग्लने हो भने संसारको सबै समुद्रहरुमा ६० देखी ६५ मिटर अर्थात २०० देखी २१० फुट सम्म पानीले भरिनेछ ।
@ अहिले सम्मको रिकर्ड गरिएको अन्टार्टिकाको सबै भन्दा बढी तापमान ३ डिग्री फरेनहाईट हो ।
@ एक औसत हिमश्रिन्खला (Ice berg) को वजन लगभग २ करोड टन हुन्छ ।
@ विश्वको सबै बन क्षत्र मध्य २५% भन्दा पनि धेरै भाग साइबेरियामा पर्छ ।
@ टैक्सासको होस्टन नगर धसान (दलदल) माथी बसेको छ र यो बिस्तारै बिस्तारै तल धसेर गईरहेको छ ।
@ समुद्रको एक घन मिल (One cubic mile) पानीमा लगभग ५० पौण्ड सुन घुलेको हुन्छ ।
@ संसारमा प्रति बर्ष ५०,००० भन्दा बढी भुकम्प आउने गर्छ ।
@ अमेरिकाको State of Florida पुरै इंग्लैंड भन्दा पनि ठुलो छ ।
@ अमेरिकाको Mammoth Cave System संसारकै सबै भन्दा गहिरो खाडलको जुन ६०,००० मिटर गहिरो छ ।
@ इजराइलको मृत सागर समुद्र सतह भन्दा १३१२ फुट तल छ ।
@ युरोप एक मात्र यस्तो महाद्विप हो जहाँ कुनै मरुभुमी छैन ।
@ चन्द्रमा तपाईंको टाउकोको ठीक माथि आई पर्दा उसको गुरुत्वआकर्षणको कारण तपाईंको वजन थोरै काम हुन पुग्छ ।
@ एउटा ज्वालामुखीले आफ्नो ज्वाला करिब ५०,००० किलोमिटर सम्म पर फ्याक्नसक्ने क्षमता राख्छ ।
@ Pacific Ocean मा संसारकै सबै भन्दा गहिरो ठाउँ Mariana Trench को जुन ३५,७९७ फिट (१०,९११ मिटर) गहिरो छ, यो विश्वको सबै भन्दा अग्लो हाम्रो सगरमाथाको उचाइ भन्दा पनि गहिरो हो ।
@ विश्वको सबै भन्दा होचो Mountain Mount Wycheproof in Victoria अस्ट्रेलियामा छ जुन मैदान भन्दा मात्र १४० फिट अग्लो छ ।
@ विश्वको सबै भन्दा ठुलो Island Greenland हो जुन २१३१६०० किलोमिटर फैलिएको छ । यो लम्बाइ विश्वको दोस्रो ठुलो Island भन्दा तीन गुना ठुलो हो । दोस्रो ठुलो Island New Guinea ७९०००० किलोमिटर लम्बाइको छ ।
                                                                                                             


पत्याउनै गाह्रो हुने केहि  सत्यहरू

>>> टिकाराम गैातम

ईश्वरको अस्तित्वमा विश्वास गर्नु युक्तिहीन, अतार्किक वा अवैज्ञानिक हो? हुनत, अहिलेका धेरैजसा प्रसिद्ध वैज्ञानिक निरीश्वरवादका समर्थक छन् तर विगतमा, र आज पनि, धेरै वैज्ञानिक ईश्वरको अस्तित्वमा विश्वास गर्छन् ।

निकोलस कोपर्निकस (१४७३-१५४३) पोल्यान्डका खगोलशास्त्री थिए। उनले पहिलोपल्ट ग्रहहरू सूर्यको वरिपरि घुम्छन् भन्ने गणितमा आधारित सिद्धान्त प्रस्तुत गरेका थिए। उनी सन् १४९७ मा क्याथलिक चर्चको पादरी बनेका थिए। कोपर्निकसले आफ्नो नयाँ सिद्धान्त पहिलोपल्ट सन् १५३३ मा इसाई धर्मगुरु पोप क्लिमेन्ट सातौँको उपस्थितिमा पोपको निवास भाटिकनको उद्यानमा प्रस्तुत गरेका थिए। पोपले कोपर्निकसको सिद्धान्तलाई स्वीकृति प्रदान गरेका थिए। कोपर्निकसले आफ्नो प्रस्तुतिमा ईश्वरको बारम्बार उल्लेख गरेका थिए। उनी आफ्नो सिद्धान्त र बाइबलबीच कुनै असहमति नभएको बताउँथे।
फ्रान्सिस बेकन (१५६१-१६२७) पहिलोपल्ट प्रयोगमा आधारित वैज्ञानिक खोजको विधि स्थापित गर्ने दार्शनिक हुन्। उनको जीवनको लक्ष्य सत्यको खोज र चर्चको सेवा थियो। उनले निरीश्वरवादलाई ठाडै अस्वीकार गरेका थिए। उनी निरीश्वरवादीहरूमा दर्शनको गहिरो अध्ययनको अभाव भएको आरोप लगाउँथे।
योहानेस केप्लर (१५७१-१६३०) उत्कृष्ट गणितज्ञ र खगोलशास्त्री थिए। उनले ग्रहहरूले सूर्यलाई परिक्रमा गर्नेबारे नियम स्थापित गरेका थिए। न्युटन जन्मनुअघि नै उनी गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाउने कार्यमा सफलताको नजिक पुगिसकेका थिए। उनले आधुनिक खगोलशास्त्रको विकासमा ठुलो योगदान पुर्‍याएका थिए। उनी प्रोटेस्टान्ट इसाई धर्मका अनुयायी थिए। ईश्वरप्रति उनको ठूलो विश्वास थियो। केप्लर ईश्वरले ब्रáाण्ड कुनै उत्कृष्ट गणितीय सिद्धान्तअनुसार निर्माण गरेकोमा विश्वस्त थिए।
ग्यालिलियो ग्यालिलि (१५६४-१६५०) लाई सामान्यतः रोमन क्याथ्योलिक चर्चसँग उनको द्वन्द्वका सन्दर्भमा सम्झिने गरिन्छ। उनको सौर्यमण्डलबारेको सन् १६३३ मा प्रकाशित कृतिमा सूर्य केन्द्रित सिद्धान्तको बयान गरिएको थियो। उक्त सिद्धान्तको प्रमुख निष्कर्ष पृथ्वीले सूर्यको परिक्रमा गर्छ भन्ने थियो। तर त्यस सिद्धान्त पर्याप्त प्रमाणबीनाको र बाइबलविरुद्ध भएको ग्यालिलियोका विरोधीले आरोप लगाएका थिए। उक्त प्रस्तुतिमा उल्लेख गरिएका केही विवरणबाट ग्यालिलियो र उनका मित्र तत्कालीन पोपबीच ठुलो वैमनस्य पैदा भएको थियो र पोप ग्यालिलियोप्रति निकै आक्रोशित भएका थिए। यसै विषयलाई लिएर ग्यालिलियोमाथि चर्चले मुद्दा चलाएर दोष ठहर्‍याएको थियो। उनलाई सूर्य केन्द्रित सिद्धान्तको प्रचार र अध्यापन गर्न निषेध गरिएको थियो। जीवनको उत्तरार्धमा उनलाई आफ्नै घरमा नजरबन्द गरिएको थियो। नजरबन्दमै उनको देहान्त भएको थियो। चर्चले उनीमाथि अन्याय गरे पनि इसाई धर्ममा उनको अटल विश्वास थियो। उनी भन्थे, बाइबल कहिल्यै गलत हुन सक्तैन।
रेने देकार्ट (१५९६-१६५०) महान् फ्रान्सेली गणितिज्ञ, वैज्ञानिक र दार्शनिक थिए। देकार्ट र फ्रान्सिस बेकनलाई पहिलोपल्ट प्रयोगमा आधारित वैज्ञानिक खोजको विधि स्थापित गरेको श्रेय दिइन्छ। रोमन क्याथोलिक देकार्टमा धार्मिक आस्था निकै प्रबल थियो। उनले ईश्वरको अस्तित्वको पक्षमा अकाट्य प्रमाण जुटाउन ठुलो प्रयास गरेका थिए। उनका सबै दर्शनको केन्द्र ईश्वर नै हुन्थे। देकार्तका अनुसार ईश्वरले नै प्रकृतिका नियम बनाएका थिए र एकपल्ट नियम बनाएपछि संसारलाई आफ्नै भाग्यमा छोडिदिएका थिए।
ब्लेज पास्कल (१६२३-१६६२) पनि महान् फ्रान्सेली गणितिज्ञ, भौतिकशास्त्री, आविष्कारक, लेखक र धर्मशास्त्री थिए। उनले गणितको ज्यामिति विषयमा ठूलो योगदान पुर्‍याएका थिए। यसैगरी पास्कलले वायु र वायु-शून्यता (भ्याक्युम)को महत्वपूर्ण सिद्धान्त स्थापना गरेका थिए। उनी रोमन क्याथोलिक थिए। भनिन्छ, सन् १६५४ मा उनलाई ईश्वरको दृष्टि प्राप्त भएको थियो। त्यसपछि उनी विज्ञानलाई त्यागेर धर्मशास्त्रको अध्ययनमा लागे। मर्नुअघि उनका अन्तिम वाक्य थिए, 'ईश्वरले मेरो साथ कहिल्यै नत्यागुन्'।
आइजक न्युटन (१६४२-१७२७) विज्ञानकै इतिहासमा महान् वैज्ञानिकमध्ये एक गनिन्छन्। उनी गुरुत्वाकर्षण र गतिको सिद्धान्तका लागि प्रसिद्ध छन्। उनी अत्यन्त धार्मिक व्यक्ति थिए भन्नेबारे धेरैलाई कम थाहा छ। उनले आफ्नो प्रसिद्ध कृति 'प्रिन्सिपियामा' उल्लेख गरेका थिए्, 'सूर्य, ग्रह र पुच्छ्रेतारोजस्ता आकाशीय पिण्डको सुन्दर र नियमित सञ्चालन कुनै सर्वज्ञानी र शक्तिशाली ईश्वरको परामर्श र प्रभुत्वले मात्र अघि बढ्न सक्छ'। उनका अनुसार रंग छुट्ट्याउन नसक्ने (कलर ब्लाइन्ड) व्यक्ति विभिन्न रंगबारे अनभिज्ञ रहेजस्तै सर्वज्ञ ईश्वरले कसरी सोच्छन्, सबै कुरा बु‰छन् र ब्रáाण्ड सञ्चालन गर्छन् भन्नेबारे हामी पनि अनभिज्ञ रहन्छौँ।
रबर्ट ब्वायल (१७९१-१८६७) बेलायतका प्रसिद्ध रोयल सोसाइटीका संस्थापक सदस्य र वायुसम्बन्धी अध्ययनका लागि प्रसिद्ध वैज्ञानिक हुन्। वायुका लागि प्रसिद्ध नियम 'ब्यायलस ल' उनकै नामबाट नामाकरण गरिएको हो। समर्पित प्रोटेस्टेन्ट ब्यायल विदेशमा इसाई धर्मको प्रचारप्रसार गर्नसमेत निकै सक्रिय थिए। उनी आफ्नो समयमा निरीश्वरवादका विरोधमा कलम पनि चलाउने गर्थे।
माइकल फारादे (१७९१-१८६७) उन्नाइसौँ शताब्दीको सबैभन्दा महान् वैज्ञानिकमध्ये एक मानिन्छ। विद्युत् र चुम्बकत्वबारेको उनको कामले भौतिकशास्त्रमा ठूलो क्रान्ति ल्याएको मात्र नभई आजको हाम्रो जीवनशैलीलाई समेत ठुलो प्रभाव पारेकोछ। उनको योगदानबीना आजको कम्प्युटर, टेलिफोन, इन्टरनेटआदिको आविष्कार सम्भव हुने थिएन। उनी पनि समर्पित इसाई धर्मालम्बी थिए। प्रकृतिको अध्ययन र व्याख्यानमा फारादेको धार्मिक विश्वासले ठुलो प्रभाव पारेको थियो।
ग्रेगोर मेन्डल (१८२२-१८८४) लाई अणुवांशिक विज्ञान (जेनेटिक्स)का पिता मानिन्छ। उनी अस्ट्रियाको एउटा गिरिजाघरमा पादरी थिए। उनले सन् १८५६ मा गिरिजाघरको उद्यानमा विभिन्न जातका केराउको फूलमा सुरु गरेका अनुसन्धानबाट पहिलोपल्ट अणुवांशिक विज्ञानको गणितीय आधार स्थापना भएको थियो। डीएनएलगायत जैविक प्रविधिको क्षेत्रमा पछिल्लो समयमा भएको अभूतपूर्व विकासको जग उनैले स्थापित गरेका थिए।

विलियम थोमस केल्भिन (१८२४-१९०७)ले आधुनिक भौतिकशास्त्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए। उनी अति समर्पित इसाई धर्मावलम्बी थिए। त्यतिबेलाका उनका सहकर्मी भौतिकशास्त्री जेम्स म्याक्सवेल (१८३१-१८७९) पनि इसाई धर्ममा ठुलो विश्वास राख्थे। म्याक्सवेललाई बीसौँ शताब्दीमा भौतिकशास्त्रमा भएको विकासमा सबैभन्दा बढी प्रभाव पार्ने उन्नाइसौँ शताब्दीका भौतिकशास्त्री मानिन्छ। उनलाई न्युटन र आइन्स्टाइनका तहको वैज्ञानिक मानिन्छ।
म्याक्स प्ल्याङ्क (१८५८-१९४७) 'क्वान्टम थ्योरी'का लागि प्रसिद्ध भौतिकशास्त्री हुन्। 'क्वान्टम थ्योरी'ले परमाणुको संसार बु‰न क्रान्तिकारी योगदान पुर्‍याएको थियो। उनका अनुसार ईश्वर सर्वत्र उपस्थित छन्। उनी सर्वज्ञानी, उपकारी र शक्तिशाली ईश्वरमा विश्वास गर्थे। उनी सन् १९२० देखि चर्चका वार्डेनसमेत रहेका थिए। उनको प्रयोगशालाको ढोकामा लेखिएको हुन्थ्यो, 'ईश्वरमा आस्था नभएका व्यक्तिले मेरो प्रयोगशालामा प्रवेश नगरे हुन्छ।'

अल्बर्ट आइन्स्टाइन (१८७९-१९५५)लाई बीसौँ शताब्दीका सबैभन्दा महान् र प्रतिष्ठित वैज्ञानिक मानिन्छ। उनले समय, गुरुत्वाकर्षण र पदार्थ तथा ऊर्जाबीचको सम्बन्धबारे क्रान्तिकारी योगदान पुर्‍याएका थिए। व्यक्तिगत ईश्वरमा कहिल्यै विश्वास नगरे पनि उनी निरीश्वरवादलाई अस्वीकार गर्थे। उनी कुनै सृष्टिकर्ताबिना ब्रáाण्डको उत्पत्ति असम्भव भएको विश्वास गर्थे। कुनै बेला उनले भनेका थिए, विज्ञानप्रति उनी आकर्षित हुनुको प्रमुख कारण उनको ईश्वरबारेको जिज्ञासा पनि थियो। सृष्टिमा ईश्वरको सम्भावित भूमिकाको व्याख्या गर्दै उनले भनेका थिए, 'ईश्वरले पासा खेल्दैन' (गड डज नट् प्ले डाइस)।

विगतका कतिपय प्रसिद्ध वैज्ञानिक ईश्वरमा विश्वास गर्थे भने विज्ञानको विकाससँगै ईश्वरमा विश्वास गर्ने वैज्ञानिकको संख्यामा आज क्रमशः कमी आउन थालेको छ। उदाहरणका लागि आज अमेरिकाको राष्ट्रिय विज्ञान प्रतिष्ठानका सदस्य वैज्ञानिकमध्ये सात प्रतिशतमात्र ईश्वरमा विश्वास गर्छन्, ७३ प्रतिशत विश्वास गर्दैनन् र बाँकी २० प्रतिशतको कुनै मत छैन। यसैगरी सन् २००५ देखि २००७ सम्म अमेरिकाको २१ वटा प्रतिष्ठित विश्वविद्यालयमा गरिएको सर्भेक्षणअनुसार ३४ प्रतिशत वैज्ञानिक अनुसन्धानकर्ता ईश्वरमा विश्वास गर्दैनन्। अर्काे ३४ प्रतिशत वैज्ञानिक ईश्वर छ वा छैन भन्ने जान्ने कुनै उपाय नभएको बताउँछन्। बाँकी अरूको कुनै मत छैन। सायद आफूले बाँच्ला भनेर आशा मारिसकेका कैयौँ विरामी अचानक निको भएको 'चमत्कार' अनुभव गरेकाले होला अमेरिकामा धेरै चिकित्सक ईश्वर र पुनर्जन्ममा विश्वास गर्ने एउटा अध्ययनले देखाएको छ। नेपालका अधिकांश चिकित्सकले ईश्वरमा विश्वास गरेको देखिन्छ। काठमाडौंका प्रायः हरेक अस्पतालको परिसरमा कुनै न कुनै देवी देउताको मन्दिर स्थापना गरिएको पाइन्छ।
प्रसिद्ध वैज्ञानिक स्टिफन हकिङका अनुसार ईश्वर छ वा छैन भन्ने प्रश्नको जबाफ विज्ञानले दिन सक्तैन। उनी यो जान्नु आवश्यक पनि ठान्दैनन्। उनी विज्ञानका भौतिक नियमानुसार ब्रáाण्डको उत्पत्ति शून्यताबाट भएको र प्रकृतिमा हुने सम्पूर्ण घटना विज्ञानका नियमानुसार सञ्चालन हुनेमा विश्वास गर्छन्। त्यसको लागि उनी कुनै सृष्टिकर्ताको आवश्यकता देख्दैनन्। त्यसैले उनको लागि ईश्वरको अस्तित्व गौण विषय हो।
यसरी विज्ञानको आधुनिक विकाससँगै ईश्वरमा विश्वास गर्ने वैज्ञानिकको संख्यामा उल्लेखनीय कमी आएको देखिन्छ। तर आज पनि ईश्वरमा विश्वास गर्ने वैज्ञानिकको संख्या नगण्य भने छैन भन्ने निष्कर्ष माथि उल्लेखित कतिपय अध्ययनले देखाउँछ। कतिपय देशमा वैज्ञानिकको ईश्वरमाथिको विश्वास उनको पारिवारिक धार्मिक पृष्ठभूमिमा निर्भर हुनेगरेको पनि पाइएको छ। उदाहरणका लागि भारतका अधिकांश प्रतिष्ठित वैज्ञानिक ईश्वरमा विश्वास गर्छन् र दैनिक पूजापाठमा संलग्न हुन्छन्।
सायद, वैज्ञानिक भएकाले होला मलाई केही पत्रकार तथा पाठकले कहिलेकाहीँ ईश्वर र धर्मबारे मेरो व्यक्तिगत धारणा सोध्छन्। वज्राचार्य थरको मेरो परिवारको पृष्ठभूमि धार्मिक नै थियो। धर्मले हामी बौद्धमार्गी र पुरोहित वर्गका हौँ। बुबा निकै धार्मिक व्यक्ति हुनुहुन्थ्यो। आफ्ना सबै सन्तानलाई बिहान पूजापाठ गर्ने नियम लागु गर्नुभएको थियो। हामी सबै सँधै नियम पालना गथ्यौँ। म पनि हरेक बिहान पूजापाठ गर्थें।
मेरो पूजापाठ गर्ने नित्य कार्य सन् १९६९ मा जर्मनीमा उच्च अध्ययन गर्न गएपछि टुट्यो। जर्मनीको लामो बसाइ र अध्ययन पुरा गरेर नेपाल फर्केपछि पूजापाठमा मेरो ध्यान गएन। कुनै मठ मन्दिरमा गएर आफ्नो कुनै आकांक्षा पूरा होस् भनेर कहिल्यै पूजा वा प्रार्थना पनि गरिन। हिजोआज मेरो 'धार्मिक' क्रियाकलाप दिवंगत आमा र बुबाको सम्झनामा हरेक बिहान दुईवटा धुप बत्ती बाल्नेमा सीमित छ।
नेपालमा हुने चाडपर्वलाई धार्मिक कार्यकारूपमा भन्दापनि हाम्रो संस्कृति र परम्पराका रूपमा लिन्छु। तर कुनै निश्चित धार्मिक दिनमा सम्बन्धित धार्मिक स्थल जाने बानी छैन। हुनत, म पनि कहिलेकाहीँ धार्मिकस्थल जाने गर्छु तर, धार्मिक उद्देश्यबाट प्रेरित भएर होइन। मलाई स्वयम्भु, बौद्ध, लुम्बिनी, चाँगुनारायणजस्ता कतिपय धार्मिक स्थलका वास्तुकला र वातावरण मनपर्छ।
मेरो कुनै व्यक्तिगत ईश्वर छैन। ईश्वरको अस्तित्वबारे मेरो ठोस व्यक्तिगत धारणा पनि छैन। मलाई लाग्छ, यस्तो ठोस धारणा बनाउन यस गहन विषयमा मेरो अध्ययन र ज्ञान अपूर्ण छ। सामान्यतया अप्रमाणित र अतार्किक तथ्य स्वीकार्न मलाई संकोच लाग्छ।
यसैगरी धर्मको परिभाषा पनि व्यक्ति विशेषमा भरपर्छ। कतिपय व्यक्ति देवी देउताको पुजापाठ गर्नुलाई धर्म मान्छन्। मेरा लागि धर्म मूलतः नैतिकता, निस्वार्थता र आफ्नो कर्तव्यप्रतिको इमानदारी हो। उदाहरणका लागि शिक्षकको धर्म नियमित कक्षा लिने हो, चिकित्सकको धर्म बिरामीको निस्वार्थ सेवा गर्नु हो, सञ्चारकर्मीको धर्म निष्पक्ष सूचना प्रदान गर्नु हो, बुद्धिजीवीको धर्म आफ्नो ब्रáले देखेको भन्ने हो, वैज्ञानिकको धर्म आफ्नो खोज नतिजालाई नबंग्याउनु हो र राजनीतिज्ञको धर्म आफू र आफ्नो दलभन्दा माथि उठेर देश र जनताको हितमा सोच्नु हो।



                                                                                   
कुमारीत्व 

नेपाली समाजमा कुमारीत्वको अवधारणा अहिले पनि निकै बलियो छ। आफूले बिहे गरेर भित्‍याएकी श्रीमती कुनै पनि हालतमा कुमारी नै हुनुपर्छ भन्ने मान्यता धेरै पुरुषमा हुने गर्छ। बिहेको पहिलो रात सहवास गर्दा श्रीमतीको योनीबाट रगत बग्नुपर्छ भन्ने भ्रम राख्नेहरू धेरै छन्। सेतो तन्नामा रगतको टाटो बस्यो भनेमात्र श्रीमती कुमारी रहिछ भनी मान्नेहरू यही समाजमा छन्। तर, यो सोह्रै आना गलत हो। चिकित्सकका अनुसार को कुमारी हो, को कुमारी होइन, प्रमाणित गर्न निकै गाह्रो छ। योनी मार्गमा हुने एक प्रकारको झिल्ली, जसलाई हाइमन भनिन्छ, त्यो पहिलो पटक यौन सम्पर्क गर्दा च्यातिन्छ र रगत बग्छ भन्ने भ्रमका आधारमा कुमारीत्वको मापन गर्ने विधि अव्यावहारिक र मूर्खतापूर्ण भएको बताउँछन् चिकित्सक। वीर अस्पतालकी यौन तथा चर्मरोग विशेषज्ञ डा. अनुपमा कार्की कुमारीत्वको मापन गर्न नसकिने बताउँछिन्। भन्छिन्, 'हाइमनको आधारमा को कुमारी हो, को होइन, त्यो मेडिकल्ली प्रमाणित गर्न गाह्रो छ।'
साइकल चढदा, कसरत गर्दा, उफ्रँदा, हस्तमैथुन गर्दा पनि हाइमन च्यातिन सक्छ। फेरि यो सबैमा हुन्छ भन्ने पनि छैन। धेरैजसो युवतीमा हाइमनले पूरै योनीमार्ग ढाकेको पनि हुँदैन। यो चन्द्राकारको पनि हुन्छ। यस्तो आकारको हाइमन भएकाहरूको बच्चा जन्माइसकेपछि यो झिल्ली ज्युँका त्युँ रहन्छ। 'त्यसैले यसलाई आधार बनाएर कुमारीत्वको बारेमा सोच्नु भनेको सेक्स लाइफलाई सदाका लागि बर्बादीतिर धकेल्नु हो,' मनोचिकित्सक डा. शाक्य भन्छन्। 'बिहे नभएकी केटी'- बस्, कुमारीको परिभाषा यही हो।


हस्तमैथुन 

नेपालीहरूमा रहेको हस्तमैथुनसम्बन्धी भ्रमले चिकित्सकहरूको पनि टाउको खाइसक्यो। यौन चाहना मेटाउने यो सुरक्षित उपायलाई भ्रमको भुमरीमा पारिएको छ। माता मनकामना आरोग्य केन्द्र र सेक्सोलोजिस्ट डार्क्टस क्लिनिकमा आबद्ध डा. बद्री गौतमका अनुसार हस्तमैथुन नगरी पनि बस्न नसक्ने, गर्दा पनि के के न बिराएँ भनी चिन्ता गर्नेको ठूलो जमात छ। 'म हस्तमैथुन गर्छु, मेरो टाउको दुख्यो, घुँडा दुख्यो भन्दै आउनेहरू पनि प्रशस्तै छन्,' उनी भन्छन्।
पूर्वीय दर्शनमा वीर्यको तुलना रगतसँग गरिन्छ। १०० थोपा रगत बराबर १ थोपा वीर्य हुन्छ भन्ने मान्यता छ। यसले गर्दा पनि हस्तमैथुन गर्नेहरूले आफूलाई कमजोर भएको ठान्छन्। यौन चाहना पूरा गर्न गरिने हस्तमैथुनले जो कोहीलाई पनि स्वस्थ र फूर्तिलो बनाउँछ। पछिल्लो समयमा चिकित्सकहरूले 'धात सिन्ड्रोम' भन्दै हस्तमैथुन गर्न हौसाइरहेका छन्। बढ्दो एचआइभी संक्रमण, यौन रोग, बलात्कार घटाउन युवाहरूलाई हस्तमैथुन गर्न प्ररित गरिएको छ। चिकित्सका अनुसार वीर्य स्खलन हुँदा कमजोर हुन्छु भन्नु थुक्दा मुख सुक्यो भन्नुजस्तै हो। पिच्च-पिच्च थुकिरहे पनि मुख सुख्खा हुने गरि कहिल्यै सुक्दैन। वीर्य स्खलन भएर सकिने चिज पनि होइन। अण्डकोष स्वस्थ रहुन्जेल यसको निर्माण प्रक्रिया एकदम तीव्र गतिमा हुन्छ। एक अध्ययन अनुसार ९५ प्रतिशत पुरुषले हस्तमैथुन गरेकै हुन्छन्। 'हस्तमैथुनले विवाहपछि यौनजीवनलाई कुनै असर गर्दैन,' डा. गौतम भन्छन्।


लिंगको आकार 

लिंगको आकारलाई लिएर तड्पिनेहरू कम छैनन्। पोर्न फिल्म हेर्नेहरू फिल्मको क्यारेक्टरको जत्रै लिंग भइदियोस् भन्ने कल्पना गर्छन्। लिंगको साइजले पार्टनरलाई सन्तुष्टि दिने सन्दर्भमा असर गर्छ भनी सोच्नु सर्वथा गलत हो। यौन सम्पर्कलाई आनन्ददायी बनाउन लिंगको साइजको कुनै भूमिका हुँदैन। पार्टनर, परिवेश, फोरप्लेलगायत पक्षमा ध्यान दिन सकेे यौन पार्टनरलाई पूर्ण सन्तुष्टि दिन सकिन्छ।
पार्टनरलाई चरर्मोत्कर्षमा पुर्‍याउन ग्ल्यान्स ( छालाले ढाकेको लिंगको माथिल्लो भाग) नै पर्याप्त हुन्छ। डा. विनय वैद्यका अनुसार उत्तेजनामा आएको बेला तीन इन्च लम्बाइ हुने लिंग भएकाहरू सेक्समा शतप्रतिशत समर्थ हुन्छन्। 'लिंग सानो हुँदा आनन्द आउँदैन भन्नु सानो जिब्रोले खानाको स्वाद थाहा पाउँदैन भन्नुजस्तै हो,' उनी भन्छन्, 'लिंगको साइजलाई लिएर अनावश्यक चिन्ता गर्नु व्यर्थ छ।'
स्तनको आकार 
महिला र पुरुष दुवैमा यससम्बन्धी विभिन्न भ्रम छन्। स्तन सानो भएकी महिला 'श्रीमान् या पार्टनरलाई सन्तुष्ट बनाउन सक्दिनँ' भनेर सोचिरहेकी हुन्छिन् भने पुरुष पनि स्तन नै यति सानो भएकीले के आनन्द देली भनेर सोचिरहेको हुन्छ। यी दुवै गलत सोचाइ हुन्। स्तन भनेको कस्मेटिक अंगमात्र हो। यसले महिलालाई सुन्दर देखाउन मद्दत गरे पनि सेक्समा यसको साइजले कुनै अर्थ राख्दैन। महिलालाई यौन उत्तेजनामा ल्याउन निप्पलको टुप्पो नै काफी हुन्छ। बाँकी भनेको फ्याट र दूध उत्पादन गर्ने ग्रन्थीहरूको डल्लो मात्र हो।


सेक्स अवधि 

सेक्स अवधि यति नै हुनुपर्छ भन्ने कुनै मापदण्ड छैन। तर, धेरै मानिस अहिले पनि शीघ्र पतन तथा ढिला पतनको विषयमा सोचेर दिन बिताइरहेका हुन्छन्। साथीहरूको बीचमा कुरा हुँदा मेरो त यार कहिले काहीँ एक घण्टासम्म पनि जान्छ भन्दै गफ चुट्ने अनि पोर्न फिल्ममा देखाइएको जस्तै लामो समयसम्म यौन सम्पर्क गर्न खोज्नेहरू थुप्रै छन्।
तर, अवधिलाई लिएर अनावश्यक चिन्ता गर्नु व्यर्थ छ। आफ्नो यौन पार्टनरसँग राम्रोसँग फोर प्ले गरिएको छ, उनलाई राम्रोसँग उत्तेजनामा ल्याइएको छ भने एक देखि तीन मिनेटसम्म इन्टरकोर्स गर्दा पर्याप्त हुन्छ। तर, पार्टनर देख्नेबित्तिकै बाघले शिकार झम्टेको जस्तै गरी झम्टिने हो भने दुवैको सेक्स लाइफ बिग्रन्छ। केटीहरू ढिलो उत्तेजनामा आउने र ढिलै शान्त हुने भएकाले उनीहरूमा उत्तेजना केही समय स्थीर रहन्छ। त्यसैले फोर प्लेमा जति बढी केटीलाई उत्तेजनामा ल्याउन सक्यो, यौन सम्पर्कका बेला त्यति नै बढी आन्नद प्राप्त गर्न सकिन्छ।


दुब्लो मान्छेलाई बढी सेक्स चाहिन्छ 

दुब्लोलाई सेक्स बढी चाहिने र मोटोलाई कम चाहिने भन्ने भ्रम पनि छ। तर, यसमा कुनै सत्यता छैन। चिकित्सकका अनुसार स्वस्थ मानिस मोटो या दुब्लो जे भए पनि, उसले सेक्सको भरपूर आन्नद लिन सक्छ। कसैलाई स्लिम केटीहरू सेक्सी लाग्छन् भने कसैलाई मोटा। यो व्यक्तिपिच्छे फरक पर्ने कुरा हो। त्यसैले मोटा जति सबै सेक्स नै नगरी बस्छन् भन्ने होइन। बाटोघाटोमा मोटो मानिस देख्नेबित्तिकै यसले कसरी सेक्स गर्ला भनेर हाँसो गर्नेहरू ठूलो भ्रमको शिकार भएका हुन्छन्।
पुरुषलाई भन्दा महिलालाई बढी सेक्स चाहिन्छ भन्ने पनि गरिन्छ। तर वास्तविकता त्यस्तो होइन। हरेक व्यक्तिको यौन चाहनाको मात्रा फरक-फरक हुन्छ। महिलालाई बढी र पुरुषलाई कम भन्ने कुरा आउँदैन। तर, सुगर, ब्लडप्रेसर या डिप्रेसनजस्ता रोग भएकाहरूलाई सेक्स चाहना कम हुन्छ।


महिनावारीमा सेक्स गर्नुहुँदैन 

महिनावारी भएको बेला सेक्स हाम्रो समाजमा वर्जित छ। रजस्वला भएकी महिलालाई छुनै हुँदैन भन्ने मान्यता अहिले पनि प्रबल छ। तर, यस्तो बेलामा यौन सम्पर्क गर्नुहुँदैन भन्ने केही छैन। चिकित्सकका अनुसार रजस्वला भएको बेला महिलामा यौन चाहना झन् बढेको हुन्छ। यस्तो बेलामा यौन सम्पर्क गर्दा महिलाले बढी चरमसुख पाउन सक्छिन्। योनीबाट धेरै नै रगत बगेको छ र रगत देख्दा घिन मान्नेहरूले यौन सम्पर्क गर्न सक्दैनन्। 'मनमा अलिकति पनि शंका उब्जिएका बेला यौन सम्पर्क गर्दा रमाइलो नहुने भएकाले मनबाट सबै शंका हटेको खण्डमा यस्तो अवस्थामा ढुक्कसँग यौन सम्पर्क गर्दा हुन्छ,' डा. अनुपमा कार्की भन्छिन्, 'लिंगमा कुनै संक्रमण छ भने चाहिँ कन्डम प्रयोग गरेर यौन सम्पर्क गर्नु राम्रो हो।'


रक्सीले सेक्स अवधि बढाउँछ 

मदिराको मातमा सेक्स गर्दा दिव्य आनन्द प्राप्त हुन्छ भन्ने अन्धविश्वास भएका धेरै छन्। यो सरासर गलत हो। ठिक्क पिएको अवस्थामा कसैको मनको संकोच हटाउन रक्सी सफल भए पनि यसले सेक्सलाई गतिलो या भव्य बनाउँछ भन्ने होइन। रक्सी खाएपछिको सेक्सका तीनटा चरण हुन्छन्। डा. बद्री गौतमका अनुसार ठिक्क रक्सी खाएको अवस्थामा यसले संकोच हटाएर यौन सम्पर्कका लागि तयार पार्न मद्दत गर्छ। तर स्खलनको अवधि बढाउने चाहिँ होइन। डा. रवि शाक्य भन्छन्, 'रक्सी खाएपछि लिंगको संवेदनशीलता हराउँछ र योनीभित्र लिंग प्रवेश गराउँदा धार फर्केको भुत्ते खुकुरी मासु थुंगेजस्तै हुन्छ।'


गर्भधारणपछि सेक्स गर्नुहुँदैन 

गर्भधारणपछि महिलाले सेक्स गर्नुहुँदैन भन्ने भ्रम व्याप्त छ। तर, चिकित्सकका अनुसार यस बेला महिलाले बिना कुनै संकोच सेक्स गरे हुन्छ। डा. रवि शाक्य भन्छन्, 'गर्भवती महिलाले सेक्स गर्दा कुनै गर्भको बच्चा र उनको स्वास्थ्यमा कुनै असर पर्दैन। बरु, नियमित सेक्सले उनलाई बच्चा पाउन सजिलो हुनसक्छ। पेटमा दबाब पर्ने गरी भने सेक्स गर्नुहुँदैन। यौनासन परिवर्तन गर्नुपर्छ। पुरुष माथि महिला तल हुने आसनभन्दा छड्के या पछाडिबाट सेक्स गर्ने आसन उपयुक्त हुन्छ।'

बच्चा पाएपछि योनी खुकुलो हुन्छ : 

बच्चा पाएपछि योनी खुकुलो हुन्छ र सेक्स गर्दा मज्जा आउँदैन भन्ने भ्रम रहेका पनि थुप्रै हुन्छन्। बच्चा पाएपछि केही समयका लागि योनीद्वार खुकुलो भए पनि यो बिस्तारै पुरानै साइजमा आउँछ। डेलिभरी हुँदा योनी च्यातिएमा त्यसलाई सिलाउने पनि गरिन्छ। डा. बद्री भन्छन्, 'योनीको तन्तुहरूको प्रकृति नै लिंगको साइजअनुसार एडजस्ट हुने खालको हुन्छ। यो लिंगको साइजअनुसार संकुचन हुने र फुक्ने गर्छ।'

हिजोआज दुईचार हप्तामै लिंग मोटो र लामो बढाउने, रातारात स्तन ठूलो बनाउने, शीघ्र पतनलाई दुई दिनमै छुमन्तर पारिदिने खालका भ्रमात्मक विज्ञापन पत्रिकादेखि इन्टरनेटसम्म टन्न आउने गर्छन्। यो भ्रमको खेतीबाहेक केही पनि होइन। ह्यान्डमसम अप, २४ होर्मोटेसजस्ता उत्पादनका विज्ञापन भइरहेका छन्। तर, यौन विशेषज्ञका अनुसार यौनशक्ति बढाउने, लिंगको आकारमा वृद्धि गर्ने, स्तन ठूलो बनाउने कुनै पनि प्रोडक्ट हुँदैनन्।
ओशोले भनेका थिए, 'संसारमा सबैभन्दा बढी शोषण कुण्ठित मानिसको हुन्छ।' यस्ता विज्ञापन पनि भ्रमित र कुण्ठित मान्छेको शोषणका लागि भइरहेका छन्। यौन विशेषज्ञ र मनोविज्ञसँग थोरै परामर्श गरेपछि सेक्ससम्बन्धी भ्रम र अन्धविश्वासबाट मुक्त हुनेबित्तिकै हाम्रो यौन जीवन रसिलो र सुखमय हुनथाल्छ। बस्, भ्रमको ओखती गरौँ।

                                                                                         




महिनादिनका लागि तरुनी भाडामा

मलेसियामा केही संस्थाहरुले भाडामा तरुनी आपूर्ति गर्ने गरेका छन् । करारका प्रेमिकाहरु भनिने त्यस्ता युवतीहरु इच्छुक तन्नेरीहरुका लागि भाडामा उपलब्ध गराइनेछ । निश्चित रकम तिरेपछि तन्नेरीहरुले केवल एक रातका लागि होइन हप्ता तथा महिनादिन सम्मका लागि ती युवतीलाई आफ्नो साथ लगेर चाहेको कुरा गर्न पाउनेछन् ।
मलेसियाको एक समाचारपत्रका अनुसार यसरी भाडामा तरुनी खरीद गर्दा दिनको ४ सय रिंगेटका दरले रकम तिर्नुपर्नेछ र तरुनीको जिउडाल तथा वैँश हेरेर हप्ताको ६ हजार रिंगेट सम्मको मूल्य तोकिएको छ । खासगरी रोजगारीका लागि भियतनामबाट आएका युवतीहरु यसरी भाडामा लगाइने गरिएको बताइउको छ । फोन र इन्टरनेट मार्फत यस्तो व्यापार अवैध रुपमा फस्टाइरहेको बताइन्छ । लामो समयसम्म युवती सँग रोमान्स गर्न पाइने र त्यसो गर्दा केवल एक रातको सेक्स पार्टनर भन्दापनि साँच्ची प्रेमिकाको आभाष हुने भएकाले धेरै एक्ला तन्नेरीहरुले यो अफरको भरपूर उपयोग गरिरहेका बताइन्छ ।
करार अवधिभर ती युवतीलाई भाडामा लिनेहरुले सपिङ, नाइट क्लब तथा फिल्म हेर्न जहाँ पनि सँगै लैजान सक्छन् । अझ भाडाकी केटी राम्री भए आफ्नी गर्लफ्रेन्ड भनेर साथीहरुसँग फूर्ति समेत लगाउन पाउँछन् । कतिपय अवस्थामा त साँच्चीकै प्रेम बस्ने सम्भावना पनि रहन्छ ।
यस्तो लभ प्याकेज भियतनाममा निकै चल्तीमा रहेकोमा अहिले मलेसियामा पनि अवैध रुपमा फैलिरहेको हो । मलेसियामा यसरी भाडामा दिइने केटीहरु केवल भियतनामी मात्र नभएर चाइनिज, फिलिपिनो तथा इन्डोनेसियन युवतीहरु समेत रहेका छन् ।

                                                                                                                                    

सामान्य ज्ञान

नेपालको सबैभन्दा ठूलो सिमेन्ट कारखाना कुन जिल्लामा पर्दछ ?
- उदयपुर

चिया खेतीमा प्रसिद्धी पाएको जिल्ला कुन हो ?
- इलाम

प्रशासन सुधारका लागि बुच कमिशन कहिले गठन भयो ?
- २००९ सालमा

नेपालको प्रतिस्पिर्धी क्षमता भएको क्षेत्र कुन हो ?
- जलश्रोत

गोभरगाढा भन्ने स्थान कुन जिल्लामा पर्छ ?
- सप्तरी

विश्व हुलाक संघमा हाल कति वटा राष्ट्रले सदस्यता लिएका छन्
- १८९

विश्वमा सबैभन्दा बढी टेलिफोन प्रयोग गर्ने देश कुन हो ?
- स्वीडेन

नेपाल राष्ट्र बैंकका प्रथम गर्भनरको नाम के हो ?
- हिमालय शंमशेर जबरा

२००७ सालको आन्दोलन कस्को नेतृत्वमा कहिलेदेखि प्रारम्भ भयो ?
- मातृकाप्रसाद कोइराला२००७ साल कार्तिक २५ देिख

एसियामा हालसम्म कति पटक ओलम्पिक खेल सम्पन्न भयो ?
- तीन पटक

एसियामा हालसम्म कति पटक ओलम्पिक खेल सम्पन्न भयो ?
- तीन पटक

नेपालको १६ औ राष्ट्रिय विभुती को हुन् ?
- -फाल्गुनन्द

क्षेत्रफलको हिसावले सार्कको दोस्रो सानो राष्ट्र कुन हो?
- -भुटान

राज्यको पुनसर्ंरचना तथा संघीय शासन प्रणाली पछिको स्वरुपसम्बन्धी विषयको अन्तिम टुङगो कसले निर्धारण गरे बमोजिम हुने छ ?
- संविधान सभा

१४ औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालले कति पदक प्राप्त गर्न सफल भयो ?
- -३ कास्य

माहुरीले कुन रङग छुट्याउन सक्दैन ?
- -पहेलो

६ माहुरीले कुन रङग छुट्याउन सक्दैन ?
- -पहेलो

५ वेहोस अवस्थामा रहेको बिरामीको व्यवस्थापन गर्दा सबभन्दा पहिले कुन कुरालाई ध्यान दिनुपर्छ ?
- -श्वासप्रश्वास

४ सौर्य सम्वत् ३६५ दिनको हुन्छ भने चन्द्र सम्वत् कति दिनको हुन्छ ?
- -३५४ दिन

३ नेपाली भाषाको व्याकरण लेखनमा कलम चलाउने प्रथम विदेशी बिद्धान को हुन् ?
- -जे.एन.एटन

१)माहुरीका कतिवटा आँखा हुन्छन् ?
- पाँचवटा
२)नेपालको सबैभन्दा ठूलो ढोका कुन हो ?
- नारायणहिटी राजदरबारको ढोका
३)आँसुबाट गर्भधारण गर्ने पंक्षी कुन हो ?
- मयुर
४)विश्वको सबैभन्दा ठूलो मरुभूमि कुन हो र कुन महादेशमा पर्छ ?
- सहारा मरुभूमि, अप्रिmका महादेश
५)सबैभन्दा चाँडो बढ्ने बनस्पति कुन हो ?
- बाँस
६)सबैभन्दा चीसो ग्रह कुन हो ?
- यम
७)कुन जनावरको सबैभन्दा बढी तापक्रम हुन्छ ?
- बाख्रा
८)पृथ्वीको आकाश नीलो हुन्छ भने चन्द्रमाको आकाश कस्तो हुन्छ ?
- कालो
९)पखेटा नहुने विश्वको एकमात्र पंक्षी कुन हो ?
- चिवी चरो

१०)नेपालको कुन-कुन जिल्लामा जुनार खेती गरिन्छ ?
- रामेछाप र सिन्धुली जिल्ला

११)शक्ति कुन इकाईमा नापिन्छ ?
- जुल



यी ८ लक्षण देखा परेमा बुझ्नुस् तपाइँ तनावमा हुनुहुन्छ

शरीरले नै हामीलाई स्वास्थ्य बिगि्रन थालेको पूर्व सूचना दिन्छ । उक्त चेतावनीलाई मनन गरेर सावधानी अपनाउने हो भने रोगको जटिलता कम हुन्छ र छिटै निको हुन्छ तर लापरवाही गर्ने हो भने रोगले निकै दुख दिन्छ ।
प्रारम्भिक मानसिक स्वास्थ्य समस्याको रुपमा रहेको तनावका बारेमा पनि हाम्रो सरीरले पूर्व चेतावनी दिन्छ । यदि यस्ता पूर्व संकेतलाई वेवास्ता गरियो भने तनावको समस्या पाक्छ र सरीर उच्च रक्तचाप, हृदयाघात, डिप्रेसन जस्ता विभिन्न स्वास्थ्य समस्याको घर बन्दछ । आखिर ती पूर्वसूचना वा संकेतहरु के के हुन् ? जसबाट हामीले बुझ्नुपर्छ की म तनावमा फसिरहेकेा छु :
१. यदि अनौठा खालका एकै प्रकारका सपनाहरु पटकपटक दोहोरिए भने बुझ्नुपर्छ की आफुलाई पक्कै कुनैखाले तनावले सताइरहेको छ । घरमा आगो लागेको, बस छुटेको जस्ता सपनाहरु देखेर सपनामै ऐठन पर्ने समस्या तनावको सूचक हो ।
२. मांसपेशी कडा हुनु तनावको दोश्रो लक्षण हो । मांसपेशी खुम्चिने, बाउँडिने र कहिलेकाहीँ निकै दुख्ने समस्या दोहोरियो भने तनावले सताएको कुरा बुझ्नुपर्छ ।
३. आँखा फर्फराउनु पनि तनावको एक लक्षणको रुपमा लिइन्छ ।
४. दाँतले पनि तनावको सूचना दिन्छ । जो मान्छेले सपनामा दाँत किट्छ, चपाउँछ त्यो मान्छे तनावमा परेको छ भन्ने कुरा बुझ्नुपर्छ ।
५. महिलाको हकमा महिनावारी अनियमित हुनु पनि तनावको लक्षण हो । बढि रक्तश्राव हुनु तथा पीडा हुनु पनि तनावका लक्षण मानिन्छन् ।
६. कपाल बढि झर्नु र खश्रो खैरो बन्दैजानु पनि तनावको लक्षणकेा रुपमा लिइन्छ ।
७. पेट दुख्नु, अपच हुनु, पेट कराउनु जस्ता लक्षणलाई पनि तनावका पूर्वसंकेतका रुपमा लिइन्छ ।
८. रुघाखोकीले बढि मात्रामा सतायो भने पनि बुझ्नुपर्छ तनावले पिरोलिरहेको छ । तनावयुक्त मानिसको प्रतिरोधी क्षमता बढि हुन्छ र उसलाई चिसोले समाउने खतरा बढि हुन्छ ।




                                                                                                                                                                        




राशि अनुसारको प्रेम सम्बन्ध

१. मेष राशियो राशिका मानिसहरु
प्रेममा निकै समर्पित हुन्छन् र
प्रेमबिना मानसिक रसारीरिक
रुपमा निकै कमजोर सावित हुन्छन् । प्रेम
सम्बन्धमा आउने अवरोधर रोकावटलाई
हटाउन ज्यानको बाजी लगाउन
पनि तयार हुने
स्वभावयो राशिका महिला तथा पुरुषहरुमा हु्न्छ

यो राशिका महिलाहरुलेप्रेममा सेक्सलाई
प्राथमिकता दिन्छन् ।
मेषराशिका महिला पुरुषको कन्या राशिसँगको प्रेम
सम्बन्ध सबैभन्दा सफल रराम्रो हुन्छ ।
कर्कट र मीन राशिसँगको प्रेम सम्बन्ध भने
असफल र हानीकारकहुनेछ ।

२. वृष
राशियो राशिका महिला पुरुषहरुको प्रेम
सम्बन्ध उतिसारो सफल मानिँदैन ।झ्वाट्टै
प्रेम बस्ने तर दिगो नहुने समस्या रह्न्छ ।
यो राशिका मानिसबढि भावनामा डुब्ने
र सानो कुराले पनि शंका उत्पन्न गर्ने
भएकाले प्रेम सम्बन्धदिगो रहन सक्दैन ।
प्रेममा सहानुभुति चाहनुयो राशिका महिलापुरुषको कमजोरी हो ।
वृष राशिका मानिसले मेष,वृश्चिक, धनु
तथा मकर राशिसँग प्रेम सम्बन्ध राख्नु
क्षति बेहोर्नुबाहेककेही होइन । अरु
राशिसँग प्रेम गर्नु तुलनात्मक
रुपमा सामान्य रहन्छ ।

३. मिथुनयो राशिका महिला पुरुष
मनमा कुरा अडाउन नसक्ने र
आवेशमा आइहाल्नेखालका हुन्छन् ।
यिनीहरुले धनसम्पत्ती र प्रेमलाई समान
महत्व दिने
भएकालेप्रेमको मामिलामा उतिसारो सफल
मानिँदैनन् । प्रेम सम्बन्ध खासैदिगो नहुने
भएपनि जति समयसम्म प्रेम रहन्छ
त्यो निकै रोमान्टिक हुन्छ।
खासगरी मिथुन राशि र
सिंहराशिबीचको प्रेम सम्बन्ध निकै सफल
रनाटकीय हुन्छ । धनु राशिसँगको प्रेम
दार्शनिक हुन्छ । तर वृश्चिकराशिसँगक­
ो प्रेम भने असफल हुन्छ ।

४. कर्कट राशियो राशिका नारी पुरुषहरु
साँचो र दिगो मायाप्रेम गर्ने
खालका हुन्छन् । आफुलेचाहेको व्यक्तिलाई
प्रेमजालमा फसाउन खप्पिस हुन्छन् । निकै
मायालुतथा दयालु स्वभावका हुन्छन् र
सानातिना अवरोधले विचलित हुँदैनन् ।
विपरित लिंगीप्रतिको आकर्षण
पनि बढि हुन्छ । तरपनि सिंह, धनु रमकर
राशिसँगको प्रेम भने उतिसारो सफल हुँदैन
। अरु राशिसँगको प्रेम सफलहुने देखिन्छ ।

५. सिंह राशियो राशिका महिलापुरुष
अहंकारी हुन्छन् ।
तरपनि प्रेमसम्बन्धमा समर्पणको कमी हुँदैन
। प्रेमीप्रेमीकाको सधैभलो चाहन्छन् ।
झ्वाट्ट प्रेम
गर्नुभन्दा सबैकुरा सोँचविचार गरेर
मात्रमाया प्रेम गर्ने स्वभाव
यो राशिमा हुन्छ ।
यो राशिका महिला पुरुषले मेष,मिथुन,
तुला तथा धनु राशिका सँग प्रेम गर्नु
उपयुक्त हुन्छ ।

६. कन्या राशियो राशिका महिला पुरुष
प्रेममा तनाब लिइरहने प्रकृतिका हुन्छन् ।
निकैयौनआतुर हुन्छन् र प्रेम
सम्बन्धमा सेक्सलाई उच्च
प्राथमिकता दिन्छन् ।
तरपनि आफ्नो प्रेमीपे्रमीकालाई इज्जत
गर्न जान्दछन् । वृष र
सिंहराशिसँगको प्रेम सम्बन्ध लाभदायक
छैन अरु राशिसँग सामान्य छ ।

७. तुला राशियो राशिका मानिस
सावधान भएर मात्र प्रेम गर्छन् ।
बौद्धिक आधारमा प्रेमगर्छन् । पुरुषहरु
परस्त्रीप्रति समेत आँखा लगाउने
खालका हुन्छन् । शंकालुस्वभावका हुन्छन् ।
तुला राशिकाले सिंह र धनु राशिका सँग
प्रेम गर्नु फलदायकहुन्छ ।

८. वृश्चिक राशियो राशिका महिला पुरुष
विलासी स्वभावका हुन्छन् र
प्रेममा लिप्त हुन्छन् ।भ्रमण गर्न रुचाउँछन्
। प्रेममा आत्मिय सम्बन्ध वा समान
हैसियतदिनेभन्दा पनि आफु माथि रहने
प्रयास गर्छन् । शंका गर्ने
बानीका कारणप्रेममा अड्चन आउन सक्छ ।
दाम्पत्य जिवन झगडामय बन्न सक्छ ।
सिंहराशिसँगको प्रेम उत्तम, धनु र
कुम्भसँगको प्रेम मध्यम हुन्छ ।

९. धनु राशियो राशिका पुरुषहरु
प्रेमिकालाई निकै धेरै विश्वास गर्छन्
रकहिलेकाही बढि विश्वासका कारण
धोका समेत खानुपर्छ ।
यिनीहरुआफ्नो विपरित लिंगी सुन्दर
भएमा मात्र ऊ सँग सेक्स गर्नु उचित
हुन्छभन्ने सोँच्छन् वा सम्बन्धमा शारीरिक
सुन्दरतालाई प्राथमिकता दिन्छन् ।
आदर्शवादी हुन्छन् । वृष, कुम्भ, मिथुन, र
कन्या राशिसँगको प्रेम निकै सफलहुन्छ ।

१०. मकर
राशियो राशिका महिला पुरुषको प्रेम
सम्बन्ध उतिसारो सफल मानिँदैन ।
प्रेमप्राप्तिका लागि निकै चाहना हुने
भएपनि सफल नहुँदा निरास बन्दछन् ।
यो राशिका व्यक्तिको जिवनमा प्रेम
वियोग सामान्य घटना हुन्छ ।
यो राशिका पुरुष
भन्दा महिला प्रेममा बढि असफल हुन्छन् ।
मकरराशिका महिला पुरुषको कन्या, मेष र
कर्कट राशिसँगको प्रेम पूर्णत असफल
नैहुन्छ ।

११. कुम्भ राशियो राशिका महिला पुरुष
भावनावादी र गोप्यताप्रेमी हुन्छन् ।
प्रेमलाई गोप्यराख्न चाहन्छन् र समर्पण
धेरै हुन्छ । प्रेममा त्याग र
बलिदानका लागि तयारहुन्छन् ।
तरपनि प्रेममा खासै सफल भने हुँदैनन् र
व्यक्तिगत भन्दा विभिन्नसामाजिक
कारण प्रेममा पर्खाल बनिदिन्छन् ।
खासगरी वृष, धनु र
मिनराशिसँगको सम्बन्ध त्यति सफल हुँदैन ।

१२. मीन राशियो राशिका महिला पुरुष
सधै खुसी रहन चाहने प्रकृतिका हुन्छन् र
यिनीहरुआफ्नो प्रेमी प्रेमीका निकै सुन्दर
होस् भन्ने चाहन्छन् ।
कसैसँगमाया पिरती लगाएपछि जिवनमा सबै
कुरा पाएको ठान्दछन् र
दायाँबायाँ हेर्दैनन्। यस्तो एकसुरे
प्रवृत्तिले
गर्दा कहिलेकाहीँ नराम्ररी धोका खान्छन्
। मीन राशिका व्यक्तिहरु
खासगरी कन्या राशिका व्यक्तिहरुसँग
बढि आकषिर्तहुन्छन् र प्रेम सम्बन्ध सफल
पनि हुन्छ । त्यस्तै मेष र
मिथुनराशिसँगको सम्बन्ध पनि सफल नै
हुन्छ । तर सिंह राशिसँगको प्रेम
सम्बन्धभने असफल हुने सम्भावना धेरै
हुन्छ..!!!



                                                                                                                                                              

निर्वस्त्र सुत्नुका फाइदै फाइदा

तपाइँ रातमा सुत्दा लुगा फुकाल्ने गर्नुहुन्छ की हुन्न ? सायद बाहिरी कपडा फुकालेपनि भित्री लुगा चाहीँ फुकाल्नुहुन्न होला । अझ अहिलेको जाडो याममा त बाहिरी लुगा समेत फुकाल्न धौ धौ हुन्छ होला ।


बाहिरी लुगा समेत नफुकालीकन सुत्दाखेरी सुत्न अप्ठेरो हुने र निद्रा नपर्ने भएकाले भित्री लुगा वा नाइट डेस लगाएर सुत्ने चलन हुन्छ । तर विज्ञहरुले भने सुत्दाखेरी भित्री वस्त्र समेत खोलेर निर्वस्त्र सुत्ने गरेमा त्यो स्वास्थ्यका लागि निकै फाइदाजनक हुने बताउँछन् ।
विज्ञहरुका अनुसार निर्वस्त्र भएर सुत्नाले व्यक्तिको स्वास्थ्यमा धेरै फाइदा पुग्छ । निर्वस्त्र सुताई व्यक्तिको शारीरिक मात्र नभएर मानसिक स्वास्थ्यका लागि समेत उपयोगी हुने बताइन्छ । विज्ञहरुका अनुसार महिलामा यौन रोगको जोखिम कम गर्न निर्वस्त्र सुताइ निकै फलदायी हुन्छ । खासगरी गुप्तांगमा हुने विभिन्न खालका संक्रमणको खतरा कम गर्न र गुप्तांग स्वस्थ राख्नका लागि निर्वस्त्र रुपमा सुत्नु आवश्यक हुने विज्ञहरुको ठम्याइ रहेको छ । निर्वस्त्र रुपमा सुत्दा महिलाको गुप्तांग हुने ढुसी तथा ब्याक्टेरियाको संक्रमण नियन्त्रण हुन्छ ।
निर्वस्त्र सुत्नुको अर्को फाइदा भने मिठो निद्रा पर्नु हो । निर्वस्त्र सुताइले तपाइँलाई निद्राका बेला सितलता प्रदान गर्छ जसका कारण तपाइँलाई अझ गहिरो र मीठो निद्रा पर्छ ।
रातमा सुत्दा लुगा लगाएर सुत्ने बानीले व्यक्तिको सुन्दरतामा समेत असर पूराउँछ । विज्ञहरुका अनुसार सुत्दाखेरी लुगा लगाउने वा बढि न्यानो भएर सुत्दा मानिसको सरीरबाट मेलाटोनिन र ग्रोथ हर्मोनको उत्पादन कम हुन्छ । यस्तो हर्मोनको उत्पादन कम हुनु भनेको व्यक्तिमा छिटै बुढयौलीका लक्षण देखिनु हो । निर्वस्त्र सुत्नाले व्यक्तिको सरीरबाट यस्ता हर्मोनको उत्पादन बढि हुन्छ, जसका कारण बुढयौलीका लक्षणमा न्यूनिकरण मात्र होइन छाला र कपालको सुन्दरतामा पनि वृद्धि हुन्छ ।
निर्वस्त्र भएर सुत्नुको अर्को फाइदा पनि छ । त्यो के भने मोटोपन घटाउनका लागि समेत निर्वस्त्र सुताइ कामयावी हुन्छ । राम्रो निद्रा नपर्दा कोर्टिसोल हर्मोनको उत्पादन बढि हुने र यो हर्मोनका कारण व्यक्तिलाई बढि भोक लाग्ने भएकाले धेरै खाने र सोही कारण मोटोपन बढ्छ । तर निर्वस्त्र सुत्दा पर्ने मीठो निद्राका कारण यो हर्मोनको मात्रा घट्न गई भोकमा सन्तुलन वा नियन्त्रण आउँछ जसका कारण मोटोपन नियन्त्रणमा समेत सघाउ पुग्छ ।
निर्वस्त्र सुत्ने बानीले व्यक्तिमा आत्मविश्वासको लेभलमा पनि वृद्धि गर्ने विज्ञहरु बताउँछन् ।
निर्वस्त्र सुत्ने मानिसले लुगा लगाएर सुत्नेले भन्दा बढि यौनसुख प्राप्त गर्छन् र उनीहरुको यौन जिवन पनि सफल बन्छ । जब दम्पतीहरु निर्वस्त्र रुपमा ओछ्यानमा सुत्छन् तब दुबैको नांगो छालाको स्पर्शले दुबैमा लभ हर्मोन भनिने अक्जीटोसिनको उत्पादन बढाउँछ । यसले व्यक्तिलाई सम्भोगका लागि सक्रिय बनाउँछ र इच्छा जागृत गर्छ अनि एक अर्कामा आकर्षण बढाउने काम गर्छ । निर्वस्त्र सुताइले मानिसमा सम्भोगका बेला चरम आनन्द प्राप्तिको दर पनि बढाउने बताइन्छ ।




लिंगको आकार र यौन आनन्द



अहिले मानिसहरू धेरै भन्दा धेरै यौन सन्तुष्टि कसरी पाउन सकिन्छ भन्ने कुराको चासो राख्ने गर्छन्। कतिले त यौन सन्तुष्टि पाउने नाममा लिंगको आकार बढाउनुपर्छ भन्ने ठान्छन्। सञ्चारमाध्यममा गरिने यौन स्वास्थ्यसम्बन्धी विज्ञापनको आधारमा लिंगको आकार बढाउन औषधि समेत प्रयोग गर्छन्।
लिंगको आकार ठूलो हुँदैमा यौन सन्तुष्टि मिल्ने कुरा गलत भएको मेडिकल साइन्सले पुष्टि गरिसकेको छ। यौनविद् रुसेल आइसम्यान्सले १८ देखि २५ वर्षका महिलाहरूमा लिंगको लम्बाइ र चौडाइले यौन सन्तुष्टिमा कस्तो प्रभाव पार्छ भन्ने कुराको अनुसन्धान गरेको थियो। उनीहरूले यौन आनन्दमा लिंगको आकारले कुनै प्रभाव नपार्ने बताएका थिए। लिंग जत्रो भए पनि योनीको क्लिटोरिसमा घर्षण हुँदा महिलाले यौन आनन्द पाउँछन्।
पुरुषहरू आफ्नो लिंगको आकार सानो भएको कुराले धेरै तनावमा हुने गरेको पाइएको छ। अझ ब्लू फिल्ममा जस्तै पुरुषको लिंग मोटो र लामो हुनुपर्छ भन्ने धारणा बनाउँछन् उनीहरू। अमेरिकाको गरिएको एक अनुसन्धान अनुसार पुरुषको उत्तेजित नभएको लिंगको लम्बाइ ३.४ देखि ३.७ इन्च र उत्तेजित लिंगको लम्बाइ ५.१ देखि ५.७ इन्च हुन सक्ने जनाएको छ। यौन सन्तुष्टि लिंगको आकारभन्दा पुरुष महिलाबीचको प्रेममय क्रिडामा भर पर्छ।
बजारमा लिंग बढाउने नाममा धेरै किसिमका साधन पाइन्छन्। तीमध्ये पम्पहरू बढी प्रचलित छन्। तर, पम्प प्रयोग गर्दा सावधानी अपनाउनुपर्छ। नत्र यसले लिंगलाई चोट पुर्‍याउनसक्छ।
लिंगको आकार ठूलो हुँदा महिलालाई समस्या हुन सक्छ। ठूलो लिंग योनीभित्र बलपूर्वक छिराउँदा योनीमा चोट पनि पुग्न सक्छ। लामो लिंग महिलाको योनीको भित्रसम्म पुग्ने र अझ बलपूर्वक सम्भोग गर्दा महिलालाई पीडा हुनुका साथै रक्तस्राव पनि हुन सक्छ। त्यसैले ठूलो र मोटो लिंगले महिलालाई चरम यौन आनन्द दिन्छ भन्नु गलत हो।
लिंगको लम्बाइ र मोटाइ भनेको शारीरिक कुरामात्र हो तर यौन सन्तुष्टि भनेको मानसिक र भावनात्मक कुरा हो। महिलाको सुन्दर जिउडालले मात्र पुरुषलाई यौन आनन्द दिन सक्दैन। न पुरुषको बलिष्ठ शरीरले नै महिलालाई सन्तुष्ट पार्न सक्छ। सम्भोग एक कला हो। सम्भोगअघि प्राक्क्रीडालाई धेरै समय दिनुपर्छ। हतार-हतार आफ्नो आकांक्षा तृप्त गर्नुलाई सम्भोग भनिँदैन, जुन एकतर्फी हुन्छ। सम्भोगमा दुवैको सहभागिता बराबर चाहिन्छ। 


डा. आदर्श प्रधान




महिलाको चरम सुख



यौन सम्पर्कको बेलामा प्राप्त हुने चरम सुख अर्थात् अर्ग्याजमको विषयमा विभिन्न विवाद नभएका होइनन्। यस विषयमा विभिन्न खालका धारणा तथा परम्परागत विश्वास रहेका छन्। महिलाले कहिल्यै चरम सुख प्राप्त गर्दैनन् भन्ने मत पनि छ। महिलाले चरम सुख प्राप्त गर्न अपनाउनुपर्ने विधिका विषयमा फरक-फरक धारणा पाइन्छन्। तर, सम्भोगका बेला पुरुषलाई जति छिटो चरम सुख प्राप्त हुन्छ, महिलालाई यस्तो सुख ढिलो गरेर प्राप्त हुन्छ।
महिलाको चरमसुखका बारेमा विभिन्न भ्रमलाई चिर्दै वैज्ञानिक तथा यौन मनोविज्ञहरूले विभिन्न तथ्य पत्ता लगाएका छन्। न्यू साइन्टिस्ट म्यागजिनमा ती तथ्य उल्लेख गरिएका छन्।

-महिलाको योनीभित्र जी स्पट हुन्छ भन्ने कुरा सत्य हो। योनीभित्र हुने यो स्थान निकै संवेदनशील क्षेत्र हो। यही क्षेत्रमा घर्षण पैदा भएसँगै महिलालाई चरम सुख प्राप्त हुन्छ। तर, यो योनीभित्र ठीक कुन भागमा हुन्छ भन्ने कुराको यकिन भने गर्न सकिँदैन।
-चरम सुखका बेला महिलाको मस्तिष्कको अधिकांश भाग निस्त्रि्कय हुन्छ। वैज्ञानिकहरूले गरेको अनुसन्धानले के देखाएको छ भने जब मान्छेको दिमागमा सेक्सले ठाउँ पाउँछ, अरू विषय स्वतः निष्त्रि्कय हुन्छन्। अझ चरम सुखका बेला त संवेदनाको अनुभूति गर्ने क्षेत्रसमेत निष्त्रि्कय हुन्छ।
-धेरै महिलाले चरम सुख प्राप्त गर्न सक्दैनन्। अमेरिकामा गरिएको एक सर्भेक्षणले ४३ प्रतिशत अमेरिकी महिलामा यस्तो समस्या भएको देखाएको थियो। यसको निष्कर्ष के हो भने पुरुषको तुलनामा अत्यधिक महिलामा यौन सुख प्राप्त नगर्ने जैविक कमजोरी नै हुन्छ।
-चरम सुखलाई वंशाणुले फरक पार्छ। अनुसन्धान अनुसार चरम सुखमा हुने ४५ प्रतिशत विविधता वंशाणुकै कारण हुन्छ। कतिपय महिलाले सम्भोगका बेला चरमसुख पाउन सक्दैनन् र केहीलाई हस्तमैथुन गर्दा पनि यौनसुखको अनुभूति हुँदैन, यसो हुनुमा वंशाणुगत कारण मुख्य हुन्छन्।
-चरम सुख दिने प्रविधि बन्दै छ। जैविक कारणले नै चरम सुख पाउनबाट वञ्चित महिलालाई यौन सुखको अनुभूति दिलाउन वैज्ञानिकहरूले प्रविधिको विकास गरिरहेका छन्। यौन उत्प्रेरकको काम गर्ने यस्तो प्रविधि महिलाको ढाडभित्रको नसामा जोडिनेछ, जसले चरम सुख प्राप्त नहुने समस्या समाधान गरिदिनेछ।



विरोधपछि हट्यो फेसबुक पेज



व्यापक विरोधपछि फेसबुकले अस्ट्रेलियाली आदिवासीहरुको जँड्याहा बानीव्यहोरा सम्बन्धि एक पेजलाई हटाएको छ ।
एबोरिजनल मेम्स नामको उक्त पेजमा भनिएको थियो की अस्ट्रेलियाका ती आदिवासी तथा मूल निवासीलाई व्यंग गर्नुहोस् । जाँड पिउने आदिवासीलाई खिसिट्युरी गर्न आह्वान गरिउको उक्त पेजको सर्वत्र विरोध हुन थाल्यो ।
अन्ततः अनलाइनमा एक अपिल पनि सार्वजनिक गरियो, जसमा साम्प्रदायिक सद्भाव विथोल्ने पेजलाई हटाउन ऐक्येवद्धताको आह्वान गरिएको थियो । उक्त अनलाईन अपिलमा १७ हजार मानिसले एक्येबद्धता जनाएका थिए भने अस्ट्रेलियाली सरकारले पनि त्यस्तो आपत्तिजनक पेजप्रति कडा निन्दा गरेको थियो । अमेरिकी कम्पनीको रुपमा रहेको फेसबुकले अस्ट्रेलियामा दादागिरी देखाएको भन्दै सरकारले नै कडा आलोचना गरेको थियो ।
अस्ट्रेलियाकै कुनै फेसबुक प्रयोगकर्ताले बनाएको उक्त फेसबुक पेजको बारेमा निकै ठूलो विवाद खढा भएपछि फेसबुक अन्ततः उक्त पेजलाई हटाउन बाध्य भयो । समाचार अनुसार एकजना १६ वर्षीय किशोरले उक्त पेज बनाएको थियो ।f



f





f




f




 f



f


f




f



f



f



f








gf









 ggf

No comments :

Pageviews

Followers

Blog Archive