Nepal Flag
Showing posts with label Gazal. Show all posts
Showing posts with label Gazal. Show all posts

Aug 16, 2025

 गजल 


यो धर्ती नभए के होला, त्यस्तो पनि सोच्दछु ।।

उनी साथ नभए के होला, त्यस्तो पनि सोच्दछु ।।


पिर लागेर आउछ, भेट्ने दिन सम्झिदा पनि 

उनी नबोले के होला, त्यस्तो पनि सोच्दछु ।।


मायाँ मोहमै टिक्दछ, संसार सबै भनिन्छ

प्रेम हराए के होला, त्यस्तो पनि सोच्दछु ।।


छटपटीमा बित्छ रात,तिम्रो यादले सताएर

बिना धड्कन के होला, त्यस्तो पनि सोच्दछु ।।


आफ्नो धड्कन नै ,प्यारी तिमी बनि दिँदा 

यहि बन्द भए के होला,त्यस्तो पनि सोच्दछु।।


प्यारी बिना छैन आश,यो जुनीमा बाँच्ने मेरो 

उनी नभए के होला ,त्यस्तो पनि सोच्दछु ।।


टिकाराम गौतम

Continue Reading | comments

गजल

May 25, 2017

पिरतीको माला, रोपेर जाँदैछु

कलेजीमा भाला,छेडेर जाँदैछु 


साइनो अन्तै , जोडेर जाँदैछु

सम्बन्ध तिम्रो, तोडेर जाँदैछु


मागेउ तिम्ले,मायाको हिसाब

संसारै दाइजो , छोडेर जाँदैछु


पाउनु थियो तिमीले नै  धेरै 

जीवन नै सम्पती दिएर जाँदैछु

Continue Reading | comments

गजल

May 8, 2017

सुस्तरी बोल कसैले सुन्लान फेरि
बिनासित्ती झुठा कुरा बुन्लान फेरि

धेरै मिल्दा जुल्दा पनि शंका गरेर
औंला भाँच्दै गल्तीहरु चुन्लान फेरि

त्यसै पनि यहाँ निर्लज्ज छ दुनियाँ
दुनियाँ भन्दा निर्लज्ज भन्लान फेरि

सत्य देख्ने आँखामा कालो पट्टी बान्दा
असत्यको गुणानले गुन्लान फेरि

स्वन्त्रता र न्यायको कुरा उठाउँदा
सधैं अन्यायको घेरामा थुन्लान फेरि
Continue Reading | comments

आमाको याद आयो

Apr 24, 2017

आमा तिमीले पकाएको खानाको याद आयो,

मेरो खुसीसँग आफ्नो खुसी लुकाएको याद आयो


मिठो मिठो बनाई राख्थ्यौ मध्येरातमा घर आउँदा,

नमिठो भनि झर्किएर थाल फालेको याद आयो


बिरामी भई ओछ्यानको ,छटपटीमा पर्दाखेरी,

पस्कीएको खाना छाडी काखमा राख्या याद आयो


साथी, दाई दिदि हरुसँग ,झगडा हुंदाखेरी 

अरुलाई गाली गरी मलाई फकाएको याद आयो



कति खुसी थिए आमाको माया पाउँदा खेरी ,

परदेशी बन्न पर्दा न्यानो काखको याद आयो

Continue Reading | comments

गजल -आमा


जन्मदिने भगवानलाई ,एकान्तमा छोड्ने छैन 

आमाको माया त्यागी अरु नाता जोड्ने छैन


फलाउला फुलाउला आमा तिम्रो सपनालाई 

स्वार्थी भई बृद्धाश्रममा पुर्याएर  छोड्ने छैन


मिठो दिउला राम्रो दिउला खुसी पनि दिउला 

अरुको कुरा सुनी तड्पाएर राख्ने छैन


जस्तो दिनु खाउला सधै रमाएर खुशी भई 

नमिठो भो भनि अवजस लाएर छोड्ने छैन


जीवनमा कहिलै पनि तिम्रो बारेमा कुरा गर्दा 

समाजमा अफ्नो कुरा गरी गिराएर  छोड्ने छैन  


Continue Reading | comments

Pageviews

Followers