के तपाइलाइ थाहा छ ।
1.
· सर्वप्रथम ओलम्पिक खेल ग्रीसमा ईसापूर्व ७७६मा भएको थियो।
· हाल नेपाल समेत हिमालय पर्वतश्रेणी रहेको भूभागमा ४ करोड ५० लाख बर्षपूर्व टेथिस सागर नामको समुन्द्र थियो।
· वस्तुको विद्युतीय गुण जुन आकर्षण वा विकर्षणको कारण हुन्छ लाई आवेश भनिन्छ।
· पृथ्वीको जन्म लगभग ४६० करोड वर्ष पूर्व भएको थियो।
· हिरोशिमामा प्रथम अणुबम बिस्फोट ६ अगस्त १९४५मा भएको थियो।
· "दी म्याग्नेट" पुस्तकका लेखक विलियम गिल्बर्ट हुन र यस पुस्तकमा चुम्बकको गुण बारे वर्णन गरिएको छ।
· भारतमा इस्ट इण्डिया कम्पनीको स्थापना ३१ दिसम्बर सन् १६००मा भएको थियो।
· सगरमाथा (Mount Everest)मा सन् १९५३ मे ९मा पहिलो पटक मानव पाइला परेको थियो।
· प्रथम विश्व युद्ध २८ जुलाई, १९१४ देखि ११ नोभेम्बर, १९१८ सम्म चलेको थियो।
· नेपालमा सबभन्दा धेरै बोलिने भाषा नेपाली हो ।
2.
· गोरखा राजतन्त्रको नाम सन १९३०मा फेरेर नेपाल राखिएको हो।
· नेपालमा हिन्दू पगरी लगाई शासन गरेका शाहबंशीय राजाहरूका पूर्खा खाँचा खान मुसलमान थिए।
· चिनीको बटुको भनेर विश्वमा चिनिने देश क्युबा हो।
· तत्कालिन सोभियत संघले सर्व प्रथम 'स्पूतनिक' स्याटेलाईट ४ अक्टूबर, १९५७मा अन्तरिक्षमा पठाएर एउटा कीर्तिमान स्थापित गर्यो।
· चीनको विशाल पर्खालको निर्माण ईशा पूर्व २२१मा सम्पन्न भएको थियो।
· महान अहिंसावादी नेता महात्मा गान्धीको जन्म २ अक्टोबर १८६९मा भएको थियो।
· सुगौली सन्धिमा हस्ताक्षर गरेर नेपालले आफ्नो एक तिहाई भू-भाग ब्रिटिश भारत समक्ष गुमाउनु परेको थियो। त्यसै सन्धिबाट सिक्किम माथिको अधिकार पनि गुमाउनु पर्यो।
· भारत र श्रीलंका बीच समुद्रमा बनेको ३० किमी लामो पूललाई 'एडम्स ब्रीज' भन्छन।
· अमेरिकाको अन्तरिक्ष केन्द्रलाई 'केप केनेडी' भन्छन्। यो फ्लोरिडा राज्यमा अवस्थित छ।
· ११ सेप्टेम्बर २००१ का दिन अमेरिकाको वर्ल्ड ट्रेड सेन्टरमा आतंकवादी हमला हुँदा हजारौंको संख्यामा निर्दोष नागरिकहरू मारिएका थिए।
3.
· डा फुहररले लुम्बिनीको उत्खनन् गरेपछि १ डिसेम्बर १८९६मा भगवान गौतम बुद्धको जन्म लुम्बिनीमा भएको पत्ता लागेको थियो।
· लिच्छवीकालमा राजकीय भाषा संस्कृत थियो।
· हात्ती पोलो खेलमा एक टिममा ४ जना खेलाडी हुन्छन्। यस खेलकोको विश्वकप नेपालमा (चितवनको सौराहामा) हुने गर्छ।
· गोहीले मुखभन्दा बाहिर जीभ्रो निकाल्न सक्दैन।
· गंगटोको दाँत पेटमा हुन्छ भनें मिनोज माछाको दाँत घाँटीमा हुन्छ।
· धनुषा, भक्तपुर र बारा जिल्लामा एउटा पनि कारागार छैन।
· इकेवाना शब्द फूलको उत्पादन, सजावट, प्रदर्शनी र बिक्री सँग सम्बन्धित छ। इकेवाना शब्द जापानी शब्द हो ।
· नेपाली र रसियन दुवै भाषाका वर्णमालामा बराबर ३६-३६ अक्षर रहेका छन्। यी दुवै भाषामा अक्षरको लेखाई र उच्चारण एउटै हुन्छ।
· आफ्नो पनाति राजा हुन्जेलसम्म बाँच्ने राजा श्री ५ राजेन्द्र हुन्।
· राजा अंशुवर्माले ‘शब्द विद्या’ नामक ग्रन्थको रचना गरेका थिए।
· राजा अभय मल्ल भूकम्पका कारण मरेका थिए।
· लिम्बू भाषाको लिपीलाई सिरिजंगा लिपी भनिन्छ।
· राजा योगनरेन्द्र मल्लको मृत्यू हुँदा ३१ रानी सती गएका थिए।
4.
· नेपालको सबैभन्दा सुन्दर झरना रूप्से झरना म्याग्दी जिल्लामा पर्दछ ।
· मोटरसाइकलका आविष्कारक गट्लिब डायमलर हुन भने हेलिकोप्टरका आविष्कारक इगोर सिकोर्स्की हुन ।
· तामाङ जातिको मृत्यु संस्कारलाई घेवा भनिन्छ जसमा १०८ वटा बत्ती (ग्याम्जा) बालिन्छ।
· लिम्बू जातिले नाच्ने नाच धान नाच हो भनें सोरठी नाच गुरूङ जातिले नाच्ने नाच हो।
· नेपाली साहित्यमा लाटो साथी भनेर विष्णुराज आत्रेय, भूतको भिनाजू भनेर बासुदेव लुइँटेल र चट्याङ मास्टर भनेर कृष्णमुरारी गौतम लाई चिनिन्छ ।
· विदेश सँग नेपालको पहिलो दौत्य (कूटनीतिक) सम्बन्ध सन् १९३४मा बेलायत सँग भएको थियो। त्यसपछि १९४७ अप्रिलमा अमेरिका र जुनमा भारत सँग सम्बन्ध कायम भयो। त्यसपछि १९४९मा फ्रान्स र १९५५मा चीन सँग सम्बन्ध स्थापित भएको थियो ।
· व्यंग्यचित्र (कार्टून)को सुरूवात नेदरल्याण्डबाट भएको हो ।
· विश्वमा पहिलो साइकल सन् १८६४मा फ्रान्सको पेरिसमा चढिएको थियो ।
· संस्कृत व्याकरणशास्त्री पाणिनीको जन्म अर्घाखाँचीमा भएको मानिन्छ ।
5.
· नेपालको सबैभन्दा होचो स्थानमा रहेको विमानस्थल मोरङको विराटनगर विमानस्थल समुद्र सतहबाट ७२मी. उचाइमा अवस्थित हो भनें नेपालको सबैभन्दा उच्च स्थानमा रहेको विमानस्थल भने सोलुखुम्बु जिल्लाको स्याङबोचे विमानस्थल हो जुन विमानस्थल समुद्र सतहबाट ३७४९मी. उचाइमा अवस्थित छ ।
· नेपालमा कफी खेतिका लागि प्रसिद्ध जिल्ला गुल्मी हो भने चिया खेतीका लागि प्रसिद्ध जिल्ला इलाम जिल्ला हो।
· विश्वमा हालसम्म ४२ वटा देशमा संविधान सभामार्फत संविधान बनेका छन् ।
· २०६७मा जीवन काँडा कि फूल नामक उपन्यासका लागि मदन पुरस्कार पाउने उपन्यासकी उपन्यासकार झमक कुमारी घिमिरेको जन्म धनकुटाको कचिण्डेमा भएको हो।
· राजा गुणकामदेवले कान्तिपुर शहरको निर्माण गर्दा प्रतिदिन रू १ लाख रूपियाँ खर्च गरी १८ हजार घरहरूको निर्माण गराएका थिए।
· काठमाडौंको नयाँसडक स्थित भूगोल पार्क विक्रम सम्बत १९९० सालको भुकम्पमा मारिएका १६ हजार ८७५ मानिसहरूको स्मृतिमा बनाइएको हो।
· नेपालमा विक्रम सम्बत १९६८ देखि जनगणना लिन सुरू भएको हो। १९७८ र १९८८मा भएका जनगणनामा नेपालको जनसख्या लगातार घटेको थियो। १९६८को ५६ लाख ३९ हजार जनसख्या १९८८मा ५५ लाख ३२ हजारमा झरेको थियो।
· पञ्चैबाजामा ट्याम्को, दमाहा, शहनाई, झ्याली र नरसिंहा पर्दछन् भनें नौमती बाजामा दुई शहनाई, दुई दमाहा, ट्याम्को, झ्याली, ढोलक, करनाल र नरसिंहा पर्दछन्
6.
· काग यस्तो पंक्षी हो जसले आफ्नो चारो निश्चित ठाउँमा भण्डार गरेर राख्छ र आवश्यक परेको बेलामा खान्छ।
· विश्वको छ वटा देशहरूमा अहिले सम्म इन्टरनेट सेवा जडान भएको छैन।
· एशिया महाद्वीपको जम्मा क्षेत्रफल चन्द्रमाको जम्मा क्षेत्रफल भन्दा धेरै छ।
· सबैभन्दा पहिले देवनागरी लिपिप्रयोग गरेर सामग्री पस्किने विकिपीडिया नेपाली विकिपीडिया हो।
· सप्तसिन्धुमा गंगा नदी, यमुना नदी, सरस्वती नदी, गोदावरी नदी, नर्मदा नदी, सिन्धु नदी, कावेरी नदी नदीहरू पर्दछन्।
· पञ्चमहापातकमा ब्रह्महत्या, सुरापान, चोरी, गुरूस्त्री गमन र यी महापातक संगको संगत जस्ता अपराधहरू पर्दछन्।
· फूलपातीका दिन भित्र्याउने नवपत्रिकामा केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक, र जयन्ती पर्दछन्।
· नेपालको इतिहासमा निम्न उपनामले यी राजाहरूलाई चिनिन्छ : सिमसिमे राजा- शिवसिंह मल्ल, अभागी राजा -जयप्रकाश मल्ल, सन्काहा राजा श्री ५ सुरेन्द्र, अयोग्य राजा- श्री ५ राजेन्द्र, बौलाहा राजा- लक्ष्मीनरसिंह मल्ल
१.हिम चितुवा (Panthera Uncia) नेपालको संरक्षित स्तनधारी बन्यजन्तु हो।
२.रारा ताल नेपालको सवैभन्दा ठुलो ताल हो।
३.सुगौली सन्धि सन् १८१६ मार्च ३मा नेपाल र इष्ट इन्डिया बिच भएको थियो।
४.भन्डारखाल पर्व वि. स. १९०३ कार्तिक १२ गते भएको हत्याकाण्ड हो्।
५.सुलीगाड झरना नेपालको सवभन्दा उच्च स्थानमा रहेको झरना हो।
६.टुण्ड्रा वनस्पति समुन्द्र सतहबाट ५००० मिटर भन्दा माथीको उचाइमा पाइने वनस्पति हो।
७.शे-फोक्सुन्डो राष्ट्रिय निकुन्ज नेपालको सवैभन्दा ठुलो राष्ट्रिय निकुन्ज हो।
८. फोक्सुन्डो ताल नेपालको सवैभन्दा गहिरो ताल हो।
९.विश्वको सर्वोच्च शिखर सगरमाथाको इचाई ८८४८ मिटर रहेको छ।
१०.शिवपुरी राष्ट्रिय निकुन्ज १४४ वर्गकिलोमिटर क्षेत्रफलमा राष्ट्रिय निकुन्ज हो।
7.
· पहिलो नेपाली पर्वतारोही करबीर बुढाथोकी हुन्।
· नेपालको सबैभन्दा पुरानो मन्दिर स्वयंभूनाथ हो।
· भारतमा महाकाली नदीलाई शारदा नदी, कर्णाली नदी लाई सरयू नदी र गण्डकी नदीलाई गण्डक नदी भनिन्छ।
· नेपालको सबैभन्दा पुरानो पत्रिका सुधार सागर बि.सं.१९५५ हो भनें अखबार गोरखापत्र १९५८ हो। जवकी नेपाली भाषाको पहिलो पत्रिका गोर्खा भारत जीवन १९४५ हो।
· खुम्बू हिमनदी नेपालको सबैभन्दा लामो हिमनदी हो। यो ७६०० मीटर उचाईमा सुरू भएर ४९०० मीटर सम्मको उचाइमा बग्दछ।
· आँखा नहुने जीव गँड्यौला हो भनें खुट्टामा कान हुने जीव झ्याउँकिरी हो।
· कलियुग पौष कृष्ण औंसीबाट सुरू भएको मानिन्छ।
· आरूको बियाँलाई बस्पति भनिन्छ भनें लप्सीको बियाँलाई च्याम्पटी भनिन्छ।
8.
· रारा ताल नेपालको सवैभन्दा ठुलो ताल हो।
· सुगौली सन्धि सन् १८१६ मार्च ३मा नेपाल र इष्ट इन्डिया कम्पनी बीच भएको थियो।
· भण्डारखाल पर्व वि. स. १९०३ कार्तिक १२ गते भएको हत्याकाण्ड हो्।
· सुलीगाड झरना नेपालको सवभन्दा उच्च स्थानमा रहेको झरना हो।
· टुण्ड्रा वनस्पति समुन्द्र सतहबाट ५००० मिटर भन्दा माथीको उचाइमा पाइने वनस्पति हो।
· शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज नेपालको सवैभन्दा ठुलो राष्ट्रिय निकुन्ज हो।
· फोक्सुण्डो ताल नेपालको सवैभन्दा गहिरो ताल हो।
· विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८८४८ मिटर रहेको छ।
· शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज १४४ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ।
9.
· काँडे भ्याकुर नेपालमा मात्र पाइने पंक्षी हो ।
· कलियुग पौष कृष्ण औँसी बाट सुरु भएको मानिन्छ।
· गणेशमान सिंहको वाल्यकालको नाम हिराकाजी थियो।
· नेपालको भूकम्प नजाने शहर भनेर पनौती लाई चिनिन्छ।
· श्री पशुपतिनाथ लाई कार्तिक कृष्ण अष्टमीको दिन बुद्धको मुकुट पहिराइन्छ।
· भिक्टोरिया क्रस पाउने पहिलो नेपाली कूलबीर थापा हुन्।
· नेपालको पहिलो प्रधानमन्त्रि भिम्सेन थापा हुन ।
· सप्त बुद्धमा कनकमुनी¸ शाक्यमुनी¸ शिखी विश्वभू¸ काश्यप, विपश्वी र ऋकुच्छन्द पर्दछन्।
· थर्ड पोल (Third Pole) नामले सगरमाथालाई चिनिन्छ
· स्याऊ संसारमा सबैभन्दा धेरै उत्पादन हुने फल हो।
10.
· नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय सम्शेर जबरा हुन्।
· नेपालमा सबैभन्दा पहिलो बैंकनोट विक्रम सम्बत २००२ सालमा प्रकाशन भएको थियो।
· नेपालको सबैभन्दा ठूलो ढोका नारायणहिटी दरवारको ढोका हो।
· विश्वकै सबैभन्दा ठूलो मरूभूमि सहारा मरूभूमि हो।
· भारतीय रेलवेको दार्जीलिङमा चल्ने रेललाई खेलौना रेल (टोय ट्रेन) भनिन्छ।
· विश्वको सबैभन्दा उचाईमा मुहान भएको नदी अरूण नदी हो।
· धरहराको निर्माण प्रधानमन्त्री भीमसेन थापाले वि.सं. १८८२ मा गराएका हुन्।
· तिब्बतबाट सन् १९५९ देखि भारतमा शरण लिइरहेका दलाई लामाको आश्रम भारतको धर्मशालामा रहेको छ।
· नेपालमा पर्वतारोहणका लागि सबैभन्दा पहिले खुला गरिएको हिमाल अन्नपूर्ण हिमाल हो।
11.
· विश्वकी प्रथम महिला प्रधानमन्त्री सिरिमावो बन्दरानाइके हुन्। उनी श्रीलंकाकी प्रधानमन्त्री बनेकी थिइन्।
· विश्वको सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने महिला पाकिस्तानकी बेनजिर भुट्टो २३ बर्षको उमेरमा प्रधानमन्त्री बनेकी थिइन्।
· विश्वको पहिलो महिला अन्तरिक्ष यात्री सोभियत संघकी भ्यालेन्तिना तेरेस्कोभा हुन्।
· नेपालको पहिलो विमान चालक महिला रक्षा राणा हुन्।
· सगरमाथा आरोहण गर्ने विश्वको पहिलो महिला जापानकी जुन्को ताबेई हुन् भने नेपालको पहिलो सगरमाथा आरोहि महिला श्रीमती पासाङ ल्हामु शेर्पा हुन्।
· विश्वसुन्दरी प्रतियोगिता आयोजना गर्ने प्रचलन बेलायतबाट सुरू भएको हो।
· नेपालको पहिलो महिला सम्पादक साधना प्रधान र कुमारी कामाक्षादेवी हुन्?
· नायबी शासन चलाउने पहिलो महिला रानी राजेन्द्रलक्ष्मी हुन्।
· रेडियो नेपालकी पहिलो गायिका कोइलीदेवी हुन् भने पहिलो गीत रेकर्ड गराउने महिला मेलवा देवी हुन्।
· नेपालकी पहिलो महिला मन्त्री द्वारिका देवी ठकुरानी हुन् भने पहिलो महिला उपप्रधानमन्त्री शैलजा आचार्य हुन्।
· सर्वप्रथम मदन पुरस्कार पाउने महिला लेखिका पारिजात हुन्।
· विद्यावारिधि गर्ने पहिलो नेपाली महिला प्रभा बस्नेत हुन् भने नेपाली साहित्यमा विद्यावारिधि गर्ने पहिलो महिला बानिरा गिरी हुन्।
· प्यारासुटबाट हाम्फाल्ने पहिलो नेपाली महिला सुन्दरी श्रेष्ठ हुन्
--------------------------------------------------------------------------------------------------------------------------------------
युवाले सफलताको लागि के गर्ने ?
अङ्ग्रेजीमा एउटा भनाइ छ– “Everybody wants to get success but very few prepare to get success” अर्थात् सफलताको चाहना सबैले राख्दछन् तर ज्यादै कमले सफलता प्राप्त गर्नको लागि आफूलाई तयार गर्दछन्। हो, आफूलाई तयारी गर्नु सफलताको अग्रगमनको बाटोमा आफूलाई डोर्याउनु हो।
प्रश्न उठ्छ, आफूलाई तयार कसरी गर्ने ? जीवनमा तीन किसिमको उद्देश्य बनाउनुपर्छ। ती हुन्– छोटो समयको लागि बनाइने उद्देश्य, जसमा तपाईंले आफ्नो कमजोरीलाई पहिचान गरेर छोटो समयमा के के सिक्न सकिन्छ, जस्तै प्रभावकारी सञ्चारको सीप, कम्प्युटरको ज्ञान, साना साना अर्थात् १५ दिनेदेखि ३५ दिनेसम्मका व्यक्तित्व विकाससम्बन्धी तालिम आदि इत्यादि।
दोस्रो मध्यकालको उद्देश्य, जसमा तपाईंले आफ्नो प्राज्ञिक शिक्षा (Academic Education) मा सम्पूर्ण ध्यान लगाएर राम्रो अङक प्राप्त गर्नको लागि दत्तचित्त भएर लाग्नु जरूरी छ र यसको लागि अवश्य तपाईंहरूमा कौतुहलता होला आखिर पढ्ने कसरी ? हो, किताबी किरा भएर, समय दिएर र घोकेर मात्र राम्रो ज्ञान प्राप्त गर्न सकिंदैन। त्यसको लागि मेरो ब्रह्मले देखेका, बुझेका, अनुभव र अनुभूति गरेका केही बुँदाहरू यहाँ प्रस्तुत गर्न चाहन्छु।
Longterm Aim अर्थात् लामो समयको उद्देश्य। तलका दुई उद्देश्यलाई परिपूर्ति गर्नैपर्ने हुन्छ, लामो समयको उद्देश्य प्राप्त गर्न।तपाईं डाक्टर, इन्जिनियर, राजनीतिज्ञ, कृषिविज्ञ, प्राध्यापक, चार्टर्ड एकाउन्टेन्ट आदि जे पनि उद्देश्य बनाएर अनि मात्र अगाडि बढ्न सक्नुहुन्छ।
युवाहरू फुर्सदमा बस्नै हुँदैन, आफूलाई केही न केहीमा व्यस्त बनाइ राख्नुपर्छ। चाहे तपाईं कविता लेख्नुस्, कुनै सङगठनमा स्वयंसेवक बनेर निस्वार्थ भावले आफ्नो कर्म गर्नुस्, चाहे कहिँ अतिरिक्त समयमा अध्यापन गराउनुस् या बच्चाहरूलाई होम ट्युसन दिनुस्। जे गर्नुस् तर आफूलाई सकारात्मक काममा व्यस्त राख्नुस् र हेर्नुस् केही वर्षपछि त्यसको परिणाम आश्चर्यजनकरूपले तपाईंको सामु प्रकट हुनेछ। जीवनमा आराम, मनोरञ्जन, मस्ती पनि चाहिन्छ। त्यसको लागि समय व्यवस्थापन गर्नुस् र घरायसी पर्यटक भएर विभिन्न ठाउँमा घुम्ने गर्नुस्। यसले तपाईंको सोच, विचार, दृष्यावलोकन, जीवनप्रतिको माया, मोह र ममता अथाहरूपमा बढेर जानेछ। भनिन्छ “जबसम्म एउटा विद्यार्थी विभिन्न ठाउँको भ्रमण गर्दैन, उसको शिक्षा अधूरो रहन्छ।”
खासगरेर अहिले हाम्रो देशका युवाहरूमा ठूलो निरासा, बेचैनी र विचलन छ। यसको मुख्य कारण एउटै हो ूक्ष् धबलत ष्त चष्नजत लयधू अर्थात् मलाई अहिले यो चाहियो भन्ने प्रवृत्तिबाट युवाहरू ग्रसित छन्। हो, समस्या त्यहिँ छ। हामीले बाटामा ट्राफिकको नारा देखेका छांै “बिस्तारै गए अवश्य पुगिन्छ, हतार गरे थाहा छैन”। हतारोले चटारो निम्त्याउँछ। रातारात करोडपति बन्ने सपनाले कति होनहार युवाहरू जेलखानाको जीवन बिताइरहेका हामी सबैले जाने बुझेकै र देखेकै हो। युवा मात्र होइन कुनै पनि व्यक्ति विचलन, निरासा, तनावबाट ग्रसित हुने अर्को मुख्य कारण करनी र कथनीमा एकरूपता नहुनु अर्थात् भन्ने एउटा तर गर्ने अर्को। त्यस्ता व्यक्तिहरू जहिले पनि विचलित नै हुन्छन्। त्यसकारण हामीले नैतिक चरित्रलाई मात्र सुधार्न सक्यौं भने हामी विचलित हुँदैनौं र जीवनमा जहाँ विचलन छैन, त्यहाँ प्रगति, विकास, सामाजिक प्रतिष्ठा र मानमर्यादा, नाम र प्रसिद्वि, पद, पैसा, पहिचान सबैथोक प्राप्त गर्न सक्छौं र त्यस्तो सफलता दिगो रहन्छ।
अब केही कुरा सीप, शिक्षा र प्राविधिक ज्ञानको। शिक्षाको प्रसङग त माथि नै उल्लिखित भइसकेका छन्। सीप र प्राविधिक ज्ञान यदि छैन भने प्राज्ञिक शिक्षाले मात्र हामी आफ्नो गन्तव्यमा कहिल्यै पनि पुग्न सक्दैनौं। त्यसकारण जीवनमा प्रशिक्षण र प्राविधिक ज्ञानको जानकारी अत्यन्त जरूरी छ। आफूलाई प्रत्येक क्षण प्रशिक्षित गर्दै लग्न सकियो भने दु:ख, समस्या, वेदना, पीडालाई हामी धेरै टाढा पुर्याउन सक्छौं।
अर्को प्रसङग उल्लेख गर्न चाहन्छु। शिक्षा, सीप र प्राविधिक ज्ञानको साथै हाम्रो संस्कारमा विकास हुनु ज्यादै महत्त्वपूर्ण हुन्छ अर्थात् शिक्षा त छ तर संस्कार छैन भने त्यस्ता व्यक्तिहरूले अवसरहरू गुमाउने छन्। मान्नुस् एउटा व्यक्ति प्राज्ञिकरूपले शिक्षित छ, ऊ कुनै कलेजको प्राध्यापक छ तर बाटोमा उभिएर पिसाब गर्न उसलाई रत्तिभर अप्ठ्यारो लाग्दैन। भन्नुस् त त्यस्तो शिक्षा के काम जसमा संस्कार छैन। त्यसकारण संस्कारी व्यक्तिहरूको सङगत हामीले गर्नुपर्छ। उनीहरूका आचरण, बोल्ने शैली, अरूलाई कसरी आफूले शिष्टाचारिता निभाउने जस्ता आध्यात्मिक र चारित्रिक आचरणको स्वीकारोक्ति र पालना नै वास्तवमा संस्कार हो। संस्कारी व्यक्ति उपकारी र कल्याणकारी हुन्छन्।
लेखनाथ पौड्यालको कविताबाट

- पढेका कुरालाई विश्लेषण गर्नुस्।
- सैद्वान्तिक कुरालाई व्यवहारमा ढाल्नुस्।
- बढीभन्दा बढी सन्दर्भ सामग्रीको प्रयोग गर्नुस्
- साथीभाइहरूसँग रमाएर मिलिजुली अध्ययन गर्नुस्।
- पढ्ने, अध्ययन गर्ने आफ्नो अभिभावक या नातागोता या साथीभाइको लागि नभई आफ्नै लागि हो भनेर मनन गर्नुस्।
- आफ्ना मिल्ने साथीसङिगनीहरूसँग अन्तक्र्रिया गर्नुस्।
- सम्बन्धित विषयका शिक्षकहरूसँग मर्यादित र अनुशासित सम्बन्ध राख्नुस्।
- योजना बनाएर पढ्ने गर्नुस्।
- सोच सधैं सकारात्मक राख्नुस्।
- सबैभन्दा महत्त्वपूर्ण नियमित पढ्ने बानी गर्नुस्।
- आफूले पढ्ने पुस्तकहरूलाई पढ्नुभन्दा अगाडि ढोग्नुस् र पुस्तकहरू राख्ने समयमा पनि ढोगेर राख्नुस्। त्यसले अध्ययनप्रति आफ्नो निष्ठा र प्रतिबद्वता बढ्नेछ।
- कुनै पनि चिज पढ्दा त्यसको गहिराइमा पुगेर अध्ययन गर्ने बानी बसाल्नुपर्दछ।
- सुनेका, पढेका र अध्ययन गरेका विषयमा आलोचनात्मक, विवेचनात्मक र समालोचनात्मक ढङगले सोच्ने र मनन गर्ने बानी गर्नुस्।
- युवा विद्यार्थीले खेलमा भाग लिनु अत्यन्त लाभदायक हुन्छ। भनिन्छ जुन विद्यार्थीहरू खेल तथा कुनै पनि अतिरिक्त क्रियाकलापमा भाग लिन्छन्, उनीहरू ज्यादै सृजनशील हुन्छन्
- शिक्षकहरूसँग प्रश्न सोध्ने बानी बसाल्नुस् इत्यादि।
Longterm Aim अर्थात् लामो समयको उद्देश्य। तलका दुई उद्देश्यलाई परिपूर्ति गर्नैपर्ने हुन्छ, लामो समयको उद्देश्य प्राप्त गर्न।तपाईं डाक्टर, इन्जिनियर, राजनीतिज्ञ, कृषिविज्ञ, प्राध्यापक, चार्टर्ड एकाउन्टेन्ट आदि जे पनि उद्देश्य बनाएर अनि मात्र अगाडि बढ्न सक्नुहुन्छ।
युवाहरू फुर्सदमा बस्नै हुँदैन, आफूलाई केही न केहीमा व्यस्त बनाइ राख्नुपर्छ। चाहे तपाईं कविता लेख्नुस्, कुनै सङगठनमा स्वयंसेवक बनेर निस्वार्थ भावले आफ्नो कर्म गर्नुस्, चाहे कहिँ अतिरिक्त समयमा अध्यापन गराउनुस् या बच्चाहरूलाई होम ट्युसन दिनुस्। जे गर्नुस् तर आफूलाई सकारात्मक काममा व्यस्त राख्नुस् र हेर्नुस् केही वर्षपछि त्यसको परिणाम आश्चर्यजनकरूपले तपाईंको सामु प्रकट हुनेछ। जीवनमा आराम, मनोरञ्जन, मस्ती पनि चाहिन्छ। त्यसको लागि समय व्यवस्थापन गर्नुस् र घरायसी पर्यटक भएर विभिन्न ठाउँमा घुम्ने गर्नुस्। यसले तपाईंको सोच, विचार, दृष्यावलोकन, जीवनप्रतिको माया, मोह र ममता अथाहरूपमा बढेर जानेछ। भनिन्छ “जबसम्म एउटा विद्यार्थी विभिन्न ठाउँको भ्रमण गर्दैन, उसको शिक्षा अधूरो रहन्छ।”
खासगरेर अहिले हाम्रो देशका युवाहरूमा ठूलो निरासा, बेचैनी र विचलन छ। यसको मुख्य कारण एउटै हो ूक्ष् धबलत ष्त चष्नजत लयधू अर्थात् मलाई अहिले यो चाहियो भन्ने प्रवृत्तिबाट युवाहरू ग्रसित छन्। हो, समस्या त्यहिँ छ। हामीले बाटामा ट्राफिकको नारा देखेका छांै “बिस्तारै गए अवश्य पुगिन्छ, हतार गरे थाहा छैन”। हतारोले चटारो निम्त्याउँछ। रातारात करोडपति बन्ने सपनाले कति होनहार युवाहरू जेलखानाको जीवन बिताइरहेका हामी सबैले जाने बुझेकै र देखेकै हो। युवा मात्र होइन कुनै पनि व्यक्ति विचलन, निरासा, तनावबाट ग्रसित हुने अर्को मुख्य कारण करनी र कथनीमा एकरूपता नहुनु अर्थात् भन्ने एउटा तर गर्ने अर्को। त्यस्ता व्यक्तिहरू जहिले पनि विचलित नै हुन्छन्। त्यसकारण हामीले नैतिक चरित्रलाई मात्र सुधार्न सक्यौं भने हामी विचलित हुँदैनौं र जीवनमा जहाँ विचलन छैन, त्यहाँ प्रगति, विकास, सामाजिक प्रतिष्ठा र मानमर्यादा, नाम र प्रसिद्वि, पद, पैसा, पहिचान सबैथोक प्राप्त गर्न सक्छौं र त्यस्तो सफलता दिगो रहन्छ।
अब केही कुरा सीप, शिक्षा र प्राविधिक ज्ञानको। शिक्षाको प्रसङग त माथि नै उल्लिखित भइसकेका छन्। सीप र प्राविधिक ज्ञान यदि छैन भने प्राज्ञिक शिक्षाले मात्र हामी आफ्नो गन्तव्यमा कहिल्यै पनि पुग्न सक्दैनौं। त्यसकारण जीवनमा प्रशिक्षण र प्राविधिक ज्ञानको जानकारी अत्यन्त जरूरी छ। आफूलाई प्रत्येक क्षण प्रशिक्षित गर्दै लग्न सकियो भने दु:ख, समस्या, वेदना, पीडालाई हामी धेरै टाढा पुर्याउन सक्छौं।
अर्को प्रसङग उल्लेख गर्न चाहन्छु। शिक्षा, सीप र प्राविधिक ज्ञानको साथै हाम्रो संस्कारमा विकास हुनु ज्यादै महत्त्वपूर्ण हुन्छ अर्थात् शिक्षा त छ तर संस्कार छैन भने त्यस्ता व्यक्तिहरूले अवसरहरू गुमाउने छन्। मान्नुस् एउटा व्यक्ति प्राज्ञिकरूपले शिक्षित छ, ऊ कुनै कलेजको प्राध्यापक छ तर बाटोमा उभिएर पिसाब गर्न उसलाई रत्तिभर अप्ठ्यारो लाग्दैन। भन्नुस् त त्यस्तो शिक्षा के काम जसमा संस्कार छैन। त्यसकारण संस्कारी व्यक्तिहरूको सङगत हामीले गर्नुपर्छ। उनीहरूका आचरण, बोल्ने शैली, अरूलाई कसरी आफूले शिष्टाचारिता निभाउने जस्ता आध्यात्मिक र चारित्रिक आचरणको स्वीकारोक्ति र पालना नै वास्तवमा संस्कार हो। संस्कारी व्यक्ति उपकारी र कल्याणकारी हुन्छन्।
लेखनाथ पौड्यालको कविताबाट
उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर।
फलेको वृक्षको हाङगो नझुकेको कहाँ छ र।।
युवा भनेको राष्ट्रको धुकधुकी हो, परिवर्तनका संवाहक हुन्, विकास र प्रगतिको गोरेटो कोर्ने अभियन्ता हुन्। युवा विचलित हुँंदा राष्ट्रको दुर्दसा हुन्छ। परचक्रीहरूले आफ्नो गिद्धेदृष्टि लगाएर राष्ट्रको अस्मितामाथि हठात् आक्रमण गर्ने मौका पाउँछन्। यदि हामी युवामा शिक्षा, संस्कार र सीप भएन भने हामी अरूद्वारा प्रयोग मात्र गरिन्छौं र आफूसँग लुकेर बसेको प्रतिभालाई प्रस्फुटन गर्न मौकै पाउँदैनौं। त्यसैले राष्ट्र, राष्ट्रियता,राष्ट्र गौरव, राष्ट्र स्वाभिमानको लागि हामीले राम्रो शिक्षा र संस्कार प्राप्त गरेर राष्ट्रलाई विश्व मानचित्रमा विकसित, समृद्व, सम्पन्न र संस्कारी मुलुक बनाउनु छ।
जाँदाजाँदै संस्कृतको एउटा श्लोक– “रूप यौवन सम्पन्नता विशाल कुल सम्भव विद्याहीन नसा भन्ने निर्गन्धाश्व किंशुक” अर्थात् यदि रूपवान र यौवन भएको मानिसको जन्म ठूलो कुलमा भएको छ, तर ऊसँग विद्या छैन भने उसको जीवन सुगन्ध नभएको पलाँसको पुष्पझैं अस्तित्वहीन र बेकम्मा हुन जान्छ।
रक्त समुह र ब्यक्तित्व
(के तपाईंलाई थाह छ, तपाईंको रक्त समुह (blood group) कुन हो भन्ने? यदी थाहाछ भने आउनुहोस् तपाईंको रक्त समुहले के भन्छ तपाईंको ब्यक्तित्त्वको बारेमा भन्ने कुरा हेरौ। रक्त समुहको बारेमा एक जापानि सस्थाले गरेको अनुसन्धान अनुसार भिन्न रक्त समुह अनुसार मान्छेको ब्यक्तित्व पनि फरक फरक हुन्छ। तपाईंले यसलाई कसरी मुल्याङ्कन गर्नुहुन्छ?
समुह 'ओ': यो रक्त समुहका मानिसहरु नेत्रित्व गर्न चाहन्छन। इनिहरुलाई जे देख्यो त्यही चहिने स्वभाब हुन्छ। र सफलता नपाउन्जेल सम्म प्रयास जारी राख्ने बानी हुन्छ। नेत्रित्व गर्ने बानी, बफादार, कामुक र आत्माबिश्वास यो रक्त समुहका मानिसको ब्यक्तित्व हो। यो रक्त समुहको मानिसको कमजोरी भनेको घमन्डीपन, अरुको रिस गर्ने बानी र धेरै प्रतिस्पर्धात्मक हुनु हो।
समुह 'ए': यो रक्त समुहका मानिसहरु सद्भभाब, शान्ती र संगठन मन पराउछन। अरुसँग मिलेर राम्रोसँग काम गर्न सक्ने खुबी हुन्छ। यो समुहका मानिसहरु सम्बेदनशील, स्नेही, दयालु ब्यक्तित्वका हुन्छन। यो रक्त समुहका मानिस हरुको कमजोरी भनेको हठी हुनु र चुपलागेर बस्न नसक्नु हो।
समुह 'बी': यो रक्त समुहका मानिसहरु केही फरक ब्यक्तित्वका हुन्छन। जस्को आफ्नै फरक बाटो हुन्छ, र हरेक काम आफ्नै तरिकाले गर्छन्। यो समुहका मानिसहरु रचनात्मक र लचिलो स्वभाबका हुन्छन। र जस्तो सुकै बातावरणमा समायोजित हुनसक्छन। तर यो समुहका मानिसको स्वोतन्त्र ब्यक्तित्वले उसलाई कहिलेकही परिस्थिती भन्दा निकै टाढा पुर्याउछ र यो नै कमजोरी बन्छ।
समुह 'एबी': यो रक्त समुहका मानिसहरुको ब्यक्तित्व निकै शान्त र नियन्त्रित हुन्छ। सबैले मन पराउने स्वोभाबले कसैको आँखामा गढ्दैनन। बिनम्र, मनोरन्जनात्मक र निस्पक्ष यो समुहका मानिस हरुको ब्यक्तित्वको प्राकृतिक हो। तर यो रक्त समुहका मानिसहरु केही बोधो दिमागका र चिसो प्रक्रितीका हुन्छन, र आफ्नो निर्णयले कहिलेकही आँफै अप्ठ्यारोमा पर्नु इनीहरुको कमजोरी हो।)
आफ्नो शरीरको जानकारी राख्नुहोस
तपाईको बढ्ने उमेर अर्थात १० देखि २४ वर्षको उमेर तपाईको जीवनको महत्वपूर्ण समय हो, जुनबेला तपाई विभिन्न प्रकारका परिवर्तनहरु (शरीर र सोचाइमा) महसुस गर्नुहुन्छ ।यसका साथै तपाई नौला–नौला कुराहरु जस्तै मानव जीवनका विभिन्न क्षणहरुका बारेमा अन्वेषण गर्न रुचाउन थाल्नुहुन्छ र तपाई आफ्नो जीवनको बारेमा आफैं निर्णय गर्न सिक्न थाल्नुहुन्छ । वास्तवमा तपाईले जीवनमा पहिलो पल्ट यस्ता शारीरिक, मानसिक र भावनात्मक परिवर्तनहरुको महसुस गर्नु भएको कारणले तपाईलाई यस सम्बन्धमा धेरै प्रश्नहरु सोध्न मन लागेको हुन सक्छ । यस उमेरमा तपाईको जिज्ञासा मेटाउन आफू भन्दा ठूला व्यक्तिहरु जस्तै आमाबाबु, दिदी, दाइ, नातेदार, स्वास्थ्यकर्र्मी, परामर्शदाता, शिक्षक र साथीहरुले मद्दत गर्न सक्छन् । त्यसैगरीयस पुस्तकले पनि तपाईंका केही जिज्ञासाहरुको उत्तर अवश्य नै दिन सक्नेछ । सबैभन्दा पहिले तपाईंले आफ्नो शरीरको बारेमा जान्न आवश्यक पर्ने हुन्छ । हुन सक्छ तपाईलाई यसो भन्दा आश्चार्य पनि लाग्न सक्छ तर पनि आफूस“गैको साथी किन अग्ली छिन्, आफू किन होची छु, कोही साथीको जिउ खाइलाग्दो छ आफू किन दुब्ली छु आदिबारे विभिन्न जिज्ञासाहरु मनमा आएको हुन सक्छ । तर निराश नहुनुहोस्, तपाई अग्लो, होचो, दुब्लो, पातलो वा मोटो जे भए पनि तपाईको बढ्ने क्रम प्राकृतिक रुपमा हुने गर्दछ । प्रत्येक मानिसका आ–आप्mनै बढ्ने समयचक्र हुन्छ र सोही अनुसार ऊ बढ्छ । कोही अलि ढिलो त कोही अलि छिटो बढ्ने पनि हुन्छन्, यो अस्वभाविक होइन । प्रायः गरेर यो बढ्ने क्रम जन्मेको बेलादेखि सुरु भएर चौबीस–पच्चीस वर्षको उमेरसम्म हुन्छ । यसबाहेक पनि मानिसको शारीरिक विकास हुनलाई पौष्टिक पदार्थ, खानपान, जातीय, वंशानुगत र जैविक विभिन्नताले पनि असर गरिरहेको हुन्छ । आफ्नो शरीरको बारेमा जान्ने क्रममा तपाईले आफ्नो प्रजनन अंगका बारेमा पनि जान्नु अति आवश्यक हुन्छ । चित्रमा देखाएजस्तै किशोरीहरुको बाहिरी प्रजनन् अंगहरु मूत्रद्वार, योनिद्वार र मलद्वार हुन् । मूत्रद्वार पिसाब आउने प्वाल हो, त्यस्तै योनिद्वार महिनावारी हु“दा रगत बाहिर आउने र शिशुको जन्म हु“दा बच्चा बाहिर आउने प्वाल हो । यो प्वाललाई ‘हाइमेन’ भनिने पातलो जालोले छोपिराखेको हुन्छ । मलद्वार पेटमा भएको मललाई बाहिर निकाल्ने प्वाल हो । तपाईहरुको भित्री प्रजनन अंगमा पाठेघर, डिम्बनली, योनीमार्ग र डिम्बग्रन्थीहरु पर्दछन् । पाठेघर पेटको तलपट्टि रहेको हुन्छ र गर्भधारणको बेला शिशु यही हुर्किन्छ । सामान्यतः हरेक किशोरी वा स्वास्नी मानिसहरुका दुईवटा डिम्बनलीहरु हुन्छन् र यिनीहरुले हरेक महिना डिम्बग्रन्थीबाट निस्किएका एक एक वटा फुल अर्थात डिम्बलाई आलोपालो गरी पाठेघरसम्म ल्याइपु¥याउने काम गर्दछन् । योनिमार्ग, योनिद्वारदेखि पाठेघरसम्म जोेडिएको हुन्छ, जहा“बाट महिनावारी भएको बेलामा रगत बाहिर निस्कन्छ ।
किशोरी अवस्थामा तपाईमा आउने परिवर्तनहरुः
ड्ड उचाई बढ्न थाल्ने ड्ड दूधका फा“चा वा स्तन बढ्न थाल्ने ड्ड काखी र गुप्ताङ्गमा रौं आउन थाल्ने ड्ड पसिना बढी आउने ड्ड तिघ्रा सोली आकारमा डोलो हु“दै जाने ड्ड अनुहारमा डन्डीफोर आउन थाल्ने ड्ड कम्मरभन्दा तलको भाग डोलो आकारको हु“दै जाने ड्ड योनीबाट पानीजस्तो तरल योनिरस बग्न थाल्ने ड्ड महिनावारी सुरु हुने
तपाईहरुले आफ्नो मन र व्यवहारमा निम्न कुराहरुमा फरक आएको महसुस गर्नुहुन्छ ः
राम्री हुन मन लाग्नु ः यस्तो बेलामा घण्टौंसम्म ऐना अगाडि बसेर के गर्दा आफूलाई बढी राम्री पार्न सकिन्छ भनेर सिंगारपटार गर्न र कपालको वनावट परिवर्तन गर्न मन लाग्छ । राम्रा र नया“ फेशनका लुगामा सजिएर अरुलाई आफूप्रति आकर्षित गराउन मन लाग्छ ।
केटाकेटीहरुप्रति आकर्षण बढ्नुः यो उमेरमा केटाहरुस“ग संगत बढाउन मन लाग्छ । यो कुनै नौलो कुरा भने होइन, यो उमेरमा सबैजसो यस्तै हुन्छ । तर केटाहरुस“ग केहीबेर हिडडुल वा उठबस हुने बित्तिकै गहिरो माया–प्रिति बसेको ठानेर विवाह गर्न हतार गर्नु हु“दैन ।
काल्पनिक कुराहरु सोंच्नुः यस्तो उमेरमा विभिन्न कुराहरु कल्पना गर्ने र त्यस कल्पनामा आफूलाई पात्र बनाई रोमाञ्चित भएर रमाउने वा डराउने क्रम बढ्न सक्छ । विशेषगरेर आफूलाई मन परेका कतिपय फिल्मका हिरो, खेलाडी, मोडेल आदिस“ग आफूले बिताएका क्षणको कल्पना गरेर रमाउने गरिन्छ । यस्तो अवस्थामा किशोरीहरु प्रायः एकान्त ठाउ“मा एक्लै बसेर आफ्ना मनका भावनाहरुस“ग खेल्न रुचाउ“छन् ।
बढी स्वतन्त्रताको चाहना हुनुः
आमा बाबुले यस उमेरको संवेदनशीलतालाई महसुस गरी स्वतन्त्रतामा बन्देज लगाउन खोज्दा किशोरीहरुमा स्वतन्त्रताको चाहना झन् बढ्ने हुन सक्छ ।
बढी संवेदनशील वा भावुक हुनेः
आफ्नो काम, छवि र प्रेम प्रसंगबाट किशोरीहरु ज्यादा खुशी वा दुःखी हुने हुन्छन्, यसरी अति दुःखी र भावुक हु“दा नकारात्मक विचार बढ्दै गएर कहिलेकाही उनीहरु आत्महत्या गर्नेसम्मको मनस्थितिमा पुग्न सक्छन् ।
आदर्श व्यक्तिप्रति आकर्षक हुनुः
किशोरीहरु कुनै पनि साथी, नातेदार, अभिनेता वा अभिनेत्री, राजनीतिज्ञ, वैज्ञानिक, खेलाडी आदिलाई आफ्नो आदर्श ठानी उनीहरुको नक्कल गर्ने पनि हुन्छन् ।
मन परेको विपरीत लिङ्गीप्रति नजिकिने बहानाको खोजी गर्नुः यस उमेरमा किशोरकिशोरीहरु आफूलाई मनपर्ने विपरीत लिङ्गीप्रति आकर्षित भई उपहार, फुल, पुस्तक आदि दिने अथवा पत्रपत्रिका, संगीत, एल्बम, सिनेमाका क्यासेट वा सीस्डीजस्ता सामग्रीहरु आदान–प्रदान गर्ने बहानामा एक आपसमा नजिकिने प्रयास गर्दछन् ।
आफू जान्नेसुन्ने भएको ठानेर बहस गर्न खोज्नुः यो उमेर भनेको वाल्यवस्था र वयस्क अवस्थाको बीचको अवस्था भएको हु“दा यस उमेरमा प्रायःगरेर तपाई किशोरीहरुलाई जुनसुकै कुरामा पनि आफू अलि जान्ने सुन्ने भएको महसुस भएर आउने हु“दा त्यस विषयमा आफूभन्दा ठूलास“ग बहस एवं तर्कवितर्क गरेर आफू पनि जान्ने सुन्ने भएको देखाउन मन लाग्ने हुन्छ ।
आफ्ना समस्याहरुलाई अरुले ध्यान नदिएको महसुस गरी आफू एक्लो भएको जस्तो लाग्नुः आफूलाई लागेको कुरा प्रष्ट नभन्दा वा समस्याको संवेदनशीलतालाई राम्ररी व्यक्त गर्न नसक्दा आफ्ना भावनालाई अरुले नबुझेको ठानेर कतिपय किशोरीहरु आफू एक्लो भएको महसुस गर्ने गर्दछन् ।
सोचाइ तथा लक्ष्य परिवर्तन भइरहनुः यस उमेरमा मन चञ्चल हुने र अरुले केही राम्रो गरेको देख्दा आफूलाई पनि त्यस्तै हुन मन लाग्ने भएको हुनाले लक्ष्य तथा सोंचाइहरु समय–समयमा परिवर्तन भइरहन सक्छन् ।
यौन सम्बन्धी जिज्ञासा हुनु र यौन साहित्य वा पत्रपत्रिका पढ्न मन लाग्नुः
तपाईको उमेरमा यौन सम्बन्धी कुराहरुमा जिज्ञासा लाग्नु स्वभाविक हो । तपाईहरुमध्ये कतिपयले यौन साहित्य वा पत्रपत्रिका लुकिछिपी पढ्ने गर्नु भएको पनि होला ।

सफलताका रहस्यहरु
स्वेट मार्डेन
भाग्य बिधाता को ?भाग्य के ईश्वरको हातमा छ ? होइन भाग्य अल्छिहरुको नारा हो यो ,नत्र कर्मठ ब्यक्तीहरुको भाग्य सधैं उज्ज्वल किन हुन्छ ? -वर्डसवर्थ
हामी आफ्नो भाग्य बिधाता स्वयँ हौ । -अरस्तु
प्रत्यक ब्यक्तीहरुको रहन सहन अलग अलग हुन्छ । उनिहरुको कृयाकलाप पनि अलग अलग हुन्छ । कोही लखपति छन त कसै सँग खानको लागि पैसा छैन , कोही लाखौं महिनाको कमाउछन त कोही १ हजार पनि कमाउन सक्दैन ।
यो फरक किन ?
यसको एउटै जवाब आउछ - आफ्नो आफ्नो भाग्य ! भाग्य !!!
यो भाग्यले मानिसहरुलाई जती अल्मलाएर राखेको छ कि त्यती अरु केहीले पनि छैन ।
यो भाग्यको उत्पती कहाँ बाट भयो ? यसको कुनै ईतिहास छैन तर यती अबस्य हो कि केही अकर्मण्य मानिसहरुले यसको प्रचलन गरेको भने अबस्य हो ।
जो केही काम गर्दैनन , परिश्रम गर्न बाट पछि हट्छ र जसको एक मात्र इच्छा हुन्छ कि आफुसँग सित्तैमा सबैथोक आओस यिनीहरु नै भाग्यको कुरा गर्छन् ।
वास्तवमा यो भाग्य के हो कसैले बुझ्न सकेको छैन । यस्तोमा श्यालको यो कथा सान्दर्भिक लाग्छ कि माथि रुखमा झुण्डिएको अङ्गुर टिपेर खान नसकेर उसले त्यो अङ्गुरहरु अमिलो छ भनेर चित्त बुझाएर फर्कियो जबकी अङ्गुर गुलियो थियो । यसरी नै भाग्यबादी मानिसहरु सबै थोक गर्ने क्षमता भएर पनि अल्छि र कामचोर हुनाको कारण भाग्यको कुरा मानेर त्यतिकै चुपचाप बस्छन ।
जसको भाग्य तपाईं प्रबल मान्छौ त्यसको भित्री कुराहरु सबै बुझेर हेर्ने कोशीस गरौ , उसलाई सोधौ दिनचर्या हेरौ । के उसले यस्तो सफलता त्यतिकै केही नगरेर पाएको हो त ? उसले पनि रात दिन कठोर मेहनत परिश्रम गरेरै यस्तो सफलता हासिल गरेको हो । तब तपाईंलाई थाहा हुनेछ कि मानिस आफ्नो भाग्य आँफै बनाउन सक्षम छ । जे जती पनि आफु सँग छ त्यो सबै आफ्नो कर्म र सुझबुझको फल हुन्छ । हामीले उसको जस्तो कर्म र जुझबुझ सँग काम गर्न सकेनौ र हामी दशाहिन छौ । यो एक यस्तो सत्य हो कि यो कुरा इमान्दारीका साथ हामी स्विकार्न वाध्य छौ । त्यसैले सुझ बुझ र कर्मको सफलताको कुरा लाई अकर्मण्य - इर्श्यालु मानिसहरुले भाग्यको नाम दिएर राखेको छ । यसरी भाग्यको प्रचलन हुन भएको हो ।
भाग्यलाई यसरी रचना गरी सके पछि उसको जन्मदाता ईश्वर लाई बनाइयो र यो तर्क दिन थालियो कि जे जती ईश्वरले भाग्यमा लेखी दिएको छ त्यो मात्रै पाईन्छ । मानिसको आफ्नो भाग्यको अगाडि केही चल्दैन र यसको प्रमाणमा नाना प्रकारको तर्क दिन थालियो । यसरी भाग्यको नाम बाट धेरै मानिसहरुलाई अल्मलाई राखियो । एक किसिमले आफ्नो प्रगतिको पथ भाग्यको कुरा गरेर आफु स्व्यमले नै अबरुद्द गर्योो ।
मनुस्य नै संसारको सबै प्राणी मध्य एक यस्तो प्राणी हो जसलाई ईश्वरले सबै थोक दिएको छ । मनुस्यले प्रक्रिती गुणको अलावा आफ्नो कौशल द्वारा अफु प्राणीहरुको गुण पनि अपनाउन सक्छ । उदहरणको लागि केवल माछाहरु नै पानीमा तैरिन सक्छ मानिसहरुमा यो गुण जन्मजात हुँदैन तर उसले तैरिन सिक्न सक्छ , उड्नु पंक्षिहरुको धर्म हो तर मनुस्य हबाईजहाज बनाएर उड्न सिकी सक्यो । यसरी मानिसलाई प्रक्रितीले यसरी बनाएको छ कि उसले जे पनि गर्न सक्छ । अत: जब प्रक्रिती बाट पाएको सुबिधाको हामी लाभ हामी उठाउन सक्दैनौ त हामी भन्दा मुर्ख अरु को हुन सक्छ । प्रक्रितीले हामीलाई सबै दिएको छ यो हाम्रै कम्जोरी हो कि हामी त्यसलाई चिन्न सक्दैनौ नत्र हामी जे जती पनि चाहन्छौ त्यो हाम्रै अगाडि चारैतिर घुमिरहेको छ ।
हामीलाई के चाहिएको छ ?
यो कुरामा बिचार गरौ र गम्भिरता पूर्वक त्यसको लागि योजना बनाऔ । योजना बनाएर त्यसै अनुरुप काम गरौ , बराबर प्रयत्नशिल रहौ । एकदिन हामीले आफ्नो इच्छापुर्ती गरेरै छाड्छौ ।
आवश्यकता छ त कर्म को , श्रम , परिश्रम र साहसको ।
हामी सबै थोक पाउन सक्छौ ।
सबै थोक हाम्रो भाग्यमा लेखिएको छ । आफ्नो भाग्य बिधाता हामी आफु स्वयम हौ । हामी आफ्नो भाग्य स्व्यमले बनाउन र बिगार्न सक्छौ । अत मैदानमा आउनुहोस् , बिना संघर्ष युद्दमा केही पाईदैन । यदि हामी सँग श्रम छ, साहस छ भने हामी सबै पाउन सक्छौ । जसको लठ्ठी उसैको भैंसी भनेझै जसको कर्म उसैलाई फल । हामीले आँफै यि कुरामा बिचार गरौ निर्णय गरौ र आफ्नो सामर्थ्य बाटै सफलता प्राप्त गरौ ।
जे चाहिन्छ त्यो कसरी पाउने ?
_____________एउटा चुम्बक लिनुस् , त्यसलाई काठको नजिक लानुहोस् । के काठ चुम्बक तिर आकर्षित हुन्छ ? हुँदैन ... तामा रबर सँग पनि उसको केही प्रभाब हुँदैन । अब चुम्बकलाई फलामको अगाडि लानुहोस् र हेर्नुहोस् ... के असर हुन्छ ? चुम्बकले फलामलाई आफ्नो तर्फ खिच्छ , आकर्षण उत्पन्न गर्छ । प्रत्यक पदार्थमा कुनै न कुनै किसिमको चुम्बक हुन्छ र त्यो सम्बन्धित पदार्थमा आफ्नो प्रभाब पार्छ अथवा यो भनौ कि त्यसलाई आफ्नो तिर आकर्षित गर्छ । यो कुनै बस्तु जगतमा मात्र होइन चेतन जगतमा पनि लागु हुन्छ । चेतन जिवमा पनि एक अर्का प्रति आकर्षण हुन्छ । मानव पनि यसको अपवादमा छैन । मनुष्यमा पनि चुम्बक हुन्छ । उसमा पनि एक प्रकारको आकर्षण शक्ती हुन्छ र उसले त्यही पदार्थलाई आफ्नो तिर आकर्षित गर्छ जो सँग उसको सम्बन्ध हुन्छ । जुन बस्तुमा वा मनुष्य सँग हाम्रो बिचार र उदेश्यको सम्बन्ध हुन्छ त्यही पदार्थ र मनुष्यलाई हामी आफ्नो तिर आकर्षित गर्छौ ।
यो समयमा हामी सँग जे जती छ , हाम्रो घर, कुटुम्ब, ईष्ट मित्र आदी अथवा हाम्रो चारै तिर जुन बायुमण्डल छ त्यो सबै हाम्रो मानसिक आकर्षणको कारण नै बनेको हो । जब सम्म हाम्रो मनमा उनिहरु प्रती आकर्षण छ तब सम्म उनिहरु हाम्रो आफ्नो हो , जब सम्म हामीले उनिहरुलाई आफ्नो बनाएका छौ तब सम्म उनिहरु हाम्रो हुन । जब हाम्रो मन, हाम्रो आकर्षण उनिहरु प्रति सकिन्छ तब उनिहरु सँग हाम्रो नाता टुट्छ र हाम्रो लागि पराए हुन जान्छ । उदाहरणको लागि जब सम्म एक मनुष्यको आफ्नो पत्नी प्रति वा एक पत्नी आफ्नो पति प्रति आकर्षण छ तब सम्म उनिहरु पतिपत्नी हुन जब त्यो आकर्षण हराउछ उनिहरु एकअर्काको लागि पराए हुन जान्छ र दुबै आ-आफ्नो बाटो हिड्छन ।
आपसको यही आकर्षण, चुम्बकत्वको कारणले नै सम्बन्ध बनिरहेको छ । हाम्रो नाता कायम छ, एक अर्का प्रति माया छ । हाम्रो यही चुम्बकत्व नै यसको आधार हो । संसारको सबै प्राणी एक अर्काको चुम्बकत्वको कारणले नै आकर्षित छन । यो एक शाश्वत सत्य हो ।
यही आकर्षण नै हाम्रो आशा , आकाँक्ष्याहरुको आधार हो , यसैले हाम्रो जीवनको दिशा निर्देश गर्छ । यदि हाम्रो जीवनमा गरीबी, निराशा, असफलता को बिचार आईरहन्छ भने त्यसको फल पनि अबस्य पनि त्यस्तै नै भोग्नु पर्ने हुन्छ । सब आफ्नो मन बाट सफलता, आशा, र लक्ष्मीको बिचार निकालिन्छ त आफुमा उत्साह उल्लास कहाँ बाट आउछ ? मुख्य कुरा यो हो कि जब हामी आफ्नो सफलतालाई आफ्नो मनमा स्थान दिदैनौ त्यसलाई प्राप्त गर्नको लागि परीश्रमको आवश्यकता छ त्यो गर्दैनौ तब सफलता कसरी प्राप्त हुन्छ ? आफु भित्र लुकेको शक्ती थाहा नहुनाले हामी आफ्नो काममा पुरा सामर्थ्य लगाउन सक्दैनौ र यसको परिणाम यो हुन्छ कि हामी असफल हुन्छौ । यो एउटा धुर्ब सत्य हो कि कुनै बस्तुलाई प्राप्त गर्नु छ भने त्यसैको बिचार आफ्नो मनमा लिईराख्नु नितान्त आवश्यक हुन्छ । जब हामी कुनै बिषयमा सफलता प्रति सन्देह गर्न थाल्छौ तब आफ्नो सफलतालाई आफु स्वयम पर धकेल्दै जान्छौ तब यो पक्का थाहा पाउनुहोस् कि हामी सही बाटो हिंडेका छैनौ ।
यो सत्य हो कि जुन पदार्थ को कामना हाम्रो मनमा उठ्छ त्यो हाम्रो लागि प्रक्रितीले स्व्यम हाम्रो लागि सुरक्षित राखी छाडेको छ । यो कुरामा तपाईं हामी चिन्ता नगरौ कि हाम्रो जीवन निराशाले घेरीएको छ, अन्धकारमय छ । यदि आफ्नो मनमा द्रिढ ईच्छा छ, संकल्प छ र परीश्रम गर्नको लागि तयार... त त्यो पदार्थ अबस्य पनि मिल्छ मिल्छ । निरन्तर सफलताको आशा गर्नु, विश्वाश गर्नु, सफलताको सपना सधैं देख्नु नै सफल हुने सुत्र हो । सफलताको बाटोमा शुरुमा असफलता हात पर्न सक्छ तर असफलता सँग कहिले पनि निराश हुनु हुँदैन । असफलतालाई आफ्नो मन बाटै निकाली दिई फेरी नयाँ उत्साह उमङग र साहस लिएर काममा लाग्नु सफलता तपाईंको सामु आएरै छोड्छ ।
कुनै नयाँ काम थालनी गर्न कुनै प्रतिक्ष्याको आवश्यक्ता छैन, कुनै साइत जुराइ राख्नु पर्दैन । प्रत्यक घडी शुभ छ जब उठ्यो तब बिहान भने झै बिहान हुने प्रतिक्ष्या नगरौ । अल्छिपना र नैरास्यताको निन्द्रा त्यागेर आजै जागौ र आफ्नो काम शुरु गरौ । आजै निर्णय गरौ र काम शुरु गरौ , तपाईं सँग केही छैन त के भयो द्रिढ सँकल्प त छ नि । यो नै सबै भन्दा ठुलो सम्पत्ति हो पुँजी हो जो कहिले सकिदैन र कसैले खोस्न सक्दैन । आफ्नो यही पुँजी लगाएर तपाईं सँघर्ष शुरु गर्नुहोस् तपाईंको बाटो आँफै बन्दै जानेछन । तपाईं लगातार अगाडि बढ्दै जानु हुनेछ .. कुनै अभाबले तपाईंको बाटो छेक्न सक्नेछैन ।
उठ्नुहोस् , अहिले नै आफ्नो केही लक्ष्य बनाउनुहोस् । के चाहनु हुन्छ तपाईं ? जे चाहनु हुन्छ त्यो पाउनुहोस् , आफ्नो हात अगाडि बढाउनुहोस् ,सबै मिल्नेछ । कुनै सोच बिचार को आवश्यकता छैन ईश्वर तपाईंको साथ छ र सफलता बिजयमाला लिएर तपाईंको प्रतिक्ष्या गरिरहेछ ।
आफुलाई चिन्नुस्
यस्तो ब्यक्ती शायदै कोही होला जसले आफ्नो अनुहार ऐनामा नहेरेको होस् । ऐना सँग मनिसको सम्बन्ध सधैं जसो भई रहन्छ । हामी त्यस्मा आफ्नो अनुहार हेर्छौ, श्रिङ्गार गर्छौ, आफुले आफुलाई चिन्छौ कि हाम्रो अनुहार यस्तो छ तर हामीले कहिले ऐनामा हेरेर यो प्रश्न गरेका छौ कि हामी को हौ ? के हौ ? के यि प्रश्न हामीले आफ्नो मन लाई कहिले सोधेका छौ ?
आफुले आफुलाई चिन्ने कोशीस गरेका छौ ? अनुहार बाट त आफुलाई चिनेका छौ यो अर्कै कुरा भयो तर आफ्नो वास्तविक रुपलाई चिन्नु अर्कै कुरा हो । दर्शनिकहरु भन्छन कि मानिसले आफुले आफुलाई चिन्नु सब भन्दा काठिन कार्य हो । जो कोहि मनुस्यले आफुले आफुलाई चिन्न सक्दैन । मानिसहरु सधैं आफ्नो बाहिरी रुप को भ्रममा रहन्छ । वास्तवमा जती खेर जसले आफुले आफुलाई चिन्छ त्यती खेर मात्र उ मनुस्य ठहरिन्छ । त्यती खेर उसले आफ्नो सम्पूर्ण गुण, शक्ती थाहा पाउछ । आफ्नो आत्मा बोध हुने बित्तिकै उ तुरुन्तै उन्नती प्रगती तिर लम्किन्छ ।
शँका र अबिश्वास
शँका र अबिश्वासले भरिएको हृदय जीवनमा सफलताको लछ्य प्राप्त गर्न असमर्थ हुन्छ । जिवनको अमुल्य सिदान्त यो हो कि यदि आफ्नो सफलता प्रती शँका गर्न थालिन्छ भने कहिले पनि पूर्ण सफलता पाउन सकिदैन । ठीक यसैगरी जसरी आकाश तिर ढुँगा फ्यक्दा त्यो ढुङ्गा आकाश तिर नगइकन भुइ तिर खस्छ ।
आत्मबिश्वासको अभाबमा भगवानले पनि मानिसको मद्घत गर्न सक्दैन । सफलता प्राप्त गर्न काम प्रती भरोसा राख्न जरुरी छ । जुन मानिसमा आत्मबिश्वासको कमी हुन्छ वा सफलता प्रती आफ्नो मन मा शँका हुन्छ त्यो मानिस कहिले पनि सफल हुँदैन । सफलता पहिला मनमा आउनु जरुरी छ जब आफ्नो मननै सफलता प्रती शँकाले भरिएको छ त सफल कसरी हुन सकिन्छ ।
आत्मबिश्वासी र आत्मबिश्वासहिन ब्यक्तिमा आकाश जमिनको फरक हुन्छ । एउटाको बाटो सफलता तिर लम्किन्छ भने अर्कोको बाटो पराजय तिर । हामीमा आत्मबिश्वास जती जती बढ्दै जान्छ कार्य सक्ती पनि उती उती निखारिदै आउछ । त्यसैले आफ्नो विश्वाश लाई द्रिढ राखु पर्छ । जुन कुरामा पनि शँका र अबिश्वास गरेर हेर्नु हुँदैन । शँका र अबिश्वासलाई मन बाटनै त्याग्न सके जीवन अबस्य पनि सफलता तिर अग्रसर हुन्छ ।
सपना र इच्छाहरु
यस्तो को मानिस छ जसले सपना देख्दैन , इच्छाहरु पाल्दैन ? संसारमा कोही पनि मानिसहरु यसको अपबादमा छैन । सडकमा कुष्ठ रोगले ग्रस्ट रोगी भिखारी पनि महलको राजकुमारको सपना देख्छ र यो कल्पना गर्छ कि महलको शानदार जीवन ब्यतित गरी रहेछ । सपना र इच्छाहरुलाई कसैले रोक्न सक्दैन । धनी होस् या गरीब सपना सबैले देख्छ इच्छाहरु सबैले राख्छ । सपना र इच्छाहरु बिना मान्छे बाँच्न सक्दैन ।
यही सपना र इच्छाहरुले नै मानिसलाई जिवित राख्छ र हर प्रकारले सपनाहरु र इच्छाहरुलाई पुरा गर्न प्रयत्नशिल रहन्छ र यसैले आफ्नो जीवन जिउन र संघर्श गर्न प्रेरणा दिन्छ । मानिसको सपना र इच्छाहरुको कुनै सिमा छैन , एउटा सपना वा इच्छा पुरा हुन्छ त फेरी अर्को सुरु हुन्छ । हामी सपना र इच्छाहरु राख्छौ जब हामी आफ्नो भन्दा धेरै खुशी सम्पन्न मानिसलाई देख्छौ र हामीमा इर्ष्या पलाउछ । हामी पनि त्यो मानिस झै सुख सम्पन्न हुन चाहन्छौ र जब त्यो प्राप्त गर्न सक्दैनौ हामी परिस्थिती सँग हार मन्छौ । यो सोच्न थाल्छौ कि सबै आफ्नो आफ्नो भाग्यको खेल हो । त्यो मानिसको भाग्यमा सबै लेखेको छ मेरोमा छैन ।
बस्तुत: यो भाग्य शब्दले मानिसलाई सबै भन्दा भ्रममा राखेको छ , गुमराह गरेको छ । अधिकाँस मानिसहरुलाई यो कुरा दिमागमा बसेको छ कि जो भाग्यमा लेखेको छ त्यो मात्र पुरा पाईन्छ , बिना भाग्य केही पनि पाइदैन । सुख सम्पत्ति सबै भाग्यकै खेल हो । मान्छे भाग्यको अधिनमा छ । अत: हामीले आफ्नो सारा सपना र इच्छाहरुलाई भाग्यको हातमा सुम्पेका छौ । सपनाहरु पुरा हुनु नहुनु भाग्यमा निर्भर रहेको सोच्छौ ।
तर्कको गहिराइमा र व्यबहारको जीवनमा भाग्य सम्बन्धी धारणाहरु एकदम झुठो पाइएको छ । यस्तो धेरै मानिसहरु यो संसारमा छन जसको हातमा न भाग्य रेखा छ न सुर्य रेखा । यसको बाबजुद ति मानिसहरुको जीवन सुखी सम्पन्न र सम्रिद्द छ । धेरै जसो मानिसहरुको हातमा जीवन रेखा सम्म छैन तर त्यही मानिस लामो आयु बाँचेको पाइएको छ ।
त्यसैले हामीले यो कुरा गहिरिएर सोच्नु आवश्यक छ कि हस्तरेखा र भाग्य केही पनि होइन, यसबाट जीवनमा केही पनि प्रभाब पर्दैन । हाम्रो सपनाहरु र इच्छाहरुमा भाग्यले कुनै प्रभाब पार्दैन । यसो त यो कुरा प्रमाणित भई सकेको छ कि कर्मले भाग्य बनाउछ । त्यसैले मानिसहरुले आफ्नो सपनाहरु र इच्छाहरु आफ्नो सामर्थ छ भने अबस्य साकार गर्न सक्छ , त्यसलाई पुरा गरेर देखाउन सक्छ ।
आत्म विश्वासको फल
सभ्यताको आस्चर्यजनक बिकासको ईतिहास उनिहरुको अनगिन्ती ज्ञात अज्ञात प्रयत्नकोफल हो । जसले अनेक समस्याहरु सँग लडेर मनुस्यलाई ढुङे युगबाट निकालेर आजकोरकेट्को युग सम्म लिएर आएको छ । यिनै कर्मठ मानिसहरुले जे कष्ट गरेको छ जे समस्याभोगेको छ , के हामीले त्यस्को कल्पना मात्र गर्न सक्छौ ? कती कष्ट गरेर उनिहरुलेहामीलाई त्यो जङली ढुङे युग बाट अहिलेको कम्प्युटरको युग सम्म ल्याइ पुर्याएको होला ।यती यि कर्मठ मानिसहरु आफ्नो मुक साधाना नलागेको भए के आजको मनुस्यको यो रुपहुन्थ्यो त ?
सफलता घर बसेर पाइदैन । सफलता पाउनको लागि ढ्रिढ आत्म विश्वासको आबस्यक्ता पर्दछ। प्रक्रिती स्व्यमले हामीलाई यो कुराको शिक्षा दिन्छ कि सफलताको रहस्य के हो ? कुनैरुखलाई उम्रिन पहिले बिउ छर्न आवश्यक छ , त्यसै गरी सफलता पाउनको लागि पहिलात्यस्को बिउ छर्न आवश्यक छ । हाम्रो सम्पूर्ण ज्ञान, योग्यता यदी हामीमा आत्मबिश्वासछैन भने सबै ब्यर्थ हो , आत्मबिश्वासको अभाबमा त्यो योग्यता र ज्ञानले कहिले साथपाइदैन ।
यो कुरालाई अबस्य मनन गर्नु आवश्यक छ कि छोरी भएको धन पाउन सकिन्छ , कठिनदेखी कठिन रोगको उपचार सम्भब हुन्छ तर आफ्नो आत्मबिश्वास हरायो भने त्यो पाइनेछैन । आत्मबिश्वासले नै सफलताको सबैभन्दा ठुलो शक्ती हो ।
संसार आँफै बदलिने होइन त्यसलाई बदल्नु पर्छ जब हामी त्यसलाई बदल्ने कोशीस गर्छौतब न यो सम्भब हुन्छ । यदी मानिसमा आत्मबिश्वास रुपी शक्ती छ भने जे पनि गर्न सक्छ ।संसारमा यस्तो कुनै काम छैन जो मानिसले गर्न सक्दैन । मानिसले सबै गर्न सक्छ त्यसकोयथेस्ट प्रमाणहरु हाम्रो सामु छ ।
मनको सँकल्प
आफ्नो जीवनमा सफलता प्राप्त गर्ने ब्यक्ती कुनै बिशेष या दैब सक्ती लिएर आएको हुँदैन । उ पनि तपाईं हामी जस्तै नै हो । आखिर सफलताको रहस्य के हो ? उनिहरु सफल किन हुन्छन र तपाईं हामी किन असफल ? यदी तपाईं इमान्दार भएर उनिहरुको र आफ्नो जीवन दाजेर हेर्नु भयो भने अवस्य थाहा लाग्नेछ कि रहस्य के हो ? सफल मानिसहरुलाई देखेर हामी उ प्रती ईर्श्याको नजरले हेर्न थाल्छौ तथा उ प्रती आस्चर्य प्रकट गर्न थाल्छौ तर त्यस ब्यक्तिको जीवनलाई नजिक बाट हेर्न सक्दैनौ कि जसको कारण त्यो मान्छे यती सफल छ । सफलताको रहस्य केवल उसलाई मात्र थाहा छ जो त्यो ब्यक्तिले प्राप्त गरिसकेको छ । उसलाई थाहा छ कती काठिन परिश्रम र संघर्षको कारण उसले यो सफलता प्राप्त गरेको छ ।
धेरै जसो मानिसलाई यो भ्रम छ कि कुनै ब्यक्तिको सफलताको पछाडि उसको पारिवारिक बातावरण, प्रशिक्षण, शिक्षा, दिक्षा र सम्पत्तिको महत्व हुने गर्छ । मानिसलाई यो भ्रम छ कि नेताको छोरा नेता, साहुको छोरा साहु र धनी बाबुको छोरा धनी नै हुन्छ तर वास्तविकता यो होइन । केही हद सम्म यो कुरालाई मान्न सकिन्छ तर उसमा गुण र सामर्थ छैन भने उसले के गर्न सक्छ ?
सफलता प्राप्त गर्नुमा सबभन्दा महत्वपूर्ण योगदान मनको रहन्छ । जब सम्म मनले सँकल्प लिदैन कि म के गर्न सक्छु गरेरै छोड्छु , केही गर्न सकिदैन । मनमा बलियो र द्रिढ सँकल्पको साथ साथै सधैं सुबिचार राख्न पनि जरुरी छ । सुबिचारले नै मानिसको जीवन स्वस्थ र ब्यक्तित्वशाली बनाएर राख्छ । केही समयको लागि तपाईंले यसो गरेर हेर्नुस् तपाईंले अबस्य महसुस गर्नु हुनेछ कि तपाईंको स्वास्थ र ब्यक्तित्व चम्किन थालेको छ ।
विश्वासको चमत्कार
मह बनाउने माहुरीसँग जो पनि परिचीत छन । सबैलाई यो राम्रो सँग थाहा छ कि माहुरिले कसरी तिल तिल गरेर मह जम्मा पार्छ । माहुरीले कही बाट एकै चोटि मधुको भन्डार पाएको हुँदैन । उसको चाकामा भरिएको मह उसको मेहनतको परीणाम हो । त्यसै गरी तपाईंले पनि तिल तिल गरेर सफलताको मह जम्मा गर्नु छ । कसैले तपाईंलाई सफलता तपाईंको हातमा दिन आउने छैन । मह बनाउने माहुरीले झै परीश्रम गर्ने बारे सोच्नुस् सफलताले तपाईंको कदम अबस्य चुम्नेछ परीश्रम कसरी र कती गर्ने त्यो तपाईं आफुमा भर पर्छ , जती धेरै परीश्रम त्यती धेरै सफलता हात पर्ने निशित छ । परीश्रमको साथ साथमा आफुमा आफ्नो परीश्रम प्रती विश्वाश हुनु पनि जरुरी छ । विश्वासको आफ्नै महत्व छ ।
विश्वास एउटा चमत्कारको नाउ हो । जब विश्वास गहिरो सँग आफ्नो मनमा बस्छ तब अबस्य फलदायी नतिजा निस्किन्छ । जब सम्म आफुमा विश्वास हुँदैन हामी केही गर्न सक्दैनौ । पहिला आफुमा विश्वास गर्न सिकौ अनी मनमा प्रशन्नता लिएर परीश्रम गरौ ।
प्रशन्नता ईश्वरले दिएको एक उच्चकोटिको बरदान हो । यसले मानिसलाई अतिरिक्त सक्ती प्रदान गर्छ । प्रशन्नतालाई जब विश्वासको साहारा मिल्छ तब एउटा नयाँ शक्तिको उत्पती हुन्छ । विश्वास एक प्रकारले राम बाण जस्तै हो । अटुट विश्वास जीवनको हरेक इछ्या पुरा गर्न मदतगार साबित हुन्छ । विश्वास एक चमत्कारी भावना हो । यदी आफुलाई विश्वास छ कि अमुक कार्य भएरै छाड्छ त्यो काम प्रयत्न गरेमा अबस्य पुरा हुन्छ । विश्वासले मानिसलाई बल दिन्छ, शक्ती दिन्छ, काम गर्ने क्षमता दिन्छ । यदी आफुलाई विश्वास छैन त्यो काम हुन्छ कि हुँदैन भनेर भने उक्त काम गर्ने इछ्या हुँदैन प्रयत्न गरिदैन र त्यो काम कहिले पुरा हुँदैन । त्यसैले आफुले आफुलाई विश्वास गर्ने बानी बसालौ ।
कम्प्युटर सम्बन्धी जानकारी
- नेपालमा सर्बप्रथम कम्प्युटर कहिले भित्रिएको थियो ?- बि.स.२०२८
- बढी प्रचलनमा रहेको अपरेटिङ सिस्टम कुन हो ? - माइक्रोसफ्ट
- पहिलोपटक इन्टरनेट शब्दको प्रयोग कहिले भएको थियो ?-
सन् १९३२ मा
- विश्वमा सबैभन्दा बढी कम्प्युटर भएको देश कु
न हो ? संयुक्त राज्य अमेरिका
- कम्प्युटरका पिता भनेर कसलाइ चिनिन्छ ? - चाल्र्स वेबेज
- विश्वको सबभन्दा पहिलो सुपर कम्प्युटरको नाम के हो ? क्रे के १ एस
- नेपाली भाषामा कम्प्युटरलाई के भनिन्छ ? सुसाङ्ख्य
- नेपालमा पर्सनल कम्प्युटर बनाउने पहिलो व्यक्ति को हुन् ? मुनिबहादुर शाक्य
- विश्वमा पर्सनल कम्प्युटरको सुरुवात कहिलेदेखि भयो ? सन् १९८१ देखि
- 'इन्टरनेटका पिता' कसलाई भनिन्छ ? डा. लियोनार्ड क्लिनराक
- सबभन्दा पहिले कम्प्युटर माउसको आविष्कार कसले गरेका थिए ? डगलस एजलबार्ट
- नेपालको पहिलो साइबर क्याफे कुन हो ? सगरमाथा साइबर क्याफे
- LAN : Local Area Network
- CD : Compact Disc.
- कम्प्युटरको माध्यमले पत्र, दस्तावेज, ग्राफिक्स आदि एक ठाउँबाट अर्को ठाउँमा पठाउने माध्यमलाई के भनिन्छ ? इमेल
- कम्प्युटरमा प्रयोग हुने आई.सी.चिप केले बनेको हुन्छ ?--
सिलिकन
- कम्प्युटर एउटा अति नै उपयोगी विद्यूतीय उपकरण हो जसले छिटोछरितो रूपले दिइएको तथ्यांङ्क प्रशोधन गरी चाहिए जसरी प्रस्तुत गर्दछ। सानोदेखि ठूलोसम्म हरहिसाब छिनमै गर्ने, ठूलठूला रेकर्डहरू राख्ने र चाहिएका बेला हेर्न, झिक्न सकिने भएकाले दिनदिनै यसको लोकप्रियता बढीरहेको छ। टाइप गर्न होस् वा घरबसीबसी विश्वभर सुचना आदान प्रदान गर्न होस्, सिनेमा हेर्न होस् वा खेल खेल्न आधुनिक युगमा कम्प्युटर हरेक घरको अनिवार्य आवश्यकता हुन थालेको छ। त्यसैले यसबारे सामान्य जानकारी हासिल गर्न सबैका लागि आवश्यक
कम्प्युटर लोकप्रिय हुनाका कारणहरूःCompatible (हरेक क्षेत्रमा प्रयोग हुनसक्ने)- यसले आवश्यकता अनुसार विभिन्न क्षेत्रको काम गर्नसक्ने बनाउन र विभिन्न क्षेत्रमा काम लगाउन सकिन्छ। सिंगो कम्प्युटर एक्लै चलाउन सकिन्छ भने विभिन्न अन्य उपकरणहरूलाई संचालन र नियन्त्रण गर्नमा पनि यसको उपयोग हुन्छ।Efficient (प्रभावकारी)- यसले सानासाना देखि लिएर ठूला ठूला जटील र झन्झटिला कामहरू नथाकिकन निरन्तर गरिरहन सक्छ।Reliablity (विश्वसनीय)- यसले कठीन र जटील कामहरू सही ढंगले गर्दछ। मानिसले गर्ने काममा अन्जानमै गल्तीहरू हुने सम्भावनाहरू धेरै हुन्छन् तर कम्प्युटरलाई सही तथ्याङ्क र सही निर्देशन दिएमा यसले गर्ने काममा गल्ती (Error) हुँदैन।Storage & Quick Processing (भण्डारण र तीब्र तथ्याङ्क प्रशोधन)- यसले धेरै तथ्यांङ्क भण्डार गर्ने र चाहिएको बेलामा आवश्यकता अनुसार छानेर झट्टै उपलब्ध गराउन सक्छ।आधुनिक जमानामा सूचना प्रणाली (Information Technology) को विकास भै विश्वब्यापी रूपमा यसले बजार मात्र लिन सकेको होइन कि ब्यापक लोकप्रियता पनि हासिल गर्नसक्यो। इन्टरनेटको आविस्कारबाट इ-कमर्स (विद्यूतिय ब्यापार) सम्भव भयो। अब मानिसले घर बसी-बसी विश्वको कुनैपनि ठाउँबाट चाहिएको बस्तु हेर्न, मोलतोल गर्न र किन्न पनि सक्ने भयो। इन्टरनेट र इमेलको प्रयोगबाट छोटो समयमा, सस्तो मोलमा विश्वका कुना-कुनामा चिठीपत्र-समाचार आदान प्रदान गर्न मात्र होइन अहिले त इन्टरनेट फोन मार्फत लोकल फोन सरह अमेरिका, अष्ट्रेलिया आदि टाढाटाढाका देशहरुमा फोन गर्न सकिने भएको छ। त्यसैले आधुनिक युगका नरनारी सूचना प्रणाली तर्फआकर्षित हुन थाले र विश्व बजारका ब्यापारीहरु पनि यसै क्षेत्रमा लगानी गर्न हात धोएर लाग्न थाले। यी सबैको पछाडी एउटै कुरा थियो कम्प्यूटर। भू उपग्रहभित्र र पृथ्वीमा रहने भू उपग्रह केन्द्रको कन्ट्रोल रुममा रहने कम्प्यूटरले एक सेकेण्डको सयौं भागमा सूचना आदान प्रदान गर्ने भएकोले अत्याधुनिक सूचना प्रविधिहरुको विकास गर्न सम्भव भयो।
कम्प्युटरमा के के हुन्छ -कम्प्युटरमा मुख्यतः ३ अंग हुने गर्छन्।
इनपुट (Input) -तथ्यांक हाल्ने माध्यम।प्रोसेसर (Processor)- कार्य सम्पादन कक्ष।आउटपुट (Output) -निस्कने माध्यम।इनपुट डिभाइस मा किबोर्ड, माउस, स्क्यानर, माइक्रोफोन, जोएस्टीक पर्दछन्। यी डिभाइसहरूबाट कम्प्युटरलाई काम अह्राउने र तथ्यांक हाल्ने गरिन्छ।
प्रोसेसिङ (सम्पादन कक्ष) मा सिपियू बाकस पर्दछ। प्रोसेसरले अह्राए अनुसार तथ्यांकलाई प्रशोधन गर्ने गर्दछ।
आउटपुट डिभाइस (निस्कने माध्यम) का माध्यमबाट कम्प्युटरले प्रशोधन गरेका तथ्यांकहरू हेर्न वा झिक्न सकिन्छ। मोनिटर प्रिण्टर, साउण्ड बक्स आदिलाई आउटपुट डिभाइस का रूपमा लिन सकिन्छ।
मोनिटर (मोनिटर)यो कम्प्युटरको स्क्रीन हो। कम्प्युटरमा के काम भैरहेको छ, के काम गर्न के निर्देशन (Command) दिनु पर्छ भन्ने हेर्न मोनिटर प्रयोग हुन्छ। मोनिटर सिपियू बाकसको VGA (Display कार्ड) मा डाटा केबुल (VGA केबुल) का माध्यमबाट जोडिएको हुन्छ। मोनिटरको लागि छुट्टै बिजुली चाहिने भएकाले यसमा एउटा पावर केबुल पनि जोडिएको हुन्छ। कुनै मोनिटरमा सिपियूको पावर सप्लाई यूनिट बाटै पावर केबुल जोड्न मिल्छ भने कुनै मोनिटर सीधै बिजुलीको प्लगमा जोडिन्छ। साधारण मोनिटर टेलिभिजन सेट जस्तै क्याथड्रे ट्युब प्रयोग गरी बनाइएको हुन्छ। आजकल एल.सी.डी. डिस्प्ले भएका फ्ल्याट र प्लाज्मा मोनिटरको प्रयोग पनि बढ्दै गैरहेको छ। कुनैकुनै मोनिटरबाट नै कम्प्युटरमा निर्देशन (Command) दिन मिल्छ जसलाइ टचस्क्रीन भनिन्छ। मोनिटरलाई भि.डि.यू. (Visual Display Unit) पनि भनिन्छ।
सि पि यू बाकस (CPU Box) वा क्याविनेट
क्याविनेट वा केसिङ सबैतिर बन्द गरिएको बाकस आकारको हुन्छ। साधारण बोलचालको भाषामा कम्प्युटरको मुख्य बाकसलाई सि पि यू बाकस भन्ने गरिन्छ। कम्प्युटरका इनपुट र आउटपुट का सबै यन्त्रहरू यसमा आवद्ध हुन्छन्। त्यसैले कम्प्युटरको सबैभन्दा महत्वपूर्ण भाग पनि यही नै हो। कम्प्युटरको दिमाग नै सि पि यू अर्थात् केन्द्रीय सम्पादन इकाइ हो। छोटकरीमा यसलाई प्रोसेसर मात्र पनि भनिन्छ। यो सिपियू बाकसभित्र रहेको मदरबोर्ड मा जोडिएको हुन्छ। यसैको गति (CPU Speed) का आधारमा कम्प्युटरको क्षमता निर्भर रहन्छ। हामीले अह्राए अनुसार प्रोसेसरले तथ्यांकलाई प्रशोधन गर्ने गर्दछ।
कम्प्युटर विकास क्रमको संक्षिप्त इतिहास
करिब इशापूर्व ३००० तिर भएको एवाकसको आविस्कार कम्प्यूटरको प्रारम्भिक रूप मानिएको छ। पछि अंकको प्रयोग हुनथालेपछि हिसाब किताबको विकास अत्याधिक भएको मानिन्छ। सन् १६१४ मा स्कटल्याण्डका जोन नेपियरले नेपियर्स बोन, १६२० मा विलियम ओज्ट रेड ले स्लाइड रुल, १६४२ मा फ्रान्सका पास्कलाइनले पास्कलाइन नामक जोड घटाउ यन्त्र, १६७१ मा लेबनाइट्ज ले लेबनाइट्ज क्यालकुलेटर तथा सन् १८२२ मा बेलायतका चार्ल्स बेबेजले डिफरेन्स इन्जिन र एनालिटिकल इन्जिनको आविस्कार गरेका थिए। तर यी सबै कार्यहरु कम्प्यूटरको पूर्णताबाट बाहिर थिए। सन १८८० मा अमेरिकाको जनगणना सर्बप्रथम प्रयोग शुरु गरिएको रेकर्डहरु प्रशोधन गर्ने कार्यमा धेरै समस्या देखिएकाले अमेरिका बसाईं सरेका जर्मन डा. हर्मन होलेरिथले सन् १८८७ तिर प्रतिमिनट २०० वटा कार्डहरु पढेर छुट्याउन सक्ने Punched कार्ड Tabulating Machine बनाए जसका लागी उनीले सम्मान पनि पाएका थिए। अन्तमा सन् १९३६ मा Howard Akin ले MARK-I नामको अटोमेटिक हिसाब गर्ने यन्त्र बनाएपछि यस क्रमले नयाँ मोड लियो। त्यस्तै १९४२ मा जोन भी एटानासफ्टले ABC (Atanasoft Berry Computer), १९४३ मा जुसे कोनरेडले Z-3, १९४४ मा हावर्ड एकिनले MARK-II कम्प्यूटर बनाएका थिए तापनि यी कम्प्यूटरहरु अति अजंगका थिए। यी सबै Electro-mechanical Computer थिए।
अन्तत, १९४४ मा हंगेरीका गणितज्ञ जोन भोन न्यू मेनले Edvac नामको कम्प्यूटरको परिकल्पना गरी कार्य गरे पनि पूर्ण रूपमा सफल हुन सकेनन्। सन् १९५२ मा जे प्रेस्पर एकर्ट र जोन मौच्ले ले संयुक्त रूपमा Univac कम्प्यूटर तयार गरे। यी सबै प्रथम पुस्ताका कम्प्यूटरहरु थिए। आधुनिक कम्प्यूटरको शुरुवात यसै लाइ मानिएको छ। त्यसपछि दोश्रो, तेश्रो, तथा चौथो पुस्ताका कम्प्यूटरहरु को आविस्कार भयो। अहिले बजारमा IBM PC, Apple Macintosh, Acer, Siemens, Compaq, Dell, Gateway आदि नामका कम्प्यूटरहरु पाइन्छन्। नेपालमा पनि मर्केन्टाइल अफिस सिस्टमले मर्केन्टाइल पि सी र बेल्ट्रोनिक्स ट्रेडर्सले बेल्ट्रोनिक्स पिसी नामका कम्प्युटर उत्पादन गर्न थालेका छन्।
हाल पाइने कम्प्यूटरहरुमा अत्याधुनिक कम्प्यूटर भनेर माइक्रो कम्प्यूटर पेन्टीयम IV लाइ मान्न सकिन्छ। यी कम्प्यूटरहरुमा अति तीब्र गतिमा काम गर्नसक्ने माइक्रो प्रोसेसरको प्रयोग गरिएको हुन्छ। यस्ता कम्प्युटरलाइ जुनसुकै सफ्टवेयर राखेर पनि काम गर्नसक्ने बनाइएको हुन्छ। कम्प्यूटरमा नेटवर्क तथा इन्टरनेटको सहायताले ब्याङ्क तथा वित्तीय संस्थाहरुले केही मिनटमैं विदेशमा भएको पैसा नेपालमा भुक्तान दिने प्रविधिको विकास भएको छ, त्यसैले ब्याङ्कहरुले यसको प्रयोग अत्याधिक रूपमा गर्नथालेका छन्। यसका अतिरिक्त एयर टिकटिङ्ग, ट्राभल एजेन्सी हरुले आफ्नो ब्यवसायमा कम्प्यूटरको प्रयोग बाट अत्याधिक लाभ लिन सफल भैरहेका छन्। वास्तवमा भन्दा सूचना, संञ्चार, यातायात, शिक्षा, स्वास्थ्य, रक्षा आदि लगायतका सबै क्षेत्रमा कम्प्यूटरको ब्यापक प्रयोग भएको छ। नेपालमा कम्प्युटरको इतिहासनेपालमा कम्प्यूटरको प्रयोगको शुरुवात जनगणनाको क्रममा केन्द्रिय तथ्यांक विभागले वि.सं. २०१८ मा FACIT नामक क्यालकुलेटिङ्ग मेशीन प्रयोग गरेर गरेको थियो। त्यसबाट विभिन्न त्रुटीहरु देखिएकोले राष्ट्रलाइ ठूलो नोक्सान हुनपुग्यो। त्यसैले २०२८ को जनगणनाको लागि तत्कालिन सरकारले प्रतिमहिना रु १ लाख २५ हजार भाडा तिर्नेगरी IBM 1401 नामको दोश्रो पुस्ताको कम्प्यूटर प्रयोग गरेको थियो। यसको प्रयोग गरी १ करोड १३ लाख जनताको तथ्याङ्क प्रोसेस गर्न १ बर्ष ७ महिना १५ दिन लागेको थियो। कम्प्यूटरका सम्बन्धित सबै काम गर्नको लागि २०३१ पौषमा यान्त्रिक सारिणीकरण केन्द्र खोलियो र ०३७ सालतिर त्यसैलाइ राष्ट्रिय कम्प्यूटर केन्द्र नामाकरण गरीयो। २०३८ मा जनगणनाको लागि बेलायती कम्प्यूटर ICL 2950/10 ल्याइयो उक्त कम्प्यूटर UNDP/UNFPA को सहयोगमा रु २० लाख डलरमा प्राप्त भएको थियो जसबाट जनगणनाको कार्य १ बर्ष३ महिनामा सकिएको थियो। ०३९ तिर काठमाण्डौंमा विभिन्न कम्प्यूटरका निजी संस्थाहरु खुले। ०४० को दशक देखिनै देशभरमा कम्प्यूटरको कार्यक्षेत्र निकै विस्तार भैसकेको थियो। त्यसैबेलादेखि कम्प्यूटरको दक्ष जनशक्ति पनि उत्पादन गर्ने हेतुले राष्टि्य कम्प्यूटर केन्द्रबाट तालिमको कार्यक्रम पनि संचालन गर्न थालियो। थोरै ठाँउमा धेरै तथ्यांङ्क राख्न सकिने र सो तथ्याङ्क चाहिएको समयमा एकैछिनमा भेट्न सकिने भएको हुँदा तथ्याङ्क राख्नुपर्ने संस्थाहरु जस्तै प्रवेशिका परिक्षा बोर्ड, कर्मचारी संञ्चयकोष आदिले कम्प्यूटरको प्रयोग ब्यापक रूपमा गर्न थालेपछि यसको पेशागत रूपमा प्रयोग हुनथाल्यो। त्यसैगरी विभिन्न ब्याङ्क तथा बित्तीय संस्थाहरुले पनि कम्प्यूटरको ब्यापक रूपमा प्रयोग गर्दै आएका छन्। अहिले त जुनसुकै विषयको कार्यालय वा ब्यापार संस्था खोलियोस्, फर्निचर पछाडी लगत्तै कम्प्यूटरको आवश्यकता महसुस गरिन्छ। कम्प्यूटर डाटा प्रोसेसिङ्गमा मात्र नभइ डकुमेण्टेशन गर्न, पत्रपत्रिकाको लेआउट डिजाइन गर्न आदि कार्यहरुमा पनि प्रयोग गरिन्छ। कम्प्यूटरको प्रयोगले दूरसंञ्चार, हवाइ यातायात जस्ता अत्यन्त प्राविधिक क्षेत्रहरूपनि जटिलताबाट सरलतातिर उन्मुख भएका छन्। नेपालको दूरसंञ्चार क्षेत्रमा स्वीचिङ्ग, ट्रान्समिसन, इन्क्वाइरी, विलिङ्ग पूर्णतया कम्प्यूटराइज्ड भएकोले हाम्रो देशका सबै टेलिफोन सिस्टम डिजिटलाइज्ड छन्। कम्प्यूटरको प्रयोगले नयाँ सिस्टम जडान गर्न अथवा पुरानो सिस्टममा कठीनाइ आएमा मर्मत गर्न एकदमै सजिलो भएको छ। कम्प्युटरको आविष्कारले मानिसलाई हरेक कुरामा सहयोग पुर्याएको छ।
ईन्टरनेट के हो? इन्टरनेटको बारेमा बुझ्नु अघि हामीले नेटवर्क भनेको के हो भन्ने कुरा थाहा पाउनुपर्छ । दुई वा दुईभन्दा बढी कम्प्युटरलाई आपसमा तार वा ताररहित माध्यमद्वारा जोडियो वा एउटा कम्प्युटरबाट अर्को कम्प्युटरमा रहेको डाटा वा प्रोग्रामलाई चलाउन सकियो भने त्यहाँ नेटवर्क भएको मान्नुपर्छ। नेटवर्क भनेको कम्प्युटरहरूबीचको सन्जाल हो र यो आकारको आधारमा तीन प्रकारको हुन्छ। १) Local Area Network यो सबैभन्द सानो आकारको नेटवर्क हो। यस्तो नेटवर्क एउटा घर वा क्याम्पसमा केही किलोमिटरसम्म फैलिएको हुन सक्छ। हामीले साइवर क्याफे, स्कुल, क्याम्पस आदि ठाउँमा देखेको नेटवर्क यही नै हो। २) Municipality Area Network यो नेटवर्क LAN कै ठूलो रूप हो। २-४ वटा घर मात्र नभई यस्ता नेटवर्क पूरा सहरभरि फैलिएको पनि हुनसक्छ। ३) Wide Area Network यस्तो नेटवर्कले ठूलो भौगोलिक क्षेत्र ओगटेको हुन्छ। यो प्रायः देश वा महादेशभरि फैलिएको हुन्छ र LAN तथा MANको तुलनामा आकारको हिसाबले यो निकै ठूलो हुन्छ। दुई वा दुईभन्दा बढी नेटवर्कहरू जोडिएर इन्टरनेटवर्क (Internetwork) बन्दछ।
के गर्दा बढ्छ स्पिड कम्प्युटरको !
कम्प्युटरमा एक क्लिक गर्यो अनि पर्खेर बस्यो । स्क्रिनबाट बिजीको संकेत हट्ने नाम लिदैन । चलिरहेको कम्प्युटर एक्कासी ह्याङ हुन थाल्छ । किनेको केही समय राम्ररी चलिरहेको कम्प्युटर विस्तारै स्लो, स्लो र अति स्लो हुन थाल्छ । सामान्यतया कम्प्युटरले दिने समस्या यस्तै हुन्छन् । वास्तवमा कम्प्युटर स्लो हुनु वा ह्याङ हुनु कुनै नौलो समस्या होइन । केही सामान्य होसियारीले तथा तरिका अपनाउँदा पनि कम्प्युटरको गति बढाउँन सकिन्छ । आउँनुहोस् आज कम्प्युटरको स्पिड बढाउँने बारे केही कुरा गरौं
१. भाइरस स्क्यान :भाइरसले कम्प्युटरको स्पिड कम गराउँने मात्र होइन, कम्प्युटरमा सुरक्षित राखिएका आवश्यक डकुमेन्टहरु पनि नोक्सान गर्न सक्छन् । तपाईले कम्प्युटर चालु गर्दा भाइरसकै कारण अनावश्यक प्रोगामहरु चलिरहेका हुन्छन् । जसले गर्दा कम्प्युटर स्लो हुन्छ । यसैले कम्प्युटर बेला बेला भाइरस स्क्यान गर्दा यस्ता अनावश्यक प्रोगामहरु निष्क्रिय हुन्छन् । भाइरसकै कारण कम्प्युटर स्लो भएको रहेछ भने भाइरस स्क्यान गरेपछि कम्प्युटर पहिले भन्दा छिटो चल्छ । यसका लागि विभिन्न एन्टिभाइरस प्रोगामहरु पाइन्छन् । हाल उपलब्ध पाँच उत्कृष्ट नि:शुल्क एन्टिभाइरसका नाम र डाउनलोड गर्ने ठेगाना निम्न अनुसार छन् । तल क्लिक गरेर सित्तैमा डाउनलोड गर्न सक्नुहुनेछ ।
-
२. स्क्यान डिस्क प्रोगामलाई रन गर्नुहोस् : कम्तिमा महिनाको एक चोटी स्क्यान डिस्क प्रोगामलाई रन गराउँनुहोस् । यसले हार्ड डिस्कमा भएका नचाहिदा फाइलहरु हटाउँछ । हार्ड डिस्कको स्पेस बढ्छ ।
३. टेम्पररी फाइललाई क्लिन गर्नुहोस् : जब वेब ब्राउज गरिन्छ तब कम्प्युटरको टेम्पररी फाइल्सले काम गरिरहेको हुन्छ । यसका साथै माइक्रोसफ्ट वर्ड एवं एक्सलमा काम गरेका बेला पनि टेम्पररी फाइल्सले काम गरिरहेको हुन्छ । यसले गर्दा कम्प्युटरको भर्च्युअल मेमोरी भरिन्छ जसको सिधा असर कम्प्युटरको स्पिडमा पर्छ । यसलाई डिलीट गर्न स्टापर्ट बटन मा गएर रन प्यानल मा %temp% लेखि ओके बटन थिच्नुस तपाइको कम्प्युटरमा सेभ भएको सबै टेम्पररी फाइल देखिन्छ । जसलाई सेलेक्ट गरि डिलिट गर्नुस ।
४. रिसाइकल बिन खाली गर्नहोस् र सकेसम्म डेस्कटपलाई क्लिन राख्नुहोस् : डिलिट गरेका फाइलहरु जम्मा भएर रिसाइकल बिनले पनि कम्प्युटरको स्पिडमा असर गरिरहेको हुन्छ । यसैले बेला बेला रिसाइकल बिन खाली गर्नुहोस् । कम्प्युटरको डेस्कटप अपरेटिङ सिस्टम भएकै ड्राइभमा हुन्छ । डेस्कटपमा बढी फाइलहरु राख्नाले हार्ड डिस्कमा स्पेस भरिन थाल्छ । यसैले डेस्कटपमा भएका कुरालाई कम्प्युटरका अन्य ड्राइभमा सार्नुहोस् ।
५. डिक्स इरर क्लिन : कुनै प्रोगाम क्रास वा पावर सर्टेज भए पीसी हार्ड डिक्समा इरर क्रिएट गर्न सकिन्छ । यसका लागि कम्प्युटरको हार्ड डिक्सको इरर चेक गर्नुपर्छ । डिक्स चेकिङका लागि माइ कम्प्युटरमा जानुहोस् । जुन डिक्स चेक गर्न चाहनुहुन्छ त्यसमा राइट क्लिक गर्नुहोस् र फेरि प्रोपर्टिजमा क्लिक गर्नुहोस् । प्रोपर्टिज डायलग बक्समा टुल ट्याबमा क्लिक गर्नुहोस् । इरर चेकिङ सेक्सनमा चेक नाउ बटन थिच्नुहोस् । कम्प्युटरमा इरर चेक गर्न चेक डिक्स एक्सेस गर्नुहोस् । इररअनुसार डिक्स चेकिङमा करिब एक घण्टा लाग्न सक्छ । डिक्स चेक सातामा एकपटक गर्न सकिन्छ ।
६. डाटा अर्गनाइज : कम्प्युटरले खासगरी फाइल खोज्ने काममा बढी समय लगाइरहेको हुन्छ । यसका बाबजुद कम्प्युटर एक्सेस र रिट्रिबल स्पिड बढाउन फायल्सको कुनै भागमा छुट्याइन्छ, तर अपडेट गरेपछि कम्प्युटर इन फायल्सको कुनै भागमा हार्ड डिक्सले सेवा गर्न थाल्छ । यसले कम्प्युटरको स्पिड कम गरिदिन्छ, किनभने यसले हरेक फाइल अलग-अलग स्थानमा खोज्नुपर्ने हुन्छ ।
यसलाई ठीक गर्न डिक्स डिफ्राग्मेन्टर प्रोग्राम आवश्यक हुन्छ जसले फाइललाई एकसाथ जोड्न सक्छ । यसका लागि पनि माई कम्प्युटरमा गएर चेक गर्ने फाइलमा राइट क्लिक गरेर प्रोपर्टीमा क्लिक गर्नुपर्छ । प्रोपर्टी डायलग बक्समा टुल्स ट्याबमा क्लिक गरी डिफ्राग्मेन्टेसन सेक्सनमा गएर डिफ्राग्मेन्टमा क्लिक गर्नुहोस् । कम्प्युटर डिफ्राग्मेन्ट गरेपछि त्यो फायलको प्रोगाम र साइजअनुसार पुनः अर्गनाइज हुन्छ ।
७. नचाहिदा सफ्टवेयर तथा प्रोगामहरुलाई हटाउँनुहोस् ।
८. तपाईको कम्प्युटरको माइक्रोसफ्ट वर्ड, एक्सल आदि प्रोगामहरु ढिलो खुल्छन् ? फन्टको कारणले हुन सक्छ । नचाहिदा फन्टहरु हटाईदिनुहोस् ।
एकजना पत्रकारले विश्वप्रसिद्घ महान् वैज्ञानिक अर्ल्बर्ट आइन्सटाइनलाई सोधे "तपाईको सफलताको रहस्य के हो -" उनले पनि मुस्कुराउँदै दूइ शव्दमा उत्तर दिए "परिश्रम र धैर्ताय" । उनको जीवनीलाई नियालेर हर्दा जीवनको शुरुका दिनहरु राम्रा थिएनन् । स्कूललाई एउटा जेलजस्तै सम्झने उनलाई गुरु तथा साथीहरुले 'मन्दबुद्घि उपनाम दिएका थिए ।
अझ गणित शिक्षकले त उनले सात जन्ममा पनि गणित सिक्न नसक्ने भविष्यवाणी गरेका थिए । तर उनको निरन्तर परिश्रम र धैर्यताको अगाडि सबै र्व्यर्थ भयो । परिश्रम र धैर्यताको कारणले त्यस्तो 'मन्दवुद्घि भएका बालक १२ वर्षो उमेरमा 'युग्लिडको ज्यामिति' र १६ वर्षो उमेर सम्म 'इन्टिगे्रट क्याल्कुलस ' को ज्ञाता भइसकेका थिए । निरन्तर परिश्रम र धैर्यताको कारणले गर्दा नै उनले सन् १९०५ मा “Photo Electric Effect” प्रतिपादन गरेबापत भौतिक विज्ञानमा नोबेल पुरस्कार पाउन सफल भए ।
उनले प्रतिपादन गरेको सापेक्षतावादको सिद्घान्त The Theory of relativity ले संसारभर तहलका मच्चायो । यसले भौतिक विज्ञानमा ठूलो परिवर्तन ल्याइदियो । यसरी उनी परिश्रम र धैर्यताको कारणले वीसौ शताब्दीकै सबैभन्दा सफल र चर्चित व्यक्तित्व हुन सफल भए ।
अर्का विश्वप्रसिद्घ आविष्कारक थोमस एल्वा एडिसनले औपचारिक शिक्षालाई पूरा गर्न नसके पनि अथक परिश्रम र धैर्यताको साथ स्वअध्ययन बाट १०९३ वटा आविष्कार गरी सबैभन्दा बढी आविष्कार गर्ने आविष्कारकको रुपमा चिनिन सफल भए । १२ वर्षो कलिलो उमेर मै रेलवे स्टेशनमा पत्रिका बेचेर पेट पाल्न बाध्य एडिसन परिश्रम कै कारण The herald नामक पत्रिकाको सम्पादकसमेत भएका थिए । गरिबीले उनको लक्ष्यलाई असर गर्न सकेन । विज्ञानमा रुचि भएको कारणले रेलको डिब्बामा नै उनले आफ्नो प्रयोगशाला बनाए ।
उनी यति परिश्रम गर्दथे कि कति पटक त आफ्नो नाम समेत विर्सन्थे । Electric Lamp बनाउँदा उनी ९९९ पटक असफल भएका थिए । तर उनी त्यस असफलताबाट नहड्बर्डाई धैर्यताको साथ आफ्नो काममा लागि नै रहे र आखिरमा हजारौं पटकको प्रयासमा सफल भई
छाडे । यस्तै परिश्रम र धैर्यताको परिणाम स्वरुप सन् १९७३ मा Electric Lamp को लागि नोबेल परुस्कार पाउन सफल भए ।
त्यसै गरी अर्का बैज्ञानिक म्याडम म्यारी क्युरी पनि परिश्रम र धैर्यताको कारण सफल ब्यक्तित्वमा गनिन्छिन् । महिला भएकै कारण पोल्याण्डमा उच्चशिक्षा अध्ययनबाट बञ्चित हुनु परेकोले क्युरीले बिदेशमा गइ उच्च शिक्षा हाँसिल गरिन् ।उनको जीवन गरिबीमा वितेको थियो । तर गरिबीले उनको लक्ष्यलाई छुन सकेन । कति दिन र रात गरिबीकै कारणले पानीको साहाराले आफ्नो लक्ष्यमा अडिग रही निरन्तर परिश्रम गर्दै गइन् उनी । फलस्वरुप उनले सन् १९०३ मा Radioactivity मा अनुसन्धान गरेवापत भौतिक शास्त्रमा नोवेल पुरस्कार जितिन् ।
जीवनभरी साथ दिने उनका पतिको मृत्युले पनि उनको काममा बाधा पुर्याएन । त्यस्तो अवस्थामा पनि धैर्यताको साथ परिश्रम गर्दै गइन् र सन् १९११ मा Radium and polonium पत्ता लगाए वापत फेरि रसायन शास्त्रमा नोवेल पुरस्कार पाउन सफल भइन् । यस्तै परिश्रम र धैर्यताको कारणले उनी दुइ विधामा नोवेल पुरस्कार पाउने पहिलो महिला हुन पुगिन् ।
अमेरिकाका जर्ज वाशिङ्गटन, अब्राहम लिकंन एवं रुजवेल्ट, चीनका सन् यात्सेन फ्रान्सका नेपोलियन बोनापार्ट पनि परिश्रम र धैर्यताको कारण राष्ट्रपति बन्न सफल भए । सफल खेलाडीहरु पेले, म्यारोडोना, माइकल जोर्डन, माइकल जोनसन पनि मिहिनेत कै कारण सफल भएका हुन् । विलियम शेक्सपियर, रविन्द्रनाथ टैगोर, महाकवि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम पनि परिश्रम र धैर्यताको कारण सफल साहित्यकार बन्न सफल भए ।
अमेरिकाको माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्स् पहिले कलेज ड्रपआउट भएर पनि परिश्रम र धैर्यताको कारण गत पाँच वर्षेखि लगातार रुपमा संसारकै सबैभन्दा धनाढ्य हुन सफल भएका छन् । यसरी संसारका सफल र चर्चित वैज्ञानिक, आविष्कारक, राजनीतिज्ञ, साहित्यकार खेलाडी, व्यापारी, कलाकारहरु जीवनका पुर्वाद्दामा अभाव, गरिवी, असफल भएपनि कडा परिश्रम र धैर्यताको कारण उनीहरु सफल हुन सकेका हुन । अत: यी सफल व्यक्तित्वबाट हामीले पनि सफलताको रहस्य किन नसिक्ने?

No comments :
Post a Comment