Aug 16, 2025
गजल
यो धर्ती नभए के होला, त्यस्तो पनि सोच्दछु ।।
उनी साथ नभए के होला, त्यस्तो पनि सोच्दछु ।।
पिर लागेर आउछ, भेट्ने दिन सम्झिदा पनि
उनी नबोले के होला, त्यस्तो पनि सोच्दछु ।।
मायाँ मोहमै टिक्दछ, संसार सबै भनिन्छ
प्रेम हराए के होला, त्यस्तो पनि सोच्दछु ।।
छटपटीमा बित्छ रात,तिम्रो यादले सताएर
बिना धड्कन के होला, त्यस्तो पनि सोच्दछु ।।
आफ्नो धड्कन नै ,प्यारी तिमी बनि दिँदा
यहि बन्द भए के होला,त्यस्तो पनि सोच्दछु।।
प्यारी बिना छैन आश,यो जुनीमा बाँच्ने मेरो
उनी नभए के होला ,त्यस्तो पनि सोच्दछु ।।
टिकाराम गौतम