Nepal Flag
Showing posts with label कविताहरू. Show all posts
Showing posts with label कविताहरू. Show all posts

सोचौ अब हामिले

Apr 29, 2013



मानिसहरु खान्छन गोली यूद्धमा नलडी ।
निहुमात्र खोज्छन नेपालीहरु गर्छन कुरा मुखछाडी ।।
नसोचौ हामिले नेपाललाइ मरुभुमी जस्तो भनेर ।
लाउछौ पानी आजै कुलो नहर खनेर ।।
बुझौ हामिले नेपालको स्वतन्त्र स्वाभिमानलाइ ।
हेपिएर बसे हेप्छन बिदेशी नेपालमा आइ ।।
बुझौ कुरा नेपालमा शान्ति छाउनलाइ ।
कलाकारहरु हिड्दैछन आज शान्तिको गित गाइ ।।
शान्ति छाऔ हामिले स्वदेश नेपाललाइ ।
शान्तिको देश भनेर चिनाऔ हामिले नेपाललाइ ।।
प्रकृतिमा रमाउने हामि अब रमाऔ शान्तिमा ।
ठिक बेठिक छुट्याइ जाऔ हामि क्रान्तिमा ।।
नजाऔ हमि क्रान्तिमा लहै लहैमा लागेर ।
हत्या हिंसा आतंक गरौ अन्त्य सबैले बुझेर ।।
हुन्न बिकास कैलेपनि हत्या आतंक फैलाएर ।
नजाऔ हमिले क्रान्तिमा सबै कुरा पैलाएर ।।
नेपाल हो गरीब देश भएका छन् धनी राजा ।
केहि कुरा र्गन हुन्न भन्छन खालास बाजा ।।
खान्छन राजा नेपालमा चौसाठ्ठि अरब ।
लाग्छ बानी राजाको यहि खराब ।।
जती सम्पति भएपनि पुग्दो रहेनछ राजालाइ ।
कुरा ग¥यो कुरैको दुःख हुन्छ आजलाइ ।।
ब्यक्ति धनी राष्ट्र गरीब हामिले बनाउनु हुन्न ।
धनी राष्ट्र भएदेखि कसैले कहिले छुन्न ।।

टिकाराम गौतम
कक्षा :– ८, जरायोटार –४,सिन्धुली,
श्री उच्च माध्यमीक विद्यालय लाम्पन्टार

Continue Reading | comments

कलम



कलम

कालाकाला लेख्छु अक्षर म सेतो पानामा ।
शिक्षक तथा बिद्यार्थीको हुन्छु सधै साथमा ।।
सँगसँगै जान्छु म मानिसको साथमा ।
लेख्छु म साना कुरा खोली मानिसको गाथामा ।।
हुन्न म कहिले मानिसको साथबाट अन्त ।
लेख्छु म सधै साना अक्षर मानिस हुन्छन बिश्वास्त ।।
आज म भइरहेको छु संसारको साथि ।
मेरै का।रणबाट मानिसहरु पुग्दैछन माथि ।।
चलाउछु म नाम सधै यो बिशाल बिश्वमा ।
म नै सर्वश्रेष्ठ भएको छु यो बिश्वमा ।।
बस्छु म सधै मानिसको गोजी गजीमा ।
मानिसको नाम चल्छ म बाटै आज बिश्वमा ।।

टिकाराम गौतम
कक्षा :– ६
श्री उच्च माध्यमीक विद्यालय लाम्पन्टार
जरायोटार –४,सिन्धुली,

Continue Reading | comments

Pageviews

Followers