Nepal Flag

चुम्बन कि सेक्स ???

Jun 30, 2012



तपाईलाई आफ्नो सम्बन्ध लाई राम्रो बनाउन चुम्बन र सेक्स मध्ये कुनले बढी राम्रो भुमिका खेलेको जस्तो लाग्छ? अमेरिकाको एउटा युनिभर्सिटीमा गरिएको एक सर्वेक्षणमा पुरुषहरुले सेक्स गर्दा र महिलाहरुले किस गरेको बेला आफ्नो सम्बन्ध अझै राम्रो भएको ठान्ने गर्दछन।

१,०४१ जना युनिभर्सिटीका बिद्यार्थीहरु माझ गरिएको सर्वेक्षणमा केटाहरुले केटीहरुले भन्दा बढी किस नै नगरीकन सेक्स सम्बन्ध राख्ने गरेको पाईएको थियो। यस्तै अनुषन्धानको क्रममा किस गर्दा सम्बन्धामा अझै रोमानटिक थपिने अनुभव गरेको पनी पाईएको थियो।

"चुम्बन गर्दा दुवैको तर्फ बाट केही रासायनिक तत्वहरु पनी आदान प्रदान हुने हुनाले यस्तो भएको हुन सक्दछ" रिपोर्टमा उल्लेख गरिएको छ।

"महिलाहरुको तुलनामा पुरुषहरुले बढी खुला मुख र जिब्रोमा चुम्बन गर्न मन पराउछन र यस्तो तरिकाले चुम्बन गर्दा एक अर्कामा रासयनिक पदार्थहरु आदान प्रदान धेरै हुने गर्दछ" अनुषन्धानकर्ता मध्ये एकको भनाई छ।

धेरैले आफ्नो सम्बन्धको एउटा भागको रुपमा चुम्बनलाई लिने गरेको अनुषन्धानको क्रममा पाईएको थियो। "एउटा खराब चुम्बनले तपाईको सम्बन्ध लाई बिगार्न सक्दछ" रिपोर्टमा उल्लेख गरिएको छ। तर महिलाहरुले भने सेक्स गरी सके मात्र चुम्बनको बारेमा सोच्ने गरेको बताएका थिए।
Continue Reading | comments

Nyauli Baru Dalima Nidayo

Nyauli Baru Dalima Nidayo Latest Nepali Lok Geet 2012 By Raju Pariyar



Continue Reading | comments

ठुलो कुरा गर्दिन म


ठुलो कुरा गर्दिन म 
जुनतारा तोडेर दिन 
मिठो मुस्कान दिन्छु 
जो सधैभरी हासीदिन्छ !
सक्दिन म मुटु
छातिबाट फोरेर दिन 
पबित्र माया दिन्छु 
जो सधैभरी बाचिदिन्छ !!
Continue Reading | comments

तिमीलार्इ

Jun 23, 2012

तिमीलार्इ आफुमाथि संका लाग्यो भने एकमुठि माटो उठाउ र सुँघ एकता,भातृत्व र सदभावको सुगन्ध आयो भने मात्र तिमी सच्चा देशभक्त नेपाली हैा ।।।
Continue Reading | comments

मेरा यि आखाँहरू


मेरा यि आखाँहरू हेर
जहा तिम्रो तस्बिरहरू सजिएको हुन्छ।
मेरो हृदयको धड्कन सुनेर हेर
जहा केवल तिम्रो नाम लिइरहेको हुन्छ।।
Continue Reading | comments

अरूको जितमा

Jun 22, 2012


अरूको जितमा मेरो हारमा रमाउ तिमी
मलार्इ छाडि कसैको संघारमा रमाउ तिमी ।
जिन्दगिको यति ठुलो पिडामा बाँचेको छु
मलार्इ परेको यो भारमा रमाउ तिमी ।।
Continue Reading | comments

पैशाले के पार्इन्छ के पार्इदैन

Jun 16, 2012

पैशाले के पार्इन्छ के पार्इदैन


Continue Reading | comments

" तेरो मेरो बाचुन्जेल भनेनी

Jun 12, 2012

" तेरो मेरो बाचुन्जेल भनेनी
करोडपती धनले बनेनी
कसैलाई खोजी हुदैन,
मर्दखेरी लैजानु के छ र
कात्रोमा गोजी हुदैन"
Continue Reading | comments

आदिकवि भानुभक्त

Jun 11, 2012


आदिकवि भानुभक्त

sindhulinepali.blogspot.com

मोतीराम भट्टले १९४८ सालमा भानुभक्त आचार्यलाई आदिकवि लेखे, तर उनले लेखेको त्यो 'आदिकवि' चलेन । १९९७ सालमा जुद्धशमशेर राणाले 'भानुभक्तलाई आदिकवि भने पनि हुन्छ' भन्ने हुकुम दिएपछि मात्र तमामको जीव्रोमा भानुभक्त आदिकवि हुन थाले । अनि सूर्ययविक्रम ज्ञवालीले भानुभक्तबारे मोतीराम भट्टले पूरा गर्न नसकेका प्रायः धेरै काम गरे । साथै बाबुराम आचार्यले पनि भानुभक्तबारे लेखे । अनि भानुभक्तको व्यक्तित्वको परिमार्जन गर्ने काममा ब्रह्ममशमशेर, बालकृष्ण सम, शम्भुप्रसाद ढुङ्ग्याल, विष्णुमायादेवी, धरणीधर कोइराला, पारसमणि प्रधान, भाइचन्द्र प्रधान, हृदयचन्द्रसिंह प्रधान, इन्द्रबहादुर राई, नरनाथ आचार्य, मुक्तिनाथ आचार्य, व्रतराज आचार्य, गिरिराज आचार्य, नारायणदत्त शास्त्री, बालचन्द्र शर्मा, श्रीभद्र शर्मा, जुननाथ शर्मा, सुमन ढकाल, चन्द्रेश्वर दुवेआदि लागे । उनीहरूले भानुभक्त आचार्यका गाथामा सिङ्गासिङ्गै किताब लेखे । भवानी घिमिरेले पनि उनका बारे बृहत् विशेषाङ्क निकाले । यादव खरेलले पनि भानुभक्तको जीवनीमा आधारित कथानक चलचित्र बनाए । म्युजिक नेपालले रामायणका सातकाण्डकै गीतिसीडी प्रकाशमा ल्यायो । जगदीशशमशेर राणाजस्ता नेपाली साहित्यका महारथीहरू पनि भानुभक्तको सम्पूर्ण कीर्ति फैलाउन मन, वचन र कर्मले समर्पित भए । त्यसपछि भानुभक्त झनै चहकिलो रूपमा प्रस्तुत भए ।


मोतीराम भट्टले भानुभक्त आचार्यको जन्म १८६९ साल लेखे । अनि त्यसलाई सुधारेर भानुभक्तकी नातिनी विष्णुमायादेवीले १८७१ साल असार २९ गते भानुभक्त जन्मेको प्रमाण पेस गरिन् । त्यसैगरी नरनाथ आचार्यले पनि भानुभक्तको जन्मकुण्डलीसहित त्यही दफामा आफ्नो बुढी औठा थिचे । बालकृष्ण समले पनि भानुभक्तकी पत्नीको नाउँ रेवती भएको ठहर गरे । साथै भानुभक्तबारे अनुसन्धानको लर्को अझै तानिँदै छ ।
भानुभक्तको बाल्यकालीन समयमा नेपालमा संस्कृत भाषाकै बोलबाला थियो । त्यति बेला नेपाली भाषालाई तुच्छ सम्झिन्थ्यो । तर भानुभक्तले नेपाली भाषालाई आफ्नो शिरको ताज बनाए । उनी सानैमा नेपाली भाषाको कवितामा बोल्थे, कवितामा गाउँथे र कवितामा नाच्थे । एक पटक एक जना बटुवाले उनको परिचय माग्दा उनले कवितामा नै जवाफ दिएका थिए :
पहाड्को अति बेस देश् तनहुंमा श्रीकृष्ण ब्राहृमण् थिया ।
खुप् उच्चा कुल आर्यवंशि हुन गै सत्कर्ममा मन्दिया
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया ।
इन्को नाति म भानुभक्त भनि हूँ यो जानि चिन्ही लिया ।
भानुभक्तले जति जाने आफ्ना बाजे श्रीकृष्ण आचार्यबाट जाने । किनभने उनका बाजे नेपालका छेउभित्तादेखि भारतको कासीसम्म जताजता गए पनि भानुभक्त पनि उनको हातको चोर औंला समाउँदै हिंड्थे। अनि उनका बाजे धार्मिक भइकन विद्वान् पनि थिए । त्यस बखत तनहुँभरि श्रीकृष्णको सुनाउँ थियो । त्यसैले बाल्यकालदेखि भानुभक्तको जीवनचर्या एउटा कविको जस्तो, एउटा जमिनदारको जस्तो र एउटा राजर्षि ठाँटको जस्तै थियो ।
श्रीकृष्ण आचार्यका छोरा धनञ्जयले पनि बाल्यकालदेखि नै विद्याआर्जन गरे । पछि उनी सरकारी खरदार भए र जागिर खाएको केही वर्षमा उनले छोरो पाए । भनौं तनहुँ रम्घाको चुँदीबेसीको आचार्य निवासमा धनञ्जय र धर्मावतीदेवी मिलेर भानुभक्त जन्माए । तर आदिकवि भानुभक्तको सृजनात्मक न्वारन मोतीरामले नै गरिदिए ।
भानुलाई शिरमा बोकेर नै मोती पनि चम्किए । वास्तवमा मोतीरामले भानुभक्तलाई उकास्न पहरा फोरे । कतिसम्म भने भानुभक्तलाई अमर पार्न उनले भानुभक्तको जीवनी लेखेर त्यसलाई जनमन छुने कला झिके। भानुभक्तले घाँसीलाई भेटेर प्रेरणा पाए भनेर भानुभक्तका नाउँमा मोतीराम आफैले कविता लेखेर पनि छपाइदिए :
भर् जन्म घाँसतिर मन दिइ धन् कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो
मो भानुभक्त धनि भै कन आज यस्तो !
यस सिलोकको चौथो हरफमा प्रयुक्त 'मो' शब्दबाट यसको रचना मोतीराम आफैले गरेका थिए । किनभने भानुभक्तले उनका कुनै पनि रचनामा 'म' लाई 'मो' लेखेका छैनन् तर मोतीरामले भने आफ्ना रचनामा 'म'को साटो जताततै 'मो' लेखेका छन् । नेपाली जनजीवनमा साहित्यिक र भाषिक जागरण ल्याउनका लागि मोतीरामले घुँडा टेकेर भानुभक्तलाई उठाए । मोतीरामले नेपाली भाषासाहित्यलाई रातोरात उन्नतिको शिखरमा पुर्‍याउने हेतु भानुभक्त आचार्यको यथेष्ट कदर गरे । त्यसैले उनले भानुभक्तलाई आफ्नो. चरित्र नायकका रूपमा काँधमा बोके । वास्तवमा भानुभक्तलाई नेपाली भाषासाहित्यको शिरताज बनाउन मोतीराम एक्लैले कठोर प्रयत्न गरे ।
भानुभक्तको जीवनकथालाई कारुणिक पार्न मोतीरामले गजाधर सोतीको कथा पनि आफै बुने होलान् । किनभने त्यस जमानामा पाहुना बाहुनलाई घरपिँडीमा मात्र होइन बारीको ढिकी भए ठाउँमा समेत बास बस्न दिइएको छैन । त्यस घडी नेपाली समाजमा साँझका पाहुनालाई देउता तुल्य मानिने परम्परा थियो । त्यसैले घाँसी कविताझै अतिथिको सत्कार गर्नुपर्ने नैतिक शिक्षा पनि भानुभक्तका नाउँबाट नै मोतीराम आफैले यसरी प्रस्तुत गरे होलान् :
गजाधर्सोतीका घर बुढि अलच्छिन्कि रहिछन्
नरक् जानालाई सबसित बिदाबारि भइछन् ।
पुग्यौं साँझ्मा तिन्का घर पिढिमहाँ बास गरियो
निकालिन् साँझैमा अलिक पर गुल्जार गरियो ।
मोतीरामले भानुभक्त आचार्यको जीवनीलाई शाश्वत पार्न अझै मसला हाले । भानुभक्तका मित्र तारापतिको कथा बुनेर पनि भट्टले आचार्यलाई अविष्मरणीय बनाए । मोतीरामका अनुसार एक पटक भानुभक्तलाई आफ्ना साथी तारापति उपाध्यायले घर लिएर गए । त्यो रात भानुभक्त त्यहीँ बसे । तारापतिका घरमा सासुबुहारीले भनाभन र कुटाकुट गरेर रात र्छलङ्गै पारे । रातभरिको जाग्रामपछि बिहानैको मिर्मिरेमा सलेदो बालेर भानुभक्तले 'बधुशिक्षा' लेखे । अनि त्यस घरमा पानी पनि नखाई बिहानै त्याहाँबाट भानुभक्त हिँडे । साथीका घरबाट हिँड्ने बेला उनले आफ्ना साथी तारापतिलाई एउटा कविताको कागज दिए भनेर मोतीरामले नै लेखे । तर यो कविताको खेस्रा पनि भानुभक्तलाई उकास्न मोतीराम आफैले लेखेका थिए भन्न सकिन्छ :
एक् थोक् भन्छु न मान्नु दुक्ख मनमा हे मित्र तारापति
तिम्रा इ जति छन् जहानहरू ता लड्न्या रह्या छन् अती ।

सारै झोक उठयो मलाई र बधु शिक्षा बनाञाँ पनी
यसले पत्नी, बुहारी, छोरिहरूको तालिम् गरौंला भनी ।

भानुभक्तले ३७ वर्षो उमेरमा सरकारी जागिर पाए । तर हाकिमले दुई वर्षमा नै उनको जागिर खोसे । त्यसपछि उनलाई सरकारी रकम हिनामिना गरेको अभियोग लगाइयो । अनि उनलाई कुमारीचोकको खोरमा थुनियो । लेखकका लागि जेलयात्रा वरदान बन्यो । उनले त्यहाँ पाँच महिना कैदी हुँदा रामायणको अयोध्या, अरण्य, श्रीकिष्किन्धा र सुन्दर काण्डको पद्य अनुवाद गरेर सके ।
नेपाली भाषामा रामायण नभएको बेला नेपालभरि पुराणहरू नै पढिन्थ्यो । त्यस बेला संस्कृतका पुस्तक पढ्न सबैलाई अनुमति पनि थिएन । भानुभक्तको रामायण आएपछि सबैका घरघरमा रामायण राखिन थालियो । वास्तवमा त्यसपछि नै नारीपुरुष र जातजाति सबैले समान रूपमा पढ्ने अवसर पाए । अनि बिहेबारीदेखि पुराणसम्ममा पनि भानुभक्तकै रामायण गाउन थालियो । त्यसैले रात दुई गुना र दिन चार गुनाले भानुभक्तको रामायणले देशदेशान्तरमा प्रसिद्धि कमाउन थाल्यो ।
भानुभक्त आचार्यलाई संसारभरिका नेपाली जातिले मानसपिताका रूपमा ग्रहण गरेका छन् । अनि नेपालमा भन्दा भारतमा भानुगाथा गाइन्छ । भारतको पनि दार्जिलिङ र सिक्किम राज्यले भानुजयन्तीलाई पर्वकै रूपमा मनाउने गर्छ । त्यस भेकमा भानुजयन्तीका दिन प्रायः सबैले दौरासुरुवाल र गुन्यूचोलो लगाएका हुन्छन् । त्यस दिन नर्सिङ्गा, टयाम्को र दमाहाले त्यस ठाउँ गुन्जिएको हुन्छ । वास्तवमा त्यहाँ अति नै भव्य रूपमा यिनको जयजयकार गरिन्छ । कतिसम्म भने त्यता लागेको भानुजयन्तीको बेठीको आवाज नेपालमा पनि सुनिन्छ । त्यताका नेपालीगोरखालीका लागि भानुजयन्ती दसैभन्दा ठूलो चाड मानिन्छ ।
भानुभक्तका रचनाहरू नेपाली भाषामा अग्रणी रूपमा रहेका छन् । उनले आफ्नो वैयक्तिक प्रतिभाका कारणले नै रामायण लेखे । 'अध्यात्म रामायण' अनुवाद भएर पनि यस कृतिलाई भानुभक्तले मौलिक रूपमा प्रस्तुत गरे । भानुभक्तअघिका नेपाली कविले नेपाली भाषासाहित्यलाई यति सहज,सरल र मौलिक रूपबाट प्रस्तुत गर्न सकेका थिएनन् । त्यसैले भानुभक्तकृत रामायणलाई नेपाली भाषासाहित्यको पहिलो महाकाव्य भनियो ।
पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको एकीकरण गरे । भानुभक्तले सांस्कृतिक रूपमा नेपाली भाषालाई एउटै मालामा गाँसेर भाषीय एकीकरण गरे । भानुभक्तप्रदत्त नेपाली भाषाका कारण संसारभरिका नेपाली भाषीहरूबीच भाषिक एकता कायम हुन सकेको छ ।
भानुभक्तले रामायणका बालकाण्ड र अरू काण्ड, प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षानामक कृतिहरू नेपाली भाषासाहित्यको मन्दिरमा चढाए । साथै उनका फुटकर कविताहरूको बिटोले पनि नेपाली भाषासाहित्य धन्य भएको छ । उनका अरू धेरै कृतिहरू हुँदाहुँदै पनि भानुभक्तलाई रामायणले नै अमर पार्‍यो, अनि त्यही रामायणले नेपाली भाषालाई नै लोकप्रिय बनायो । वास्तवमा रामायणको आत्मामा बसेको नेपाली भाषासाहित्य नै पनि अमर बन्यो । सृष्टिको अमरताले पनि स्रष्टालाई अमर पार्‍यो । नेपाली भाषासाहित्यको अमरत्वका साथमा भानुभक्त आचार्यको अमरत्व सदार्सवदाका लागि गाँसियो ।
भानुभक्त आचार्यले जीवनमृत्युसँग जुधेर पनि आफ्ना हितकारी धर्मदत्त सुब्बाको आग्रहमा रामायण उत्तर काण्डको 'रामगीता'को नेपाली भाषामा अनुवाद गरे । वास्तवमा त्यस बेला उनी कालज्वरले मरणासन्न भएका थिए । तर पनि उनले आफ्ना छोरा रमानाथलाई 'रामगीता' टिपाए । अन्ततः त्यस कृतिको निर्माणपछि अर्थात् १९२५ सालमा भानुभक्तले आफ्ना भौतिक आँखा चिम्ले।
Continue Reading | comments

एउटा सानो मुटु छुने कथा:



एउटा सानो मुटु छुने कथा:

एउटा गाउँमा एउटा केटा थियो जो आफ्नो एउटा आँखा भएको आमासँग बस्ने गर्दथ्यो । हरेक दिन ऊसको आमाले उसलाई स्कुल पुर्याउन जाने गर्थिन । उसका सबै साथिहरूले उसलाई गिज्याउने गर्दथे र कोहि पनि उसंग साथि बन्न खोज्दैनथे । उनिहरुले उसको आमलाई "कानी" भनेर बोलाऊँथे । साथीहरुको घ्रिणाले गर्दा ऊसको दिमाग्मा नकारात्मक छाप बस्न गयो र आफ्नै जन्म दिने आमलाई घ्रिणाको दृष्‍टिले हेर्न थाल्यो । त्यसैले उसले कडा मेहेनेत गर्‍यो, राम्रो सँग पढ्यो, शहर प्लायन भयो र उतै घरजम गरेर बस्यो । उस्को आमाले लाख कोशिश् गर्दा पनि उ फर्किएन । केही सिप नलागे पछी छोरा र ऊसको परिवारलाई भेट्न आँफै जाने निदो गरिन । अन्तत: उनी छोरा भएको ठाउँमा पुगिन र छोराले ढोका खोल्यो र रिसाउँदै भन्यो-

छोरा: तपाईं किन यहाँ आउनु भएको तपाईंलाई म यति घ्रिणागर्छु की म आफै ब्यक्त गर्न सक्दिन ।

उसका छोरा-छोरीहरूले ती आँखा नभएकी बुढी बजैलाई देखेर भने-

छोरा-छोरी: बाबा को हो यो आँखा नभएको राक्षस जस्तो #???

यो सबै देखेर ऊसको आमा त्यहाँ बाट फर्किन र धेरै बर्ष पछी उसलाई एउटा खबर आयो की ऊसको आमाले यो संसारलाई सधैंको लागि त्याग्न पुगिन । उसको आमाले उसलाई एउटा चिट्ठी छोडेकी थिइन जसमा लेखिएको थियो--

आमा: प्रिय छोरा मलाई थाहा छ की तिमी मलाई एकदम घ्रिणा गर्छौ किनभने मैले गर्दा तिमीलाई धेरै दु:ख भयो । तर तिमीलाई थाहा छ मैले कसरी आफ्नो आँखा गुमाएँ ? जब तिमी सानो थियौ हाम्रो एउटा घातक गाडी दुर्घटना भएको थियो । तिम्रो बाबाको घटना स्थल मै मृत्‍यु भयो र तिमी बेहोसी अवस्थमा थियौ । तिम्रो एउटा आँखा गुमेको थियो त्यसैले मैले मेरो एउटा आँखा तिमीलाई दिएँ ताकि तिमी आफ्नो सामान्य जीवन बिताउन सक्नेछौ । मैले तिमीलाई सधैं माया गरेकी छु छोरा । बिगतमा जे भयो सो भयो बिर्सिदेउ सबै कुरा । तिम्रो जीवन् फलोस् फुलोस यहि छ मेरो शुभकामना.....
"तिम्री आमा"
Continue Reading | comments

Pageviews

Followers