Nepal Flag

भाषमा कुन रोगलाई के भनिन्छ भनेर केही रोगको बारेमा जानकारी

Aug 16, 2025

 भाषमा कुन रोगलाई के भनिन्छ भनेर केही रोगको बारेमा जानकारी दिने कोसीस गरेको छु ।


जापानीज- उल्था- अँग्रेजी - नेपाली 

風邪- खाजे- A cold - रुघा

インフルエンザ -ईन्फुरुएन्जा - Influenza- ईन्फुएन्जा

肺炎 -हाईऐन - pneumonia- निमोनिया

気管支炎- किकान सिएन - bronchitis-ब्रोंकाइटिस

咳- सेकी - cough- खोकी

喘息-जेनसोकु - asthma- दम 

結核 - हाई केकाक्कु - tuberculosis (t.b.)- टि.बी

高血圧 - कोओ-केचुआचु - high blood pressure- उच्च रक्तचाप

糖尿病 - तोन्योओब्योओ - diabetes- मधुमेह

下痢- गेरी - diarrhea- झाड़ा-पखाला

腎臓病 - जिन्ज्योब्यो - kidney trouble- मृगौला समस्या

低血圧 - तेई केचुआचु - low blood pressure- न्युन रक्तचाप 

心臓病- सिन्जोब्यो- heart disease- मुटुरोग

心臓麻痺 - सिन्जोउमाही - heart attack- हृदयघात

肝炎 - कानऐन- hepatitis- हेपटाईटिस

盲腸炎- मोओचोओऐन - appendicitis-एपेन्डिकिसाइटिस

淋病 - रिन्ब्योउ - gonorrhea- गनोरिया

皮膚疾患-हाईफु ब्योउ- skin disease- छालारोग

不眠症 - फुउमिन्सोउ- insomnia- अनिद्रा

癌- गान - cancer- क्यान्सर 

マラリア- मारारीआ - malaria- मलेरिया

デング熱 - देन्गुनेचु - dengue fever- डेङ्गु ज्वोरो

コレラ -कोरेरा- cholera- हैजा

頭痛-जुचुउ - headache- टाउको दुख्नु

腹痛- फुउकुचुउ - stomachache- पेट दुखाई

歯痛 -मुसीबा- toothache-दाँत दुख्नु

麻疹 - हासीका - measles- खण्ड-खण्ड दुख्नु

骨折- कोसेचु- fracture- भाचिनु

嘔吐- हाकीके - vomiting- उल्टी हुनु

けいれん-केईरेन - cramp- बाउडिनु

甲状腺- कोजोसेन - thyroid- थाईरोईड

Continue Reading | comments

रमाइला १०१ नेपाली उखान टुक्का

 रमाइला १०१ नेपाली उखान टुक्का

१) हात्ती चढिसकेको मान्छेले गधा चढ्न के रुचाउला !

२) हत्केलामा तोरी उम्रदैन !

३) हिराको मोल किराले जान्दैन !

४) हेर्दाको राम्रो, दिन खानको चाम्रो !

५) हल्लिएको दाँत एकदिन फुक्लन्छ !

६) हाँसी हाँसी कसेको गाँठो रोई रोई फुकाउनु पर्छ !

७) हर्रो नपाउनेलाई जाईफल !

८) हँसियाको बिहेमा खुर्पाको गीत !

९) सुघरी स्वास्निको पोइ मोटाउछ , फोहोरी स्वास्निको कुकुर मोटाउछ !

१०) सिपाहिको काम छैन, जर्नेलको मान !

११) सालीको आशमा भिनाजुको बनिबास !

१२) सम्धीको निहुँले मलाई पनि घिउले !

१३) संगैका साथि सिँहदरबार माथी !

१४) संगै बसी सुती सकि, लाज मान्दै घुम्टो कसी !

१५) सत्रु पछ्याउने भाई, तन्नेरी पछ्याउने बुहारी !

१६) सबै कुकुर काशी गए गु केले खाला !

१७) शिरमा टोपी छैन , खुट्टामा खोल !

१८) शुक्र उदाए, फर्सी कुदाए !

१९) शुरोको मु**मा काँडाले कोर्दैन !

२०) बचनको चोट, मनको घाउ !

२१) बिना चालले कुकुर भुक्दैन, मुलाको ड्याङ्गमा हात्ती लुक्दैन !

२२) बैरो हाँसे, पैरो चल्छ !

२३) लानेलाई भन्दा जानेलाई हतार !

२४) लालमायाको त पत्तै छैन, खस्रे कामिको खसखस !

२५) लौरो टेके भर हुन्छ, कान्छी ल्याए घर हुन्छ !

२६) लजालु बुहारी, असनको डेरा !

२७) लक्का छोरोलाई के को धक्का !

२८) र**डिको घरमा पोइको के खाँचो !

२९) राजाको घरमा नुन को दु:ख !

३०) रावण मरेर लंका खाली हुँदैन !

३१) रात राम्रो जुनले, मान्छे राम्रो गुनले !

३२) रिसको झोकमा कसले बेद पढ्छ !

३३) युद्धको बेलामा बुद्धको पुराण काम लाग्दैन !

३४) मर्दको जुँगा सँग आगो पनि हच्किन्छ !

३५) मागेको गोरु, चोरेको हलो, बाँच्नु भन्दा मरेकै भलो !

३६) माग्नेलाई तातो भात !

३७) माकुराको जाल झिंगाको काल !

३८) मकैको रोटीमा घिउ हाल्न र माइतिको सम्पतिमा जिउ हाल्न बेकार छ !

३९) मरी जाने चोला, उडी जाने सास !

४०) भोको पेटलाई तातो खिर !

४१) भाउजुले पोलेको देवर, बुहारीले पोलेको ससुरो !

४२) भाउजुको देवर तन्नेरी !

४३) भरि गाग्रो छ्चल्किन्न !

४४) भाई भए भरोस, गाई भए गोरस !

४५) भंगेरो मार्न सजिलो हुन्छ, भुत्ल्याउन गाह्रो !

४६) बँदेल जति मोटायो उति मु** साँगुरो !

४७) बालुवा निचरेर तेल आउदैन !

४८) पाँच पैसाको ल्वांग छैन,दस पैसाको स्वांग !

४९) पानीमा बसी गोही संग दुस्मनी !

५०) पाडो खानेले बाच्छो राख्दैन !

५१) नसो पस्यो, माया बस्यो !

५२) नभेटुन्जेल उसैको पिरलो, भेटे पछि कुकुर र बिरालो !

५३ नठिनिको नाठो काख छउन्जेल आफ्नो !

५४) नबोल्नेको कोहि पनि बैरी हुदैन !

५५) धन कमाई धाक, साथी कमाई लाख !

५६) दिउ आफु रित्तो, नदिउ इष्टको मुख बाङ्गो !

५७) दुबो मौलाएझैँ मौलाउनु तर कुकुर बौलाएझैँ नबौलाउनु !

५८) दाहिने हातले खाएपनि देब्रे हातले खाएपनि पर्ने त उही मुखमा नै हो !

५९) दरबारमा जन्मदैमा सबैजना राजा हुदैनन् !

६०) दमाइको लुगामा तुना छिनेको !

६१) दाजुको चिउरा, भाउजुको खटन !

६२) थैली बलियो भए साथीको के कमि !

६३) तालिममा पसिना बगाउनेले लडाईंमा रगत बगाउन पर्दैन !

६४) तिम्रो पोइ लोते लोते, कसले दियो पोते !

६५) तेर्सो बाटोलाई फेरो नभन्नु, सौते पोइलाई मेरो नभन्नु !

६६) तातोपानीले घर डढदैन !

६७) तिहारको ज्वाईं, श्राद्ध को सालो !

६८) तन्नेरीको साथमा तरुनीको नासो !

६९) तँ आउदा महि पाइनस , तेरो कमारी पठाइदे दहि दिउला !

७०) ढिकीले स्वर्गमा पनि धानै कुट्छ !

७१) डाँकाले खाएको धन,आगोले खाएको बन !

७२) डरलाग्दा मान्छेका घिनलाग्दा कुरा !

७३) डराउने मान्छेलाई रुखको ठुटो पनि बाघ बन्छ !

७४) ठेस लागेन भने उखुबारी पस्नु, ऋण लागेन भने जमानी बस्नु !

७५) ठुलो गाँस नहाल बुहारी, कष्ठश्री छिन्ला !

७६) ठाडो टिका लाउछे, स्वामी कहाँ धाउछे !

७७) टुपी समाएर गालामा चड्कन !

७८) टोपी न सोपी,कपाल केले छोपी !

७९) टाढाको देउता, करेसाको भुत !

८०) झिङ्गो मारि धार्नी न बिसौली !

८१) झड्केलो छोराछोरी, खढ्कुलाको भात !

८२) जान्नु न सान्नु थुतुनो मात्रै तान्नु !

८३) जुनकिरीको पिंधले स्वर्ग उज्यालो हुदैन !

८४) जाँड बिग्रने मोर्चा गुना, छोराछोरी बिग्रने आमा गुना !

८५) जसकी आमा भान्छे, उसको छोरो भोकै !

८६) जति सुम्सुम्यायो उति ठाडो !

८७) जुन आस लाग्दो उही जेठाजु !

८८) छोरीको बैंस बाबुले होइन, अरुले देख्छ !

८९) छाडेको पोइ र हिडेको स्वास्नीको नाम कसले लिन्छ !

९०) छालो जाला तर कालो जादैन !

९१) छेपारोको मन्त्र नजान्ने, साँपको दुलाँ हात घुसार्ने !

९२) चिताले मरेपछि जलाउछ, चिन्ताले जिउदै जलाउछ !

९३) चिनाको भात भातै होइन, स्वास्नीको जात जातै होइन !

९४) चिनीको नाम जपेर मुख गुलियो हुदैन !

९५) चण्डाललाई रुद्राक्षको माला !

९६) घरमा छैन तेल, खान खोज्छ सेल !

९७) घर नखाएको छोरि, प्रदेश नखाएको छोरो !

९८) गिद्धको सामु कौवाको पखेटा !

९९) गहिराको घरलाई पहिराको डर, डाँडाको घरलाई जाडाको डर !

१००) गधाको भारी नपुगी उठ्दैन !

१०१) गोठालोको बुद्धि भैसीको थुनमा !

माथि प्रस्तुत गरिएका नेपाली उखान टुक्का हरु तपाइलाई कस्तो लाग्यो ? तपाइलाई सबैभन्दा बढी कुन चाहिँ मनपर्यो, कमेन्ट बक्स मा लेख्नुहोला ! साथै तपाइलाई पनि येस्तै रमाइला उखान टुक्का हरु थाहा छन् भने पनि लेख्न नबिर्सनुहोला !

भनिन्छ “सेयरिङ्ग इज केयरिङ्ग” , आफुले जानेको कुरा अरुलेपनि पढून भन्ने चाहनुहुन्छ भने तलको “शेयर” बटन को सदुपयोग तपाइले पक्कै गर्नुहुनेछ !

Continue Reading | comments

 गजल 


यो धर्ती नभए के होला, त्यस्तो पनि सोच्दछु ।।

उनी साथ नभए के होला, त्यस्तो पनि सोच्दछु ।।


पिर लागेर आउछ, भेट्ने दिन सम्झिदा पनि 

उनी नबोले के होला, त्यस्तो पनि सोच्दछु ।।


मायाँ मोहमै टिक्दछ, संसार सबै भनिन्छ

प्रेम हराए के होला, त्यस्तो पनि सोच्दछु ।।


छटपटीमा बित्छ रात,तिम्रो यादले सताएर

बिना धड्कन के होला, त्यस्तो पनि सोच्दछु ।।


आफ्नो धड्कन नै ,प्यारी तिमी बनि दिँदा 

यहि बन्द भए के होला,त्यस्तो पनि सोच्दछु।।


प्यारी बिना छैन आश,यो जुनीमा बाँच्ने मेरो 

उनी नभए के होला ,त्यस्तो पनि सोच्दछु ।।


टिकाराम गौतम

Continue Reading | comments

फेसबुक स्टाटसहरु

 जीवनमा दुख पिडा र चोट जसले सहन सक्छ उसलाई दिन्छ । तर दुख चोट सहेर भएका सम्बन्ध र आफ्नो लक्ष्यमा जो अघि बढ्छ त्यसले जीवनमा प्रगति सहजै गर्न सक्छ ।


जिन्दगिमा पिडा त त्यति बेला हुन्छ जब आफ्नो मान्छे नजिक हुदा पनि सधै पराई भएजस्तो ब्यबहार गर्छ !!!



धेरै मान्छेहरु समय सँग चल्नको लागी फेसन फेसन्,स्टाईल भन्छन तर  म समय सँग चल्न एउटा घडी र एउटा सुनौलो  गन्तव्य सँगको आत्मविश्वासको साथ लिन्छु ।



कहिले पनि असल मान्छेसंग  दुश्मनी नगर्नू! किनकी.. जब एउटा सुन्दर ऐना फुट्छ

त खतरनाक हतियार बन्दछ ।


बगरको यात्रि हु म

चाहिदैन मलार्इ हिमाली छाहारा

एक्लै यात्रा गरीदिन्छु

चाहिदैन मलार्इ स्वार्थिको साहारा


हिजो उनले माया गरेर गाली गर्दा सम्म कहिलै मनमा पछुतो र आत्माग्लानी भएन तर आज बोलचाल नहुदा त सबै तिर आफ्नो मात्र कमज़ोरी एकै पटक देखिने भन्या 😭😂😩😁


जिउ सुकेर सिन्को जस्तो भयो मन डढेर खरानी भयो तर पनि तिमीलाई मायामा कमी गरेको छैन प्रिय 😂😂😂😬


नटुंगिने लहरहरु छन्, जोडिएका रहरहरु छन्, आजै हिँड्छु अर्को यात्रामा-टेक्न बाँकी शहरहरु छन्।


मान्छे समय र मौका हेरेर आफ्नो स्वार्थ पूर्ति हुनेभयो भने आफ्नो रंग बदल्छ तर रंग बदल्ने तरीका भिन्न हुनछ त्यसैले हामी सबै स्वार्थी छौं ।

जब मन सुन्दर हुन्छ । त्यसले

सोचाइहरुमा पनि सुन्दरता ल्याउछ । जब

सोचाइहरुमा सुन्दरता हुन्छ । अनि, सबै

कुराहरु सुन्दर लाग्छन् ।



बिश्वास भनेको भिजेको कागज जस्तै हो एकपटक भिजे पछि फेरी उस्तै त हुन्न तर पनि काम भने राम्रो गर्ने हुन्छ ।।


मलाई जीवनभरको साथ र अंगालो भरिको माया चाहिदैन बास तिमीले दिएको एकपलको साथ र मायाले पुरै जीन्दिगीको स्वरुप नै बदलियोस ।

घमण्ड र अहंकार ले कहिलै पनि मानिस समृद्ध र सफल हुन सक्दैन त्यसैले यि हटाउ ।


त्यो दिन मेरो लागि खास हुनेछ

जब तिमीलाइ खुसिको आभाष हुनेछ

तब तिम्रो हृदयमा डेरा सरि आउला प्रिय

जब तिम्रो त्यो माया मेरो लागि सास हुनेछ😍😍😍😍


नाङ्गीने मान्छेसँग भन्दा नङ्ग्याउने मान्छेसँग सतर्क रहनुपर्छ ।


आशाका केन्द्रहरु रहुन्जेल निराशाका पर्खालहरु देखिदैन त्यसैले आशाबादी बन्न कोसीस गरौ ।


अल्कोहल पिउनेहरु सँग जुस पिउनेको महत्व हराए झै स्वार्थ र घमण्डमा रमाउने भिडहरुमा सच्चा अनी ईमान्दार मान्छे सधै  जल्दै बस्न बाध्य हुँदा रैछन


हिड्न छाड्दैछु तिम्रा गल्लीहरु किनकी म नयाँ गल्लीहरु भविश्यको लागि खोल्न झाडीहरु पन्साउन जाँदैछु ।


हो रून्छु, कराउछु, चिच्चयाउछु अनि गालि पनि गर्छु म। यतिमै म खराब होईन, माया गर्छु म तिम्लाई।नत्र के बाल हुन्थ्यो र मलाई तिम्रो व्यवहार ले 😜



जुन प्रेम सभ्बन्धमा सानोतिनो झगडा हुदैन,त्यो सभ्बन्ध नभई स्वर्थ हुन सक्छ! किनकि, झगडा नै यस्तो कुरा हो जसले माया नापन सकिन्छ !


जीवन यो पनि त हो - कहिलेकाही अरुको खुशी बचाउन आफ्नो खुशी लाई सहिद घोषणा गरि मनको चौकमा शालिक बनाएर राख्नुपर्छ......🤷‍♀️😝


गल्ति,दु:ख र पिडाहरु भनेको पैतालामा बिझेको कांडों जस्तो हो ... कांडोको दुखाई कम गर्न काडो झिकेर फाल्नु पर्छ पुरै खुट्टा काटेर फाल्ने हैन ... । 


😁😁😁 😜


कहिले काही मान्छेहरु हिरा भन्दा पनि पित्तल चम्किएको देख्न सक्छन तर त्यो क्षेणिक भ्रम मात्र हो र जीवनभर आँसु खसालेर  र पछुतो मानेर बस्न पर्छ ।


माया यस्तो आगो हो जसले ताप्न जान्दछ उसले न्यानो पाउच,जसले ताप्न जान्दैन उसलाई पोल्दछ ।😂😂#कुरो


विवशता  र बाध्यता अनि पारिवारिक मजवुरिको सबुत देखाएर मायाको अदालतमा मेरो मनलाई फाँसिको सजाय सुनाउने मेरि प्राण प्यारि न्यायधिश सलाम छ तिमीलाई ......💎taaa😊😊😊😊😊 यस्तो भन्ने दिन नआओस भन्नुहुन्छ वाहाँ ☺☺☺


भाग्यले ठगेको भन्दा तिमीले ठगेको मा खुब दुख लागेको छ 

किनकि मलाई भाग्यमा हैन तिमीमा बढी बिस्बास थियो




Continue Reading | comments

Pageviews

Followers