Nepal Flag
Showing posts with label About Blog. Show all posts
Showing posts with label About Blog. Show all posts

एक असल नारी

Aug 11, 2018

जीवन एक यात्रा हो,हामी सवार यात्री हौ यात्री मात्र हैनौ हामी आफै चालक पनि हौ हाम्रो यात्रा खाडलतिर लाने कि चुचुरो तिर त्यो पनि हाम्रै हातमा हुने गर्छ यस्तै यात्राको दौडानमा मेरो जीवनमा पनि धेरै उतारचडाबका बिच एक काल्पनिक सुखभोगको अभिलासा लिएर दौडिरहेको छु यस्तै दौडानमा धेरै सम्बन्ध बन्ने टुक्गिने क्रम पनि चलिरह्यो कति सम्बन्ध यस्ता बने जुन सम्बन्ध बिर्सिदा मैं जाति लाग्छ कति सम्बन्ध यस्तो मान्छेसँग हुने रैछ  जसको प्रशंसा गर्न शब्दकोषमा शब्द नै हुन्न भएका कुरा मात्र लेखेनी सयौ पुस्तकालय भरिन्छ यस्तै मान्छेमा पर्छिन उनी  


उनीसँगको सम्बन्धको सुरुवात धेरैको जस्तो फेसबुकबाटै भयो तर कुरा गर्दै जाँदा संयोगवश आफ्नै गुरुकी छोरी रैछिन सुरुमा फोटो हेरे राम्री लाग्यो कुरा हुन थाल्यो झन राम्री लाग्यो हुन पनि भर्खरै २१ वर्षमा टेकेकी, कलकलाउँदो वैंश भरिएकी, नागवेली कम्मर,मृगनयन भएकी सुन्दरीले सहजै कुरा गर्ने सहजै हरेक कुराको अपेक्षाकृत उत्तर दिनुको कारण पनि मन्त्रमुग्ध भए जब उनी अफलाईनमा हुन्थिन तब उनको  प्रोफ़ाईल हेरेरै दिन बिताउन थाले अनी मन मनै सोच्न थाले उनले सँग कुरा गरे जसरी अरु अपेक्षा पनि पुरा गरिदिए ...!!अनी फेरी आफैमा प्रश्न गरे ..हैन आफ्नै गुरुकी छोरीलाई त्यसरी बुझ्न हुन्न ...आफैले उत्तर दिए हैन सबै कुरा मिल्छ भने गुरुकी छोरी भएर के भयो आफ्नै चेलासँग सम्बन्ध हुँदा गुरु झन खुसी हुनुहोला यसरी दिन बित्दै गयो कुरा हुन थालेको पनि मैनौ भईसकेछ


कुराकानीकै क्रममा उत्प्रेरित हुंदै एकदिन मैले प्रसंशा गर्दै उनलाई भने एउटा कुरा भन्छु नरिसाउ है ... ? यसको उत्तर पनि सहजै नै आयो भनिन हस् हुन्छ सोधिस्यो  ... पनि के कम मौका यहि हो भनेर सोधिहाले तिमीलाई कस्तो लाग्छ ..? अं... अकमकाएर भनिन ..हजुर राम्रो लाग्छ तर  किन ? जसको जबाफ दिन मलाई अति गाह्रो भयो शरिर काँप्न थाल्यो शरर पसिना छुट्यो तर केटा मान्छे हो डराउन हुन्न भनेर भनेर .. भने मलाई तिमी अति मन पर्छ एकोहोरो तिमीलाई नै सम्झिरहन्छु उनले होर ..! मात्र भनिन अली रात बितेकोले भोलीपल्ट अफिस भनेर त्यो दिनको कुरा त्यहा टुग्याएर सुत्न कोसीस गरे उनी पनि लगत्तै अफलाईन भईन्  



भने उनको यादमा भित्तामा टाँसिएको घडिले घण्टाघण्टामा मेरो खबरदारी गरिरहेको जस्तो लागेर हेरिरहे बेलाबेला घडीमा आँखा ठोक्किछन् यसरी नै घडिका मसिना सुईमा हेर्दा हेर्दै बिहानको बजि सकेछ अनी जबरजस्त स्मृतिपटलको ढोका बन्द गर्ने प्रयत्न गर्दै सपनामा पनि उनी सँगै कुरा हुने आशामा निदाएछु अफिस अलि टाढा नै थियो सधै झैँ बिहान सबेरै उठ्नु पर्ने त्यो दिन रीति अबेर सुतेकोले उठ्न गाह्रो होला जस्तो लागेको थियो तर अरु दिन भन्दा अनिदो भएनी उनी सँग कुरा गर्ने दिन सम्झिएर झनै स्फुर्ती बढे जस्तो भयो हौसिदै काममा पुगेर काम गर्न थाले यत्तिकैमा ..उनको मेसेज आयो हाई ,सञ्चै होईसिन्छ ? हजुर सञ्चै छु अनी तिमी ? पनि सञ्चै छु ..उनले भनिन अनी लगत्तै प्रश्न गरिन कुरा गर्न मिल्छ ? सायद हिजो मेरो प्रश्न सोधाईले होला उनीलाई पनि कुरा गर्न जरुर जस्तो गरिन तर कामको ब्यस्थताको बहाना गरेर पछि कुरा गर्छु भने ..जसको जबफ पनि सधै झैँ सहजै आयो ...हस फुर्सदमा कुरा गरिसियो उनको यहि सहजताले मलाई झन लोभ्यायो कहिले काम सकिएला कुरा गरौला भनेर तड्पिन थाले ... संयोगवश त्यो दिन छिटो घर फर्किने मौका मिल्यो अनी कुरा गर्दै फर्किदै हिजोको बाँकि कुरा गर्न तिर लागे  


अघिल्लो दिनको कुरा निरन्तरता दिदै सोधे घरमा बिहेको कुरा गर्नु भएको छैन सहज.. जबाफ राम्रो मान्छे पाए गर्ने भन्नु भएको अनी अरु कोही तिम्रो नजीक की ..? नाई छैन, पढाईको कामको ब्यस्थताले त्यता ध्यान गएन .. !! अनी तिम्रो कहिले सोचाई ..?? भने जस्तो भएमा बाबा आमाको मञ्जुरीमा जहिले पनि हुनसक्छ ... !!यदि मैले तिम्रो बाबा सँग कुरा गरेर भन्दा हुन्छ भन्नु भयो भनेनी ..? फेरी सहज जबाफ .. हजुर राम्रो होईसिन्छ के फरक पर्यो !! घरबाट मान्नु भएन भनेनी ?? फरक जबाफ असल सन्तानले आफ्नो मात्र हैन आमा बुबा आफन्तको ईज्जतको पनि ख्याल राख्नुपर्छ  बोली काट्नु हुन्न..!! सबै सहजताका बिच अर्को मेरो लागि असहज उत्तर आयो आतिए जस्तो गरेर .. भने सो स्याड..!!फेरी सहज जबाफ.. हजुर राम्रो होईसिन्छ त्यस्तो हुन सक्दैन पर्फुल्ल हुदै भने तिमी राम्री पनि रुपमा मात्र हैन मन शिर स्वाभव,सहजता सबै कति राम्रो है ...! तिमी धर्तीमा एक्ली ३२ लक्ष्यणकी नारीमा पर्छेउ उनी चुपचाप रहिन ...मैले फेरी प्रश्न गरे अब मैले घरमा बाबा आमा सँग कुरा गर्दा हुन्छ ? उनको सहज जबाफ..हजुरलाई जे ठिक लाग्छ त्यही गरिस्यो त्यो रात धेरै छिपिसकेकोले सुत्ने निर्णय गरियो। 


भोलिपल्ट मेरो बिदाको दिन परेकोले उनको बाबा आमा सँग कुरा गर्ने सोच बनाए अरुदिन सधै मैले नै अनलाईमा पहिले मेसेज गर्ने त्यो दिन उनले मेसेज गरेर भनिन ..हेल्लो हजुर सञ्चै होईसिन्छ ..! मैले जबफ दिए तिम्रो यादले सञ्चै राखेको उनले हाँसेको चिन्ह फठाईन होर ! मात्र भनिन उनले पहिले मेसेज गरेको भएर मलाई कुरा गर्न अझ सहज लाग्यो सोधे बाबाको नम्बर दिन मिल्छ ..? उनले भनिन हजुर मिल्छ ..किन बाबा सँग कुरा गरिसिन्छ ? मैले तुरुन्तै जबफ दिए हिजोको हाम्रो कुरा बाबालाई सोधम भनेर ? उनले भनिन् हुन्छ गरिसियो..! बाबा सँग कुरा गर्छु बाई भनेर उनको बाबालाई फोन गरे मेरो बच्चापनको गुरु भएकोले कुरा गर्न सहज नै भयो बच्चापनदेखि अहिले सम्मको धेरै कुरा भयो यतिकैमा मैले प्रश्न गरे हजुरको छोरीको बिहे गर्ने हैन ..? उहाँले पनि भन्नुभयो बिहे गर्ने भनेको अहिलेको जमनामा भने जस्तो केटा पाउन मुस्किल ..एकछिन सोच्दै कोही छन बाबु त्यस्तो मान्छे ? मैले भने हुनुहुन्छ तर सर छोरीले मनले खाएको कोहि पो की ? उहाँले भन्नुभयो सोध्छु रैछन भने कुरा गरौला अस्ति सोध्दा छैन भन्थिन यतिकैमा मैले फेरी भने मैले सोध्दा पनि छैन भन्थिन सायद छैन होला उहाँले फेरी भन्नुभयो कोहो बाबु कस्तो मान्छे हो एकपटक छोरी सँगै कुरा गर्नु अनी उसले हुन्छ भनिन भने बाँकी कुरा गरौला यतिकै त्यो दिन उनको बाबासँग कुरा टुंगियो  


छोरी बाबाको एउटै कुरा छोरीको प्रतिको सहज जबाफले झन मन प्रफुलित हुंदै गयो अनी उनलाई यहि कुरा सुनाउन हत्तारमा मेसेज गरे उनले बाबाको फोन भनेर एकछिन कुर्न भनिन .. त्यसपछि उनको बाबाले पनि मेरा कुरा सोध्नु भएको रैछ कुरा मिल्ला जस्तो लागेर मैले भने कहिले नेपाल आउँ ? उनको सहज जबाफ दिने बानी जति नजीकिए पनि छुटेन भनिन हजुरलाई सहज हुने गरि आईस्यो ..! अनी मैले फेरी भने अब बाँकी कुरा हाम्रो सम्बन्धको निर्न्तरता रह्यो हैन ..! उनले खिस्स हाँसेर टार्न खोजिन .. तर फेरी मैले भने किन केहि चित्त नबुझेको की ? उनले भनिन..भित्री मनबाट चाहना गर्सिया भने हजुरको चाहना पुरा हुन्छ अझ थपिन .."जे कुरा मनबाट चाहना राखिन्छ त्यो भनवानले सधै पुरा गरिसिन्छ" यसरी कुरा चल्दै गयो उनको परिवार सँग उनीसँग बिहेको निधो गर्न लाग्दा उनको एउटा माँग आयो नेपाल फर्कीएर बिहे गरेछी नेपाल चै बस्नुपर्छ बिदेश जान पाईदैन गए पनि सँगै जाउला मैल भने तिम्रो खुसी हो जे भन्छेउ हुन्छ सल्लाह गरेर यताको सबै मिलाएर घर फर्किने निर्णय गरे  


Continue Reading | comments

Pageviews

Followers