Nepal Flag

लतै लतको देश जापान

Aug 16, 2025

 


बिश्वो आर्थीक शक्तिशाली देश हो जापान ,अनी धेरै बिदेशीहरुको सपनाको देश पनि हो जापान ।सायद तपाई हाम्रो पनि सपानाको देश हो जापान,कयौका आफन्तहरु त पुगीसकेका छन त कतिका जाने तरखरमा छन ।


यति धेरैको सपनाको देश अनी हरेक कुरा सुबिधा सम्पन्न हुँदाहुँदै पनि कतिपय नराम्रो कुराहरुको दलदल पनि हो जापान । यहाँका सामान्यतय प्राय:मानिसहरु केहि न केहि नराम्रो लतमा फस्ने गरेका हुन्छन त्यसमा त झन बिदेशी भित्रन बित्तिकै दलदलमा भाषिने धेरै हुने गरेका छन् । 


कयौ सपानाको र सुन्दर भविष्यको कल्पनामा बिदेशबाट भित्रिने मानिस भनौ या त जापानी नै भनौ प्राय: सानो वा ठुलो लतमा फसेका हुन्छन् । सामान्यतय लगभग ६५%भन्दा बढी जापानमा हुने मानिसहरु सुर्तिजन्य पदार्थ सेवन गर्छन ।जसमा उच्चमाध्यमीक तहमा पढ्ने ५०% पर्छन भने सो भन्दा माथिका ७०% मानिसहरु सुर्तीजन्य पदार्थ सेवन गर्छन् ।यस्तै गरी अल्कोहलीक पदार्थ सेवन गर्ने मानिसहरुको सँख्या लगभग ९०% छन् । जसमा माध्यमिक तहका ४०% र बाँकी सो भन्दा माथिका मानिसहरुमा पाईन्छ ।त्यसै गरी लागु औषद सेवन गर्नेहरुको संख्या २% को हाराहारीमा रहेका छन् भने बेश्याबृति लगाएत कार्यमा संलग्नको संख्या ५% को हाराहारीमा छन् ।


जापानमा २० वर्षमुनीका मान्छेलाई कुनै पनि कार्य गर्न बन्देज छ भने त्यो २० वर्ष कटेपछि लगभग सबै कुरा गर्न छुट छ तर लागु औषद भने पुर्ण रुपमा बन्देज नै छ ।


सुर्तिजन्य पदार्थ चुरोट अनी अलकोहलीक पदार्थ प्राय: सबै पसलहरुमा पाईन्छ तर सम्बन्धित मान्छेको २० वर्ष पुगे नपुगेको प्रमाण पेश गर्नु पर्ने हुन्छ ।यस्तै रेडलाईट एरिया मा पनि यस्तै ब्यबस्था छ । तर कानुन अन्तर्गत रहेर जुनसुकै कुरा गर्न पनि पुर्ण स्वतन्त्र रहेको छ ।जापानमा झण्डै ५०० भन्दा बढी रेडलाईट एरियाहरु छन् ,जहाँ दिनौ मान्छेहरु जाने गर्छन् र औषत मानिसहरु आफ्नो कमाईको ५ % खर्च गर्ने गर्छन् ।


अब सुरु गरौ संसारभरीबाट सुन्दर भविष्यको खोजीमा जापानमा भित्रीएका मानिसहरु कसरी कुलतमा फस्छन् । 

जापान यस्तो देश हो जहाँ जो कोहीले पनि आफ्नो पुर्ण अधिकारको उपयोग गर्न पाउछ मन लागेको कुरा गर्न पाउछ । अझ भनौ पुर्ण रुपमा प्रजातन्त्रको प्रत्याभुती गर्न पाउँछ । 


लगभग जापान भित्रिने मानिसहरु भनेका नेपाल जस्तै अल्पबिकसित देशहरुका हुन्।नेपालमा जसरी हरेक कुरा पुर्ण रुपमा खुल्ला रुपमा प्राप्त गर्न सकिदैन र प्राप्त गरेपनि आर्थीक अभाव र सामाजिक बन्धनबाट सम्भव हुदैन ।तर जब जापान प्रवेश गर्छ तब उसले हरेक कुराबाट स्वतन्त्र महसुस गर्छ अनि हरेक कुरा पुरा हुने सपना देख्न थाल्छ । यस्तै बेला परिवारबाट बिछोडिएको पिडा भुलाउने बहानामा सबै एक दुई कुलतमा फस्न सुरु गर्छ ।


यसरी बस्दै गर्दा आफ्नो देशमा हुँदा बियर र चुरोटको गन्ध पनि नसुघ्ने ५/६ महिना पछि यि दुबै कुरा दैनीकी हुन थाल्छन भने रेडलाईट एरीयाको यात्रा सुरु गर्न थाल्छन् । पैशा पनि हुने पारीबारीक बन्धन पनि नहुने अनी साथीहरुसँग मिल्न कै लागि भनेर सुरु गर्नेको पनि असल साथी बियर र चुरोट बन्न पुग्छ । अनी साथी जाने रेडलाईट एरिया आफुपनि जान थाल्छ । यसरी १/२ वर्षमा आफ्नो देश फर्कीने बेला सम्म यि सबै किसीमको सिकार बन्न पुग्छन र  नराम्रो गरी लतैलतको दलदलमा फस्न पुग्छन् । यसैले लतलतैको देश हो जापान । 

Continue Reading | comments

दिदिलाई चिठी

पुज्यनीय दिदी सेवा ढोग ? 
आराम छु आरामताको कामना गर्दछु।दिदी नेपाली हिन्दुहरुको दोस्रो ठुलो महान पर्व शुभदिपावली,लक्ष्मी पुजा तथा भाईटिका यति बेला घर आगनमा आइपुगेको छ ।गाँउघर तिर देउसी भैले खेल्न थालिसके होलान् । तर के गर्नु दिदी तिम्रो प्यारो भाई सात समुन्द्र पारी छ।बिना भाई न तिज आएको छ न दशै न अब तिहार नै आउछ भनेर आमा सँग दशैंमा रुदै थियौ रे ।

 यसपालीको पनि तिहारमा पनि तिम्रो प्यारो भाई फर्किएन भनेर धेरै चिन्ता नगर । दिदि कति रमाइलो थियो है हाम्रो बाल्यकाल ।संगै भयो कि सानो सानो निहु झिकेर झगडा गरिहाल्नु पथ्यो हामीलाई ? तर फेरि एक छिन पनि छुटिएर बस्न सक्दैनथ्यौ। एउटा नहुदा अकोर्लाई छटपटाहट सुरु भइहाल्थ्यो। त्यही भएर गाँउतिराको भन्ने गर्थे यिनीहरूका दिदीभाई मिल्न पनि नसक्ने छुट्टिन पनि नसक्ने दोभानमा जोडिएका नंदि जस्तो ? साँच्चै है ! दिदी माया भनेकै त्यही रहेछ ?अहिले त हामी घाम र जुन जस्तो एउटै धर्तीमा भएर पनि कोसौँ टाढा भएका छौ । अहिले तिमी घरबारे भएकी छौ, चाहेर पनि जन्म घरमा आउन पाउदिनौ र म पनि त्यस्तै त भएको छु नि दिदी।तिम्रो बिहे भएको महिना दिन पनि नबित्दै कमाउने सपना बोकेर परदेशी भएको सात वर्ष बितिसकेछ अझै फर्किन सकेको छैन । यसरी हरेक वर्ष चाडबाड आउँदा मुटु भक्कानो परेर आउँछ।अझ अरु पर्व भन्दा तिहार मेरो लागि बिशेष भएकाले पनि होला यमपञ्चक सुरु भएदेखि आँखा सुकेको छैन ।

 वर्षौ देखि तिम्रो हात र मेरो निधार खाली छ ।तिम्रो बिहेको दिनमा डोली चड्दै गर्दा भनेकी थियौ मेरो भाई अब यो घरमा भोली देखि तिमी एक्लै हुने छौ ।हो दिदि म अहिले एक्लै भएको छु तर बिडम्बना घर नभई परदेशमा छु ।दिदि तिम्रो अभाव पहिले जति थियो त्यो भन्दा कयौं गुणा बढि अहिले भएको छ । पहिले छटपट्टि मात्र हुन्थ्यो अहिले आँशु थाम्न सकेको छैन ।अझ दिदि देउसी भैलोमा मलाई हात समातेर सँगै हिडालेको सम्झिदा झन भक्कानो फुटेर आउछ । दिदि त्यो तिम्रो हातबाट लगाईदिईको सप्तरंगी टिका र कहिलै न ओईलाउने मखमली र दु:खबाट मुक्ति गराउने सयपत्रिको माला झलझली सम्झिरहन्छु ।अनी आफ्नो भाईलाई रोगब्याधी र शत्रुबाट जोगियोस भनेर तेलको धारले छेकेको घाम जस्तै छर्लङ्ग सम्झिरहन्छु । 

 दिदि तिहारले गाँउघर झिलमिलि र झपक्क भएको होला । म जसरी परदेशीएका धेरै भाईहरु फर्किएका होलान् सबैको घरमा दीपावली भएको होला । तिमी पनि दुनीयालाई देखाउनको लागि भएपनि सलले आँशु पुच्दै दीपावली र लक्ष्मी पुजा गर्दैछेउ होली ।म नभएपनि मेरो लागि आफ्नै हातले उनेकी छेउहोला दिदि सयपत्री र मखमली फुलको माला, जुन हाम्रै आँगनको डिलमा तिहारको बेलामा मेरो लागि फुलेका हुन्थे ।तर बिडम्बना सयपत्री र मखमली फुलको माला मलाई नभएर मेरो भित्ताको तष्बिरमा लगाईदिन आठौ वर्ष पनि बाध्य हुदैछेउ आज।देउसुरे खेल्न आउनेलाई देख्दा पनि भकानिन्छेउ होला । आफ्नो भाई पनि सँगै भईदिएको भए म पनि कति रमाईलो गर्ने थिए । 

 हो दिदि म सात समुन्द्र पारी पुगेको छु तिमी पनि कर्म घरमा पुगेकी छेउ ।तिमी सँग भिनाजु र भान्जी छिन म एक्लै छु । सायद भाईले परदेशीएर भुल्यो जस्तो लाग्या होला तर दिदि तिम्रो लागि ताजै छ मेरा बिगतहरु ।अनी दिदि तिम्रो लागि प्रत्यक वर्ष छुट्याएका दक्षिणाहरु । तर दिदि भाईको चिन्ता नगर तिम्रो भाई तिमीले छेकेको तेलको धाराले सबैसँग जोगिएको छ ।यसरी नै सधै सजग भएर आफ्नो भविष्यमा लागि रहनेछु ।

 दिदि भाई कमाउन गएको छ अहिले त सँगै भईएन अर्को वर्ष पछि सँगै हुनेछौ भनेर बुझ ल । यति मात्र हो कि यो तिहारमा पनि दिदि तिम्रो र मेरो दुरी टाढा हुने भयो । यो साल पनि आफ्नो हातबाट निधारमा सप्तरङ्गी टीका अनि गलामा मखमली र सयपत्री फूलको माला लगाईदिन पाईनौ ।गतवर्ष पनि भनेको थिए अर्को वर्ष सकेसम्म मिलाएर घर आँउछु ।
तर यो साल पनि आफ्नो सानो सपना पुरा गर्न यतै रुमलिदै छु । मलाई पनि त चाडबाडमा फर्किन मन त नभएको कहाँ होर तर विदेशी भूमिमा मेरो बाध्यता । वर्षौ देखि बाबा आमा पनि मेरो बाटो कुर्दै बस्नुभएको छ ।त्यसैले म पनि भन्न विवश छु ठीकै छ यो सालको तिहार पनि यस्तै भयो अर्को सालको दशैँ र तिहारमा त अवश्य पनि छुट्टी मिलाएर आउनेछु ।

परदेशी भाई
Continue Reading | comments

परदेशबाट नेपाल आमालाई चिठी

सर्व प्रथम नेपाल आमा ढोंग नमस्कार ,
 आफ्नो दैनीकी धान्न नेपाल भित्र र संसारको कुना काप्चामा पुग्ने सबै दाजुभाई तथा दिदिबहिनीहरुमा साईनो अनुसारको ढोंग,प्यार छ । आजको मिती सम्म परदेशी भुमीमा दु:ख हुंदाहुंदै पनि दु:ख पिडा लुकाएरै नेपाल नेपाल आमाको अघाडी खुसीका आवाजहरु गुञ्जाईरहन बाध्य छु ।

म जस्ता लाखौ परदेशीले लुकाएका दु:ख पिरहरुले नै सबैको घरमा खुसीहरु भित्रीएकाछन् चाडबाडहरु आएका छन् । नेपाल आमा खै कहाँबाट पत्रको सुरुवात गरौ,मनभरी पिडा तईरीरहेको छ,भविष्य चिन्ताले पोलीरहेको छ ,यादहरुले मन जलिरहेको छ तर पनि आमा तिम्रो सन्तान नामर्द बन्न तयार छैन र आफ्नो मनलाई समाली केहि कुराहरु कोर्ने जमर्को गर्दै छु । आमा तिम्रो सन्तान भएर पनि बुढेसकालको सहरा बन्न सकिन, दु:खहरुमा साथ दिन सकिन क्षेमा चाहन्छु । तर आमा राजनितीको पगरी गुथ्नेहरु हजुरको छाती कुल्चिरहेका छन,हजुरको चिर हरण गरिरहेका छन् ,लुटिरहेका छन् तर बिडम्बना हजुरको मौनता कहिलै कमि भएन । सायद आफ्नो आमालाई आफ्ना सन्तान सबै बराबर लाग्ने गर्छ ,।
आमा मलाई पनि दशैंमा घर आउने रहर नभएको कहाँ होर के गर्ने बाध्यताको अघाडी खुसीहरु तिलान्जली दिनु पर्ने रैछ।भनिन्छ 'स्वर्ग खोज्न मन छ भने आफ्नो आमा बाबाको काखमा गए पुग्छ' तर के गर्नु हामीलाई नर्क मैं दु:ख गर्न लेखेको रैछ । आमा भविश्यको खुसी वा बिडम्बना भनौ वा बाध्यता वा रहर तर जे भनौ वर्षौ देखि म पनि परदेशमा पसिना र रंगत बेचिरहेको छु ।पसिना र रंगत मात्र हैन अझ भनम आफ्नो मुल्यवान जवानी र आत्मसम्मान तिलान्जली दिईरहेको छु । 
आमा म त एक आमाको सन्तानको उदाहरणीय पात्र मात्र हु,तर म जस्ता हजारौ परदेशीएकाहरुको जीवन यो भन्दा अझ कष्टकर दुखदायी छ । कतिको परदेशमै खान बस्न पनि धौधौ छ र अनी कतिको आफ्नो देशमा घरपरिवारको उठिबास छ । तर के गर्नु आमा ..!! मेरी आमाले थाहा पाए पछि पनि ३/४ पटक राजनैतिक परिवर्तन भईसके तर पनि बिश्वोयुद्धको बेला बाट सुरु भएको मुग्लानी यात्रा घट्न भन्दा दैनिक झन बढिरहेको छ । अहिले त अझ यिनै मुग्लानीबाट आधा जस्तो देशको अर्थतन्त्र धानेको छ ।यसरी अर्काको देशमा जति रंगत,पसिना र आत्मासम्मान बेचेर भएपनि हामीले आफ्नो छोरीको स्कुलको फि तिर्न छोराको लागि कापी क़लम किन्न,बुढा बा र बुढी आमाको औषधी गर्न र श्रीमतीको रहर पुरा गर्न सम्भव भएका छौ, यति मात्र हैन हाम्रै पसिनाको फल सरकारको राशन भत्ता देखि सबै कार्यमा झण्डै आधा जस्तो स्रोत बनेको छ । 

 घरमा कहिले खान नपकाएको, अली कति नमिठो हुंदा पनि थाल झटारो हानेर कति पटक थाल फुटाएको मान्छे अहिले यहाँ आएर ३००/४०० जनालाई एकै ठाँउमा पकाएको खांदा पनि चित्त बुझाएको छु । सुरुसुरुमा कयौं रात भोकै बसे महिनौ रुएरै बिताए तर बिस्तारै बानी पर्दै गयो अहिले त यहि खाना पनि मिठो लाग्न थालेको छ । घरमा हुँदा ढलेको अम्खोरा नउठाउने म अहिले १२ घण्टा सम्म ३० किलोको सामान लगातार उचाल्न पर्दा पनि चलाएकै छु ।थोरै तातों धाम लाग्दा २५/३० डिग्रिको गर्मीमा पनि बाहिर ननिस्किने म अहिले ४० डिग्रिको तापक्रम सामान्य लाग्न थालेको छ । घरमा एक घण्टा ढिलो सुत्न पर्दा झगडा गर्ने म अहिले ३/४ घण्टा सुतेर पनि चित्त बुझाएको छु । यति हुंदा पनि मैले चित्त मात्र बुझाएको छैन १/२ जना दु:ख पाएका नेपाल आमाका सन्तानलाई उद्दार गर्ने सौभाग्य पाएर पनि खुसी नै छु । किनकी यहाँ आएर पनि मेरो भोकै बस्न पर्ने सडकको बास भएर फर्कीनु पर्ने बाध्यता भएन । 
यस अर्थमा म आफुलाई भाग्यमानी ठान्छु आमा । आमा म यस्तो सन्तान हु जो २०६२/०६३ को आन्दोलनमा अग्रपंतिमा आमाको रक्षाको लागि खटिए परिवर्तन पछि केहि वर्ष नेपाल बसे । तर राजनैतिक परिवर्तनले मात्र रोजगार दिदो रहेनछ र त बिडम्बना छोरा छोरीको स्कुल पढ्ने चाहना,आमाको उपचार खर्च र श्रीमतीको गहना लगाउने चाहना पुरा गर्ने र भविश्यमा खुसी भएर बाँच्ने सपना बोकेर मुग्लान आएको थिए दश वर्ष बितिसक्यो तर .... न कुनै चाहना पुरा भए न कुनै चाडबाड नै लाग्यो । 

अब त आमा ! मलाई नेपाल आएर गुजारा चलाउन पनि धौधौ पर्छ होला ,दशौँ वर्ष सम्म एउटै काम गरेकोले पनि होला शरिर पनि बिरामी भएको छ ।न जवानी बाँकी बस्यो न कुनै शक्ति न त आत्मसम्मान नै बाँकी छ । आमा म जस्तो सन्तान जन्मिए भनेर कहिलै पनि गुनासो नगर्नुस ल ,भनिन्छ आफ्नो सन्तानको खुसी नै आमा बाबाको खुसी हो ' यहि सम्झिएर चित्त बुझाउनुस ल । हरेक वर्ष जस्तै यस वर्ष पनि घर गाँउमा दशैँ आएको छ रे पल्लो गाँउको बिर्खे पनि घर फर्किदै छ त अन्य हजारौ आमाको छोराहरु पनि फर्किदै छन रे ..। तर मेरो त दशौँ वर्ष बित्यो तर कहिलै बिदा मिलाएर घर फर्किन सकिन । अहिले दशैँ के हो तिहार केहो भुली सके जस्तो भएको छ । म जस्ता लाखौ छोराछोरीहरु यसरी नै भुल्दै छन् अझ भनौ कतिले त आफ्नो सन्तानको अनुहार पनि भुलीसके ।यसरी मैले न आमाको माया पाउन सके न आमाको बुढेशकालको साहरा नै बन्न सके ।आमा मलाई पनि चाडबाड सँगै मनाउने रहर नभएको त कहाँ होर तर के गर्ने भविश्यको सपना अझै बाँकी नै छ ।

आमा सधै जस्तो यसपाली दशैंमा पनि घर आउन पाईन हजुरको स्वास्थ्य धेरै भयो ठिक नभएको चाडबाडमा छोरो नभएको पिडामा झन बिराम बल्झिएला ।आफ्नो नातिलाई आफ्नो छोरा सम्झिएर मलाई बिर्सनुस है । पिर र चिन्ता कदापि नगर्नुस छोरो कमाउन र खुसीका सपना लिंन गएको भनेर चित्त बुझाउनुस ल । यस्तै तल बेसीको गोठ पनि ढलेको छ रे मुल घरको पनि छानो चुहिने छ भन्ने सुनेको थिए तर यो पाली पनि दशैंमा केहि गरेर खर्च पठाउन सकिन । तर पनि आमा दुईटा लैनौ भैसी छन एउटा लैनो भैसी बेचेर भएपनि नयां लुगा लगाउनु घरको छानो टाल्न लगाउनु होला । 

अब अर्को महिना पैशा पठाउने पालो मेरो हो तिहार सम्म जसरी पनि पैसा पठाउछु होला आमा यसपालीको दशैँ खल्लो नै भए पनि खुसी भएर मनाउनु होला । धेरै चिन्ता नगर्नु होला ।आमा मैले उनी र छोरा छोरीलाई पनि सम्झाएको छु धेरै पिर नगर्नु होला । अर्को दशैँमा अरुको छोरो जस्तो हजुरको छोरो पनि पिडाहरु बिचबाट खुसीको र सुखको दशैँ लिएर आमा हजुरको काखमा बसेर मनाउन आउने छु । अहिले लाई बिदा माग्छु । उही नेपाल आमाको सन्तान मुग्लानी ।

उही परदेशी छोरा
Continue Reading | comments

त्यसै लाख कहाँ कमाउन सकिन्छ र जापानमा ?

नेपालबाट अर्थिक रुपमा बलिया, उच्च प्रविधि भएका देशहरुमा गएर अध्ययन गर्न चाहनेहरुको संख्या दिन–प्रतिदिन बढ्दो छ तर ति देशहरुमा जानुअगावै कस्तो देश हो, रहनसहन कस्तो छ, आइलाग्न सक्ने कठिनाईहरु के के हुनसक्छन् भन्ने विषयमा राम्रोसंग अध्ययन गर्ने प्रवृत्ति भने घट्दो छ । फलस्वरुप डिप्रेशन तथा आत्महत्या सम्मका घटना घटिरहेका छन् । 
स्वभाविक रुपमा विदेश भनेपछि हुरुक्कै हुने हामीमध्ये धेरै छौं । कन्सल्टेन्सीलाई भिषा मात्र निकाल्दे, उता गएपछि देखाजाएगा भन्छौं। डकुमेन्टेसन देखि सबै काममा कन्सल्टेन्सिको मात्र भर गर्छौं अनि मात्र देख्ने गर्छौ पल्लो गाँउको हर्केले पठाएको लाख–लाख । त्यहि लाख कमाउने सपना देखेर कम्तिमा १० लाखदेखि माथि जति भएपनि खर्च गर्न तयार हुन्छौं । विना तयारी जापान आएपछि दुस्ख पाउँछौं अति पुर्पुरो समात्दै कन्सल्टेन्सीलाई तथानाम गाली गछौंं ।

म पनि तिनै मान्छे भित्र पर्छु । मासिक लाखौ–लाख कमाउने सपना बोकेर विद्यार्थी भिषा लागेको पासपोर्ट बोकेर जापान छिरेको ५ बर्ष भैसकेछ । नढाँटी भन्दा म पनि अरु जस्तै बिना तयारी, बिना अध्ययन आएको र जापानमा आफन्त र चिनजानका साथीभाई नभएकाले आएलगत्तै काम नपाएर हैरानी खेप्नु पर्यो। सबैको जस्तै मेरो पनि एउटै समस्या थियो भाषा । साथमा भनसुन गरिदिनेको । न भाषा न भनसुन । यि दुईबिना जापानमा काम पाउनु मरुभुमिमा पानी पाउनुबराबर थियो । मलाई याद छ, त्यो समय म आफुलाई संसारकै अभागी मान्छेहरुको लिष्टमा राख्थें । 

तनाब पर्यो, कसलाई भनौ के गरौ भन्ने सोचेर धेरै आत्तिए । जापान छिरेको ३ पुग्नैलाग्दा पनि कामको मेलोमेसो नमिल्नु अनि ल्याएको खर्च पनि सकिनै लाग्नु, यो भन्दा बढि तनाब केमा होला र ? यिनै तनाबै तनाबका वीच एक जना ६ महिना पहिले जापान आएका दाईले अफर दिए ५० हजार दिएदेखि यामातोमा काम लगाईदिन्छु । जुन काम जापानको एक गाह्रो काम मध्यमा गनिने गर्छ । कामै नगरि बस्नुभन्दा त पैसा तिरेर भएपनि काम गर्छु भन्ने सोच आयो, रोइकराई गरेपछि ३० हजारमा कुरा मिल्यो र अन्तर्बार्तामा सहिभागी भएँ । बिडम्बना नै मान्नुपर्छ त्यहाँ पनि भाषाको अभावले मेरो नाम निस्किएन न त दिएको ३० हजार नै फिर्ता आयो । 

समुन्द्र तरेर आएको मान्छेको मन पनि पखालिने रैछ, यस्तै सम्झिएर चित्त बुझाएँ । यसरी दिन बित्दै थियो । ३ महिना बढी भईसक्यो काम नपाउँदाको पिडा अनि लाख कमाउने सपना बोकेर लिएको लाखौ–लाख ऋणले मन चसक्क घोच्थ्यो । घरमा फोन गर्दा बाबु पैसा माग्न थालिसके, कैले पठाउँछस् तनि ? भन्न सुरु भैसकेको थियो । आत्तिएर रेलको लिगमा हाम्फालौं क्याहो, भन्ने सम्म सोच्न भ्याइसकेको थियो मनले । अनि सम्झे घरमा बा–आमा छन् उनीहरुका लागि भएपनि मैले बाँच्नुपर्छ । म त मरेर जाउँला, मसंगै मेरा बा आमापनि मर्नेछन्, उनीहरुको सपना मर्नेछ । आत्माहत्या गर्ने त आँटिला कायर हुन् मलाई कायर हैन बहादुर छोराको परिचय दिनुछ भनेर आत्माबोध गरें र खाली भएको समयमा अन्य कुरा सोच्नभन्दा जापानी भाषा पढ्नमा जोड दिएँ ।

 पढ्ने बाहानामा लाख कमाउने सपना संगै बोकेर हिडेको म नेपाल छँदा जापानवारे केही केहि नबुझी आएकोले ५–६ महिना त यहाँको बातावरण र न्युनतम भाषा बुझ्न समय लाग्यो । त्यति बेला अहिलेको जस्तो सामाजिक संजालहरुको व्यापकता थिएन, नत्र सजिलो हुन्थ्यो होला, यताका सूचनाहरु नेपाल पुग्थेनन्, कन्सल्टेन्सीले भनेका कुरा पत्याउनै पर्ने बाध्यता थियो । पछि बिस्तारै साथीभाईहरु बढे, सम्बन्ध पनि बढ्दै गयो भाषाको समस्या पनि घट्दै गयो । भाषामा समस्या नभएपछि र चिनजानमा साथीभाईहरु भएपछि काम पाउन कठिन नहुने रहेछ भन्नेकुरा त्यही समयमा सिकें । समय यसरीनै वित्दै थियो १८ महिने पढाई पनि सकियो त्यसपछिको अध्ययनका लागि कलेजहरु बुझ्न र परिक्षा दिन थाले ३–४ वटा कलेजको परिक्षा दिएपछि एउटा कलेजमा भर्ना हुन सफल भएँ । नेपालमा ब्याचलर सकेरै आएको हुनाले सहज भयो ।

 तर बिडम्बना आएको दुईवर्ष बितिसकेछ तर आउँदा लागेको ऋणको ५० प्रतिशत रकम पनि तिर्न नसक्दा चाहि त्यहाँ बसेर केही हुन सक्दैन भने घर नै फर्की भन्ने दबाब आउन थालिसकेको थियो । अरुको छोराहरु लाख लाख पठाउछन् त भने कहिलै पठाउदैनस के गरेको छस मोजमस्तीमै सक्छस कि क्याहो ? धेरै पटक यस्ता प्रश्न आएँ म भने हरेक पटक नाजवाफ । मनमनै सोच्थेंं मेहेनत गर्छु, क्यै न क्यै त पक्कै हुन्छ । एन वान को परिक्षा दिएँ जसमा उतिर्ण पनि भएँ । एन वान, जुन धेरै जापानिजहरुले पनि सहजै पाश गर्न सक्दैनन भनिन्छ, त्यसमा म पास भएको थिएँ, खुशी लाग्यो, मेरो मेहेनतले यहाँनेर काम गर्यो भनेर दंग पनि भएँ । भोकेसनल कलेजको दुइबर्षे पढाई पनि सकियो, जापानी भाषा परिक्षा पनि राम्रो भएको अनि नेपालको ब्याचलर पनि पास भएकाले मलाई जापानको टोयोटा कम्पनीले अन्र्तवार्तामा बोलायो । अन्तवार्ता राम्रो भयो जसमा म सफल हुन पनि सकें । त्यही कम्पनीमा अहिले म २०० जना भन्दा बढी जापानीज भन्दा पनि माथिल्लो पोष्टमा बसेर काम गरिरहेको छु । 

अब भने बल्ल हरेक महिना लाख पठाउन सक्ने भएको छु । बाबा आमा पनि खुसी हुनुहुन्छ । मेरो भोगाइमा ठक्कर खाएपछि ढुङ्गो मुर्ती बन्छ भन्ने कथन चरितार्थ भएको छ । मैले बल्ल बुझेको छु, जापान आउँदाको दोस्रो महिना देखिनै कमाउँछु भनेर सोचेको त्यो लाख, लाखौ ठक्कर आएपछि आज बल्ल कमाउन सक्ने भएको छु । तर बिडम्बना मलाई भने अझै आफ्नो देश फर्किने फुर्सद मिलेको छैन । लाग्छ, म यही लाखमा अल्झिरहेको छु, थाहा छैन अझै कति अल्झनेछु ।

 म एउटा उदाहरण मात्र हुँ, मेरो देशबाट विद्यार्थी भिषा लागेको हरियो पासपोर्ट बोकेर जहाज चढ्ने हरेक नेपाली विद्यार्थीको हालत यस्तै हो । यो पनि सत्य हो कि जहाँसुकै जानुस् कुनै हतार र हतास बिना मेहनत गर्नुभयो भने सफलता तपाईको पछाडि दौडन्छ । यही कामना गर्छु यहाँ आउने कुनै पनि नेपालीको सुरुवाती दिन मेरोजस्तो नबितोस्, राम्रोसंग बुझेर मात्र आउनुस् जापान ।
Continue Reading | comments

एक असल नारी

Aug 11, 2018

जीवन एक यात्रा हो,हामी सवार यात्री हौ । यात्री मात्र हैनौ हामी आफै चालक पनि हौ । हाम्रो यात्रा खाडलतिर लाने कि चुचुरो तिर त्यो पनि हाम्रै हातमा हुने गर्छ । यस्तै यात्राको दौडानमा मेरो जीवनमा पनि धेरै उतारचडाबका बिच एक काल्पनिक सुखभोगको अभिलासा लिएर दौडिरहेको छु । यस्तै दौडानमा धेरै सम्बन्ध बन्ने र टुक्गिने क्रम पनि चलिरह्यो कति सम्बन्ध यस्ता बने जुन सम्बन्ध बिर्सिदा मैं जाति लाग्छ त कति सम्बन्ध यस्तो मान्छेसँग हुने रैछ  जसको प्रशंसा गर्न शब्दकोषमा शब्द नै हुन्न र भएका कुरा मात्र लेखेनी सयौ पुस्तकालय भरिन्छ ।यस्तै मान्छेमा पर्छिन उनी । 


उनीसँगको सम्बन्धको सुरुवात धेरैको जस्तो फेसबुकबाटै भयो तर कुरा गर्दै जाँदा संयोगवश आफ्नै गुरुकी छोरी रैछिन ।सुरुमा फोटो हेरे राम्री लाग्यो कुरा हुन थाल्यो झन राम्री लाग्यो । हुन पनि भर्खरै २१ वर्षमा टेकेकी, कलकलाउँदो वैंश भरिएकी, नागवेली कम्मर,मृगनयन भएकी सुन्दरीले सहजै कुरा गर्ने र सहजै हरेक कुराको अपेक्षाकृत उत्तर दिनुको कारण पनि म मन्त्रमुग्ध भए । जब उनी अफलाईनमा हुन्थिन तब उनको  प्रोफ़ाईल हेरेरै दिन बिताउन थाले । अनी मन मनै सोच्न थाले उनले म सँग कुरा गरे जसरी अरु अपेक्षा पनि पुरा गरिदिए ...!!अनी फेरी आफैमा प्रश्न गरे ..हैन आफ्नै गुरुकी छोरीलाई त्यसरी बुझ्न हुन्न ...आफैले उत्तर दिए हैन सबै कुरा मिल्छ भने गुरुकी छोरी भएर के भयो त आफ्नै चेलासँग सम्बन्ध हुँदा गुरु झन खुसी हुनुहोला । यसरी दिन बित्दै गयो कुरा हुन थालेको पनि मैनौ भईसकेछ ।


कुराकानीकै क्रममा उत्प्रेरित हुंदै एकदिन मैले प्रसंशा गर्दै उनलाई भने एउटा कुरा भन्छु नरिसाउ है ... ? यसको उत्तर पनि सहजै नै आयो र भनिन हस् हुन्छ सोधिस्यो  ... म पनि के कम मौका यहि हो भनेर सोधिहाले तिमीलाई म कस्तो लाग्छ ..? अं... अकमकाएर भनिन ..हजुर राम्रो लाग्छ तर  किन र ? जसको जबाफ दिन मलाई अति गाह्रो भयो र शरिर काँप्न थाल्यो शरर पसिना छुट्यो तर केटा मान्छे हो डराउन हुन्न भनेर भनेर .. भने मलाई तिमी अति मन पर्छ एकोहोरो तिमीलाई नै सम्झिरहन्छु ।उनले होर ..! मात्र भनिन अली रात बितेकोले भोलीपल्ट अफिस छ भनेर त्यो दिनको कुरा त्यहा टुग्याएर म सुत्न कोसीस गरे उनी पनि लगत्तै अफलाईन भईन् । 



म भने उनको यादमा भित्तामा टाँसिएको घडिले घण्टा–घण्टामा मेरो खबरदारी गरिरहेको जस्तो लागेर हेरिरहे । बेला–बेला घडीमा आँखा ठोक्किछन् यसरी नै घडिका मसिना सुईमा हेर्दा हेर्दै बिहानको ४ बजि सकेछ अनी जबरजस्त स्मृतिपटलको ढोका बन्द गर्ने प्रयत्न गर्दै सपनामा पनि उनी सँगै कुरा हुने आशामा निदाएछु । अफिस अलि टाढा नै थियो सधै झैँ बिहान सबेरै उठ्नु पर्ने त्यो दिन रीति अबेर सुतेकोले उठ्न गाह्रो होला जस्तो लागेको थियो तर अरु दिन भन्दा अनिदो भएनी उनी सँग कुरा गर्ने दिन सम्झिएर झनै स्फुर्ती बढे जस्तो भयो हौसिदै काममा पुगेर काम गर्न थाले । यत्तिकैमा ..उनको मेसेज आयो हाई ,सञ्चै होईसिन्छ ? हजुर सञ्चै छु अनी तिमी ? म पनि सञ्चै छु ..उनले भनिन । अनी लगत्तै प्रश्न गरिन कुरा गर्न मिल्छ ? सायद हिजो मेरो प्रश्न सोधाईले होला उनीलाई पनि कुरा गर्न जरुर छ जस्तो गरिन ।तर म कामको ब्यस्थताको बहाना गरेर पछि कुरा गर्छु भने ..जसको जबफ पनि सधै झैँ सहजै आयो ...हस फुर्सदमा कुरा गरिसियो । उनको यहि सहजताले मलाई झन लोभ्यायो ।कहिले काम सकिएला र कुरा गरौला भनेर तड्पिन थाले ... संयोगवश त्यो दिन छिटो घर फर्किने मौका मिल्यो अनी कुरा गर्दै फर्किदै हिजोको बाँकि कुरा गर्न तिर लागे । 


अघिल्लो दिनको कुरा निरन्तरता दिदै सोधे घरमा बिहेको कुरा गर्नु भएको छैन सहज.. जबाफ राम्रो मान्छे पाए गर्ने भन्नु भएको छ । अनी अरु कोही तिम्रो नजीक छ की ..? नाई छैन, पढाईको र कामको ब्यस्थताले त्यता ध्यान गएन .. !! अनी तिम्रो कहिले छ त सोचाई ..?? भने जस्तो भएमा बाबा आमाको मञ्जुरीमा जहिले पनि हुनसक्छ ... !!यदि मैले तिम्रो बाबा सँग कुरा गरेर भन्दा हुन्छ भन्नु भयो भनेनी ..? फेरी सहज जबाफ .. हजुर राम्रो होईसिन्छ के फरक पर्यो र !! घरबाट मान्नु भएन भनेनी ?? फरक जबाफ असल सन्तानले आफ्नो मात्र हैन आमा बुबा र आफन्तको ईज्जतको पनि ख्याल राख्नुपर्छ  र बोली काट्नु हुन्न..!! सबै सहजताका बिच अर्को मेरो लागि असहज उत्तर आयो म आतिए जस्तो गरेर .. भने सो स्याड..!!फेरी सहज जबाफ.. हजुर राम्रो होईसिन्छ त्यस्तो हुन सक्दैन । म पर्फुल्ल हुदै भने तिमी राम्री पनि रुपमा मात्र हैन मन र शिर स्वाभव,सहजता सबै कति राम्रो है ...! तिमी त धर्तीमा एक्ली ३२ लक्ष्यणकी नारीमा पर्छेउ । उनी चुपचाप रहिन ...मैले फेरी प्रश्न गरे अब मैले घरमा बाबा आमा सँग कुरा गर्दा हुन्छ ? उनको सहज जबाफ..हजुरलाई जे ठिक लाग्छ त्यही गरिस्यो ।त्यो रात धेरै छिपिसकेकोले सुत्ने निर्णय गरियो। 


भोलिपल्ट मेरो बिदाको दिन परेकोले उनको बाबा आमा सँग कुरा गर्ने सोच बनाए । अरुदिन सधै मैले नै अनलाईमा पहिले मेसेज गर्ने त्यो दिन उनले मेसेज गरेर भनिन ..हेल्लो हजुर सञ्चै होईसिन्छ ..! मैले जबफ दिए तिम्रो यादले सञ्चै राखेको छ उनले हाँसेको चिन्ह फठाईन र होर ! मात्र भनिन । उनले पहिले मेसेज गरेको भएर मलाई कुरा गर्न अझ सहज लाग्यो र सोधे बाबाको नम्बर दिन मिल्छ ..? उनले भनिन हजुर मिल्छ ..किन बाबा सँग कुरा गरिसिन्छ र ? मैले तुरुन्तै जबफ दिए हिजोको हाम्रो कुरा बाबालाई सोधम भनेर ? उनले भनिन् हुन्छ गरिसियो..! बाबा सँग कुरा गर्छु ल बाई भनेर उनको बाबालाई फोन गरे मेरो बच्चापनको गुरु भएकोले कुरा गर्न सहज नै भयो बच्चापनदेखि अहिले सम्मको धेरै कुरा भयो । यतिकैमा मैले प्रश्न गरे हजुरको छोरीको बिहे गर्ने हैन ..? उहाँले पनि भन्नुभयो बिहे त गर्ने भनेको अहिलेको जमनामा भने जस्तो केटा पाउन मुस्किल ..एकछिन सोच्दै कोही छन र बाबु त्यस्तो मान्छे ? मैले भने हुनुहुन्छ ।तर सर छोरीले मनले खाएको कोहि पो छ की ? उहाँले भन्नुभयो सोध्छु रैछन भने कुरा गरौला अस्ति सोध्दा छैन भन्थिन ।यतिकैमा मैले फेरी भने मैले सोध्दा पनि छैन भन्थिन सायद छैन होला । उहाँले फेरी भन्नुभयो कोहो बाबु कस्तो मान्छे हो एकपटक छोरी सँगै कुरा गर्नु अनी उसले हुन्छ भनिन भने बाँकी कुरा गरौला । यतिकै त्यो दिन उनको बाबासँग कुरा टुंगियो । 


छोरी र बाबाको एउटै कुरा छोरीको म प्रतिको सहज जबाफले झन मन प्रफुलित हुंदै गयो । अनी उनलाई यहि कुरा सुनाउन हत्तारमा मेसेज गरे उनले बाबाको फोन भनेर एकछिन कुर्न भनिन ..। त्यसपछि उनको बाबाले पनि मेरा कुरा सोध्नु भएको रैछ कुरा मिल्ला जस्तो लागेर मैले भने म कहिले नेपाल आउँ ? उनको सहज जबाफ दिने बानी जति नजीकिए पनि छुटेन भनिन हजुरलाई सहज हुने गरि आईस्यो ..! अनी मैले फेरी भने अब बाँकी कुरा त हाम्रो सम्बन्धको निर्न्तरता रह्यो हैन ..! उनले खिस्स हाँसेर टार्न खोजिन .. तर फेरी मैले भने किन केहि चित्त नबुझेको छ की ? उनले भनिन..भित्री मनबाट चाहना गर्सिया छ भने हजुरको चाहना पुरा हुन्छ ।अझ थपिन .."जे कुरा मनबाट चाहना राखिन्छ त्यो भनवानले सधै पुरा गरिसिन्छ" । यसरी कुरा चल्दै गयो उनको परिवार सँग र उनीसँग बिहेको निधो गर्न लाग्दा उनको एउटा माँग आयो नेपाल फर्कीएर बिहे गरेछी नेपाल चै बस्नुपर्छ बिदेश जान पाईदैन गए पनि सँगै जाउला । मैल भने तिम्रो खुसी हो जे भन्छेउ हुन्छ सल्लाह गरेर यताको सबै मिलाएर घर फर्किने निर्णय गरे । 


Continue Reading | comments

Pageviews

Followers